Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

ए डिभिजन लिगको खेल तालिका फेरि परिवर्तन

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको खेल तालिका फेरि परिवर्तन भएको छ । आयोजक अखिल नेपाल फुटबल संघले यसअघि अन्तिम ३ चरणको खेल तालिका एकै पटक सार्वजनिक गरेको थियो । जसअनुसार मनाङ मर्स्याङ्दी र एनआरटी बिचको खेल आज शनिबार हुने तय थियो । तर हलचोकमा हुने भनिएको उक्त खेल एन्फाले प्राविधिक कारणले गर्दा आज […]

दाङमा चट्याङले तीन जनाको मृत्यु   

२५ माघ, घोराही । दाङ र आसपासको क्षेत्रमा शनिबार दिउँसो हावाहुरीसहित पानी आएको बेला परेको चट्याङमा जिल्लाका छुट्टाछुट्टै दुई स्थानमा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारीअनुसार तुलसीपुरमा एक महिला र एक बालिकाको चट्याङ लागेर मृत्यु भएको छ भने घोराहीमा एक बालकको चट्याङमा परी मृत्यु भएको छ । प्रहरीका अनुसार […]

न्यायाधीश रेग्मी र नवीन पौडेलको ललिता निवासको जग्गा सरकारी कायम

२५ माघ, काठमाडौं । नेकपा महासचिव विष्णु पौडेलका छोरा नविन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा सरकारको नाममा ल्याइएको छ । अख्तियार दुरुपयोग अनुन्धान आयोगको पत्र र जग्गा धनीको सनाखतपछि रेग्मी र पौडेलको नाममा रहेको जग्गा सरकारको नाममा ल्याइएको भूमसिुधार तथा मालपोत कार्यालय डिल्लीबजार स्रोतले बताएको छ । […]

कुशल मल्लको ‘ड्रिम डेब्यु’मा कीर्तिमानी प्रदर्शन

२५ माघ, काठमाडौं । युवा अलराउन्डर कुशल मल्लले नेपाली राष्ट्रिय टिमका लागि ओडीआई (एक दिवशीय क्रिकेट ) मा ड्रिम डेब्युसहित कीर्तिमानी प्रदर्शन गरेका छन् । १५ वर्षीय कुशलले नेपालको लागि ओडिआईमा डेब्यु गर्दै विश्व कीर्तिमानी अर्धशतक बनाए भने बलिङमा १ विकेट समेत लिए । नेपालमा भइरहेको आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो […]

सुदूरपश्चिमका ११ स्थानमा विमानस्थल सञ्चालन हुन्छ : पर्यटनमन्त्री

२५ माघ, कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सुदूरपश्चिम प्रदेशका ११ स्थानमा विमानस्थल सञ्चालन हुने आश्वासन दिएका छन् । शनिबार धनगढीमा आयोजित धनगढी विमानस्थल गुरु योजना प्रस्तुतीकरण कार्यक्रममा मन्त्री भट्टराईले प्रदेशका विभिन्न ११ स्थानमा विमानस्थल सुरु हुने बताएका हुन् ।‘कहीँ काम भइरहेको छ । कहीँ कामको तयारी भइरहेको छ,’ उनले भने, ‘हामी […]

नदी उत्खननमा प्रयोग भएका २३ सवारी साधन प्रहरी नियन्त्रणमा

२५ माघ, चितवन । प्रहरीले चितवनमा जथाभावी नदीजन्य सामग्री उत्खननमा प्रयोग भएका डोजरसहित टिपर र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले भरतपुर महानगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको सिमानामा बग्ने खगेरी खोलाबाट ३ वटा डोजर, १० वटा टिपर र १० ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका सबै सवारी साधानलाई जिल्ला […]

राष्ट्रपतिद्वारा सम्पदा पुनर्निमाणको अवलोकन

२५ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुनर्निर्माण भइरहेका सम्पदाहरुको अवलोकन गरेकी छन् । शनिबार राष्ट्रपति भण्डारीले रानीपोखरी, धरहरा, बालगोपालेश्वर मन्दिर, बसन्तपुर दरबार स्क्वायरको अवलोकन गरेकी हुन् । राष्ट्रपति भण्डारीले रानीपोखरीबाट अवलोकन सुरु गरी बालगोपालेश्वर मन्दिर, धरहरा, सुन्धारा क्षेत्र, काष्ठमण्डप र हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेकी थिइन् । पुनर्निर्माणले गति लिएको समयमा राष्ट्रपतिको भ्रमणले […]

चितवन निकुञ्जमा ५ महिनाको गैंडा मृत भेटियो   

२५ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्जको कुजौली पोष्ट क्षेत्रमा पाँच महिनाको पोथी  बच्चा गैंडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जका निमित्त प्रमुख बेदबहादुर खड्काका अनुसार शुक्रबार नवलपुरको देवचुली नगरपालिका वडा नं १७ मा बच्चा गैंडा मृत अवस्थामा भेटिएको हो । मृत गैंडाको शरीरमा चोटैचोट भेटिएको खड्काले जानकारी दिए । भालेको आक्रमणबाट उक्त गैंडा मरेको […]

बर्दिबासमा नाचे नेकपाका नेता खनाल र श्रेष्ठ

२५ माघ, महोत्तरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू एकै मञ्चमा खुलेर नाचेका छन् । महोत्तरीको बर्दिबासस्थित आधारशिलाको १७औं वाषिकोत्सवको अवसरमा शनिबार आयोजना गरिएको कार्यक्रममा नेकपाका वरिष्ठ नेताहरु खुलेर नाचेका हुन । नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पार्टीका नेता एवं प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका केन्द्रीय एवं जिल्लास्तरीय नेताहरू एकै पटक नाच्न लाग्दा तालीको […]

बालुवाटारबाट रञ्जु दर्शनासहित विवेकशीलका ११ कार्यकर्ता पक्राउ

२५ माघ, काठमाडौं । बालुवाटारस्थित ललितानिवास अगाडि ‘भ्रष्टचारीलाई रेड कार्ड’ अभियान सञ्चालन गर्न पुगेका विवेकशील नेपाली दलका रञ्जु दर्शनासहित ११ जना कार्यकर्तालाई प्रहरीले शनिबार नियन्त्रण्मा लिएको छ । पक्राउ पर्नेहरुमा विवेकशीलका दर्शनासहित संगीता बाटाजु, आलोक सुबेदी, वृतान्त खनाल, शशिविक्रम कार्की, प्रमेश श्रेष्ठ, शिशिर राई, मनिष खनाल, प्रदीप ज्ञवाली, साधना थुलुङ राई र रजीया बानु रहेको […]

ट्रक र बस ठोक्किँदा १९ जना घाइते  

२५ माघ, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा शनिबार बिहान भएको सवारी दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख ६२६८ नं को ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ४४२४ नं को बस एकआपसमा ठक्कर खाँदा बस चालकसहित १९ यात्रु घाइते भएका हुन् । दुर्घटनामा […]

भाटभटेनीका साहु, जसले बालुवाटारमा एनआरएनलाई डुबाए

२५ माघ, काठमाडौं । सपिङ सेन्टरको नाम लिनेवित्तिकै भाटभटेनीको नाम आइहाल्छ । देशको सबैभन्दा धेरै चलेको र शाखा सञ्जालसमेत धेरै ठाउँमा पुगेको भाटभटेनीको नाम नसुन्ने नेपाली कमै होलान् । यही भाटभटेनीका साहु मीनहादुर गुरुङ यतिबेला बालुवाटार काण्डमा परेका छन् । ३५ हजार रुपैयाँमा लगानी सुरु गरेको बताउने गुरुङसँग अहिले अर्बौको सम्पत्ति छ । भाटभटेनीकै मात्र […]

प्रहरीद्वारा ई–रिक्सा चालकमाथि कुटपिट

२५ माघ, बुटवल । विद्युतीय रिक्सा चालकमाथि प्रहरीले बुटवलमा कुटपिट गरेका छन् । प्रहरीको कुटाइबाट ई-रिक्साचालक भवन सिंजाली मगर घाइते भएका छन् । ब्लुबुकको बिषयमा विवाद हुँदा बुटवलको राजमार्ग चौरहा बिटमा कार्यरत प्रहरी बीपी जीसीसहित तीजना प्रहरी मिलेर आफूलाई कुटपिट गरेको घाइते सिंजालीले बताए । बुटवलको कालिका फिल्महल पछाडिको सडकमा रिक्सा चलाइरहेका ४४ वर्षीय सिंजालीलाई […]

कुशल र विनोदको अर्धशतक, अमेरिकालाई १९१ रनको लक्ष्य

२५ माघ,  काठमाडौं । युवा खेलाडी कुशल मल्लको डेब्यु ओडीआई (एक दिवशीय) मै अर्धशतक अनी विनोद भण्डारीको अर्धशतक प्रेरित नेपालले आइसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई १९१ रनको लक्ष्य दिएको छ । कीर्तिपरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको हो । कुशल नेपालका लागि […]

विनोदले पनि पुरा गरे अर्धशतक

२५ माघ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरुद्ध विनोद भण्डारीले पनि अर्धशतक पुरा गरेका छन् । कुशल मल्लसँग उत्कृष्ट साझेदारी गरेका विनोदले ६२ बलमा ५० रन पुरा गरेका हुन् । उनले ५ चाैका र एक छक्काको बलमा ५० रन बनाएका हुन् । यो विनोदको पहिलो ओडीआई अर्धशतक हो भने एक दिवसीयमा अर्धशतक […]

कांग्रेसले गच्छदारलाई नबोकोस्, बाबुराम र माधवलाई कारबाही होस् : कृष्ण पहाडी

२५ माघ, काठमाडौं । मानव अधिकारवादी नेता कृष्ण पहाडीले बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई समेत कारबाही हुनुपर्ने बताएका छन् । साथै नेपाली कांग्रेसले विजय गच्छदारको पक्षमा वकालत गरेकोमा आफूलाई दुःख लागेको पहाडीले बताएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै पहाडीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा गच्छदारसहित १७५ जनालाई […]

कांग्रेस–कम्युनिस्ट : एउटै बाँसका दुई भाटा !

हाम्रो गाउँलगायत वरपरका गाउँमा पनि २०४६ मा आएको बहुदलको हलचल ह्वात्तै बढेको थियो । कहिले कांग्रेसको आमसभा त कहिले कम्युनिस्टको जनसभा । कहिले कांग्रेसको जुलुस त कहिले कम्युनिष्टको बैठक । कहिले कांग्रेस प्रवेश गर्नेको लर्को त कहिले कम्युनिष्ट छिर्नेको ताँती । आफ्नो दुश्मन कांग्रेस बने आफू कम्युनिस्ट बन्ने र आफ्नो झगडिया कम्युनिस्ट परे आफू कांग्रेसी […]

डेब्यु ओडीआईमै कुशलले बनाए विश्व कीर्तिमान

२५ माघ, काठमाडौं । नेपाली खेलाडी कुशल मल्ल ओडीआई क्रिकेटमा अर्धशतक प्रहार गर्ने विश्वकै कान्छो खेलाडी बनेका छन् । आईसीसी विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट ओडीआईमा डेब्यु गरेका कुशल मल्लले सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन् । उनले १५ वर्ष ३ सय ४० दिनमा अर्धसतकीय इनिङ खेल्दै […]

क्षेत्रप्रतापको जिन्दगीमा धेरै कुरा गर्न बाँकी थियो !

२०१६ सालमा महाकवि देवकोटाको निधन भएपछि शोभा भगवती मन्दिर छेउ कमिज र कट्टु लाएको एउटा गाउँले केटो बटुवाहरुलाई भाका हालेर गाउँदै गाउँदै एक पाने गीत बेच्दै थियो– ‘जानुभयो देवकोटा कवि, नेपालीलाई टुहुरो पारेर ।’ त्यो केटो अरु कोही नभएर क्षेत्रप्रताप अधिकारी थिए । तनहुँ जिल्ला, वयापानी मिर्लुङका किशोर राजधानी शहर नेपालमा भाग्य अजमाउन आएका थिए […]

समयमै काम नगर्नेको ठेक्का रद्द गर्न ऊर्जामन्त्रीको निर्देशन

२५ माघ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रालय अन्तर्गतका विभाग, कम्पनी र नेपाल विद्युत प्राधिकरणलगायत निकायका रुग्ण तथा समयमै सम्पन्न हुन नसकेका ठेक्काको संख्या उल्लेख्य रुपमा घटाएको छ । पछिल्लो दुई वर्षको अवधिमा रुग्ण र काम हुन नसेकेका आयोजनाका ठेक्का प्रतिशतमा उल्लेख्य कमी आएको प्रधानमन्त्री कार्यालयले हालै तयार पारेको तथ्यांकले देखाएको हो । ऊर्जा, जलश्रोत […]

झारफुकको बहानामा किशोरीमाथि बलात्कार, १ जना पक्राउ

२५ माघ, कैलाली । १४ वर्षीया किशोरी बलात्कारको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडबाट १ व्यक्ति पक्राउ परेका छन् । बिरामी युवतीलाई झारफुक गर्ने बहानामा युवती बलात्कार गरेको गरेको अभियोगमा घोडाघोडी नगरपालिका–१, हिम्मतपुरका ४५ वर्षीय हरिप्रसाद डगौरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए । प्रहरी नायब उपरीक्षक बस्नेतका […]



from समाचार – Online Khabar https://ift.tt/2ul2aDO
via IFTTT
Powered by Blogger.