समाचार
१५ भदौ, बुटवल । राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दलेको आरोप लागेका अनेरास्ववियू दाङका अध्यक्ष सर्जन परियारले प्रहरीमा आत्मसमर्पण गरेका छन् । परियार मंगलबार आफैं जिल्ला प्रहरी कार्यालय दाङमा उपस्थित भएका हुन् । परियारले प्रहरी कार्यालयमा आएर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले बताए । पक्राउ परेपछि परियारले […]
१५ भदौ, मनाङ। बाढीपहिराले मनाङ भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुगेको छ । यसका कारण बालबालिका शिक्षाको अधिकारबाट पनि वञ्चित भएका छन् । गत असार १ गते ममर्स्याङदी नदीमा आएको बाढीले मनाङका २८ विद्यालयमध्ये चार विद्यालयमा क्षति पुगेको छ । जिल्लाका चार माविमा मनाङ ङिस्याङ गाउँपालिका–६ मनाङ गाउँस्थित अन्नपूर्ण मावि मात्रै बाढीबाट जोगिएको शिक्षा विकास […]
१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिको उम्मेदवार चयन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ । मंगलबार दिउँसो पौडेल निवास बोहोटारमा बैठक बस्ने केन्द्रीय सदस्य बलबहादुर केसीले अनलाइनखबरलाई बताए । उनका अनुसार संस्थापनइतर समूहबाट सहमतिमा एक जनामात्रै सभापतिको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो । पौडेल समूहमा […]
१५ भदौ, काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) पक्ष राष्ट्रको २६औं सम्मेलन (कोप–२६) मा नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरको मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । सम्मेलनमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरले समग्र हिमाली अर्थतन्त्र र सो क्षेत्रको पारिस्थितिकीय प्रणालीका साथै तल्लो तटीय क्षेत्रका पारिस्थितिकीय प्रणालीमा परेको प्रभाव नेपालको […]
१५ भदौ, काठमाडौं । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सबै सैनिक फिर्ता लगेको छ । यससँगै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिकाले अफगानिस्तानमा एक नयाँ कूटनीतिक मिसन सुरु गरेको बताएका छन् । उनले अमेरिकाको काबुलमा रहेको दूतावास बन्द गरिएको र यसलाई कतारको राजधानी सहर दोहामा स्थानान्तरण गरिएको बताएका छन् । अमेरिकी नागरिकलाई सम्बोधन गर्दै ब्लिन्केनले भने, ‘अब अमेरिकी […]
१५ भदौ, सिमकोट । जिल्ला कोभिड व्यवस्था केन्द्र (डिसीएमसी) ले हुम्ला जिल्लाका सातवटै गाउँपालिकालाई अनुकुलताअनुसार निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्न सक्ने अधिकार दिएको छ । सोमबार बसेको बैठकले कोभिडको संक्रमण घटदै गएकाले लामो समयदेखि बन्द विद्यालय सञ्चालन गर्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । उनले कोभिड संक्रमण कम हुँदै गइरहेको […]
१५ भदौ, उदयपुर । प्रहरीले करणी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका-२ लेखगाँउका ३२ वर्षीय राकेश राई र ओखलढुंगाका सिद्धिचरण नगरपालिका-११ बस्ने २९ वर्षीय यौवन ताम्राकार रहेका छन् । राई र ताम्राकार दुवैलाई महिलामाथि करणी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । राईले १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी […]
१५ भदौ, चितवन । भरतपुर अस्पतालमा एक वर्षको अवधिमा सात जना मेडिकल सुपरिटेण्डेण्ट (मेसु) फेरिएका छन् । गत वर्षको भदौदेखि हालसम्म सात जना मेसु फेरिएका हुन् । एक वर्षको अवधिमा डा. कृष्ण पौडेल सातौँ मेडिकल सुपरिटेण्डेण्ट बनेका छन् । हाल अस्पतालमा कार्यरत डा रोशन न्यौपानेलाई सरुवा गरेर पौडेललाई मेसु बनाइएको अस्पताल विकास समितिका अध्यक्ष डा […]
१५ भदौ, काठमाडौं । माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालले अध्यक्ष नचुनी नयाँ केन्द्रीय समिति घोषणा गर्ने भएको छ । राष्ट्रिय भेला अन्तर्गत अहिले जारी बन्दसत्रबाट केन्द्रीय समिति घोषणा हुने र सोही समितिले पछि पदाधिकारी चयन गर्ने वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा)ले जानकारी दिए । वाइसिएलको नयाँ अध्यक्षमा सुमन देवकोटा र सुवोध सेर्पालीले दाबी गर्दै […]
१५ भदौ, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका स्कुलहरु आजबाट भौतिक रुपमा सन्चालनमा ल्याउने निर्णय गरेको छ । विद्यालय, अभिभावकका प्रतिनिधिसहित सर्वपक्षीय बैठकबाट विद्यालय सन्चालनको निर्णय लिएको गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको भविष्य नै अन्यौलमा पर्ने डर भयो, त्यसैले सबै पक्षको बैठकको निर्णयअनुसार […]
१५ भदौ, धरान । वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर अध्ययनरत आवासीय चिकित्सकहरुको संगठन जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका नवौं कार्यकारिणी समितिको अध्यक्षमा डा. पदम नेपाली सर्वसम्मत निर्वाचित भएका छन् । विद्यार्थीहरुको समस्या र हकहितका लागि समन्वय तथा पैरवी गर्नको लागि स्थापना भएको संगठन हो । स्वास्थ्य सेवा र शिक्षाका विषयमा राष्ट्रिय स्तरमै नीति, नियम र विकासमा […]
१५ भदौ, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष र संयोजकले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन् । अध्यक्ष रविन्द्र मिश्रले एकतर्फीरुपमा बिहीबारका लागि बैठक बोलाएपछि संयोजक मिलन पाण्डेले पनि छुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका हुन् । मिश्रले ‘पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल गर्न’ भन्दै मंगलबार केन्द्रीय सदस्यहरुलाई इमेल गरेर बैठक बोलाएका थिए । संयोजक पाण्डेले मिश्रले […]
१५ भदौ, सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक युवराज ज्ञवालीले वाममोर्चा बनाएर एमाले सिध्याउने प्रयास नगर्न पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका छन् । सुर्खेतमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले भने, ‘अर्काे वाममोर्चा बनाएर एमालेलाई सिध्याउन नलाग्नुस्, एमालेलाई त सिध्याउनुहोला तर तपाईंहरुले जित्नुहुन्न ।’ ज्ञवालीले माधव नेपाललाई […]
१५ भदौ, लम्जुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ सेग्ले (सिमपानी) मा एक घरमा आगलागी हुँदा एक दम्पतीको मृत्यु भएको छ । घरमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी ४५ वर्षीया श्रीमती पशुपति भण्डारीको गएराति मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताए । बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १०/१५ दिनअघि मात्रै दुवै […]
१५ भदौ, विराटनगर । नेकपा विभाजनका कारण नवनियुक्त मुख्यमन्त्री भीम आचार्य नेतृत्वको प्रदेश १ सरकार अल्पमतमा छ । गत बिहीबार गठन भएको सरकार अल्पमतमा परेपछि सरकार टिकाउन र ढाल्नका लागि सांसदहरु तानातानको अवस्थामा छन् । सत्ता पक्षले माधव नेपाल पक्षका सांसदलाई आफ्नो पक्षमा ल्याउन मन्त्री बनाउने र पार्टीमा जिम्मेवारी दिने ‘अफर’ गरेको छ । पछिल्लो […]
१५ भदौ, विराटनगर । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण खटयात्रा आज विराटनगरमा निकालिंदैछ । खटयात्रा मनाउनका लागि प्रदेश १ सरकारले झापा, मोरङ र सुनसरी जिल्लामा सार्वजनिक विदा दिएको छ । विराटनगरको पानीटंकी चोकस्थित राधाकृष्ण मन्दिर परिसरबाट वि.सं. १९८८ बाट खटयात्रा सुरु गरिएको थियो । २०२४ सालबाट भने रथयात्रा सुरु गरिएको थियो । रथसँगै खटलाई पनि […]
१५ भदौ, काठमाडौं । माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपाललाई पार्टी नेतृत्वले अनिर्णयको बन्दी बनाएको नेताहरुले गुनासो गरेका छन् । कार्यकर्ताहरुलाई आफ्नो नेतृत्व आफैं चुन्न पनि नदिने र नेताहरुले पनि नचुनिदिने गर्नाले आफूहरु अन्योलमा परेको वाइसिएल नेताहरुको गुनासो छ । माओवादी केन्द्रका नेताबाट पनि संगठनात्मक क्षेत्रमा पार्टीको तदर्थवादी प्रवृति देखिएको भन्दै टिप्पणी सुरु भएको छ […]
१५ भदौ, काठमाडौं । तालिबानले विदेशी सेना फिर्ताको लागि समयसीमा तोकेकै दिन अमेरिका पूर्णरुपमा अफगानिस्तानबाट फिर्ता भएको छ । अमेरिकाको अन्तिम उद्धार उडानअन्तर्गत काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट सी–सेभेन्टीन विमान उडेलगत्तै तालिबानहरूले आकाशमा रातो प्रकाश छरेर र मेसिन गनमार्फत गोली चलाएर खुशीयाली मनाएका थिए ।
१५ भदौ, झापा । झापाको भद्रपुरमा अढाई दशकअघि स्थापित महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड भएको छ । आइतबार राति अज्ञात समूहले सालिक तोडफोड गरेको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले बताए । सालिकको शिर छेदन गरी भुइँमा लडाइएको अवस्थामा सोमबार बिहान भेटिएको उनले जानकारी दिए । भद्रपुर नगरपालिका–९ स्थित प्रकाशपुरमा २०५१ सालमा स्थानीय […]
१५ भदौ, बनियानी । झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापारमा बढोत्तरी भएको छ । आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ । गत आर्थिक वर्षमा ३५ अर्बभन्दा बढी व्यापार घाटा व्यहोर्नु परेको भन्सार कार्यालयले जनाएको छ । सो नाकाबाट गत आर्थिक वर्ष २०७७/०७८ मा ३५ […]
१५ भदौ, काठमाडौं । सरकारले डा. गोविन्द केसीसँग गरेको पाँच बुँदे सहमति कार्यान्वयनका लागि समिति गठन गरेको छ। मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा समिति गठन भएको हो। समितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयका सहसचिव सदस्य रहेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ १ गते ५ […]
from समाचार – Online Khabar https://ift.tt/3kBdIsx
via IFTTT