समाचार
१७ पुस, काठमाडौं । नेपाल प्रेस युनियनका पूर्वउपाध्यक्ष याम प्रधानको ५३ वर्षको उमेरमा निधन भएको छ । बिहीबार बिहान साढे ३ बजे इटहरी ९ भोजपुरे टोलस्थित निवासमा उनको निधन भएको हो । नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वसभापति समेत रहेका प्रधान बिभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए । नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले बिहीबार शोक विज्ञप्ति […]
१७ पुस, काठमाडौं । एक समारोहबीच बुधबार शुभारम्भ गरिएको नेपाल भ्रमण वर्ष २०२० आजका दैनिक पत्रपत्रिकाहरूको प्राथमिकतामा परेको छ । अन्नपूर्णले ‘पर्यटनको महाअभियान सुरु’ शीर्षक दिएर आज मुख्य समाचार बनाएको छ । कान्तिपुरले पर्यटनलाई अर्थतन्त्रको एक प्रमुख आधार बनाउने लक्ष्यसहित सरकारले बुधबार काठमाडौंको दशरथ रंगशालासहित सातै प्रदेशबाट भ्रमण वर्ष–२०२० शुभारम्भ गरिएको लेखेको छ । नागरिकले […]
१६ पुस, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० औपचारिक रुपमा सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ आयोजित भब्य समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिन् । उद्घाटन कार्यक्रमलाई चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओफेङ, भारतका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पटेल, म्यानमारका प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमन्त्री यू ओहन मौग, जमैकाका मन्त्री […]
१६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सपनामात्रै बाँड्ने गरेको आरोप लाग्ने गर्छ । रेल, पानी जहाज, घरघरमा ग्याँसको पाइपलाइन, देशभित्रै पेट्रोलियम पदार्थ उत्खनन्, अनि हावाबाट बिजुली यस्तै यस्तै सपना । प्रधानमन्त्री आफैंले भन्ने गरेका पनि छन्–म मुर्छित सपनाहरुलाई ब्युँताउन चाहन्छु । मैले देखेका र देखाएका सपनाहरु पूरा गर्नकै लागि हुन् । सम्बृद्ध नेपाल […]
१६ पुस, सर्लाही (हरिवन) । सर्लाहीको हरिवन बजार कटेर पूर्वतर्फ लाग्दै गर्दा दुर्गन्ध आउन थाल्छ । यो गन्ध ईन्दुशंकर चिनी उद्योगको हो । चिनी उद्योग चल्न थालेपछि पूर्व-पश्चिम राजमार्गमा यात्रा गर्नेहरूको नाकले यो उद्योगको गन्ध थाहा पाइहाल्छ । राजमार्गबाट सय मिटर भित्र उद्योग छ । दैनिक ५० हजार क्वीन्टल उखु क्रसिङ् गर्ने क्षमताको उद्योग यो […]
१६ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलले बहिस्कार गरेका छन् । देउवाले बुधबार साँझ पदाधिकारीहरुको बैठकमा वरिष्ठ नेता पौडेललाई पनि बोलाएका थिए । तर पौडेल अनुपस्थित रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । पौडेल समूहले २६ मंसिरबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेको थियो । लामो […]
१६ पुस, बुटवल । संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० प्रदेश ५ मा बर्दियाको ठाकुरद्वारामा उद्घाटन भएको छ । लुम्बिनी भ्रमण वर्ष २०७६ मनाइरहेको प्रदेश ५ सरकारले ‘घुम्न जाउँ बर्दिया’ भन्ने नाराका साथमा बर्दियाको ठाकुरद्वारामा बुधबार विषेश कार्यक्रम गर्यो । भ्रमण वर्षको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरे । भ्रमण वर्ष उद्घाटन […]
१६ पुस, काठमाडौं । भ्रमण वर्ष २०२० को पहिलो दिन नै पर्साको पर्यटकीय स्थल ठोरीमा करिब ४० हजारको संख्यामा भारतीय पर्यटक भित्रिएका छन् । अंग्रेजी नयाँ वर्ष २०२० मनाउन भारतीय पर्यटक तराईको ‘मिनी उपत्यका’ को रुपमा चिनिने ठोरी आएका हुन् । भारतको पटना, बेतिया, समस्तीपुर, मुजफ्फरपुर, मोतीहारी, नरकटियागंज आसपासका क्षेत्रका वासिन्दा ठोरी घुम्न र वनभोजका […]
१६ पुस,काठमाडौं । सर्वोच्च अदालतले सन् १८१६ को सुगौली सन्धीको अनुसूचीसहितको प्रतिलिपि तथा नेपालको आधिकारिक नक्सासहित १५ दिनभित्र जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले सुगौली सन्धिदेखिकै ऐतिहासिक दस्तावेज संकलन गर्न सरकारलाई आदेश दिएको हो । वरिष्ठ अधिवक्ता विश्वप्रकाश भण्डारीले दायर गरेको रिटमाथि अदालतमा सोमवार सुनुवाइ भएको थियो । […]
१६ पुस, पोखरा । २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० बुधबार सुरु भएको छ । गण्डकी प्रदेश सरकारले पनि पोखराको लेकसाइडबाट भ्रमण वर्षको उद्घाटन गरेको छ । भ्रमण वर्षको उद्घाटन गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत प्रदेशका ११ वटै जिल्लाका जनप्रतिनिधिको सहभागितामा उद्घाटन गरिएको हो । कार्यक्रममा मुख्यमन्त्री गुरुङले भ्रमण वर्ष सफल […]
६ पुस, काठमाडौं । सशस्त्र प्रहरी बलमा भावी नेतृत्वका लागि दाबेदार मानिएका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) ले अवकाश पाएका छन् । सेवा अवधि सकिन ५ वर्ष बाँकी रहँदै बुधबारबाट डीआईजी सुरजकुमार श्रेष्ठ र बाबुराम पाण्डेले अवकाश पाएका हुन् । श्रेष्ठ सशस्त्र प्रहरीमा अब्बल अधिकृतको रुपमा चिनिन्थे । डीआईजीको ५ वर्षे पदावधि सकिएपछि श्रेष्ठ […]
१६ पुस, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । बुधबार मध्य रातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो । अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १११ पुगेको छ भने डिजेल र मट्टतिेलको १०० रुपैयाँ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको विक्री मूल्य भने यथावत […]
१६ पुस, सुर्खेत । सुर्खेतमा प्रहरी र प्रतिबन्धित विप्लव समूहका कार्यकर्ताबीच जम्काभेट हुँदा गोली चलेको छ । जिल्लाको पञ्चपुरी नगरपालिका-८, जुवालथाइमा सूचना संकलनका लागि पुगेको सादा पोशाकको प्रहरी टोली देख्ने वित्तिकै विप्लव समूहका कार्यकर्ताले गोली चलाएका थिए । प्रहरीका तर्फबाट पनि दुई राउण्ड जवाफी फायर भएको छ । फायरिङपछि विप्लव कार्यकर्ता भागेको प्रहरीको भनाइ छ […]
१६ पुस, काठमाडौं । कर्णाली प्रदेश सरकारले पर्यटकीयस्थल बुलबुलेमा बिशेष कार्यक्रम गरी पर्यटन वर्ष २०२० को शुभारम्भ गरेको छ । वीरेन्द्रनगर बजारबाट बिभिन्न झाँकीसहितको र्याली निकाली बुलबुले उद्यानमा आएर भ्रमण वर्षको उद्घाटन गरिएको हो । शुभारम्भका क्रममा कर्णालीका जातजाति विशेषका भेषभुषा र संस्कृतिको प्रदर्शनसमेत गरिएको थियो । उनीहरुका छुट्टाछुट्टै झाँकीहरु प्रदर्शन गरिएको थियो । पर्यटन […]
१६ पुस, काठमाडौं । वेल्डिङ गर्ने क्रममा धादिङको मलेखुमा एउटा कारमा आगलागी भएको छ । गजुरी गाउँपालिका-२ मलेखुस्थित भद्रकाली मोटरसाइकल वर्कशपमा मर्मतपछि वेल्डिङ गर्ने क्रममा बा.६ च २१५५ नम्बरको कारमा बुधबार अचानक आगलागी भएको हो । आगलागीबाट कार पूर्ण रुपमा जलेर क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरी र स्थानीयबासिन्दाको सक्रियतामा आगो […]
१६ पुस, काठमाडाैं । इस्वी संवत २०१९ बिदा भएर आज बुधबारबाट २०२० सुरु भएको छ । यस अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना आदानप्रदान चलिरहेको छ । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भने नयाँ वर्षको शुभकामनासँगै एउटा प्रस्ताव पनि गरेका छन्, नेपालमा अब इस्वी संवतलाई आधार मानेर प्रशासनिक आर्थिक क्यालेन्डर बनाउने । टि्वटरमा डा. भट्टराईले लेखेका छन्, […]
१६ पुस, सर्लाही । ‘डिजेलको मूल्य एक बर्ष अघिकै छ ? मलखाद्यको भाउ उही हो ? ज्यालाको दर गत बर्षकै छ ? पक्कै छैन । तर हामीले दुःख गरेर उब्जाएको उखुको मूल्य किन पोहोर सालकै ?’ सर्लाहीको हरिवन नगरपालिका– ७ घुर्कौलीका ५८ बर्षीय किसान हरिदेव महतोको प्रश्न हो यो । सरकारले उखुको लागि गत वर्षकै […]
१६ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका सगरमाथा र लुम्बिनी संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताएकी छन् । बुधबार नेपाल भ्रमण वर्षको शुभारम्भ गर्दै उनले सर्वोच्च शिखर सगरमाथा र गौतम वुद्धको जन्मस्थल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताएकी हुन् । विगतमा द्वन्द्व रहे पनि अहिले मुलुक समृद्धिको बाटोमा रहेको भन्दै राष्ट्रपति भण्डारीले अब पर्यटन […]
१६ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८३ हजार रुपैयाँ घुस लिएको आरोपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबारका खरिदार त्रिलोचना पोखरेलविरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार मुद्धा दायर गरेको छ । पोखरेलले ५ वटा सडकको प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन तयार गर्ने क्रममा किर्ते मिटिङ माइन्युट र बैठक भत्ता बुझेको तथा सोही झुठ्ठा […]
१६ पुस, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले पर्यटकीय क्षेत्रमा लगानी गर्न व्यवसायीहरुलाई आह्वान गरेको छ । व्यवसाय सञ्चालनमा रहेका समस्याहरु नीतिगत रुपमा समाधान गर्न प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए । नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले भने, ‘अब खप्तडमा होटल बन्नुपर्छ, अपी सैपालमा बन्नुपर्छ । त्यहाँ लगानी […]
१६ पुस, काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमणमा आउन पर्यटकहरुलाई अपील गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै भट्टराईले भने, ‘नेपाल प्रकृतिको अनुपम सिर्जना हो । यहाँका अनुपम एवं अद्वितीय प्राकृतिक सौन्दर्यसँग रमाउन नेपाल आउनुहोस् । जिन्दगीभरिका लागि मिठो अनुभव लिएर जानुहोस् ।’ उनले अघि भने, […]
from समाचार – Online Khabar https://ift.tt/2uaQjaQ
via IFTTT






















