Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

धनुषामा बुबाको हत्या आरोपमा छोरा पक्राउ

११ असार, जनकपुरधाम । धनुषामा बुवाको हत्‍या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । मसला कुट्ने खलले प्रहार गरी बुवाको हत्या गरेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए । जिल्लाको धनुषाधाम नगरपालिका-१ काशीपुर बस्ने बिसो यादवको बिहीबार राति उनकै छोरा श्रीकिसुनले हत्‍या गरेका हुन् । उनका अनुसार श्रीकिसुनले पछिल्लो समय बुवासँग […]

साउनदेखि नयाँ दर्ता र नवीकरण हुने सवारीमा इम्बोस्ड प्लेट अनिवार्य

११ असार, काठमाडौं । सरकारले साउनदेखि नयाँ दर्ता हुने र ब्लुबुक नवीकरण गर्ने सवारीमा इम्बोस्ड नम्बर प्लेटको जडानलाई अनिवार्य गर्ने भएको छ छ । नयाँ दर्ता हुन आउने र नवीकरणका हुने पुराना सवारीमा अनिवार्य जडान गर्ने व्यवस्था गर्न लागिएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । पटक-पटकको विवाद र बहसपछि विभागले २०७७ माघ महिनाबाट फेरि […]

यस्तो छ सवारी लाइसेन्स लिखित परीक्षाको प्रश्न संग्रह, ५००मध्ये २० वटा सोधिने 

११ असार, काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षाका लागि ल्याएको नयाँ नियम साउन १ देखि लागू गर्ने भएको छ । यसअघि जेठ १ गतेदेखि लागू हुने गरी गरी जारी भएको भनिएपनि निषेधाधज्ञाका कारण देशभर नै लाइसेस्नको परीक्षा रोकिएको थियो । यातायात व्यवस्था विभागले अब लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू गर्न […]

भक्तपुरको सट्टा भरतपुरमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्न माग 

११ असार, चितवन । सरकारले भक्तपुर क्यान्सर अस्पतालमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्न लागेकोमा विरोध भएको छ । भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम र उपकार्यकारी निर्देशक डा. कृष्णसागर शर्माले स्वास्थ्य मन्त्री, अर्थमन्त्री, गृहमन्त्री तथा स्वास्थ्य विभाग र स्वास्थ्य सचिवलगायतलाई भेटेर भक्तपुर क्यान्सर अस्पतालमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्ने […]

छलफलमा जुटे विमलेन्द्र, शशांक र प्रकाशमान

११ असार, काठमाडौं । कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भइरहेको छ । आगामी १४ औं महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध गठबन्धन बनाउने तयारीमा रहेका कांग्रेसका यी नेताहरु शशांक निवास महाराजगञ्जमा छलफलमा जुटेका हुन् । शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार उनीहरूबीच आसन्न महाधिवेशनमा केन्द्रित रहेर छलफल भइरहेको […]

चितवन, मकवानपुर, नवलपुरका स्थानीय तहलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान

११ असार, चितवन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनले कोरोना संक्रमित बिरामीको उपचारमा आवश्यक पर्ने अक्सिजन कन्सन्ट्रेटर मेसिन चितवन, नवलपुर र मकवानपुरका विभिन्न स्थानीय तहमार्फत स्वास्थ्य संस्थालाई सहयोग गरेको छ । एक्सपर्ट फाउण्डेशनमार्फत चितवन शाखालाई प्राप्त ७ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन चितवन जिल्लाका दुई अस्पताल, मकवानपुरका २ स्वास्थ्य चौकी र नवलपरासी पूर्वका एक अस्पताललाई […]

प्रतिनिधिसभा विघटन : रिट निवेदक पक्षका २९ जनाको बहस आज

११ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा जारी सुनुवाइको क्रममा शुक्रबार रिट निवेदक पक्षबाट बहस हुने भएको छ । रिट निवेदक पक्षले शुरुवाती बहस गर्ने आज अन्तिम दिन हो । आज रिट निवेदकको तर्फबाट २९ जना कानुन व्यवसायीहरुलाई बहसका लागि ३ देखि ३० मिनेटसम्मको समय निर्धारण गरिएको छ । वरिष्ठ अधिवक्ताद्वय कृष्णप्रसाद भण्डारी र […]

दुई खर्ब लागतको रासायनिक मल कारखाना स्थापना गर्न ५० लाख बजेट !

११ असार, काठमाडौं । सरकारले आगामी तीन वर्षभित्रै नेपालमा रासायनिक मल कारखाना खोल्ने घोषणा गरेपनि बजेटमा भने कम प्राथमिकता दिएको छ । मल कारखाना स्थापना गर्न झण्डै डेढदेखि दुई खर्ब लगानी अनुमान गरिएको कारखानाका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटबाट जम्मा ५० लाख रुपैयाँ मात्रै विनियोजन गरेको छ । रासायिनक मल कारखाना स्थापनाबारे थप अध्ययन […]

पौडेलले आज आफूनिकट केन्द्रीय सदस्यसँग छलफल गर्दै

११ असार, काठमाडौं । काठमाडौं नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । महाधिवेशनबारे छलफल गर्न नेता पौडेलले शुक्रबार दिउँसो बैठक बोलाएका हुन् । ‘वरिष्ठ नेताज्यूले आज दिउँसो छलफलका लागि बोलाउनुभएको छ,’ काँग्रेस केन्द्रीय सदस्य जीवन परियारले भने, ‘महाधिवेशनकै बारेमा छलफल हुन्छ ।’ काँग्रेसमा महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि दौडधुप सुरु भएको […]

शिक्षामन्त्री श्रेष्ठले आज थप तीन मन्त्रालयको कार्यभार सम्हाल्दै

११ असार, काठमाडौं । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले शुक्रबार थप तीन मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै छन् । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा गएर पदभार ग्रहण गर्न लागेका हुन् । स्वास्थ्य मन्त्रालयमा साढे १२ बजे, श्रम मन्त्रालयमा २ बजे र वन मन्त्रालयमा साढे ३ बजे पदभार ग्रहणको […]

यस्तो छ ३ दिनको मौसम, कहाँ-कहाँ धेरै पानी पर्दैछ ?

११ असार, काठमाडौं । आगामी ३ दिन नेपालका बिभिन्न भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबार विहान ३ दिनको मौसम प्रक्षेपणसम्बन्धी बुलेटिन सार्वजनिक गर्दै सो जानकारी गराएको छ । बुलेटिन अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । बुलेटिनमा लेखिएको छ, ‘प्रदेश नं १, प्रदेश नं २, बागमती […]

अनलाइन कक्षाले बालबालिकामा मनोसामाजिक स्वास्थ्य समस्या

११ असार, काठमाडौं । यो वर्ष पनि कोरोना महामारीको दोस्रो लहरका कारण विद्यालय बन्द छन् । स्थानीय पालिकाहरूले दिएको निर्देशन पालना गर्दै विद्यालयहरूले आन्तरिक मूल्याङ्कनपछि इन्टरनेट पहुँचमा भएका विद्यार्थीलाई अनलाइन कक्षामा जोड्न थालेका छन् । महामारीको विषम परिस्थितिमा विद्यार्थीलाई सिकाइबाट बञ्चित हुन नदिन भन्दै सरकारले ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ कार्यान्वयन गराउन निर्देशन […]

ओली-ठाकुर सहयात्रा : अबको गन्तव्य के होला ?

११ असार, काठमाडौं । नेकपा विभाजन, माधव–झलनाथ पक्षको असहयोग र विपक्षीहरुको गठबन्धनपछि एक्लोजस्तो बनेको बेला जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर पक्षलाई आफूतिर तान्न सक्नु प्रधानमन्त्री केपी शर्मा ओलीका लागि विरक्त लागेको बेला ‘मन अड्याउने’ ठाउँ जस्तो भएको थियो । सर्वोच्च अदालतका पछिल्ला आदेशहरुले त्यो समीकरणको राजनीतिक औचित्यमाथि प्रश्न उठेको छ । सर्वोच्चले नागरिकतासम्बन्धी अध्यादेश […]

मालिका गाउँपालिकाले पारित गर्‍यो घरेलु मदिरा ब्राण्डिङ गर्ने कानून

११ असार, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले स्थानीय घरेलु मदिरालाई ब्राण्डिङ गरी बिक्री गर्ने भएको छ । गाउँपालिकाको बिहीबार सम्पन्न नवौं गाउँसभाले स्थानीयस्तरमा उत्पादित घरेलु मदिरा बिक्री वितरण तथा व्यवस्थापन ऐन बहुमतले पारित गरेको हो । ऐन पारित भएसँगै लुकिछिपी उत्पादन हुँदै आएको घरेलु मदिराको उद्योग सञ्चालन गर्न पाइने भएको छ । यसका लागि गाउँपालकिाबाट […]

प्रधानमन्त्री भन्छन्- नेपाललाई अस्थिरतामा राख्ने प्रबन्ध संविधानमा पहिल्यै घुसाइयो

११ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अस्थिरतामा राख्ने प्रबन्ध पहिल्यै संविधानमा घुसाइएको बताएका छन् । उनले संसदबाट प्रधानमन्त्री छानिने अहिलेको प्रणाली रहुन्जेल बहुमतको सरकार नबन्ने पनि बताएका छन् । नेपाल टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पाँच वर्ष स्थिर सरकारको कुरा जनता अलमल्याउनका लागि मात्र भएको बताए । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘संसदबाट प्रधानमन्त्री […]

अमेरिकामा १२ तले भवन भत्किँदा दर्जनौं बेपत्ता

११ असार, काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यको मयामी सहर नजिक पर्ने एक १२ तले भवन भत्किँदा दर्जनौं सम्पर्कविहीन भएका छन् । घटनास्थलमा एक जनाको शव भेटिएको छ । भवन भत्किने बेला त्यहाँ कति जना थिए भन्ने पनि खुलेको छैन । मयामीको उत्तरमा पर्ने सर्फसाइड क्षेत्रको सो भवन सन् १९८० मा बनेको थियो । त्यसमा २३० […]

चार्ली च्याप्लिनः अभाव र गरीबीबाट उठेर कसरी सर्वकालीन अभिनेता बने ?

‘चार्ली च्याप्लिन जस्तो को छ भनेर प्रतिस्पर्धा भएछ । त्यसमा चार जना प्रतिस्पर्धाको अन्तिम चरणमा पुगेछन् । त्यो प्रतियोगितामा चार्ली च्याप्लिन स्वयम् पनि सहभागी थिए । तर, अन्तिम चारमा उनी पुगेनछन् ।’ एक राजनीतिक प्रसंगमा प्रधानमन्त्री केपी ओलीले सुनाएकाे ठट्यौलाे कथा हो यो । विषय वा प्रसंग जेसुकै होस्, यो आलेख भने चार्ली च्याप्लिनमा केन्द्रित […]

चोभार सुक्खा बन्दरगाहको निर्माण अन्तिम चरणमा

११ असार, काठमाडौं । काठमाडौंको चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम अन्तिम चरणमा पुगेको इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । निषेधाज्ञाको समयमा पनि भौतिक प्रगति उल्लेख्य भएपछि नयाँ आर्थिक वर्षको सुरुवातमै बन्दरगाह सञ्चालनको तयारी पूरा हुने समितिको दाबी छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले हालसम्म परियोजनाको ९० प्रतिशत भौतिक प्रगति सकिएको बताए । […]

कच्चा तेलको भाउ घटाउन ओपेकलाई भारतको आग्रह

११ असार, काठमाडौं । भारतले पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन (आपेक)लाई तेलको भाउ घटाउँदै उत्पादन बढाउन आग्रह गरेको छ । मुलुकमा निरन्तर पेट्रोलियम पदार्थको भाउ बढिरहेको समयमा भारतले ओपेकसँग यस्तो आग्रह गरेको हो । पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकले पेट्रोलियम पदार्थको भाउ बढाउन भन्दै उत्पादनमा कटौती गरिरहेका छन् । यस किसिमको कटौती चरणबद्धरुपमा हटाइनुपर्ने भारतको माग […]

चीनले अगाडि सार्‍यो बेल्ट एण्ड रोड भ्याक्सिन साझेदारी

११ असार, काठमाडौं । चीनले विकासोन्मुख मुलुकहरुलाई लक्षित गरेर बेल्ट एण्ड रोड भ्याक्सिन साझेदारी कार्यक्रमलाई अगाडि बढाउने भएको छ । दुई दिन अगाडि सम्पन्न बेल्ट एण्ड रोड सम्बन्धी एशिया प्रशान्त क्षेत्रको उच्चस्तरीय सम्मेलनमा आफूहरुले सो प्रस्ताव गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । मन्त्रायका प्रवक्ता झाओ लिजानले कोरोनाविरुद्धको खोपमा अन्तर्राष्ट्रिय साझेदारी बढाउन सो प्रस्ताव गरिएको […]

माओवादीबाट चुनाव जितेर एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

११ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ । निर्वाचन आयोगले शुक्रबार सूचना जारी १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् […]



from समाचार – Online Khabar https://ift.tt/3dcRryj
via IFTTT
Powered by Blogger.