Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

ठोरीमा जंगली हात्तीको आतङ्क, एकै रातमा ५ घर भत्कायो

१९ माघ, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँपसेको जंगली हात्तीले पर्साको ठोरीमा आतङ्क मच्चाएको छ । जंगली हात्तीले शनिबार राति ठोरी गाउँपालिका–१ र २ मा गरि ५ वटा घर भत्काएर क्षति पुर्‍याएको निर्मल ठोरी उपभोकता समितिका अध्यक्ष बालकुमार बस्नेतले बताए । बस्नेतका अनुसार जंगली हात्तीले ठोरी गाउँपालिका १ चौतारा बस्ने लालबहादुर तामाङको घर भत्काइदिएको छ […]

पिएन क्याम्पसको प्रशासनमा तालाबन्दी

१९ माघ, पोखरा । देशकै ठूलो क्याम्पसका रुपमा चिनिएको पृथ्वीनारायण क्याम्पसका आंशिक प्राध्यापकको आन्दोलनका कारण १ हप्तादेखि पढाइ प्रभावित भएको छ । विगत लामो समयदेखि स्नातक तथा स्नातकोत्तर तहमा श्रेणीविहीन रहेर पढाइरहेको र विश्वविद्यालयले त्यसको उचित मूल्यांकन गर्नुपर्ने माग राख्दै १ हप्तादेखि पढाउन बन्द गरेका थिए । विगत १४ वर्षदेखि आफूहरुले न्यूनतम ज्यालामा पढाइरहेको र […]

अवैध क्रसरप्रति स्थानीय तह र प्रशासनको मौनता

१८ माघ, गोरखा । गोरखा नगरपालिका–१० छेवेटारमा सञ्चालित गोरखकाली क्रसरमा टिपरको ठक्करले एक महिलाको मृत्यु भएपछि यो क्रसर उद्योगको वैधानिकताबारे जिल्लामा फेरि प्रश्न उठेको छ । सडक आयोजनाका लागि आवश्यक नदीजन्य सामग्री आपूर्ति गर्न स्थापना गरिएको क्रसर आयोजना सकिएको एक बर्ष बितिसक्दा पनि बन्द भएको छैन । राजनीतिक पहुँचको आडमा उक्त क्रसर दर्ता भएको भन्दा […]

डान्स बारमा युवकमाथि निर्घात कुटपिट, ५ जना पक्राउ

१९ माघ, काठमाडौं । काठमााडौंको रातोपुलस्थित अण्डरग्राउण्ड डान्स बारमा एक युवकमाथि निर्घात कुटपिट भएको छ । गुल्मीको इश्मा गाउँपालिका–६ घर भइ हाल काठमाडौं–२७, डिल्लीबजार बस्ने २८ वर्षीय टपेन्द्र पन्तमाथि कुटपिट भएको हो । उनलाई अहिले धापासीस्थित ग्राण्डी अस्पतालको सघन उपचार कक्षमा राखिएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार घटनामा संलग्न जाजरकोटका […]

११ बुँदे प्रस्ताव पारित गर्दै नेकपा बैठक सकियो (प्रस्तावसहित)

१९ माघ,काठमाडौं । समसामयिक विषयमा विभिन्न ११ बुँदे प्रस्ताव पारित गर्दै नेकपा केन्द्रीय कमिटीको दोस्रो बैठक आइतबार र समापन भएको छ । बैठकले भारतले एकतर्फी जारी गरेको नक्सा अश्वीकार गर्ने निर्णय गरेको छ । बैठकमा महासचिव विष्णु पौडेलले पढेर सुनाएका प्रस्ताव सर्वसम्मत पारित भएसँगै अध्यक्ष ओलीले समापन मन्त्वय दिएका थिए । नेकपाले पारित गरेका प्रस्ताव […]

पर्यटन वर्षलाई लक्षित गरी ‘हेटौंडा रन’ प्रतियोगिता हुँदै

१९ माघ, हेटौंडा । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै बागमती प्रदेश सरकारले ‘हेटौंडा रन’ प्रतियोगिता गर्ने भएको छ । बिशेष गरी ठूला सहरका सडकमा हुने प्रतियोगिताको नक्कल गर्दै भिजिट नेपाललाई प्रबर्धन गर्नका लागि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले पर्वतीय खेलकुद महासंघसँगको सहकार्यमा प्रतियोगिता गर्न लागेको हो । माघ २५ गते […]

सप्तरीको बोदेबरसाईनमा सशस्त्रको बीओपी स्थापना

१९ माघ, वीरगञ्ज । सशस्त्र प्रहरीले सप्तरीको बोदेबरसाईन नगरपालिकामा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । सशस्त्र प्रहरी बलको छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले आइतबार बोर्डर आउट पोष्टको उद्घाटन गरेका हुन् । बोदेबरसाईन–५ मा बीओपी स्थापना भएसँगै सप्तरीमा सशस्त्र प्रहरीको ७ वटा बीओपी भएको छ । अझै २ वटा थपेर […]

प्रधानमन्त्रीले भने – भ्रष्टाचार बढेको होइन, कारवाही गरेकाले देखिएको हो

१९ माघ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार बढेको नभई सरकारले छानबिन र कारबाही गर्न थालेपछि धेरै बाहिर आएको बताएका छन् । नेकपा केन्द्रीय कमिटी बैठकमा समापन मन्तव्य दिने क्रममा पार्टी अध्यक्ष समेत रहेका ओलीले विगतका भ्रष्टाचार काण्डहरु अहिलेको सरकारका पालामा छानबिन गरेर बाहिर ल्याइएकाले भ्रष्टाचार बढेजस्तो देखिएको बताए । ‘मैले भ्रष्टाचार गर्दिन र गर्न […]

राप्रपाको केन्द्रीय महाधिवेशन २०७७ जेठ २५ गते

१९ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय महाधिवेशन २०७७ जेठ २५ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । माघ १७ देखि आइतबारसम्म बसेको केन्द्रीय समितिले महाधिवेशनसम्बन्धी निर्णय गरेको हो । बैठकले निर्वाचन समितिका संयोजक पार्टीका उपाध्यक्ष तोरणबहादुर गुरुङ्गद्धारा प्रस्तुत निर्वाचन विनियमावली २०७६, निर्देशिका २०७६ र कार्यतालिका सामान्य परिमार्जन सहित पारित गरेको छ । राप्रपाले […]

लिपुलेकसहितको नयाँ नक्सा जारी गर्न सरकारलाई नेकपाको निर्देशन

१९ माघ,काठमाडौं । नेकपा केन्द्रीय कमिटी बैठकले लिम्पियाधुरा सहितको जमिन समेटेर नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ । त्यस्तै नेपाल ट्रष्टको जग्गाका बारेमा स्वेतपत्र जारी गर्नसमेत सरकारलाई भनेको छ । केन्द्रीय कमिटी बैठकमा यी विषयमा प्रश्न उठेपछि पार्टीले सरकारलाई निर्देशन दिएको हो । बैठकमा भूमि व्यवस्थामन्त्री समेत रहेकी नेकपा केन्द्रीय सदस्य पदमा […]

नेकपा नेताहरुको सम्पत्ति छानबिन गर्ने जिम्मा अनुशासन आयोगलाई

१९ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेताहरुको सम्पत्तिको जिम्मा अनुशासन आयोगलाई दिने भएको छ । केन्द्रीय कमिटी बैठकमा नेताहरुले सम्पत्ति छानबिन आयोग गठनको माग गरेका थिए । बैठकमा उठेका प्रश्नहरुको आइतबार जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुशासन आयोगले नै सम्पत्ति छानबिन तथा अनुशासन पालना गराउने बताए । सम्पत्ति छानबिनको काम […]

सुनसरी दुर्घटना : मृतकको संख्या ५ पुग्यो

१९ माघ, विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ स्थित सडक खण्डमा आइतबार बिहान बस र माइक्रोबस एकआपसमा ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ । तीन जनाको घटनास्थलमै र उपचारका क्रममा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । बिहान साढे ७ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको […]

नेकपा बैठकमा अब ओली र प्रचण्डका तस्वीर नराखिने

१९ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अबदेखि पार्टीका बैठक तथा कार्यक्रममा दुई अध्यक्षको फोटो नराख्ने भएको छ । केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबदेखि अध्यक्षको फोटो नराख्ने निर्णय सुनाएका हुन् । केन्द्रीय कमिटी बैठक हलमा अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डको फोटो टाँगेर […]

बामदेव गौतम अब नेकपाको उपाध्यक्ष

१९ माघ,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सचिवालय सदस्य बामदेव गौतम अब वैधानिक रुपमा पार्टीको उपाध्यक्ष भएका छन् । केन्द्रीय कमिटी बैठकबाट बिधान संशोधन र संगठनात्मक प्रस्ताव पारित भएसँगै गौतम उपाध्यक्ष बनेका हुन् । गौतमलाई गत असोजमै उपाध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय सचिवालय बैठकले गरेको थियो । विधानमा संशोधन गर्नुपर्ने भएकाले स्थायी कमिटी हुँदै […]

कैलालीमा अवरुद्ध सडक खुलाउने क्रममा झडप, ९ प्रहरी घाइते

१९ माघ, कैलाली । कैलालीमा अवरुद्ध सडक खुलाउने क्रममा झडप हुँदा ९ जना प्रहरी घाइते भएका छन् । शनिबार पूर्वपश्चिम राजमार्गको लम्की खण्डमा से २ प १८५० नम्बरको मोटरसाइकल दुर्घटना भई २२ वर्षीय मायाराम चौधरी मृत अवस्थामा भेटिएका थिए। मृतकका आफन्त तथा स्थानीयबासीले सवारी साधनले ठक्कर दिएर चौधरीको मृत्यु भएको भन्दै सडक अवरुद्ध पारेका थिए […]

नेकपा बैठक : राजनीतिक प्रतिवेदन सर्वसम्मत पास

१९ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीले राजनीतिक प्रतिवेदन सर्वसम्मत पास गरेको छ । भर्खर प्रतिवेदन पास गरेको नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् । त्यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए । त्यसक्रममा उनले राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएको इण्डो प्यासिफिक रणनीति अमेरिकाले चीनलाई […]

चीनलाई घेर्ने शब्द राजनीतिक प्रतिवेदनबाट हट्छ : प्रचण्ड

१९ माघ,काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमा उल्लेखित ‘इण्डो प्यासिफिक रणनीति अमेरिकाले चीनलाई घेर्न ल्याएको’ भन्ने शब्द फिर्ता लिएका छन् । राजनीतिक प्रतिवेदनमा उल्लेखित सो शब्दप्रति गोकुल बास्कोका, विष्णु रिमाललगायत प्रधानमन्त्री ओली पक्षधर नेताहरुले असहमति जनाउँदै यसले असंलग्न कुटनीतिमा असर गर्ने बताएका थिए । समूह १ का टोली नेता आनन्द पोखरेललगायत धेरै समूहका नेताले […]

नेकपा केन्द्रीय सदस्यलाई बालुवाटारमा प्रधानमन्त्रीले रात्रिभोज दिने

१९ माघ,काठमाडौं । नेकपा केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिएका छन् । राष्ट्रियसभा गृहमा जारी बैठकमा दुवै अध्यक्षको तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि प्रचण्डले जवाफ दिएका हुन् । बिभिन्न १५ समूहका तर्फबाट प्राप्त सुझाव र प्रश्नहरुमाथि अध्यक्षको जवाफपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बैठकलाई सम्बोधन गर्नेछन् । त्यस्तै संगठनात्मक प्रतिवेदन […]

युनिभर्सल मेडिकल कलेजको ‘लापरबाही’ले बालिकाको मृत्यु

१९ माघ, बुटवल । भैरहवाको युनिभर्सल मेडिकल कलेजमा ८ घण्टासम्म विशेषज्ञ डाक्टर चेकजाँच गर्न नआएपछि उपचारका लागि मेडिकल कलेजमा पुर्‍याइएकी ८ वर्षीया बालिकाको मृत्यु भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका-२ बैजलपुरकी सुविका थापामगरलाई शुक्रबार राति १२ बजे मेडिकल कलेजपुर्‍याइएको थियो । तर ८ घण्टासम्म डाक्टर आएनन् । बालिकालाई डिस्चार्ज पनि भएन । सिकारु नर्सहरुले ओभरडोज […]

देशभक्ति र सदाचारमा सम्झौता गर्दिनँ : सभामुख सापकोटा

१९ माघ, काठमाडौं । आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाका लागि बधाई तथा शुभकामना कार्यक्रम राखेको थियो । यसअघि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य रहेका सापकोटाको प्रशंसा गर्दै केही सांसदले राष्ट्रियतामाथि खतरा देखिन थालेका बेला प्रतिनिधिसभाले राष्ट्रियताको विषयमा गम्भीर नेतृत्व पाएको बताएका थिए । राष्ट्रियतामाथिको खतराका रुपमा सांसदहरुले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी), […]

एमसीसीबारे सुझाव संकलन गर्न नेकपाले बनायो कार्यदल

१९ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सुझाव संकलन गर्न कार्यदल गठन गरेको छ । केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले उठाएको प्रश्नमा जवाफ दिँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदल गठन गर्ने घोषणा गरेका हुन् । वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरु भीम रावल र प्रदीप […]



from समाचार – Online Khabar https://ift.tt/2uXEhSm
via IFTTT
Powered by Blogger.