Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

तानसेनमा घर भत्किंदा बालिकाको मृत्यु, सिद्धार्थ राजमार्गका ठाउँ-ठाउँमा पहिरो

१३ भदौ, बुटवल । अविरल वर्षाका कारण पाल्पाको तानसेनमा घर भत्किंदा १० वर्षीया बालिकाको मृत्यु भएको छ । तानसेन नगरपालिका-५ कैलाशनगरमा एकतले कच्ची घर भत्किएर पुरिँदा स्थानीय नारायण दर्जीकी १० वषिर्या छोरी नैना दर्जीको मृत्यु भएको हो । रातको साढे २ बजे घर पछाडिको गारो भत्किएर पुरिंदा गम्भीर घाइते भएकी बालिकालाई उपचार गर्न मिसन अस्पताल […]

अझै केही दिन वर्षा हुने, सतर्क रहन आग्रह

१३ भदौ, काठडौं । केही दिनदेखि जारी वर्षा अझै केही दिन निरन्तर भैरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि देशैभर बदली भई वर्षा भैरहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म निरन्तर वर्षा हुनेछ । अविरल वर्षाका कारण […]

काबुलमा अर्काे आतंककारी हमला हुनसक्छ : बाइडेन

१३ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानको काबुलमा अर्काे आतंककारी हमला हुनसक्ने सूचना रहेको बताएका छन् । उनले आफूलाई सो जानकारी सैन्य कमाण्डर दिएको उल्लेख गरेका छन् । बाइडनले भने, ‘त्यहाँको अवस्था एकदमै खत्तरापूर्ण रहेको छ । विमानस्थलमा अर्काे आतंकारी हमला हुनसक्ने खत्तरा धेरै छ ।’ बिहीबार काबुल विमानस्थल नजिक भएको आक्रमणमा १६९ […]

काबुलमा ३४ नेपाली उद्धारको पर्खाइमा

१३ भदौ, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा ३४ जना नेपाली नागरिकहरु केही दिनयता उद्धारको पर्खाइमा रहेका छन् । उनीहरुलाई केही दिन अगाडि नै ल्याउने तयारी भए पनि काबुल विमानस्थलमा भएको आक्रमणको कारण केही ढिलो भएको हो । परराष्ट्र मन्त्रालयका उनीहरु उडानको पर्खामा रहेका नेपाली नागरिकलाई सुरक्षाको दृष्ट्रिकोणले थप सुरक्षित र व्यवस्थित ठाउँमा राखिएको छ । […]

गुल्मीमा बिरामी चितुवाको उद्धार

१२ भदौ, गुल्मी । गुल्मीमा बिरामी चितुवाको उद्धार गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–५ वस्तुमा बिरामी अवस्थामा भेटिएको चितुवाको उद्धार गरिएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । चितुवा दुब्लो र राम्रोसँग हिँडडुल समेत गर्न नसक्ने अवस्थामा भेटिएको थियो । नियन्त्रणमा लिइएको चितुवा २÷४ दिन अगाडिदेखि नै वस्ती आसपासमा रहेका खाली गोठहरुमा बस्ने गरेको स्थानीय […]

रुपन्देहीका उद्योगमा बाढी पस्दा करोडौंको क्षति

१२ भदौ, बुटवल । अविरल वर्षापछि आएको बाढीले रुपन्देहीका दर्जनौं उद्योगमा क्षति पुर्याएको छ । तिलोत्तमाको मणिग्रामदेखि दक्षिणतर्फ भैरहवासम्म र भैरहवा–परासी कोरिडोरका उद्योगहरुमा बाढीले बढी क्षति पुर्याएको छ । तिलोत्तमास्थित पञ्चकन्या समूहका प्लास्टिक र स्टिल उद्योगमा बाढी पस्दा करीब १० करोड रुपैयाँको क्षति भएको पञ्चकन्या समूहका नायब महाप्रबन्धक देवेन्द्र साहुले बताए । उद्योगमा उत्पादनका लागि […]

नेपाली सिनेमा : हिजो रोना-धोना, आज हाँसो-ठट्टा

‘सिनेमा हेर्न जाने दर्शकलाई रुमाल दिइनेछ’ एकताका दर्शकका लागि आहृवान गरिएको विज्ञापन हो, यो । चलचित्र थियो, ‘अजम्बरी माया’ । निर्देशक थिए, दीपक श्रेष्ठ । त्यसबेला चलचित्र हेर्ने ताँतीमा उभिएका दर्शकलाई रुमाल दिइएको थियो । रुमाल यस कारण कि, दर्शकलाई आँशु पुछ्न काम लागोस् । यसबाट निर्देशक/निर्माताहरू दर्शकलाई यस्तो मनोवैज्ञानिक प्रभाव पार्न चाहन्थे कि, सिनेमाले […]

माधव नेपालको रोडम्याप : सत्ता, संगठन र गठबन्धन

११ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले गठबन्धन सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा एकीकृत समाजवादी सहभागी हुने यसअघि नै तय थियो । तर २ भदौमा एमालेबाट अलग भएको यो दलले वैधानिकता नपाएकाले मन्त्रिपरिषद् […]

कांग्रेसको ५ जिल्लाको क्रियाशील सदस्यता विवरण वेवसाइटमा

१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन निर्वाचन समितिले ५ जिल्लाको क्रियाशील सदस्यता विवरण वेवसाइटमा राखेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले काम सकेका नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँची जिल्लाका क्रियाशील सदस्यको नामावली वेवसाइटमा प्रकाशित गरिएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । ती विवरण सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतलाई पनि पठाएको उनले बताए ।

कांग्रेसका जिल्ला सभापतिहरुले अनशन तोडे

१२ भदौ, काठमाडौं । क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै रिले अनशनमा बसेका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले अनशन अन्त्य गरेका छन् । क्रियाशील सदस्यता विवाद टुंग्याउने जिम्मा पाएका नेताहरु कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकले शनिबार साँझ पार्टी कार्यालय सानेपा पुगेर अनशन बसेका जिल्ला सभापतिलाई माग पूरा भइसकेको जानकारी गराएका थिए । […]

मुस्लिम समुदायबाट एमबीबीएस गरेकी जेवा भन्छिन् : छोरीमाथि विश्वास गर्नुस्

१२ भदौ, जनकपुरधाम । मधेशका महिला अहिले पनि धेरै पछाडि छन् । मधेशभित्रको मुस्लिम महिलाको अवस्था त अझै कमजोर छ । विद्यालय जान नपाइने, घरधन्दामै व्यस्त रहनुपर्ने, बाहिर निस्किंदा बुर्का लगाउनुपर्ने क्रम केही घटे पनि मधेशमा तुलनात्मक रुपमा मुस्लिम महिला सामाजिक रुपमा पछाडि नै छन् । पछाडि परेको यो समुदायबाट चिकित्सा क्षेत्रमा अगाडि आएकी छिन् […]

मलाई अगाडि घचेटे, पछाडि हेर्छु त कोही छैन

१२ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लामो समय आफूसँग रहेका तर नयाँ पार्टी गठनमा साथ नदिएका दोस्रो पुस्ताबारे मुख खोलेका छन् । उनले धोका शब्द त प्रयोग गरेनन्, तर आफूलाई घचेटेर अगाडि बढ् भनेको, तर पछाडि फर्किएर हेर्दा कोही नपाएको बताए । उनले आजै पार्टी खोलौं, भोलि पार्टी खोलौं भनेका दोस्रो […]

माधव नेपालले खोले आफूलाई छाडेका दोस्रो पुस्ताका नेताहरुको पोल

१२ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई छाडेका दोस्रो पुस्ताका नेताहरुको पोल खोलेका छन् । उनीहरुले आफूलाई आजै पार्टी खोलौं, भोलि पार्टी खोलौं भन्ने दबाब दिएको र निर्वाचन आयोगमा दुई वटा पार्टी समेत दर्ता गराएको उनको दाबी छ । पेशागत महासंघ नेपाल, वागमती प्रदेशले शनिबार गरेको जिल्लास्तरीय भेलामा एकीकृत समाजवादीका अध्यक्ष […]

माओवादीसँग तत्काल पार्टी एकता हुँदैन : माधव नेपाल

१२ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले तत्काल नेकपा माओवादी केन्द्रसँग एकता नगर्ने भएको छ । नेकपा एमालेबाट अलग भएका आफ्नो नेतृत्वमा नयाँ पार्टी बनाएका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधार बनाउने पहिलो प्राथमिकता भएको बताए । शनिबार ललितपुरमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले वाम लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए । उनले भने, […]

दीपाश्रीको रामकहानी : त्यो पुरानो स्टोभ, कराही र काठमाडौंको डेरा

प्रकाशका दुई भेद छन्- उज्यालो र अँध्यारो । जब कोही उज्यालोमा उभिन्छ, उसलाई छर्लङ्ग देखिन्छ । दृश्यहरू स्पष्ट हुन्छन् । त्यहाँ सबैको दृष्टि पर्छ । तर, अँध्यारोमा ? अँध्यारोमा त आफ्नै छायाँले पनि साथ छाड्छ । यो उनको अँध्यारो दिनहरूको कथा हो, जतिबेला उनलाई कसैले देख्दैनथे, चिन्दैनथे । जिन्दगानीमा अभावको क्षेत्रफल ठूलो थियो । दुःखको […]

याम्बुनेर : मासिन्याहरूको कथा

कथासंग्रह ‘याम्बुनेर’को शुरुआतमा कथाकार बिना थिङ लेख्छिन्- हाम्रो लागि याम्बूसम्मको दूरी धेरै फराकिलो हो । यो भूगोलको होइन, पहुँच र प्राप्तिको सन्दर्भ हो । याम्बु, अर्थात् एक तामाङको लागि ‘तात्कालीन नेपाल’ । स्वाभाविक रुपले बिना थिङ ‘तामाङ’को लागि पनि । अर्थात् अहिलेको काठमाडौं उपत्यकालाई याम्बु भनिन्थ्यो । र एक तामाङको आँखाबाट याम्बु अन्य जातिको लागि […]

ललितपुरमा पनि फोहोर व्यवस्थापनमा समस्या

१२ भदौ, ललितपुर । ललितपुर महानगरपालिकामा पनि फोहोर व्यवस्थापनमा समस्या देखिएको छ । फोहोर व्यवस्थापनमा समस्या देखिएपछि मेयर चिरीबाबु महर्जनले महानगरवासीलाई केही दिनका लागि आफ्नो घर कम्पाण्डमा उत्पन्न हुने फोहोरलाई घर÷कम्पाउण्डमा नै व्यवस्थापन गर्न अनुरोध गरेका छन् । महानगरभित्रले अस्थायी रुपमा फोहोर जम्मा गर्दै आएको स्थल भरिएकाले केही दिनका लागि घरको फोहोर कहिने र नकुहिने […]

एक-दुई पात खस्दैमा रुखलाई केही फरक पर्दैन : ओली

१२ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित केही नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताएका छन् । ललितपुरको महालक्ष्मी नगरपालिकामा शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘एक–दुई पात खस्दैमा पिर मानेर रुख ढल्दैन । एकदुइटा पात पहेँलिएर झर्छन्, अर्को टुसो आउँछ । अहिले हेर्नुस् त कमिटीहरुको […]

वीरगञ्जमा कक्षा ६ र ७ को पनि भौतिक उपस्थितिमा पढाइ हुने

१२ भदौ, वीरगञ्ज । वीरगञ्जमा आइतबारदेखि कक्षा ६ र ७ को पनि भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने भएको छ । वीरगञ्ज महानगरपालिकाको शिक्षा शाखाले सूचना जारी गर्दै आइतबारदेखि कक्षा ६ र ७ को पनि भौतिक उपस्थितिमा पठनपाठन सचालन गर्न विद्यालयहरुलाई आग्रह गरेको छ । साउन ३० गतेबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थीको भौतिक उपस्थितिमा […]

२१ वर्षपछि अमेरिकाबाट फर्केर गाउँमै खेतीपाती

१२ भदौ, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको पूर्वउपाध्यक्ष श्री पराजुली अब कास्कीको रुपा गाउँपालिकातिर भेटिन्छन् । २१ वर्ष लामो अमेरिका बसाइ टुंग्याएर नेपाल आएका उनले जन्मभूमि रुपा गाउँपालिकामा कृषि व्यवसाय सुरु गरेका छन् । उनको राष्ट्रिय नमूना कृषि फार्ममा विभिन्न फलफूल खेती गरिएको छ । कामको सिलसिलामा सन् २००० मा अमेरिका पुगेका […]

डाक्टरलाई कालोमोसो दल्नेलाई कारबाही माग गर्दै प्रहरी कार्यालयमा धर्ना

१२ भदौ, बुटवल । राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दल्ने व्यक्ति पक्राउ नपरेको भन्दै स्वास्थ्यकर्मीले प्रहरी कार्यालयमा धर्ना दिएका छन् । अस्पताल विकास समितिका पदाधिकारी, अस्पतालका चिकित्सक र कर्मचारी, निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीले संयुक्त रुपमा शनिबार इलाका प्रहरी कार्यालय तुलसीपुरमा धर्ना दिएका हुन् । प्रहरीले यस […]



from समाचार – Online Khabar https://ift.tt/3zqHK8p
via IFTTT
Powered by Blogger.