Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

इटलीद्वारा २० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग

१३ असार, काठमाडौँ। इटालीले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । दोस्रो लहरको कोरोना भाइरस (कोभिड-१९) महामारीविरुद्ध लड्न भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग गरेको हो । युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटलीले २० वटा भेन्टिलेटर, ६ हजार आइसोलेसन गाउन र दश हजार प्रोटेक्टिभ कवरल्स् सहयोग गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना […]

माथिल्लो तामाकोसीबाट बिजुलीको परीक्षण उत्पादन आगामी साता

१३ असार, काठमाडौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट बिजुली उत्पादनको परीक्षण यसै साताबाट सुरु गर्ने तयारी थालिएको छ । शनिबार मध्यराति ४८ घण्टाको सुरुङ परीक्षण सकिएको छ । माथिल्लो तामाकोसीको बिजुलीलाई राष्ट्रिय प्रणालीमा जडान गर्नका लागि आइतबारबाट तार तान्ने काम सुरु भएको छ । तार तान्ने काम आगामी बिहीबारभित्र सक्ने लक्ष्य छ । […]

प्रतिनिधि सभा विघटन : रिट निवेदकतर्फका कानून व्यवसायीको बहस आज सकिने

१३ असार, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा रिट निवेदकतर्फका कानून व्यवसायीको बहस आज सकिँदैछ । संवैधानिक इजलासले निवेदकतर्फका कानून व्यवसायीका लागि बहस गर्न तोकेको १२ घण्टामध्ये अब दुई घण्टा ३५ मिनेट बाँकी छ । निवेदकतर्फका कानुन व्यवसायीले प्रत्युत्तर बहसका लागि भने थप ३ घण्टा समय पाउनेछन् । निवेदकतर्फका कानुन व्यवसायीको बहस सकिएपछि सरकार पक्षका […]

कांग्रेस पदाधिकारी बैठक बस्दै, क्रियाशील सदस्यताबारे छलफल हुने

१३ असार, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले मापदण्ड बनाउन नसकेपछि त्यसको जिम्मा पदाधिकारीलाई नै दिने तयारी भएको छ । त्यसबारे छलफल गर्न छानविन समितिका सदस्यहरुसहित आज पदाधिकारी बैठक बस्दै छ । बैठक दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको जानकारी […]

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

१३ असार, धनगढी । कञ्चनपुरमा लागुऔषध ब्राउनसुगरसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको वेदकोट नगरपालिका-९ का २२ वर्षीय नरेन्द्र मडै रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी मातहत रहेको बोर्डर आउट पोष्ट पचुइबाट खटिएको टोलीले उनलाई बेलौरी नगरपालिका-८ को कालोपुलबाट पक्राउ गरेको हो । सशस्त्र प्रहरी […]

ओमसतियामा बजेट विवाद : ५ दलले मागे २०७४ देखिको हिसाब

१३ असार, बुटवल । जनप्रतिनिधिबीच बजेट बाँडफाँटका विषयमा विवाद चुलिएपछि रुपन्देहीको ओमसतिया गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट पारित गर्न सकेको छैन । वडा अध्यक्षहरुसहित बहुमत कार्यपालिका सदस्य र गाउँपालिकाका अध्यक्ष हिरा केवट पक्षबीच बजेटको बाँडफाँट र योजना तथा कार्यक्रमको विषयलाई लिएर विवाद चुलिएको हो । गत बिहीबार बोलाइएको गाउँसभा बहुमत कार्यपालिका सदस्यले बहिस्कार गरेपछि […]

कालीगण्डकी डाइभर्सन परियोजना भारतको स्वार्थअनुरुप : एमाले नेता गुरुङ

१३ असार, काठमाडौं । नेकपा एमालेका नेता एवम् गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले कालीगण्डकी डाइभर्सन परियोजना भारतीय शासकको स्वार्थ अनुरुप ल्याएको दाबी गरेका छन् । केन्द्र सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विष्णु पौडेलले कालीगण्डकी डाइभर्सन परियोजनाको कार्यालय उदघाटन गरेपछि गुरुङले यो परियोजना भारतीय स्वार्थअनुसार अघि सारिएको भन्दै विरोध जनाएका हुन् । गुरुङले विस्तृत अध्ययन र […]

अरनिको : स्वदेशमा ‘अपरिचित’, विदेशमा प्रसिद्धि !

१३ असार, काठमाडौं । नेपाल-चीनसम्बन्धका अनेक आयाम छन् । मञ्जुश्रीको समयदेखि हालसम्म दुई देशबीच क्षणिक तिक्तता युगीन मित्रता कायम रहेको पाइन्छ । पाँचौँ शताब्दीमा बुद्धभद्रको चीन यात्रा, त्यसपछि कहिले युआन चाङ त कहिले फाइयानको नेपाल यात्रा, राजा स्रङचङ गोम्पोसँग नेपाली राजकुमारी भृकुटीको विवाह र कलाकार अरनिकोको शिल्पले नेपाल-चीन सम्बन्धलाई मजबुत बनाएको देखिन्छ । पाँचौं शताब्दीका […]

योगदानमा आधारित सामाजिक सुरक्षा : अन्योल र असन्तुष्टि

योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धमा हाल असन्तुष्टि र अन्योल देखिएको छ । यसको वास्तविक कानूनी पक्ष के हो ? अनि असन्तुष्टि र अन्योल कसरी कम गर्न सकिन्छ ? प्रस्तुत लेख यसै विषयमा केन्द्रित छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना श्रमिकको तर्फबाट आधारभूत पारिश्रमिकको ११ प्रतिशत र रोजगारदाताको तर्फबाट २० प्रतिशत गरी जम्मा ३१ प्रतिशत […]

दाङको टरिगाउँ विमानस्थलमा ल्याइयो तेल भण्डारण ट्यांकी

१३ असार, तुलसीपुर । दाङको टरिगाउँ विमानस्थलका लागि तेल भण्डारण गर्न रिफिलिङ ट्यांकी ल्याइएको छ । एक महिना अगाडि भारतको मुम्बईबाट बाँकेको नेपालगञ्जस्थित भन्सार कार्यालयमा आइपुगेको सो ट्यांकी शनिबार दाङ ल्याइएको हो । विमानस्थल कार्यालयका प्रमुख कैलाश शर्माले रिफिलिङ ट्यांकी तथा आवश्यक उपकरण शनिबार आइपुगेको र अब जहाजमा इन्धन भर्न बाउजर सहितका उपकरण ल्याउन आवश्यक […]

कर्णालीमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भए

१३ असार, कर्णाली (सुर्खेत) । कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र निको भएर घर फर्कनेको संख्या १२४ पुगेको छ । कर्णालीमा एक लाख २० हजार २७८ को आरटी पीसीआर र ३३ हजार ४८४ को एन्टिजेन परीक्षण गरिएकामा २७ हजार ७३५ जनामा सङ्क्रमण पुष्टि भएको विज्ञप्ति […]

अष्ट्रियालाई अतिरिक्त समयमा हराउँदै इटली क्वाटरफाइनलमा

१३ असार,काठमाडौं । वैकल्पिक खेलाडीको गोल मद्दतमा अष्ट्रियालाई पराजित गर्दै इटली युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको दोस्रो प्रिक्वाटरफाइनलमा इटलीले अष्ट्रियालाई २-१ ले पराजित गरेको हो । लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलमा इटलीका लागि फेडेरिको चिएसा र माटेओ पेसिनाले गोल गरे । अष्ट्रियाका लागि सासा कलाइसिचले एक गोल फर्काए । […]

डोलबर्गको दुई गोलमा वेल्सलाई हराउँदै डेनमार्क क्वाटरफाइनलमा

काठमाडौं । क्यास्पर डोलबर्गको दुई गोल मद्दतमा वेल्सलाई पराजित गर्दै डेनमार्क युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेदरल्याण्ड्सको आम्सटरडमस्थित योहान क्रुफ एरेनामा शनिबार राति भएको पहिलो प्रिक्वाटरफाइनल खेलमा डेनमार्कले वेल्सलाई ४-० ले पराजित गरेको हो । यसअघि समूह चरणको तीन खेल घरेलु मैदानमा खेलेको डेनमार्कले घर बाहिर पहिलो खेल खेल्दै शानदार जित हात […]

ओली संकटका आयाम र सम्भावित विकल्प

१२ असार, काठमाडौं । सैन्य विज्ञानमा एउटा चर्चित भनाइ छ- आक्रामकतामा सक्रिय प्रतिरक्षा अन्तरनिहित हुन्छ । प्रधानमन्त्री केपी ओलीको दृढनिश्चयी, आत्मविश्वासयुक्त र विजेताभावमा देखिन मनपराउने स्वाभाव नियाल्दा लाग्थ्यो कि उनले यो कुरा राम्रोसँग बुझेका छन् । उनका हरेक आक्रामक प्रस्तुतिहरूका अगाडि विपक्षीका क्रिया-प्रतिक्रियाहरु फिक्का अनुभूत हुन्थे । समय फेरिएको छ । आफ्ना एकपछि अर्का कदमहरुलाई […]

प्रधानमन्त्रीको प्रस्ताव आइसक्यो, तर म धोका दिने मान्छे होइन: माधव नेपाल

१२ असार, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई धोका नदिने बताएका छन् । शेरबहादुर देउवाको साटो आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको, तर आफूले स्वीकार नगर्ने उनले बताए । गठबन्धनका शीर्ष नेताहरुले शनिबार पत्रकारहरुसँग भएको छलफलमा एमाले नेता नेपालले भने, माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो । शेरबहादुरजीलाई विचैमा पत्तासाफ गर्नुस्, […]

भासियो टीकापुर र राजापुर जोड्ने सत्ती पुल   

१२ असार, भजनी । कर्णाली नदीको बहावले कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको सत्ती पुल भासिएको छ । हुलाकी राजमार्ग अन्तर्गतको सो पुलको राजापुर क्षेत्र भासिएको सत्ती प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिए । उनले भासिएका स्थानमा मरमत प्रयास भइरहेको बताए । कटान हुन थालेपछि अहिले पुलमा आवागमन बन्द […]

मर्स्याङ्दीको धार पुरानै लयमा फर्काउन मुश्किल   

१२ असार, मनाङ । जिल्ला सदरमुकाम चामेस्थित मोटरेवल पुल बाढीबाट जोगाउन हम्मे हम्मे भएको छ । मर्स्याङ्दी नदीको धारलाई पुरानै लयमा फर्काउन नसकिँदा अहिले पुल जोगान मुश्किल भएको हो । अहिले जेसिबीको प्रयोगबाट नदीलाई पुरानो धारतर्फ पठाउन प्रयास भने जारी छ । सो नदीले बगाएर ल्याएका काठ पुलमा अड्किदा पानी रोकिएर नयाँ धार बनाएर बगेको […]

समाज लघुवित्त र स्वस्तिकको मर्जर ९ महिनादेखि अलपत्र

१२ असोज, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था र स्वस्तिक लघुवित्त वित्तीय संस्थाबीच भएको मर्जर सम्झौता अलपत्र परेको छ । समाज लघुवित्त वित्तीय संस्थाले साधारणसभाबाट प्रस्ताव पारित गराउन नसक्दा मर्जर अलपत्र परेको हो । मर्जरका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमतिसमेत दिइसकेको छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार सैद्धान्तिक सहमति पाएको तीन महिनाभित्र […]

गुल्मीमा माछा मार्ने क्रममा डुबेर युवकको मृत्यु 

१२ असार, गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका- ४ सिमाघाट खोलामा २१ वर्षका मदन घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । शनिबार दिउँसो चिलदमाइ खोलामा माछा मार्ने क्रममा उनी डुबेको प्रहरीले जनाएको  छ । घटनाबारे थप अनुसन्धानको लागि प्रहरी निरीक्षक सन्तोष चन्दसहित ५ जनाको टोली घटनास्थलतर्फ […]

मेलम्चीको बाढीबाट के सिक्ने ?

मेलम्ची खोलामा गत असार-१ गतेदेखि आएको अप्रत्याशित बाढीपछि स्थलगत अवलोकन गर्दा उजाडिएको बस्ती र मनसँगै, स्थानीय वासिन्दा बालुवाले भरिएको घर खोतल्दै भविष्यका सपना बुनिरहेको देखिए । त्यो परिवेश देखिसकेपछि यससँग सम्बन्धित प्राविधिक पक्ष उजागर गरेर यस्तै प्रकोप नेपालका अरु कुनै बस्तीले व्यहोर्न नपरोस् भनी केही संक्षिप्त प्रारम्भिक अध्ययनको निष्कर्ष पाठकसमक्ष प्रस्तुत गर्ने जमर्को गरेका छौं […]

चिकित्सक संघले भन्यो : गम्भीर औषधिको दुरुपयोग बढ्यो, बेलैमा नियन्त्रण गर

१२ असार, काठमाडौं । नेपाल चिकित्सक संघले पछिल्लो समय एन्टिवायोटिक्स लगायतका गम्भीर किसिमका औषधिको दुरुपयोग बढ्दै गएको भन्दै सरकारलाई बेलैमा नियन्त्रणका उपाय अपनाउन आग्रह गरेको छ । संघले शनिबार विज्ञप्ति जारी गरी एन्टिमाइक्रोविएल्स र एन्टिवायोटिक औषधिहरुको बढ्दो दुरुपयोग रोक्न नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिसविना औषधि प्रयोगलाई पूर्ण रुपमा नियन्त्रण गर्न सरकारलाई आग्रह गरेको […]



from समाचार – Online Khabar https://ift.tt/2SsAR6k
via IFTTT
Powered by Blogger.