Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

चीनमा सुरु भयो ल्हासा जोड्ने बुलेट रेल

११ असार, काठमाडौं । चीनले तिब्बतमा पहिलो पूर्ण विद्युतीय बुलेट रेल सञ्चालनमा ल्याएको छ । तिब्बत–सिचुआन रेलमार्गमध्येको ल्हासा-न्यिङचि खण्डमा बुलेट रेल शुक्रबारबाट सञ्चालनमा आएको हो । चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको एक सय वर्षगाँठ आउनुअघि ४३५.५ किलोमिटर लामो यो रुटमा बुलेट रेल सञ्चालनमा ल्याइएको हो । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार शुक्रबार ‘फुछिङ बुलेट रेल’ले आधिकारिक […]

स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि

११ असार, काठमाडौं । कोभिड-१९ का कारण करिब २१ महिनादेखि परीक्षा हुन नसकेको स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यलयले साउन ११ गतेदेखि हुने परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा केन्द्रमा परीक्षा दिन पाउने छन् । वार्षिक परीक्षा प्रणाली अन्तर्गत ४/३ […]

होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न वीरगञ्‍जका व्यवसायीको माग

११ असार, वीरगञ्ज । वीरगञ्जका व्यवसायीले होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले आवश्यक स्वास्थ्य प्रोटोकल पुरा गरि होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्ने बातावरण बनाई दिन आग्रह गर्दै होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त र महासचिव माधव बस्नेतले प्रमुख जिल्ला अधिकारी पिताम्बर […]

सिद्धार्थनगरको बजेट १ अर्ब १८ करोड, सुत्केरी भेट कार्यक्रमलाई २५ लाख

११ असार, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले केही नौला कार्यक्रमसहित एक अर्ब १८ करोड ७९ लाख रुपैयाँको बजेट ल्याएको छ । नगर उपप्रमुख उमा काफ्लेले बिहीबार नगरसभामा बजेट पेश हुन् । गर्भवती तथा सुत्केरी आमाहरूसँग उपप्रमुखको कोसेली भेट कार्यक्रमका लागि २५ लाख रुपैयाँ विनियोजन भएको छ । ‘गर्भवती अवस्थामा महिला र बच्चाको स्वास्थ्यलाई प्राथमिकता दिई […]

‘नयाँ पार्टीमा माधव नेपाल मात्रै होइन, अरू पनि आउन सक्नुहुन्छ’

११ असार, काठमाडौं । अखिलका पूर्वनेता जीवन राईको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) दर्ता भएको छ । राई एमालेकै बरिष्ठ नेता माधवकुमार नेपाल समर्थक रहेकाले नयाँ पार्टीबारे विभिन्न अड्कलबाजी भइरहेको छ । अध्यक्ष राई भने माधव नेपालसँग सल्लाह गरेर पार्टी दर्ता नगरेको बताउँछन् । तर आफ्नो पार्टीमा माधव नेपाल आवद्ध हुनसक्ने उनी बताउँछन् । उनी […]

मकवानपुरमा आइतबारदेखि सरकारी कार्यालय खुल्ने

११ असार, बागमती । मकवानपुरमा आइतबारदेखि सम्पूर्ण सरकारी कार्यालय खुल्ने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को निर्णय अनुसार  स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सेवा नियमित गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । जिल्लामा एक हजारभन्दा बढी कोरोनका सक्रिय संक्रमित रहेकाले उच्च सुरक्षा सतर्कता अपनाएर सेवा प्रवाह गर्न सबै कार्यालय […]

पर्सागढी नगरपालिकाले ल्‍यायो ५९ करोड ३३ लाखको बजेट

११ असार, वीरगञ्ज । पर्सागढी नगरपालिकाले असन्तुष्ट सदस्यहरुको नाराबाजीका बीच आर्थिक वर्ष ०७८-०७९ का लागि ५९ करोड ३३ लाख ३२ हजार ४ सय ९३ रुपैयाँको बजेट ल्याएको छ । संघ र प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदान क्रमशः १२ करोड ९२ लाख, ८८ लाख ५९ हजार, संघ र प्रदेश सरकारबाट राजश्व बाँडफाँड क्रमशः ८ करोड ८६ […]

होटेल व्यवसायीले गरे महानगरपालिकाको बजेटको स्वागत

११ असार, काठमाडौं । होटेल व्यवसायीले काठमाडौं महानगरपालिको आर्थिक वर्ष २०७८/७९ को बजेटको स्वागत गरेका छन् । महानगरपालिकाको नगरसभाबाट अतिप्रभावित होटल उद्योगको पुनरुत्थान गर्न सम्पत्ति करमा भारी छुट उपलब्ध गराएकोमा व्यवसायीले स्वागत गरेका हुन् । कोभिड-१९ को विषम परिस्थितिमा अतिप्रभावित भई विस्तारै लयमा र्फकन लागेको होटल तथा पर्यटन उद्योग दोस्रो लहरको कोभिड-१९ ले संकटग्रस्त अवस्थामा […]

आन्तरिक वायुसेवा कम्पनीले थाले टिकट बुकिङ

११ असार, काठमाडौं । आगामी १७ असारबाट हुने नियमित उडानका लागि आन्तरिक वायुसेवा कम्पनीले टिकट बुकिङ थालेका छन् । बुद्ध एयर र यति एयरलाइन्सले टिकट बुकिङ शुरु भएको जानकारी गराएका छन् । सरकारले साविकको तुलनामा ५० प्रतिशत पनि ननाघ्ने गरि उडान संख्या तय गरि आन्तरिक उडान शुरु गर्ने निर्णय गरेको हो । सरकारले एक साताको […]

राष्ट्रपतिलाई महाअभियोग लगाउने परिकल्पना संविधानले गरेको छ : टिकाराम भट्टराई

११ असार, काठमाडौं । अधिवक्ता टिकाराम भट्टराईले राष्ट्रपतिले सरकार निर्माणको विषयमा गरेको निर्णयमाथि न्यायीक पुनरावलोकन हुने बताएका छन् । सर्वोच्च अदालतमा संसद विघटनविरुद्धको मुद्दामा शुक्रबार रिट निवेदकको पक्षबाट बहस गर्दै भट्टराईले न्यायिक पुनरावलोकन हुँदैन भनेर पठाइएको लिखित जवाफ गलत भएको बताए । उनले भने, ‘राष्ट्रपतिबाट भए गरेका कामकारबाहीहरु न्यायीक पुनरावलोकन हुन्छ । संविधानको धारा १३३, २८६ र १३५ बाहेक अन्य सबै […]

विद्यालयमा अनियमितता भएको भन्दै शिक्षिकाद्वारा अख्तियारमा उजुरी

११ असार, बुटवल । रुपन्देहीको एक सरकारी विद्यालयमा व्यवस्थापन समितिले कीर्ते र नीतिगत अनियमितता गरेको भन्दै एक शिक्षिकाले छानबिनको माग गरेकी छन् । रुपन्देहीको गैडहवा गाउँपालिका–४ को मुक्तिधाम आधारभूत विद्यालय व्यवस्थापन समितिले कीर्ते, जालसाजी र नीतिगत अनियमितता गरेकाले छानबिन गर्न माग गर्दै निमित्त प्रधानाध्यापक दिलमाया कँडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएकी हुन् । २०७७ […]

पुनर्निर्माण प्राधिकरणका इन्जिनियर र सबइन्जिनियरहरु पक्राउ

११ असार, काठमाडौं । आफूहरुलाई सेवाबाट हटाउन लागिएको भन्दै प्रदर्शनमा उत्रिएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक कर्मचारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार दिउँसो उनीहरुलाई माइतीघर मण्डलाबाट नियन्त्रणमा लिएको हो । बबरमहलबाट प्रदर्शन गर्दै उनीहरु माइतीघर मण्डला आइपुगेका थिए । माइतीघर मण्डलामा आइपुगेलगत्तै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर भ्यानमा राखेको थियो । असारपछि कामबाट निकाल्न लागेको भन्दै […]

विमलेन्द्र, शशांक र प्रकाशमान भेटवार्ता : हामी एकै ठाउँमा छौं !

११ असार, काठमाडौं । नेपाली कांग्रेसमा सभापतिका आकांक्षी नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले सम्वादलाई निरन्तरता दिएका छन् । ८ असारमा उपसभापति निधिको निवासमा भेटेका यी तीन नेताहरु शुक्रबार महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा भेला भएका छन् । भेटमा पार्टीको आसन्न १४औं महाधिवेशनका साथै राष्ट्रिय राजनीतिबारे छलफल भएको छ । आफूहरु आगामी दिनमा […]

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री श्रेष्ठले भने-जनताले चुनाव अघि खोप लगाउन पाउनेछन्

११ असार, काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मध्यावधि चुनाव अघि नै जनताले कोभिड-१९ विरुद्धको खोप लगाउन पाउने बताएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै मन्त्री श्रेषठले भने, ‘जनताले नो भोट, नो खोप भनेका छन्, हामी एस खोप, एस भोट गराउँछौं ।’ खोपको सम्बन्धमा छिटै चमत्कारिक सफलता प्राप्त हुने उनले बताए । […]

निजी अस्पतालको शुल्क अचाक्ली : कोही बन्धक, कसैको आत्महत्या

झण्डै एक दशकदेखि सरकारले निजी अस्पतालमा उपचार शुल्क निर्धारण गर्न खोजे पनि अस्पताल सञ्चालकहरूको सत्तासँगको अवाञ्छित पहुँचले यो काम हुनसकेको छैन । बिरामी अस्पतालमा बन्धक बन्ने र उपचार खर्चको बिल देखेपछि आत्महत्या गर्ने कारण यही मनपरी शुल्क हो ।

प्रधानन्यायाधीशको प्रश्न : प्रधानमन्त्रीले विश्वासको मत लिन्नँ भन्ने ठाउँ संसद कि राष्ट्रपति कार्यालय ?

११ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सुनुवाइ भइरहेको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्रीले म विश्वास लिदिनँ भन्ने ठाउँ संसद कि राष्ट्रपति कार्यालय भनेर प्रश्न गरेका छन् । शुक्रबार बहस गरेका अधिवक्ता दिनमणी पोखरेलले ७६(५) मा प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी नपुग्ने बताए । अल्पमतको सरकारको सपथ खाँदा ३० दिन भित्र विश्वासको मत […]

भादा नदीमा हामफालेकी महिलाको सकुशल उद्धार

११ असार, बर्दिया । गुलरिया नगरपालिका-८ स्थित भादा नदीमा हामफालेकी एक महिलाको प्रहरीले सकुशल उद्दार गरेको छ। अपरिचित महिला उक्त नदीमा हामफालेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट तत्कालै खटिएको प्रहरी टोलीले उनलाई सकुशल उद्धार गरी बर्दिया अस्पताल गुलरियामा लगि उपचार गराएको हो । उपचार पश्चात आवश्यक सोधपुछको क्रममा ४० वर्षीया ती महिला […]

इटालीद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण

११ असार, काठमाडौं । युरोपेली संघ (ईयू)को नागरिक संरक्षणको कार्यविधि अनुसार इटालीले नेपाललाई स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको अवस्थामा त्यसलाई नियन्त्रण गर्न इटालीले सहयोग स्वरुप उक्त सामग्रीहरु नेपाललाई उपलब्ध गराएको हो । नेपालका लागि ईयूकी राजदूत नोना देप्रेजले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ […]

कलैया उपमहानगरपालिकाको बजेट : कृषकलाई अनुदान नै अनुदान

११ असार, वीरगञ्ज । बाराको कलैया उपनगरपालिकाले सातौं नगरसभामा १ अर्ब ६५ करोड ९६ लाख ७९ हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बिहीबार प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट ६० करोड १३ लाख ७० हजार, राजश्व बाँडफाँडबाट १९ करोड १० लाख २१ हजार, संघीय सरकारबाट ८१ करोड ८८ लाख र प्रदेश सरकारबाट ४ […]

सरकारप्रति वरिष्ठ अधिवक्ता अर्यालको टिप्पणी : बदनियतको पनि हद हुन्छ नि

११ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालले सरकारले अध्यादेश मार्फत् संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सिफारिस गरिएको र संसदीय सुनुवाइविनै शपथ खुवाउनुलाई बदनियतको हद भनेका छन् । उनले संविधान कहाँ गयो भनेर प्रश्नसमेत गरेका छन् । सर्वोच्च अदालतमा संसद विघटनविरुद्धको मुद्दामा शुक्रबार रिट निवेदकको पक्षबाट बहस गर्दै अर्यालले सबै कोणबाट बदनियत राखेर प्रधानमन्त्रीले शासन गरिरहेको […]

कोरोनाका कारण स्थगित स्नातक तहको वार्षिक परीक्षा साउन ५ देखि

११ असार, काठमाडौं । कोरोना महामारीका कारण स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहको परीक्षा साउन ५ गतेदेखि हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले साउन ५ गतेदेखि हुने परीक्षा तालिका सार्वजनिक गरेको छ । गत वैशाख ५ गतेदेखि सुरु भएको परीक्षा कोरोनाका कारण स्थगित भएको थियो । वार्षिक परीक्षा प्रणालीअन्तर्गत गत चारवर्षे र तीनवर्षे स्नातक […]



from समाचार – Online Khabar https://ift.tt/3zWNDej
via IFTTT
Powered by Blogger.