Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

गण्डकीमा मन्त्रीहरुको अस्थायी कार्यविभाजन, मनाङे अझै विनाविभागीय

१३ असार, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीहरुको कार्यविभाजन गरेका छन् । तर यो कार्यविभाजनलाई अस्थायी भनिएको छ । कुमार खड्काले शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय र हरिशरण आचार्यले ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा पाएका छन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी माओवादीबाट मन्त्री बनेकी मधुमाया अधिकारी गुरुङले पाएकी छन् […]

प्रहरी महानिरीक्षकका ब्याचीले एसएसपीबाटै अवकाश पाए

१३ असार, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीको ब्याचका एक अधिकृतले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाटै अवकाश पाएका छन् । लागूऔषध नियन्त्रणमा ब्युरोका एसएसपी दिलीप चौधरीले ५५ वर्षे उमेर हदका कारण बुधबारबाट अवकाश पाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाग्रह राखेका कारण आफू एसएसपीबाट घर जानुपरेको उनले आरोप लगाएका छन् । २०७४ सालको निर्वाचनमा […]

व्यक्तिले जोतभोग गर्दै आएको जग्गामा स्वास्थ्यचौकी नबनाउन मगर संघको माग

१३ असार,बुटवल । रुपन्देहीको तिलोत्तमामा व्यक्तिले तीन पुस्तादेखि जोतभोग गर्दै आएको जग्गामा स्वास्थ्य केन्द्र नबनाउन मगर संघले माग गरेको छ । तिलोत्तमा-१ मगरटोलका बिकाराम सारु मगरको परिवार २०१६ सालदेखि बसोबास र खेतीपाती गर्दै आएको ११ कठ्ठा जग्गामा नगरपालिकाले स्वास्थ्य केन्द्र बनाउन खोजेपछि सारु परिवार र नेपाल मगर संघले निर्माण कार्य तत्काल रोक्न माग गर्दै अवरोध […]

व्यास नगरपालिकामा ‘आत्मनिर्भर छोरी, सशक्त व्यास नगर’ अभियान

१३ असार, तनुहँ । व्यास नगरपालिकाले ‘आत्मनिर्भर छोरी, सशक्त व्यास नगर’ अभियानमार्फत छोरीलाई सम्मान कार्यक्रम ल्याएको छ । विशेष गरी नगरपालिकाभित्रका आदिवासी जनजाति, दलित र सीमान्तकृत समुदायलाई सो अभियानले समेट्ने छ  । बीस वर्ष पुगेपछि मात्र विवाह गर्ने दलित, बोटे, दराई, कुमाल र चेपाङ समुदायका छोरीलाई सम्मान गर्दै विवाहमा आर्थिक सहयोग समेत गरिने नगरपालिकाले जनाएको […]

प्रदीप ज्ञवाली भन्छन् : कतिपय नेताको व्यवहार एकता वार्तासँग मेल खाँदैन

१३ असार, काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कतिपय नेताको व्यवहार पार्टी एकताको पक्षमा नदेखिएको बताएका छन् । यद्यपि आफूहरुले अझै आश नमारेको र औपचारिक–अनौपचारिक सम्वादमार्फत प्रयास गरिरहेको उनले बताए । आइतबार बसेको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ज्ञवालीले पार्टी एकताका लागि आफूहरुको तर्फबाट हरसम्भव प्रयास भइरहेको बताए । ‘कतिपय नेताहरुको व्यवहार एकतासँग […]

धारा ७६ (५) को सरकार नबनी संसद विघटन हुँदैन : वरिष्ठ अधिवक्ता भण्डारी

१३ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारीले धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष शेरबहादुर देउवाले पेश गरेको आधार वैधानिक रहेकाले उनलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने बताएकी छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै धारा ७६ (५) को प्रधानमन्त्रीका लागि देउवाको आधार बलियो भएकाले उनलाई नियुक्त नगरी प्रतिनिधिसभा विघटन […]

वाग्मती प्रदेश सञ्चित कोषमा लक्ष्य अनुसारको रकम संकलन भएन

१३ असार, काठमाडौं । वाग्मती प्रदेश सञ्चित कोषमा लक्ष्य अनुसार रकम सङ्कलन हुन सकेको छैन  । प्रदेशस्थित स्थानीय तहद्वारा नियमित रकम जम्मा नहुँदा विगत तीन वर्षदेखि नै लक्ष्यअनुसार अपेक्षित सफलता प्राप्त नभएको हो । वाग्मती प्रदेश, सार्वजनिक लेखा समितिका अनुसार चालू आर्थिक वर्षको लक्ष्य रु तीन अर्बको  छ । नदीजन्य पदार्थ (दहत्तर-बहत्तर) को राजश्व बाँडफाँटअन्तर्गत […]

डोटी अस्पतालमा ओपीडी सेवा सुचारु

१३ असार, डोटी । कोरोना महामारीका कारण बन्द रहेको डोटी जिल्ला अस्पतालको ओपीडी सेवा सुचारु भएको छ । दोस्रो चरणको कोरोना संक्रमणका कारण कम्तीमा बन्द रहेको ओपीडी सेवा तीन महिनापछि सञ्चालनमा आएको हो । ओपीडी सेवा सञ्चालनमा ल्याएसँगै उपचारका लागि आउने बिरामीको चाप बढ्न थालेको डोटी जिल्ला अस्पतालले जनाएको छ । ओपीडी सेवा बन्द भएपछि […]

सार्वजनिक यातायातको भाडा बढाउनुपर्ने सरकारी निष्कर्ष

१३ असार, काठमाडौं । सार्वजनिक सवारीको वैज्ञानिक भाडा समायोजनबारेको अध्ययन प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगेको छ । प्रतिवेदनले वैज्ञानिक भाडा समायोजन गर्दा भाडा बढाउनुपर्ने अवस्था रहेको औंल्याएको छ । २०६९ सालदेखि वैज्ञानिक रुपमा भाडा समययोजन नभएको भन्दै व्यवसायीले लामो समयदेखि सरकारले बनाएको वैज्ञानिक भाडा समायोजनको मापदण्डअनुसार भाडा पुनरावलोकन गर्न माग गर्दै आएका छन् […]

सुधार गृहबाट भागेका तीन जना बालक पक्राउ

१३ असार, विराटनगर । विराटनगरको बालसुधार गृहको तेस्रो तलाबाट हामफालेर फरार भएका तीन जना बालक पक्राउ परेका छन् । शनिबार बिहान चार जना बालक फरार भएका थिए । फरार भएको केही समय पछि एक बालक पक्राउ परेका थिए भने अन्य तीन जना फरार थिए । मोरङ प्रहरीका डीएसपी मञ्जील मुकारुङका अनुसार तीन जनालाई आइतबार बिहान […]

बालिका करणी गरेको अभियोगमा युवा पक्राउ

१३ असार, काठमाडौं। आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२३ जुद्धशालिक धर्मपथ बस्ने धादिङ धुनिवेशी नगरपालिका-१ घर भएका ३५ वर्षीय सुर्य तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धर्मपथस्थित पुरानो नगरपालिकाको खाली जमिनमा पार्किङ गरी राखेको गाडी पछाडि तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट […]

मोरङमा बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ 

१३ असार, विराटनगर । मोरङको सुनबर्सी नगरपालिका–४ मा बुबाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । मादक पदार्थ सेवनपछि विवाद हुँदा ६८ वर्षीय बुबा टिनताल ताजपुरियाको हत्या गरेको आरोपमा ४० वर्षीय दयालु ताजपुरिया पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मञ्जिल मुकारुङका अनुसार दयालुले शनिबार बिहान ६ बजेतिर ओछ्यानमा सुतिरहेको बेला […]

आफ्नै बुवाको हत्या अभियोगमा छोरा पक्राउ

१३ असार, खोटाङ। आफ्नै बुवा ७२ वर्षीय चन्द्र कुमार राईको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मा बस्ने २८ वर्षीय सुवर्ण राई रहेका छन् । सुवर्णले चन्द्र कुमारलाई खुकुरी प्रहार गरेर हत्या गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ […]

रोपाइँ सकिएका क्षेत्रको गणना स्याटेलाइटबाट हुँदै

१३ असार, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तराईका २१ जिल्लामा स्याटेलाइटबाट धान रोपाइँको क्षेत्रफल गणना गररिहेको छ । नेपालमा उत्पादन हुने कुल धान उत्पादनको ७४ प्रतिशत उत्पादन ओगट्ने उक्त क्षेत्रमा दोस्रोपटक यसरी गणना सुरु गरिएको मन्त्रालयले जनाएको छ । पूर्वमा झापादेखि पश्चिमको कन्चनपुरसम्मका धेरै धान खेती हुने २१ जिल्लामा गतवर्षबाट सूरु भएको पाइलट […]

‘निष्पक्ष र व्यवस्थित खोप वितरणका लागि कोभ्याक्स नै उपयुक्त हो’

नोना डिप्रेज, नेपालका लागि युरोपेली युनियनकी राजदूत हुन् । गत वर्ष कोरोना महामारीको शुरुआतदेखि नै उनी नेपाललाई सकेसम्म बढी सहयोग जुटाउन र आएका सहयोग व्यवस्थापनमा सक्रिय छिन् । पछिल्ला महीनाहरूमा नेपालमा कोरोना संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएपछि स्वास्थ्य सामग्रीको ठूलो अभाव भयो । नेपालले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको याचना गर्‍यो । राजदूत डिप्रेजले युरोपियन युनियन र […]

निधिलाई रिजालको प्रश्न : कांग्रेसमा अर्काे महाधिवेशनपछि मात्रै गणतन्त्र आउने हो ?

१३ असार, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेतृत्वका आकांक्षीहरुले आफ्नो दावेदारी प्रस्तुत गर्न थालेका छन् । सभापति शेरबहादुर देउवाले आफूनिकट केन्द्रीय सदस्यहरुसँग नेतृत्वमा दोहोरिन चाहेको बताएका छन् भने संस्थापन समूहमै रहेका उपसभापति विमलेन्द्र निधि पनि सभापति बन्ने दौडमा छन् । त्यहाँ आफूलाई सभापति बनाउन सम्भावना नभएपछि उनले संस्थापनइतरका नेताहरुसँग भेटघाटलाई बाक्लो बनाएका छन् । […]

मोटरसाइकल चोरी गरेको आरोपमा चारजना पक्राउ

१३ असार, भक्तपुर । महानगरीय प्रहरी वृत्त जगातीको टोलीले मोटरसाइकल चोरी गरेको आरोपमा चार व्यक्तिलाई भक्तपुर नगरपालिका–८ लिवालीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ थाक्रे गा.पा. ७ घर भई हाल भक्तपुर–८ बस्ने वर्ष २८ का सुमन भन्ने अर्जुन तमाङ, भक्तपुर–२ दत्तात्रय स्थायी घर भई लिवाली बस्ने वर्ष १९ का वैद्य भन्ने विजय ह्याङ्जु, दोलखा […]

एमालेले बोलायो महाधिवेशन आयोजक कमिटीको बैठक

१३ असार, काठमाडौं । नेकपा (एमाले)ले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । आइतबार बसेको स्थायी कमिटीको बैठकले असार १६ गते काठमाडौंमा बैठक बोलाएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक स्थिति र राष्ट्रिय राजनीतिका आयामबारे छलफल गरिएको थियो। यसबारे थप छलफल गरेर निर्णय लिनुपर्ने भएकाले राष्ट्रिय महाधिवेशन आयोजक […]

माइक्रोबसले मोटरसाइकल र भ्यानलाई ठक्कर दिंदा तीन जनाको मृत्यु

१३ जेठ, विराटनगर । सुनसरीको कोशी गाउँपालिका- ८ मा तीन वटा सवारी साधन दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । आइतबार बिहान पूर्वपश्चिम राजमार्गको कोशी गाउँपालिका-८ खण्डमा माइक्रो बस (हाइस)ले मोटरसाइकल र पिकअप भ्यानलाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा३ख ७२२४ […]

इतिहास रच्न बसेकाले इतिहास भत्काए : बरिष्ठ अधिवक्ता भण्डारी

१३ असार, काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि आइतबारको बहस सुरु भएको छ । रिट निवेदकका तर्फबाट बहस गर्दै बरिष्ठ अधिवक्ता सविता भण्डारीले इतिहास रच्न बसेकाहरूले इतिहास भत्काएको बताएकी छन् । उनले प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी पुग्ने तर्क गर्दै अदालतबाट स्वतन्त्र र सहि फैसला आउने अपेक्षा गरिएको बताइन् । संविधानको धारा ७६(५) को सरकार […]

इटलीद्वारा २० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग

१३ असार, काठमाडौँ। इटालीले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । दोस्रो लहरको कोरोना भाइरस (कोभिड-१९) महामारीविरुद्ध लड्न भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग गरेको हो । युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटलीले २० वटा भेन्टिलेटर, ६ हजार आइसोलेसन गाउन र दश हजार प्रोटेक्टिभ कवरल्स् सहयोग गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना […]



from समाचार – Online Khabar https://ift.tt/2T4qMNs
via IFTTT
Powered by Blogger.