समाचार
११ असार, काठमाडौं । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले शुक्रबार थप तीन मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै छन् । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा गएर पदभार ग्रहण गर्न लागेका हुन् । स्वास्थ्य मन्त्रालयमा साढे १२ बजे, श्रम मन्त्रालयमा २ बजे र वन मन्त्रालयमा साढे ३ बजे पदभार ग्रहणको […]
११ असार, काठमाडौं । आगामी ३ दिन नेपालका बिभिन्न भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबार विहान ३ दिनको मौसम प्रक्षेपणसम्बन्धी बुलेटिन सार्वजनिक गर्दै सो जानकारी गराएको छ । बुलेटिन अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । बुलेटिनमा लेखिएको छ, ‘प्रदेश नं १, प्रदेश नं २, बागमती […]
नयाँ शैक्षिक सत्र शुरु भएपछिको पहिलो काम विद्यार्थी भर्ना हो । यो काम सार्वजनिक विद्यालयमा सहजै हुन्छ । खासै भनसुन हुँदैन र गर्न पनि पर्दैन । किनकी यहाँ भर्नाका लागि अभिभावकको चासो कमै हुने गर्दछ । धेरै अभिभावकले आफ्नो नजिकमा जुन विद्यालय छ छोराछोरीलाई त्यसैमा भर्ना गर्ने हुन् । सार्वजनिक विद्यालयमा भर्ना हुने विद्यार्थीमध्ये धेरै […]
११ असार, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले स्थानीय घरेलु मदिरालाई ब्राण्डिङ गरी बिक्री गर्ने भएको छ । गाउँपालिकाको बिहीबार सम्पन्न नवौं गाउँसभाले स्थानीयस्तरमा उत्पादित घरेलु मदिरा बिक्री वितरण तथा व्यवस्थापन ऐन बहुमतले पारित गरेको हो । ऐन पारित भएसँगै लुकिछिपी उत्पादन हुँदै आएको घरेलु मदिराको उद्योग सञ्चालन गर्न पाइने भएको छ । यसका लागि गाउँपालकिाबाट […]
११ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अस्थिरतामा राख्ने प्रबन्ध पहिल्यै संविधानमा घुसाइएको बताएका छन् । उनले संसदबाट प्रधानमन्त्री छानिने अहिलेको प्रणाली रहुन्जेल बहुमतको सरकार नबन्ने पनि बताएका छन् । सरकार नियन्त्रित नेपाल टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पाँच वर्ष स्थिर सरकारको कुरा जनता अलमल्याउनका लागि मात्र भएको बताए । प्रधानमन्त्री ओलीले भनेका छन्, […]
११ असार, काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यको मयामी सहर नजिक पर्ने एक १२ तले भवन भत्किँदा दर्जनौं सम्पर्कविहीन भएका छन् । घटनास्थलमा एक जनाको शव भेटिएको छ । भवन भत्किने बेला त्यहाँ कति जना थिए भन्ने पनि खुलेको छैन । मयामीको उत्तरमा पर्ने सर्फसाइड क्षेत्रको सो भवन सन् १९८० मा बनेको थियो । त्यसमा २३० […]
११ असार, काठमाडौं । काठमाडौंको चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम अन्तिम चरणमा पुगेको इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । निषेधाज्ञाको समयमा पनि भौतिक प्रगति उल्लेख्य भएपछि नयाँ आर्थिक वर्षको सुरुवातमै बन्दरगाह सञ्चालनको तयारी पूरा हुने समितिको दाबी छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले हालसम्म परियोजनाको ९० प्रतिशत भौतिक प्रगति सकिएको बताए । […]
११ असार, काठमाडौं । भारतले पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन (आपेक)लाई तेलको भाउ घटाउँदै उत्पादन बढाउन आग्रह गरेको छ । मुलुकमा निरन्तर पेट्रोलियम पदार्थको भाउ बढिरहेको समयमा भारतले ओपेकसँग यस्तो आग्रह गरेको हो । पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकले पेट्रोलियम पदार्थको भाउ बढाउन भन्दै उत्पादनमा कटौती गरिरहेका छन् । यस किसिमको कटौती चरणबद्धरुपमा हटाइनुपर्ने भारतको माग […]
११ असार, काठमाडौं । चीनले विकासोन्मुख मुलुकहरुलाई लक्षित गरेर बेल्ट एण्ड रोड भ्याक्सिन साझेदारी कार्यक्रमलाई अगाडि बढाउने भएको छ । दुई दिन अगाडि सम्पन्न बेल्ट एण्ड रोड सम्बन्धी एशिया प्रशान्त क्षेत्रको उच्चस्तरीय सम्मेलनमा आफूहरुले सो प्रस्ताव गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । मन्त्रायका प्रवक्ता झाओ लिजानले कोरोनाविरुद्धको खोपमा अन्तर्राष्ट्रिय साझेदारी बढाउन सो प्रस्ताव गरिएको […]
११ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ । निर्वाचन आयोगले शुक्रबार सूचना जारी १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् […]
१० असार, काठमाडौं । वामपन्थी धारका जनप्रतिनिधिले नगरसभा बहिस्कार गरेपछि बिहीबार ललितपुर महानगरपालिकाले बजेट नै ल्याउन सकेन । रौतहटको मौलापुरमा पनि माओवादी पक्ष्का जनप्रतिनिधिले असन्तुष्टि जनाउँदै नगरसभा बिथोले । ललितपुर र मौलापुर उदाहरण मात्र हो, मेयर तथा अध्यक्ष अल्पमतमा परेका धेरै स्थानीय तहलाई यो वर्ष बजेट ल्याउन सकस परेको छ । स्थानीय सरकार सञ्चालन ऐन-२०७४ […]
१० असार, काठमाडौं । महालक्ष्मी नगरपालिकाको दशौं नगर सभा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको नगर सभामा चार वटा बैठक बसेको थियो । नगर सभा बैठकबाट नगर प्रमुख रामेश्वर श्रेष्ठले पेस गरेको आव २०७८/७९ को नीति तथा कार्यक्रम र उपप्रमुख निर्मला थापाले पेस गरेको रू. १ अर्ब ९४ करोड १ हजार १ सय १६ रुपैयाँ […]
१० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिएका छन् । त्यस्तै मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम […]
१० असार, काठमाडौं । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेकपा एमालेको विभाजन रोक्ने पहलकदमीका निम्ति काठमाडौं आएका छन् । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीका निकट नेता गुरुङ एमालेका दुवै समूहका अतिवादी सक्रिय भए पनि पार्टी एकता जोगिनेमा विश्वस्त देखिन्छन् । राष्ट्रिय राजनीति ट्र्याकमा ल्याउन पनि एमालेको एकता अनिवार्य रहेको बताउने गुरुङ अध्यक्ष ओली […]
१० असार, काठमाडौं । नेपालका ६ महानगरपालिकामध्ये ५ वटा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट सार्वजनिक गरेका छन् । १० असारभित्र बजेट ल्याउनुपर्ने कानूनी प्रावधानलाई पछ्याउँदै ५ वटा नगरपालिकाकाले बिहीबार बजेट सार्वजनिक गरे । तर, ललितपुर महानगरपालिकाले भने राजनीतिक विवादका कारण बजेट ल्याउन सकेन । नेकपा एमाले र माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले […]
१० असार, काठमाडौं । सर्वोच्च अदालत संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि निरन्तर सुनुवाइ जारी छ । बुधबार र बिहीबार रिट निवेदकका तर्फबाट बहस गर्ने कानून व्यवसायीबाट संवैधानिक इजलास मुख्य रुपमा दुई वटा प्रश्नमा स्पष्ट हुन खोजेको छ । पहिलो– संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि आधार पेश गर्दा दलको समर्थन चाहिन्छ कि […]
१० असार, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले आर्थिक बर्ष २०७८-०७९ का लागि ६१ करोड ९० हजार रुपैयाँको बजेट ल्याएको छ । नगरप्रमुख डिल्लीराज भुसालले प्रस्तुत गरेको बजेटमा आर्थिक क्षेत्रतर्फ ४ करोड ७७ लाख ४४ हजार, सामाजिक क्षेत्रतर्फ २५ करोड २२ हजार, पूर्वाधारतर्फ १८ करोड २ लाख ५० हजार विनियोजन गरिएको छ । वन, वातावरण तथा […]
१० असार, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई अब उपमहानगरपालिका बनाइने भएको छ । बिहीबार भएको नवौं नगरसभाले नगरपालिकालाई उपमहानगरपालिका बनाउने एजेण्डा पारित गरेको उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । उनका अनुसार नगरसभाबाट पारित उपमहानगरपालिका बनाउने एजेण्डा कर्णाली प्रदेश सरकारमार्फत संघीय सरकारमा जानेछ । ‘वीरेन्द्रनगर नगरपालिकाले उपमहानगरपालिकाका लागि चाहिने मापदण्ड पूरा गरेको छ’ […]
१० असार, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले ‘कांग्रेसको १४औं महाधिवेशन र अबको कार्यदिशा’ अभियान थालेकी छन् । भर्चुअल माध्यमबाट गरिने यो अभियान सात वटै प्रदेशमा सञ्चालन हुनेछ । यस अन्तर्गत पहिलो कार्यक्रम असार १ गते प्रदेश–१ बाट शुरू भयो । तर, पहिलो बहसमै उति सन्तुष्ट भइनन् । ‘मैले कांग्रेसको आगामी नीति […]
१० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी गठबन्धन प्रधानमन्त्री फेर्न वा एउटा चुनावका लागि मात्र नभएको बताएका छन् । लामो यात्राका लागि सैद्धान्तिक आधारहरु तय गरेर नै आफूहरु एक ठाउँमा आएको उनले बताए । सम्पादकहरुसँग बिहीबार भएको छलफलमा उनले गठबन्धनका तीन आधार प्रस्तुत गरे । पहिलो, संविधानको रक्षा र समयानुकुल […]
१० असार, काठमाडौं । विभिन्न पशुपक्षीको आवाज निकाल्ने कलाले सन्तोषी सुब्बालाई ख्याति त दियो, तर दैनिकी सहज बनेन । धर्मपुत्रीका रुपमा १८ वर्षदेखि कालोपुलमा बसिरहेकी उनी आफ्नै संसार बसाउन चाहन्थिन् । बुबा धनबहादुर तामाङको चप्पल बिक्री गर्ने पेशा पनि निषेधाज्ञाका कारण राम्रोसँग चलेको थिएन । त्यसैले पनि उनलाई आफ्नै खुट्टामा उभिनु थियो । युट्युबमा अन्तर्वार्ता […]
from समाचार – Online Khabar https://ift.tt/2T7Yq4C
via IFTTT






















