समाचार
११ असार, काठमाडौं । आफूहरुलाई सेवाबाट हटाउन लागिएको भन्दै प्रदर्शनमा उत्रिएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक कर्मचारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार दिउँसो उनीहरुलाई माइतीघर मण्डलाबाट नियन्त्रणमा लिएको हो । बबरमहलबाट प्रदर्शन गर्दै उनीहरु माइतीघर मण्डला आइपुगेका थिए । माइतीघर मण्डलामा आइपुगेलगत्तै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर भ्यानमा राखेको थियो । असारपछि कामबाट निकाल्न लागेको भन्दै […]
११ असार, काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मध्यावधि चुनाव अघि नै जनताले कोभिड-१९ विरुद्धको खोप लगाउन पाउने बताएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै मन्त्री श्रेषठले भने, ‘जनताले नो भोट, नो खोप भनेका छन्, हामी एस खोप, एस भोट गराउँछौं ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबै नेपाली जनताले […]
११ असार, बर्दिया । गुलरिया नगरपालिका-८ स्थित भादा नदीमा हामफालेकी एक महिलाको प्रहरीले सकुशल उद्दार गरेको छ। अपरिचित महिला उक्त नदीमा हामफालेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट तत्कालै खटिएको प्रहरी टोलीले उनलाई सकुशल उद्धार गरी बर्दिया अस्पताल गुलरियामा लगि उपचार गराएको हो । उपचार पश्चात आवश्यक सोधपुछको क्रममा ४० वर्षीया ती महिला […]
११ असार, काठमाडौं । युरोपेली संघ (ईयू)को नागरिक संरक्षणको कार्यविधि अनुसार इटालीले नेपाललाई स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको अवस्थामा त्यसलाई नियन्त्रण गर्न इटालीले सहयोग स्वरुप उक्त सामग्रीहरु नेपाललाई उपलब्ध गराएको हो । नेपालका लागि ईयूकी राजदूत नोना देप्रेजले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ […]
११ असार, वीरगञ्ज । बाराको कलैया उपनगरपालिकाले सातौं नगरसभामा १ अर्ब ६५ करोड ९६ लाख ७९ हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बिहीबार प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट ६० करोड १३ लाख ७० हजार, राजश्व बाँडफाँडबाट १९ करोड १० लाख २१ हजार, संघीय सरकारबाट ८१ करोड ८८ लाख र प्रदेश सरकारबाट ४ […]
११ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालले सरकारले अध्यादेश मार्फत् संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सिफारिस गरिएको र संसदीय सुनुवाइविनै शपथ खुवाउनुलाई बदनियतको हद भनेका छन् । उनले संविधान कहाँ गयो भनेर प्रश्नसमेत गरेका छन् । सर्वोच्च अदालतमा संसद विघटनविरुद्धको मुद्दामा शुक्रबार रिट निवेदकको पक्षबाट बहस गर्दै अर्यालले सबै कोणबाट बदनियत राखेर प्रधानमन्त्रीले शासन गरिरहेको […]
११ असार, काठमाडौं । कोरोना महामारीका कारण स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहको परीक्षा साउन ५ गतेदेखि हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले साउन ५ गतेदेखि हुने परीक्षा तालिका सार्वजनिक गरेको छ । गत वैशाख ५ गतेदेखि सुरु भएको परीक्षा कोरोनाका कारण स्थगित भएको थियो । वार्षिक परीक्षा प्रणालीअन्तर्गत गत चारवर्षे र तीनवर्षे स्नातक […]
११ असार, जनकपुरधाम । धनुषामा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । मसला कुट्ने खलले प्रहार गरी बुवाको हत्या गरेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए । जिल्लाको धनुषाधाम नगरपालिका-१ काशीपुर बस्ने बिसो यादवको बिहीबार राति उनकै छोरा श्रीकिसुनले हत्या गरेका हुन् । उनका अनुसार श्रीकिसुनले पछिल्लो समय बुवासँग […]
११ असार, काठमाडौं । सरकारले साउनदेखि नयाँ दर्ता हुने र ब्लुबुक नवीकरण गर्ने सवारीमा इम्बोस्ड नम्बर प्लेटको जडानलाई अनिवार्य गर्ने भएको छ छ । नयाँ दर्ता हुन आउने र नवीकरणका हुने पुराना सवारीमा अनिवार्य जडान गर्ने व्यवस्था गर्न लागिएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । पटक-पटकको विवाद र बहसपछि विभागले २०७७ माघ महिनाबाट फेरि […]
११ असार, काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षाका लागि ल्याएको नयाँ नियम साउन १ देखि लागू गर्ने भएको छ । यसअघि जेठ १ गतेदेखि लागू हुने गरी गरी जारी भएको भनिएपनि निषेधाधज्ञाका कारण देशभर नै लाइसेस्नको परीक्षा रोकिएको थियो । यातायात व्यवस्था विभागले अब लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू गर्न […]
११ असार, चितवन । सरकारले भक्तपुर क्यान्सर अस्पतालमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्न लागेकोमा विरोध भएको छ । भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम र उपकार्यकारी निर्देशक डा. कृष्णसागर शर्माले स्वास्थ्य मन्त्री, अर्थमन्त्री, गृहमन्त्री तथा स्वास्थ्य विभाग र स्वास्थ्य सचिवलगायतलाई भेटेर भक्तपुर क्यान्सर अस्पतालमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्ने […]
११ असार, काठमाडौं । कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भइरहेको छ । आगामी १४ औं महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध गठबन्धन बनाउने तयारीमा रहेका कांग्रेसका यी नेताहरु शशांक निवास महाराजगञ्जमा छलफलमा जुटेका हुन् । शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार उनीहरूबीच आसन्न महाधिवेशनमा केन्द्रित रहेर छलफल भइरहेको […]
११ असार, चितवन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनले कोरोना संक्रमित बिरामीको उपचारमा आवश्यक पर्ने अक्सिजन कन्सन्ट्रेटर मेसिन चितवन, नवलपुर र मकवानपुरका विभिन्न स्थानीय तहमार्फत स्वास्थ्य संस्थालाई सहयोग गरेको छ । एक्सपर्ट फाउण्डेशनमार्फत चितवन शाखालाई प्राप्त ७ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन चितवन जिल्लाका दुई अस्पताल, मकवानपुरका २ स्वास्थ्य चौकी र नवलपरासी पूर्वका एक अस्पताललाई […]
११ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा जारी सुनुवाइको क्रममा शुक्रबार रिट निवेदक पक्षबाट बहस हुने भएको छ । रिट निवेदक पक्षले शुरुवाती बहस गर्ने आज अन्तिम दिन हो । आज रिट निवेदकको तर्फबाट २९ जना कानुन व्यवसायीहरुलाई बहसका लागि ३ देखि ३० मिनेटसम्मको समय निर्धारण गरिएको छ । वरिष्ठ अधिवक्ताद्वय कृष्णप्रसाद भण्डारी र […]
११ असार, काठमाडौं । सरकारले आगामी तीन वर्षभित्रै नेपालमा रासायनिक मल कारखाना खोल्ने घोषणा गरेपनि बजेटमा भने कम प्राथमिकता दिएको छ । मल कारखाना स्थापना गर्न झण्डै डेढदेखि दुई खर्ब लगानी अनुमान गरिएको कारखानाका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटबाट जम्मा ५० लाख रुपैयाँ मात्रै विनियोजन गरेको छ । रासायिनक मल कारखाना स्थापनाबारे थप अध्ययन […]
११ असार, काठमाडौं । काठमाडौं नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । महाधिवेशनबारे छलफल गर्न नेता पौडेलले शुक्रबार दिउँसो बैठक बोलाएका हुन् । ‘वरिष्ठ नेताज्यूले आज दिउँसो छलफलका लागि बोलाउनुभएको छ,’ काँग्रेस केन्द्रीय सदस्य जीवन परियारले भने, ‘महाधिवेशनकै बारेमा छलफल हुन्छ ।’ काँग्रेसमा महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि दौडधुप सुरु भएको […]
११ असार, काठमाडौं । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले शुक्रबार थप तीन मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै छन् । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा गएर पदभार ग्रहण गर्न लागेका हुन् । स्वास्थ्य मन्त्रालयमा साढे १२ बजे, श्रम मन्त्रालयमा २ बजे र वन मन्त्रालयमा साढे ३ बजे पदभार ग्रहणको […]
११ असार, काठमाडौं । आगामी ३ दिन नेपालका बिभिन्न भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबार विहान ३ दिनको मौसम प्रक्षेपणसम्बन्धी बुलेटिन सार्वजनिक गर्दै सो जानकारी गराएको छ । बुलेटिन अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । बुलेटिनमा लेखिएको छ, ‘प्रदेश नं १, प्रदेश नं २, बागमती […]
११ असार, काठमाडौं । यो वर्ष पनि कोरोना महामारीको दोस्रो लहरका कारण विद्यालय बन्द छन् । स्थानीय पालिकाहरूले दिएको निर्देशन पालना गर्दै विद्यालयहरूले आन्तरिक मूल्याङ्कनपछि इन्टरनेट पहुँचमा भएका विद्यार्थीलाई अनलाइन कक्षामा जोड्न थालेका छन् । महामारीको विषम परिस्थितिमा विद्यार्थीलाई सिकाइबाट बञ्चित हुन नदिन भन्दै सरकारले ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ कार्यान्वयन गराउन निर्देशन […]
११ असार, काठमाडौं । नेकपा विभाजन, माधव–झलनाथ पक्षको असहयोग र विपक्षीहरुको गठबन्धनपछि एक्लोजस्तो बनेको बेला जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर पक्षलाई आफूतिर तान्न सक्नु प्रधानमन्त्री केपी शर्मा ओलीका लागि विरक्त लागेको बेला ‘मन अड्याउने’ ठाउँ जस्तो भएको थियो । सर्वोच्च अदालतका पछिल्ला आदेशहरुले त्यो समीकरणको राजनीतिक औचित्यमाथि प्रश्न उठेको छ । सर्वोच्चले नागरिकतासम्बन्धी अध्यादेश […]
११ असार, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले स्थानीय घरेलु मदिरालाई ब्राण्डिङ गरी बिक्री गर्ने भएको छ । गाउँपालिकाको बिहीबार सम्पन्न नवौं गाउँसभाले स्थानीयस्तरमा उत्पादित घरेलु मदिरा बिक्री वितरण तथा व्यवस्थापन ऐन बहुमतले पारित गरेको हो । ऐन पारित भएसँगै लुकिछिपी उत्पादन हुँदै आएको घरेलु मदिराको उद्योग सञ्चालन गर्न पाइने भएको छ । यसका लागि गाउँपालकिाबाट […]
from समाचार – Online Khabar https://ift.tt/3vSnj1D
via IFTTT






















