Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

अफगानिस्तानकी महिला सांसदलाई भारतले पठायो फिर्ता

१० भदौ, काठमाडौं । भारतले अफगानिस्तानकी एक महिला सांसद्लाई फिर्ता पठाएको छ । टर्कीको इस्तालबुलबाट एक साताअघि भारतको नयाँदिल्ली आएकी अफगानिस्तानकी महिला सांसद रञ्जिना कारगारलाई पुनः टर्की फिर्ता पठाइएको हो । भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार कारगार अगष्ट २० मा दुबई फ्लाइटबाट नयाँ दिल्ली आएकी थिइन् । फरयाब प्रान्तबाट वोलेसी जिग्राको सदस्यको रुपमा प्रतिनिधित्व गर्दै […]

नेकपा एकीकृत समाजवादीको अडान : एमसीसी सम्झौता परिमार्जन गर्नुपर्छ

१० भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता परिर्माजन गर्नुपर्ने बताएका छन् । दल दर्ताले मान्यता पाएपछि बिहीबार आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले साबिकको नेकपामा झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन अनुसार अघि बढ्ने बताए । उनले अघि भने, ‘परिमार्जन गरेर नेपालको हितमा प्रयोग […]

पानीजहाज कम्पनी खोल्न आवश्यक छैन : माधव नेपाल

१० भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले पानी जहाज कम्पनी खोल्न आवश्यक नभएको बताएका छन् । नयाँ दलले मान्यता पाएपछि बिहीबार आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले विकास निर्माणबारे पार्टीको अवधारणा सार्वजनिक गरेका हुन् । ‘पानी जहाज कम्पनी खोल्न आवश्यक छैन, मेची महाकाली रेल कुदाउने अवस्था पनि छैन,’ उनले भने, ‘सडक सञ्जाल […]

आरक्षणको फैसलाविरुद्ध रुपन्देहीका ‘उत्पीडित’ वर्ग आन्दोलित

१० भदौ,बुटवल । आरक्षण सुविधाको सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध रुपन्देहीका ‘उत्पीडित’ वर्ग आन्दोलित भएका छन् । विभिन्न राजनीतिक दल निकट दलित र आदिवासी जनजाति संगठनहरुले उत्पीडित वर्ग संयुक्त संघर्ष समिति गठन गरी सर्वोच्चको फैसला षड्यन्त्रपूर्ण रहेको आरोप लगाउँदै यसविरुद्ध दबाबमूलक र कानुनी प्रक्रियामार्फत आन्दोलित हुने घोषणा गरेका हुन् । डा.विनयकुमार पंजियारको आरक्षण सुविधा अन्तर्गत […]

वीरगञ्जमा स्टिल फ्याक्ट्रीको भट्टी बिस्फोट हुँदा १२ श्रमिक घाइते

१० भदौ, वीरगञ्ज । वीरगञ्जस्थित सर्वोत्तम स्टील कम्पनीको भट्टीमा बिस्फोट हुँदा १२ जना श्रमिक घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ भने ५ जनाको अवस्था सामान्य रहेको पर्सा प्रहरीले जनाएको छ । घाइते हुनेमा भारत बिहार घर भएका ५२ वर्षीय विनोद पाण्डे, युपी लखनउका ५२ वर्षीय सन्तोष कुशवाहा, २० वर्षीय सुशील कुमार, ३७ […]

सर्वोच्चको आदेशपछि शाखा अधिकृतको परीक्षा दिनेहरु समस्यामा

१० भदौ, वीरगञ्ज । संघीय निजामती सेवाको रिक्त शाखा अधिकृत पदमा प्रदेश र स्थानीय तहमा समायोजन भएका १७४ शाखा अधिकृतलाई मिलान गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि सोही पदमा लोक सेवा आयोगको परीक्षा दिइरहेकाहरु चिन्तित बनेका छन् । लिखित परीक्षा र अन्तर्वार्तासमेत दिएर नतिजा प्रकाशन हुने बेलामा विज्ञापन भएको पदमै प्रदेश र स्थानीय तहका शाखा […]

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, १३ अर्ब माथिको कारोबार

१० भदौ, काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । मंगलबार र बुधबार लगातार उच्च अंकले घटेको नेप्से परिसूचक बिहीबार १७ दशमलव ५७ अंकले बढेर ३ हजार ९४ दशमलव ०१ अंकमा झरेको छ । कारोबार रकम पनि बुधबारको तुलनामा केही सुधार देखिएको छ । बुधबार १३ अर्ब […]

कोभिड-१९ को नक्कली रिपोर्ट बनाउने कर्मचारीमाथि छानबिन

१० भदौ, काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ परीक्षणको नक्कली रिपोर्ट बनाइदिने शहीद गङ्गालाल हृदय रोग केन्द्रका कर्मचारीमाथि छानबिन सुरु गरेको छ । मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोद कुमार यादवमाथि कोभिड–१९ को नक्कली रिर्पोट बनाएको आरोपमा छानबिन सुरु गरेको हो । सर्वसाधारणले उजुरी दिएपछि मन्त्रालयले छानबिन प्रक्रिया थालेको हो । […]

साथ छाडेका नेताहरुबारे माधव नेपालको टिप्पणी : थाक्नेहरुसँग मेरो कुनै गुनासो छैन

१० भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय कार्यकर्ता भेलाको भावनाअनुसार नै नयाँ पार्टी बनाएको बताएका छन् । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु अप्ठ्यारोमा पर्ने भएकाले मात्र त्यसबेला पार्टी दर्ता नगरेको उनले बताए । यद्यपि अहिले साथ छाडेका नेताहरुले विभिन्न नाममा दल दर्ता गराएको, त्यो अहिले कायमै रहेको उनले बताए । बिहीबार […]

भारतले दियो नेपाललाई अक्सिजन प्लान्ट

१० भदौ, काठमाडौं । भारतले नेपाललाई अक्सिजन प्लान्ट सहयोग गरेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सहयोग गरिएको उक्त प्लान्ट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । कोभिड–१९ महामारी विरुद्धको लडाइमा नेपालसँग हातेमालो गर्ने उदेश्यका साथ अक्सिजन प्लान्ट सहयोग गरिएको दूतावासले जारी गरेको विज्ञप्तिमा […]

मनाङका आधा दर्जन सरकारी कार्यालयहरु प्रमुखविहीन

१० भदौ, मनाङ ।  मनाङमा आधा दर्जन सरकारी कार्यालयहरु प्रमुखविहीन भएका छन् । असार मसान्त सकिएलगतै मालपोत, नापी, घरेलु, डिभिजन वन, विद्युत् प्राधिकरण, शिक्षा विकास, एक्याप, खानेपानीलगायत आधा दर्जन सरकारी कार्यालयहरु प्रमुखविहीन भएका छन् । कोही घर विदामा कोही प्रदेश मन्त्रालयमा वार्षिक प्रतिवेदन बुझाउने बाहनामा प्रमुखले जिल्ला छोडेपछि सरकारी कार्यालय प्रमुखविहीन भएका हुन् । प्रमुख […]

न्यायालयको विकृति, विसंगतिसम्बन्धी अध्ययन समितिको कार्ययोजनामा के छ ?

१० भदौ, काठमाडौं । सर्वोच्च अदालतले आगामी मंसिरदेखि स्वचालित प्रणालीबाट मुद्दाको पेशी तोक्ने भएको छ । न्यायालयमा हुन सक्ने विकृति, विसंगति, अनियमितता वा भ्रष्टाचारबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदनको सुझाव कार्यान्वयन गर्दै सर्वोच्च अदालतले मंसिरदेखि पेशीमा स्वचालित प्रणाली लागू गर्न लागेको हो । न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले साउन १४ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई बुझाएको […]

प्रदेश १ का मुख्यमन्त्री आचार्यले गरे पदभार ग्रहण

१० भदौ, काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट सपथग्रहणपछि आचार्यले पदभार ग्रहण गरेका हुन् । बिहीबार प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएपछि आचार्यलाई  प्रदेश प्रमुख अधिकारीले मुख्यमन्त्रीको शपथ ग्रहण गराएका थिए । मुख्यमन्त्री तथा एमाले संसदीय दलका […]

प्रधानमन्त्री देउवाद्वारा जनगायक ‘जेबी टुहुरे’को निधनमा दु:ख व्‍यक्त

१० भदौ, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को निधनमा दु:ख व्‍यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जनगायक ‘जेबी टुहुरे’को निधनमा दु:ख व्‍यक्त गरेका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ‘कलाकार जुठबहादुर खड्की (जेबी टुहुरे)को निधनको खबरले निकै स्तब्ध भएको छु । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना […]

भालुको पित्तसहित एकजना पक्राउ

१० भदौ, बागलुङ। प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्तसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका-४ होन्द्राफेदी बस्ने ४२ वर्षीय चित्र बहादुर पुन रहेका छन् । उनलाई करीब २ सय ५० ग्राम संरक्षित वन्यजन्तु भालुको पित्तसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बुर्तीबाङले जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको […]

रासायनिक मल ल्याउने वातावरण बनाइदिन भारतसहित पाँच मुलुकसँग नेपालको आग्रह

१० भदौ, काठमाडौं । नेपालले भारतसहितका पाँच मुलुकसँग तत्काल प्रयोगका लागि उपलब्ध हुनेगरी एक लाख ५० हजार मेट्रिकटन रासायनिक मल उपलब्ध गराइदिन आग्रह गरेको छ । देशैभर मल अभाव चर्किएपछि कुटनीतिक च्यानलमार्फत भारत, चीन, बंगलादेश, ओमन र जोर्डनसँग मल खरिदको वातावरण बनाइदिन आग्रह गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । गहुँ सिजनलाई ग्लोबल […]

पर्सामा एक वर्षमै थपियो ९ वटा बीओपी

१० भदौ, वीरगञ्ज । सशस्त्र प्रहरीले एक वर्षमा पर्सामा ९ वटा बोर्डर आउट पोष्ट (बीओपी) थपेको छ । योसँगै पर्सामा सशस्त्र प्रहरीको बीओपीको संख्या १८ वटा पुगेको छ । पछि थप गरिएका ९ वटा बोर्डर आउट पोष्टमध्ये एउटा उद्घाटन गर्न बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ । सामान्य बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ देखि […]

सानेपामा दोस्रो दिन पनि कांग्रेस जिल्ला सभापतिको रिले अनशन

१० भदौ काठमाडौ. । क्रियाशील सदस्यता सूची सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरुको रिले अनशन बिहीबार दोस्रो दिन पनि जारी छ । दोस्रो दिन तनहुँका जिल्ला सभापति बैकुण्ठ न्यौपाने, डोल्पा जिल्ला सभापति अंगदकुमार बुढा र सुर्खेत जिल्ला सभापति कमलराज रेग्मी अनशनमा बसेका हुन् । त्यस्तै ‘सबल कांग्रेसका लागि युवा अभियान’ […]

कञ्चनपुरमा लागु औषधसहित दुईजना पक्राउ

१० भदौ, धनगढी । कञ्चनपुरमा लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-६ बसपार्क नजिकै विद्युत कार्यालय अगाडिबाट लागुऔषध खैरो हिरोइनसहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-५ का ३३ वर्षीय सुरेन्द्रराज भट्ट र भीमदत्त नगरपालिका–३ का २८ वर्षीय प्रकाश औजी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज […]

दार्चुला घटनाको छानबिन प्रतिवेदन छिटो सार्वजनिक गर्न संसदीय समितिको निर्देशन

१० भदौ, काठमाडौं । संसदको राज्य व्यवस्था समितिले दार्चुला तुइन घटनाबारेको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकले दार्चुला घटनाको सत्यतथ्य छिटो सार्वजनिक गर्न र कुटनीतिक पहलद्वारा दोषीलाई कानूनी कारबाहीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो । यस्तै पीडित परिवारलाई क्षतिपूर्ति दिन पनि समितिको निर्देशन […]

विभिन्न धनमाल चोरी गरेको आरोपमा एकजना पक्राउ

१० भदौ, काठमाडौं। महानगरीय अपराध महाशाखाले विभिन्न धनमाल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर बालकुमारी बस्ने महोत्तरी बर्दिबास नगरपालिका-८ रातोखोला घर भएका ३० वर्षीय झोक्की भन्ने कुमार तोलाङ्गे रहेका छन् । पक्राउ परेका उनको साथबाट प्रहरीले २ थान ल्यापटप र १ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ । करीब […]



from समाचार – Online Khabar https://ift.tt/3BgSNlo
via IFTTT
Powered by Blogger.