Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

माओवादीबाट जितेका गाउँपालिका अध्यक्ष एमालेको जिल्ला सचिव

१२ असार, वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले पार्टी परित्याग गरेका छन् । स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गुप्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् । एमालेले उनलाई जिल्ला सचिवको जिम्मेवारी दिएको छ । नेकपा एमालेको प्रदेश २ कमिटी अध्यक्ष ज्वालाकुमारी साहले असार १० गते प्रदेश २ का ५ जिल्लाको अध्यक्ष तथा […]

कोराला नाकामा सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार

१२ असार, काठमाडौं । मुस्ताङको नेपाल चीन व्यापारिक नाका कोरालामा सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सकिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको व्यापार पूर्वाधार विकास निकाय नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएको बताए । उक्त प्रतिवेदन अनुसार दुई चरणमा निर्माण सम्पन्न गर्ने प्रस्ताव गरिएको बन्दरगाहको […]

खेतमा पानी लगाउने विषयमा रौतहटको मौलापुरमा झडप, १५ जना घाइते

१२ असार, रौतहट । रौतहटको मौलापुरमा खेतमा पानी लगाउने विषयमा शनिबार बिहान झडप हुँदा १५ जना घाइते भएका छन् । मौलापुर नगरपालिका-१ स्थित मर्यादपुरमा मुलावी साहले हृदय यादवको खेतमा पानी लगाइदिएपछि विवाद हुँदा भएको झडपमा दुवै पक्षका गरी १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । एसपी शाहका अनुसार […]

जुडो खेलाडी सोनिया भट्ट वाइल्ड कार्डबाट ओलम्पिकमा छनोट

१२ असार, काठमाडौं । नेपाली जुडो खेलाडी सोनिया भट्टले अर्को महिना जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्ने भएकी छन् । टोकियो ओलम्पिकका लागि सोनियाले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । सोनिया टोकियोका लागि वाइल्ड कार्ड प्राप्त गर्ने दोस्रो नेपाली खेलाडी हुन् । यसअघि सुटिङकी कल्पना परियारले पनि टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गरेकी छन् […]

कहाँ गयो सर्दुको हरियाली !

त्यो दिन । दिउँसो सवा बाह्र बजे । चर्को घाम चौकीदारी गर्दैथियो । मैले एकाएक चिण्डे डाँडा हान्ने भएँ, एकल फौज लिएर । धराने ‘सर्दुखोला’ पारि बज्रासन गरिरहेको त्यो मुडुलो डाँडा । हिंड्दाहिंड्दै सुनिललाई मोबाइल लगाएँ । ऊ कट्टु लगाउन थालेदेखिको मेरो दोस्त । मलाई साथ दिन लुसुक्क बाटामा निस्कियो । एकलबाट दुकल भो अब […]

यातना दिनेलाई कानुनी दायरामा ल्याउनुपर्छ : राष्ट्रिय मानव अधिकार आयोग

१२ असार, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले व्यक्तिलाई यातना दिने काम अमानवीय र अपराधजन्य हो भन्दै कसैले पनि यस्तो काम नगर्न आग्रह गरेको छ । यातनापीडितहरुको सहयोगसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको दिन शनिबार विज्ञप्ति जारी गरी आयोगले अपराधजन्य काम कहिँ कतैबाट पनि नगर्न, नगराउन, यातनाका घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको हो । आयोगले […]

मेलम्चीको कटान जारी, ढल्यो ३ तले घर

१२ असार, काठमाडौं । मेलम्ची नदीको मुहान क्षेत्रमा पहिरोले थुनिएर फुटेपछि आएको बाढीले १२ दिनसम्म पनि कटान जारी राखेको छ । यही असार १ गते मेलम्ची र हेलम्बुमा तहसनहस बनाएको बाढीले शनिबार बिहान पनि कटान गरी थप एउटा घर ढालेको छ । आज बिहान मेलम्ची नगरपालिका-११ मा रहेको  गोपाल दुलालको साढे ३ तलाको घर ढालेको […]

सुनसरीकी ७५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

१२ असार, काठमाडौं । सुनसरीकी एक जना कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा बराह क्षेत्रकी ७५ वर्षीया महिलाको मृत्यु भएको हो । उनलाई गत जेठ २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा सुधार नभएपछि यही असार गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना […]

कलाबहादुर

कलियुग शुरू भइसकेको थियो । ब्रहृमाजीले सृष्टिको एकाधिकार छोड्नुभएको केही हजार वर्षपछिको कुरो हो । कलि लागिसके पनि मानिसहरूले ब्रहृमाजीको सृष्टि-सत्तामाथि विश्वास गर्न छोडेका थिएनन् । उहाँ स्वर्गमा स्थायी बसोबास गर्ने गरी पृथ्वीलोकबाट प्रस्थान गर्नुभयो । यात्राका क्रममा कैलाशपर्वत मुन्तिर रहेको गरीब किसानको झुपडीतिर बास बस्न पुग्नुभयो । ब्रहृमाजी आउनुभएको थाहा पाएर चन्द्रमान र उसकी […]

सर्लाहीमा एक्स्काभेटरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या

१२ असार, काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको एक्स्काभेटरको बकेटले हिर्काएर हत्या भएको छ । सामान्य विवादमा एक्स्काभेटर चालक हर्षबहादुर तामाङले बकेटले प्रहार गरी वडाध्यक्ष श्रेष्ठको हत्या गरेको सर्लाही प्रहरीका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए । एसपी राठौरका अनुसार चालक तामाङसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । […]

मनसुनी वायुको प्रभावले अधिकांश स्थानमा वर्षा

१२ असार, काठमाडौँ । मनसुनी वायुको प्रभावले देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहनाका साथै कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले हाल देशका अधिकांश भूभागमा बदली रही प्रदेश नं १, प्रदेश नं २ […]

सुदूरपश्चिममा कोरोना : दुई दिनयता मृत्युदर शून्य

१२ असार, सुदूरपश्चिम (धनगढी) । कोरोना भाइरसको दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिन सङ्क्रमित हुनेको मृत्युदर शून्यमा झरेको छ । गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी नआएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । यो अवधिमा एक हजार ८९२ जनाको नमूना परीक्षण गरिएकोमा ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको […]

स्मृतिमा भीमदर्शन : घाम डुबी तारा नउदाएका कवि !

नेपाली साहित्यमा थोरै लेखेर नामी हुने साहित्यकारको चर्चा गरिँदा सबैले अग्रपंक्तिमा लिने नाम कथाकार पुष्कर शम्शेर हो । तर थोरै लेखेर नेपाली वाङ्मयमा दरो उपस्थिति जनाउने कवि लेखक अरू पनि छन्, दृष्टान्तका लागि भीमदर्शन रोका । मुक्तक र मुक्त छन्दका प्रयोक्ताका रूपमा उनको योगदान नेपाली साहित्यको ईतिहासमा पढिंदै आएको छ । उनी देवकोटा, शङ्कर लामिछानेकालीन […]

तामाकोशी प्रसारण लाइनको काम गर्दा काठमाडौंदेखि कोहलपुरसम्म बिजुली प्रभावित हुने

१२ असार, काठमाडौं । राष्ट्रिय गौरवको अपर तामाकोशी जलविद्युत आयोजनाबाट परीक्षण उत्पादनको तयारी शुरु भएपछि प्रसारण लाइन व्यवस्थापनको अन्तिम चरणको काम शुरु भएको छ। तामाकोशी करिडोरबाट आउने बिजुली अब खिम्तीमा बनाइएको नयाँ सबस्टेशनमा जोडिने भएको छ । यसअघि नयाँ सबस्टेशन निर्माणको टुंगो नलाग्दा तामाकोशी करिडोरबाट आएको बिजुली सीधै ढल्केबर लैजाने गरी खिम्ती सबस्टेशनमार्फत जोडिएको थियो […]

मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

१२ असार, गुल्मी । गुल्मीमा मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रुरुक्षेत्र गाउँपालिका-१ रिडीका ४० वर्षका सुन्दर श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । रिडी बजारस्थित विनोद मोटर पार्टस ग्यारेजमा मोटरसाइकल धुने क्रममा करेन्ट लागेर श्रेष्ठ गम्भीर घाइते भएका थिए । उनको पाल्पास्थित मिसन अस्पतालमा […]

रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

१२ असार, रौतहट । रौतहटमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर परोहा नगरपालिका-२ जिगडवा वेलबिछवाका ३५ वर्षीय शेख जमसैदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घर बाहिर बेसेका जमसेदलाई अचानक चट्याङ लागेपछि आफन्तले उपचारका लागि अस्पताल पुर्‍याएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको […]

कर्णालीमा सर्वोच्चले पुनर्बहाली गरेका एमालेका तीन सांसद पुनः निलम्बित

१२ असार, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश सभाका तीन जना सांसद पुनः निलम्बित भएका छन् । एमाले संसदीय दलको निर्णय अनुसार सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एक महीनाका लागि प्रदेश सभा सचिवालयले निलम्बन गरेको हो । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै एमाले संसदीय दलको शुक्रबार बसेको बैठकको निर्णय अनुसार तीन […]

झापाका ९५ प्रतिशत संक्रमित घरमै, होम आइसोलेसनमै जान्छ ज्यान

१२ असार, झापा । दमक नगरपालिका-१० का ६५ वर्षीय व्यक्तिलाई २६ जेठमा कोरोना भाइरसको संक्रमण देखियो । सामान्य लक्षण त थिए, तर उनी अस्पताल गएनन् । होम आइसोलेसनमै बसिरहेका बेला उनलाई फोक्सो सम्बन्धी समस्याले च्याप्दै गयो। वडा सदस्य बोधराज न्यौपाने भन्छन्, ‘उहाँले मदिरा पनि सेवन गर्नुहुन्थ्यो, समस्या भएपछि पनि अस्पताल जानु भएनछ ।’ आइसोलेसनमै बसेका […]

विद्यार्थीमा सिर्जनाको सीप सिकाउँदै ‘कारखाना’

१२ असार, काठमाडौं । लकडाउनको समय छ । देशभरका शैक्षिक संस्था ‘लक’ भएर ‘डाउन’ को स्थितिमा पुगिसकेका छन् । तर काठमाडौंको ज्ञानेश्वरमा एउटा तीनतले ‘कारखाना’ लेखिएको भवन छ, जहाँ युवाहरू भविष्यका कर्णाधार विद्यार्थीका लागि नयाँ ज्ञान र सीप सिकाउने ‘साइन्स किट’ अर्थात् विज्ञान सिकाइ सामग्री बनाउन र प्याक गर्न व्यस्त देखिन्छन् । उनीहरू उक्त कारखानाको […]

आज लागूऔषध दुरुपयोग विरुद्धको दिवस, नेपालमा कति छन् प्रयोगकर्ता ?

१२ असार, काठमाडौं । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि मनाइँदैछ । नेपालमा यस वर्ष ‘लागूऔषधरहित परिवार : स्वस्थ जीवनको आधार’ भन्ने राष्ट्रिय नारा तय गरी तीनदिने कार्ययोजनासहित विविध कार्यक्रम संचालन भइरहेका छन् । यस वर्षको दिवसको अन्तर्राष्ट्रिय नारा भने Share acts on Drugs, Save Lives तय गरिएको छ । […]

कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप

१२ असार, काठमाडौं । कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप भएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०७८ असार २० गतेसम्म रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको हो । यसअघि रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद चैत मसान्तसम्म थियो। चैत मसान्तसम्म फारम बुझाउन छुट भएकाहरुलाई दोब्बर […]



from समाचार – Online Khabar https://ift.tt/3jnAFAe
via IFTTT
Powered by Blogger.