समाचार
११ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४औँ महाधिवेशनको तयारी स्वरुप बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय खोलेका छन् । कांग्रेसको सभापति पदमा उम्मेदवारी दिने निर्णयगरेसँगै निधिले शुक्रबार बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् । उनको सम्पर्क कार्यालयको उद्घाटनमा कांग्रेसका नेताहरु उपस्थित भएका छन् । उनले सभापति शेरबहादुर देउवालाई आफू पनि सभापति […]
११ भदौ, दाङ । मौसमी परिवर्तनका कारण यहाँका सरकारी तथा निजी अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमही अस्पताल, तुलसी बाल अस्पताल, तुलसीपुर सिटी अस्पतालमा दैनिक आउने बिरामीमध्ये ६० प्रतिशतभन्दा बढी रुघाखोकी, टाइफाइड, निमोनियाका छन् । राप्ती प्रादेशिकमा दैनिक २०० भन्दा बढी त्यस्ता बिरामी उपचारका […]
११ भदौ, बुटवल । रुपन्देहीको दानव खोलामा आएको बाढीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । बाढीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा सम्मरीमाई गाउँपालिका–३ पिपरहवाका २३ वर्षीय बब्लु लोध बेपत्ता भएका हुन् । शुक्रबार बिहान ६ बजेतिर बेपत्ता भएका लोधको खोजीका लागि स्थानीय र प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी […]
११ भदौ, काठमाडौं । काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई शुक्रबारदेखि दोस्रो डोज दिन शुरु गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार गत साउन १४ गतेबाट भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई दोस्रो डोज दिन थालिएको हो । तीन दिनसम्म चल्ने खोप अभियानमा पहिलो डोज लगाएका ५० वर्षभन्दामाथि उमेर समूहका नागरिकलाई […]
११ भदौ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाईबाट अलग हुन अस्वीकार गरेका छन् । ओली सरकारले ३० मंसिर २०७७ मा ल्याएको अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिविरुद्ध परेको रिटको पेशी संवैधानिक इजलासमा चढेको छ । अध्यादेशअनुसार संवैधानिक परिषद्ले गरेको निर्णयमा आफैं संलग्न भएको र अध्यादेश […]
११ भदौ, काठमाडौं । कांग्रेस केन्द्रीय निर्वाचन समितिले ३८ वटै जिल्लामा मतदान अधिकृत खटाएको छ । क्रियाशील सदस्य (नयाँ र नवीकरण) को नामावली सार्वजनिक गरेसँगै आगामी भदौ १८ गते हुने वडा अधिवेशनसहित जिल्ला अधिवेशनसमेतको निर्वाचन गर्न केन्द्रीय निर्वाचन समितिले ३८ जिल्लामा प्रतिनिधि खटाएको हो । केन्द्रीय निर्वाचन समिति संयोजक महादेव यादवले मतदान अधिकृतहरु शुक्रबार नै […]
११ भदौ, काठमाडौं । गाईजात्राको भोलिपल्टदेखि सुरु हुने भक्तपुरको प्रसिद्ध निलबाराही नाच आज शुक्रबार सकिएको छ । यो नाच मध्यपुर थिमि नगरपालिकाको बोडेमा चार दिन चार रातसम्म चल्छ । यसलाई बोडेको प्रख्यात जिब्रो छेड्ने र विस्केट जात्रापछिको ठूलो पर्वका रुपमा लिने गरिन्छ । यस नाचमा भैरव, निलबाराही, कुमारी, सिंह, द्वारपाल, क्षेत्रपाल र गणेशसहितका देवगण नाच्ने […]
११ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट उद्धारको कार्य जारी रहने बताएका छन् । बिहीबार काबुल विमानस्थलमा आएको आक्रमणपछि अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यानडासहितका मुलुकले उद्धारको कार्य रोक्ने निर्णय गरिसकेका छन् । तर, बाइडनले भने हामीहरुले यो मिसन सकाउने बताएका हुन् । बिहीबार भएको आत्मघाती बम विष्फोटमा परी मृत्यु हुनेको संख्या ९० पुगेको छ […]
११ भदौ, धनगढी । लगातारका वर्षापछि कैलालीको पथरैया नदीमा आएको बाढी बस्तीमा पस्दा १ सय ३८ घर डुबानमा परेका छन् । पुर्वी कैलालीमा पर्ने जानकी गाउँपालिका-४ र ७ का एक सय ३८ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनका अनुसार वडा नम्बर-४ का ८० र वडा नम्बर-७ का […]
पार्टी नेताको आदेश पालना भन्दा बाहिर निस्किन नसक्ने उच्चपदस्थ संवैधानिक पदाधिकारीको व्यवहारले मुलुकका राष्ट्रिय संस्था गरिमाहीन हुँदैछन् ।
११ भदौ, काठमाडौं । अष्ट्रेलियाले अफगानिस्तानबाट आफ्ना नागरिकको उद्धारको कार्य रोकेको छ । आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)ले गरेको आत्मघाती आक्रमणपछि अष्ट्रेलियाले उद्धारकार्य रोक्ने निर्णय गरेको हो । आईएसले बिहीबार गराएको आत्मघाती बम विष्फोटमा परी अहिलेसम्म ८६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले बताएको छ । मृत्यु हुनेमा १३ जना अमेरिकी सैनिक छन् । […]
कुनै पनि मुलुकका संस्था चल्ने आधारभूत मूल्यमान्यता हुन्छन् । मान्यताले ‘लिक’ छाडेपछि संस्था ट्रयाक बाहिर जान थाल्छन् । रेलले पटरी छाडेर बाहिर गए झैं हाम्रा संस्था पनि आफ्नो बाटोबाट बाहिर गएको महसूस हुन्छ । हाम्रा संस्थाहरूमा संस्थागत विकासको अभाव भयो । जस्तो व्यक्ति जान्छ, सोही अनुसार संस्था सञ्चालन हुने अवस्था रहृयो । ट्रयाकमा हिंड्नुपर्छ, मूल्यमान्यता […]
राज्य सञ्चालनका निम्ति संविधानमा केही संस्थाहरूको परिकल्पना गरिएको हुन्छ । तिनले संविधानमा राखिएका केही अमूर्त आकांक्षाहरूको सम्बोधन गर्छन् भन्ने आशा गरिन्छ । आकांक्षालाई मूर्त रूप दिन संवैधानिक संस्थाहरू राखिन्छ । समतामूलक, सहभागितामूलक समाजको परिकल्पना लगायत न्यायोचित समाज निर्माणको विषय कल्पना गरिएको हुन्छ । तिनलाई यथार्थमा परिणत गर्न यस्ता संस्थाहरू आवश्यक पर्छन् । अमत्र्य सेनको विचारमा […]
११ भदौ, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले सबै जिल्लामा १८ गते वडा अधिवेशन गर्नुपर्नेमा जोड दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले ३७ वटा जिल्लाको मात्र क्रियाशील सदस्यता विवरणमा हस्ताक्षर गरेर निर्वाचन समितिलाई दिएकाले सबै जिल्लामा वडा अधिवेशन नगर्न खोजेको त होइन भन्ने पौडेल समूहको आशंका छ । प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको […]
११ भदौ, काठमाडौं । तत्कालीन ओली सरकारले गत मंसिरमा ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । निवेदन दर्ता भएको करिव आधा दर्जन निवेदनहरु सुनुवाइका लागि पालोमा परेका हुन् । अधिवक्ता ओमप्रकाश अर्यालले दर्ता गरेको निवेदन तेस्रो क्रममा छ । कानून व्यवसायीहरुले दर्ता गरेका […]
११ भदौ, हेटौंडा । त्रिभूवन राजपथअन्तर्गत हेटौंडा-भैंसे सडकखण्डको सानुटारमा ट्रक दुर्घटना भएको छ । इटहरीबाट विजुलीको तार लिएर नौविसेतर्फ जाँदै गरेको प्र.१-००२ख ८७५९ नम्बरको ट्रक शुक्रबार बिहान करिब ५ बजेको समयमा दुर्घटना हुँदा ट्रकमा सवार एक जनाको मृत्यु भएको प्रहरी चौकी भैंसेले जानकारी दिएको छ । दुर्घटनामा परी घाइते भएका चालक र सहचालकलाई उपचारका लागि […]
११ भदौ, काठमाडौं । राजनीतिक दलसम्बन्धी अध्यादेश संविधानसँग बाझिएको र संवैधानिक मर्म विपरित जारी गरिएको भन्दै सर्वोच्च अदालतमा दर्ता भएको निवेदन संवैधानिक इजलासका पेशीमा चढेको छ । तर यसअघिका निवेदनहरुकै चाङ भएकाले ती निवेदन शुक्रबार सुनुवाई हुने सम्भावना कम भएको सर्वोच्च अदालत स्रोतले बतायो । ती निवेदनहरुभन्दा अघि अरु २०-२२ वटा निवेदनहरु सुनुवाई गर्नुपर्ने भएकाले […]
११ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । पार्टी महाधिवेशनसँग विभिन्न विषयमा छलफलका लागि चाक्सीबारीस्थिति उपसभापति प्रकाशमान सिंहको निवासमा उनीहरु छलफलमा जुटेका हुन् । वरिष्ठ नेता पौडेलसहित उपसभापति सिंह, नेताहरु शशांक, शेखर कोइरालालगायत सहभागी बैठकमा क्रियाशील सदस्यता सम्बन्धी विवाद, जिल्ला सभापतिहरुको अनशनलगायतका विषयमा छलपल हुने एक […]
११ भदौ, गुल्मी । गुल्मीमा जारी निषेधाज्ञा केही खुकुलो बनाउदै भदौ २० गतेसम्म थप गरिएको छ । जल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउदै भदौ २० गते राति १२ बजेसम्मलाई थप्ने निर्णय गरेको हो । कोरोना संक्रमण नियन्त्रणमा नआएका निषेधाज्ञालाई कायमै राखिएको जिल्ला प्रशासन कर्यालय गुल्मीले जनाएको छ । थपिएको निषेधाज्ञा अनुसार पसल […]
११ भदौ, गुल्मी । अविरल वर्षासँगै आएको पहिरोले गुल्मीको रिडी-रुद्रावेनी सडक अवरुद्ध भएको छ । सडक खण्डको रुरुक्षेत्र गाउँपालिका वडानम्बर-२ साघुरेमा सडक माथिबाट ढुङ्गा र माटो खसेकाले अवरुद्ध बनेको अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडीका हवल्दार जगत खनालले बताए । पानी निरन्तर रुपमा परिरहेको पहिरो खस्ने क्रमम रहिरहेकाले सडक खुलाउन समस्या भएको खनालको भनाइ छ । […]
११ भदौ,बुटवल । बिहीबार रातिदेखि परेको भारी वर्षाका कारण नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ। परासी हुँदै बगेको झरही नदीमा पानी ओभर फ्लो हुँदा र रावण खन्डा खोलाको बाढी बजारमा पस्दा डुबान भएको हो । बाढी पसेर बजारको अधिकांश स्थान जलमग्न भएको छ । बजारका सयौं घर डुबानमा परेका छन् । डुबानले परासी […]
from समाचार – Online Khabar https://ift.tt/3ymyFMz
via IFTTT