समाचार
१५ भदौ, विराटनगर । नेकपा विभाजनका कारण नवनियुक्त मुख्यमन्त्री भीम आचार्य नेतृत्वको प्रदेश १ सरकार अल्पमतमा छ । गत विहीबार गठन भएको सरकार अल्पमतमा परेपछि सरकार टिकाउन र ढाल्नका लागि सांसदहरु तानातानको अवस्थामा छन् । सत्ता पक्षले माधव नेपाल पक्षका सांसदलाई आफ्नो पक्षमा ल्याउन मन्त्री बनाउने र पार्टीमा जिम्मेवारी दिने ‘अफर’ गरेको छ । पछिल्लो […]
१५ भदौ, विराटनगर । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण खटयात्रा आज विराटनगरमा निकालिंदैछ । खटयात्रा मनाउनका लागि प्रदेश १ सरकारले झापा, मोरङ र सुनसरी जिल्लामा सार्वजनिक विदा दिएको छ । विराटनगरको पानीटंकी चोकस्थित राधाकृष्ण मन्दिर परिसरबाट वि.सं. १९८८ बाट खटयात्रा सुरु गरिएको थियो । २०२४ सालबाट भने रथयात्रा सुरु गरिएको थियो । रथसँगै खटलाई पनि […]
१५ भदौ, काठमाडौं । माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपाललाई पार्टी नेतृत्वले अनिर्णयको बन्दी बनाएको नेताहरुले गुनासो गरेका छन् । कार्यकर्ताहरुलाई आफ्नो नेतृत्व आफैं चुन्न पनि नदिने र नेताहरुले पनि नचुनिदिने गर्नाले आफूहरु अन्योलमा परेको वाइसिएल नेताहरुको गुनासो छ । माओवादी केन्द्रका नेताबाट पनि संगठनात्मक क्षेत्रमा पार्टीको तदर्थवादी प्रवृति देखिएको भन्दै टिप्पणी सुरु भएको छ […]
१५ भदौ, काठमाडौं । भारतका गरिबहरुलाई घर उपलब्ध गराउने प्रधानमन्त्री आवास योजनामा भ्रष्टाचार भएको छ । नरेन्द्र मोदीले सन् २०१६ को अप्रिल १ मा प्रधानमन्त्री आवास योजना कार्यक्रम उदघाटन गरेका थिए । यसअन्तर्गत सन् २०२२ को मार्च भित्र सबै गरिब परिवारलाई पक्की घर बनाएर दिइसक्ने लक्ष्य सरकारको थियो । तर यो योजनाबाट गरिबहरुलाई घर दिनुभन्दा […]
१५ भदौ, काठमाडौं । तालिबानले विदेशी सेना फिर्ताको लागि समयसीमा तोकेकै दिन अमेरिका पूर्णरुपमा अफगानिस्तानबाट फिर्ता भएको छ । अमेरिकाको अन्तिम उद्धार उडानअन्तर्गत काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट सी–सेभेन्टीन विमान उडेलगत्तै तालिबानहरूले आकाशमा रातो प्रकाश छरेर र मेसिन गनमार्फत गोली चलाएर खुशीयाली मनाएका थिए ।
१५ भदौ, झापा । झापाको भद्रपुरमा अढाई दशकअघि स्थापित महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड भएको छ । आइतबार राति अज्ञात समूहले सालिक तोडफोड गरेको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले बताए । सालिकको शिर छेदन गरी भुइँमा लडाइएको अवस्थामा सोमबार बिहान भेटिएको उनले जानकारी दिए । भद्रपुर नगरपालिका–९ स्थित प्रकाशपुरमा २०५१ सालमा स्थानीय […]
१५ भदौ, बनियानी । झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापारमा बढोत्तरी भएको छ । आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ । गत आर्थिक वर्षमा ३५ अर्बभन्दा बढी व्यापार घाटा व्यहोर्नु परेको भन्सार कार्यालयले जनाएको छ । सो नाकाबाट गत आर्थिक वर्ष २०७७/०७८ मा ३५ […]
१५ भदौ, काठमाडौं । सरकारले डा. गोविन्द केसीसँग गरेको पाँच बुँदे सहमति कार्यान्वयनका लागि समिति गठन गरेको छ। मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा समिति गठन भएको हो। समितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयका सहसचिव सदस्य रहेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ १ गते ५ […]
१४ भदौ, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारको घोषणा छ, ओली सरकारले अध्यादेश मार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै नयाँ ल्याउने ।’ २६ साउनमा श्वेतपत्र सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले त्यही घोषणा गरेका थिए । तर अहिलेसम्म न प्रतिनिधिसभा अधिवेशन आह्वान भएको छ, न प्रतिस्थापन विधेयक नै तयार भएको छ । सत्तारुढ दलका नेताहरुले यसबारे निरन्तर […]
१४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सोमबार महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरे । मंसिर ९–१३ का लागि तय भएको १४ औं महाधिवेशन निर्धारित मितिमै हुने पक्कापक्की जस्तै भएपछि नेताहरुले उम्मेदवारी सार्वजनिक गर्न लागेका हुन् । सभापतिका उम्मेदवारी दिने तयारीमा रहेका उपसभापति विमलेन्द्र निधिले शुक्रबार तामझामका साथ नयाँबानेश्वरस्थित एक बैंक्वेटमा सम्पर्क कार्यालय खोलेका […]
१४ भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा दावी गर्न आफू योग्य रहेको बताएका छन् । तर उम्मेदवार हुने नहुने भन्ने देशको परिस्थिति र कार्यकर्ताको चाहनामा भर पर्ने उनले बताए । सोमबार पत्रकारसँगको कुराकानीमा उनले क्षमता, निष्ठा, इतिहास र निरन्तरताका आधारमा एमालेको अध्यक्षका लागि नेता हुनका लागि आफू योग्य रहेको बताए । […]
नेतृत्व नछाड्ने दाबी गरिरहेका एमाले, कांग्रेस, माओवादी र एकीकृत समाजवादीका पार्टी प्रमुखहरू उमेर र अनुभव दुवैले पाका भइसके । उमेरले देउवा ७५, ओली ७०, प्रचण्ड ६७ र नेपाल ६९ वर्ष पुगे । सबै नेता प्रधानमन्त्री पनि भइसके ।
बजारलाई चाडबाडले छोप्न थालेको छ । तर, उपभोक्ताको ढाड सेक्ने र स्वास्थ्य बिगार्ने अवाञ्छित काम रोक्ने जिम्मेवारी बोकेका तीन सरकारी अनुगमन निकाय भने जनशक्ति र साधन स्रोतविहीन अवस्थामा छन् । १३ भदौ, काठमाडौं । २०७८ वैशाख दोस्रो साता काठमाडौंका केही निजी अस्पतालले कोभिड बिरामीको उपचारमा लाग्ने ‘बेड’ शुल्क सार्वजनिक गरे । अस्पतालहरूले महँगो दैनिक शुल्कदर […]
१४ भदौ, काठमाडौं । लामो समयसम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेकोमा सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुले असन्तुष्टि जनाएका छन् । सरकार गठन भएको डेढ महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसक्नुले लाजमर्दो भएको भन्दै नेताहरुले अब एक दिन पनि ढिला गर्न नहुने बताएका छन् । प्रतिनिधिसभा पुनर्स्थापना भएको भोलिपल्ट २९ असारमा प्रधानमन्त्री भएका शेरबहादुर देउवाले चार मन्त्री र […]
१४ भदौ, काठमाडौं । तीन सातादेखि सडकमा थुप्रिएको फोहोर नउठाएको विरोधमा काठमाडौं महानगरपालिका कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरिएको छ । युथ कांग्रेस नेपालले सोमबार सुन्धारास्थित काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरेको हो । युथ कांग्रेसका कार्यकर्ताहरुले फोहोर फालेर सांकेतिक विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘मेयरलाई फोहोर उपहार’, ‘फोहोरी राजनीति फोहोरी शहर’ […]
१४ भदौ, पोखरा । गण्डकीमा पछिल्लो २४ घन्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या एक महिनायताकै कम भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । मंगलबार मृत्यु हुनेमा स्याङ्जाका २ जना र कास्कीका एक जना छन् । यो संख्या साउन तेस्रो सातायताकै सबैभन्दा कम हो । यसअघि साउन १९ गते गण्डकीमा २ […]
उपभोक्ता हितका लागि काम गर्न हाम्रो सरकारी संरचनामा करीब पाँच वटा जति निकाय छन् । तर, उपभोक्ताको दैनिकीसँग जोडिएका कारण वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागको भूमिका धेरै छ । कृषि तथा पशुपन्छी विभाग, उद्योग र औषधि व्यवस्था विभाग पनि उपभोक्तासँग प्रत्यक्ष जोडिने […]
लामो लोकतान्त्रिक आन्दोलनपछि बनेको नेपालको संविधानले हरेक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक सुरक्षित गरेको छ । संविधानको धारा ४४ ले उपभोक्ताको हक अन्तर्गत दुई उपधारा मार्फत उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक र गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक सुनिश्चित गरेको छ । संविधान […]
१४ भदौ, काठमाडौं । अफगानिस्तानबाट हालसम्म ८२८ जना नेपाली काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अफगानिस्तानबाट उद्धार भई आइतबार साँझ फ्लाई दुबईको नियमित उडानबाट ५ जना र टर्किस एयरको नियमित उडानबाट ४५ जना गरी थप ५० जना स्वदेश फर्किएका छन् । अफगानिस्तानको राजधानी काबुलमा उद्धारको पर्खाइमा रहेका थप नेपाली नागरिकहरुलाई स्वदेश फर्काउन आवश्यक समन्वय […]
१४ भदौ, पोखरा । कास्कीमा गठन भएको नेकपा एमाले माधवकुमार नेपाल समूहको समान्तर कमिटी नै नेकपा एकीकृत समाजवादी पार्टीमा रुपान्तरण हुने भएको छ । सर्वोच्च अदालतले नेकपा विवादमा फागुन २३ गते एमाले ब्युँताइदिएपछि चैत १९ गते कास्कीमा नेपाल समूहको समानान्तर कमिटी घोषणा भएको थियो । धनराज आचार्यको संयोजकत्वमा ७५ सदस्यीय समान्तर कमिटी नेता नेपालले घोषणा […]
१४ भदौ, काठमाडौं । सत्ता गठबन्धनका नेताहरुले दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारको अडान प्रष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । सत्तारुढ गठबन्धनको सोमबार बसेको बैठकमा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाश लगायतले छानविन समितिको प्रतिवेदन आउन ढिलाइ भएकोमा असन्तुष्टि जनाएका छन् । […]
from समाचार – Online Khabar https://ift.tt/3juIZy3
via IFTTT