समाचार
१० भदौ काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले महाधिवेशनबाट नेतृत्व चयन मात्र नभई सबै नागरिकलाई जोड्न सक्ने नीति अख्तियार गर्नुपर्ने बताएकी छन् । उनले पार्टीको १४औं महाधिवेशन कांग्रेसका लागि ऐतिहासिक हुने भन्दै नेतृत्वसँगै आमनागरिकलाई जोड्ने नीति र एजेण्डा तय गर्नुपर्ने बताइन् । ‘महाधिवेशन समग्र कांग्रेसको आन्तरिक जीवनसँगसँगै अहिलेको राजनीतिक परिप्रेक्ष्यमा कांग्रेसलाई अगाडि […]
१० भदौ, काठमाडौं । अमेरिका र बेलायतले अफगानिस्तानको काबुल विमानस्थलमा आक्रमण हुनसक्ने चेतावनी जारी गरेका छन् । काबुल विमानस्थल हुँदै बाहिरिनका लागि विमानस्थल बाहिर र भित्र हजारौं सर्वसाधारणले प्रतीक्षा गरिरहेको बेला दुवै देशले सुरक्षा खतराको चेतावनी जारी गरेका हुन् । विमानस्थलमा पुगिसकेकाहरुलाई पनि त्यहाँबाट फर्किन भनिएको छ । अमेरिकी विदेश विभागले जारी गरेको अलर्टमा विमानस्थलको […]
१० भदौ, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले ल्याएको अध्यादेशलाई बाध्ययात्मक भएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको अध्यादेशलाई एमाले फुटाउने षडयन्त्र भएको भन्दै आलोचना भैरहँदा सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले अध्यादेश संसदको स्थिरताका लागि ल्याइएको जिकिर गरेका हुन् । बुधबार निर्वाचन क्षेत्र सुनसरी पुग्नु भएका मन्त्री कार्कीले ओली […]
१० भदौ, काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । एमालेबाट फुटेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले मान्यता पाएपछि एमाले बैठक बस्न लागेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक आज दिउँसा १२ बजे बोलाएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल श्रेष्ठ […]
१० भदौ, काठमाडौं । आईसीसी यु-१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै हुने भएको छ । आईसीसीले बुधबार अमेरिका, एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रको छनोट कोभिड-१९ का कारण रद्द भएको जनाएको छ । छनोट रद्द भएपछि अमेरिका क्षेत्रबाट क्यानडा, एसियाबाट युएई र इस्ट एसिया प्यासिफिकबाट पपुवा न्यु गिनी सिधै यु-१९ विश्वकपकमा छनोट भएका छन् । […]
९ भदौ काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील विवाद टुंग्याएको भनिएको दुई दिन नवित्दै रामचन्द्र पौडेल पक्षधर जिल्ला सभापतिहरुले केन्द्रीय कार्यालयमा रिले अनसन सुरु गरे । पहिलो दिन बुधबार नुवाकोट जिल्ला सभापति जगदीश्वरनर सिंह केसी, काभ्रे जिल्ला सभापति मधु आचार्य र धादिङ जिल्ला सभापति रमेश धमलासँगै नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष रञ्जित कर्ण र नेविसंघ नेता डिल्लीराज […]
९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसको निम्तोमा आएका चौथाइवाले र कांग्रेस उपसभापति निधिबीच बुधबार बिहान भएको एक घण्टा लामो भेटवार्तामा नेपाल भारत सम्बन्धका बिषयमा कुराकानी भएको थियो । भेटका क्रममा उपसभापति […]
९ भदौ, काठमाडौं । नेपालले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि चिसिएको सम्बन्धका कारण भारतसँगको सीमा व्यवस्थापनसम्बन्धी अन्य दुईपक्षीय संयन्त्रका बैठक र नियमित कामसमेत ठप्प भएका छन् । दुवै देशका सरकारी अधिकारीले कोरोना महामारीका कारण यस्ता द्विपक्षीय बैठक र सीमामा गर्नुपर्ने काम हुन नसकेको दावी गरेका छन् । तर कालापानी, लिपुलेक र लिम्पियाधुराका सम्बन्धमा उत्पन्न विवादको […]
९ भदौ, काठमाडौं । नेकपा एमालेबाट अलग भएका नेताहरुले गठन गरेको पार्टी नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले दलको मान्यता दिएको छ । एमालेका पूर्वमहासचिव एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीलाई बुधबार आयोगले दर्ता प्रमाणपत्र दिएको हो । सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक […]
९ भदौ, काठमाडौं । महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । बुधबार आयोगमा पुगी १४ जना सांसदले नयाँ दल दर्ताका लागि गरेको हस्ताक्षर सनाखत भएपछि आयोगले लोसपालाई छुट्टै दलको रुपमा दर्ता गरेको हो । आयोगमा लोसपाको दर्ता नम्बर १६७ रहेको छ । सरकारले राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति […]
९ भदौ, काठमाडौं । पार्टीमा छलफल नै नगरी जनार्दन शर्मा प्रभाकरलाई अर्थमन्त्री बनाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई अर्को महत्वपूर्ण जिम्मेवारी दिएका छन् । पार्टी नेताहरुको जिम्मेवारी बाँडफाँट गर्दा प्रचण्डले जनार्दनलाई संगठन विभाग प्रमुख बनाएका हुन् । यसपटक मन्त्री बनाउँदा जस्तो छलफल नै नभई त होइन, तर छलफल गरे पनि सहमति जुटेको […]
९ भदौ, जनकपुरधाम । महोत्तरीमा अटोमा सवार दुई युवकलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । गौशाला नगरपालिका–६ का १८ वर्षीय मञ्जीत महरा र सिन्धुलीको कमलामाई नगरपालिका–१३ का २३ वर्षीय सुवास बुढाथोकीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । महराको साथबाट ३० थान र बुढाथोकीको साथबाट १५ थान नाईट्राभेट ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता […]
९ भदौ, काठमाडौं । युरोप पठाइदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–३ घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका ३३ वर्षीय पोशबहादुर सुनुवारलाई कोटेश्वरबाट महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो । सुनुवारले वर्किङ भिसामा युरोपेली मुलुक लिथुनिया पठाइदिन्छु भन्दै ६ […]
९ भदौ, जनकपुरधाम । सिरहा जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद र जरिवाना तोकिएपछि फरार भएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको धनगढीमाई नगरपालिका–११ नैनपुरका २९ वर्षीय सञ्जीत महतो, सखुवानान्कारकट्टी गाउँपालिका–१ का २९ वर्षीय शोभाकान्त चौधरी र लक्ष्मीपुर पतारी गाउँपालिका–६ का ५० वर्षीय हासिम नटलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई कीर्ते नागरिकता, लागूऔषध […]
९ भदौ, विराटनगर । उपचारका लागि अस्पताल आएका बिरामीलाई झुक्याएर क्लिनिकमा लैजाने १० जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ । कोसी अस्पताल र नोबेल मेडिकल कलेज परिसरबाट १० जनालाई पक्राउ गरेको हो । नोबेलबाट सात र कोसी अस्पतालबाट तीन जनालाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए । पक्राउ पर्नेमा विराटनगरको […]
९ भदौ, काठमाडौं । सरकारले सरकारी कार्यालय र कर्मचारीका लागि सुरु गरेको ‘इन्टरप्राइज ईमेल सेवा’मा गरेको लगानी प्रतिफलविहीन देखिएको छ । इन्टरप्राइज ईमेल सेवामा सरकारले प्रतिएकाउन्ट ९ हजार ८८७ रुपैयाँ खर्च गरेको छ । तर, न ईमेल सेवा राम्रोसँग प्रयोगमा आएको छ, न ईमेल सेवाबाट अपेक्षित प्रतिफल प्राप्त भएको छ । बरू सपोर्ट र सस्क्रिप्सनका […]
९ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अध्यक्षलाई शक्तिशाली बनाउने विधान संशोधन प्रस्तावलाई नै अघि बढाउने संकेत गरेका छन् । २५ साउनमा आफ्नो पक्षका नेताहरु मात्र उपस्थित केन्द्रीय कमिटी बैठकमार्फत ओलीले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य मात्र चयन गर्ने विधान संशोधन प्रस्ताव पास गरेका थिए । १२ पदाधिकारी भने केन्द्रीय कमिटीले […]
९ भदौ, वीरगञ्ज । पर्सा जिल्ला अदालतले इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापालाई सम्मान गरेको छ । जिल्ला न्यायाधीश धर्मराज पौडेलले प्रहरी निरीक्षक थापालाई बुधबार प्रशंसापत्रसहित सम्मान गरे । अदालतमा कायम रहेको दण्ड जरिवानाको बेरुजु लगत असुल उपर गर्ने कार्यमा पुर्याएको योगदानको कदर स्वरुप प्रहरी निरीक्षक थापालाई प्रशंसापत्र प्रदान गरिएको तहसिलदार विनोद पोखरेलले […]
९ भदौ, वीरगञ्ज । प्रहरीले बाराबाट प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका–१३ का ३३ वर्षीय दीपक पाख्रिन र २५ वर्षीय बाबुराम वाइबा पक्राउ परेका हुन् । बुधबार बिहान ४ बजे इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले पथलैयाबाट वीरगञ्ज आउँदै गरेको ना ४६ प ५९३१ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा १५ […]
९ भदौ, पोखरा । विश्वप्रसिद्ध पत्रिका फोर्ब्सले सार्वजनिक गर्ने विश्वका डलर अर्बपतिहरुको सूचीमा नेपालका एक जना विनोद चौधरी मात्र छन् । नेपालमा पनि धेरै अर्बपतिहरु भएको चर्चा हुने गर्छ । त्यस्तै अर्बपति राजनीति क्षेत्रमै भेटिएका छन् । गण्डकी प्रदेशका मन्त्रीले बुधबार सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापा […]
९ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा उच्च शिक्षा अध्ययन गर्नेमा पुरुषकोभन्दा महिलाको संख्या बढी रहेको पाइएको छ । त्रिवि योजना निर्देशनालयको तथ्यांकअनुसार उच्च शिक्षा अध्ययन गर्नेमा पुरुषकोभन्दा महिलाको संख्या बढी देखिएको हो । शैक्षिक सत्र २०७६/०७७ मा ४ लाख १५ हजार ७७७ विद्यार्थीमध्ये महिलाको संख्या २ लाख २२ हजार २८७ र पुरुषको संख्या १ […]
from समाचार – Online Khabar https://ift.tt/3Bdt79c
via IFTTT






















