समाचार
१४ भदौ, काठमाडौं । निको गोन्जालेज र युसुफ डेमिरलाई डेब्यु गराएपछि बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएमनले गावीलाई पनि डेब्यु गराए । स्पेनिस ला लिगा अन्तर्गत आइतबार गेटाफे विरुद्धको खेलमा गावीले ७३औं मिनेटमा मैदान प्रवेश गर्दै डेब्यु गरे । उनी सर्जी रोवर्टोको स्थानमा मैदान प्रवेश गरेका थिए । १७ वर्षीय मिडफिल्डर गावीले आफ्नो आधिकारिक डेब्युलाई लिएर खुशी […]
१४ भदौ, विराटनगर । नेपाल आयल निगम विराटनगर डिपोको पार्किङमा राखिएको डिजेलसहितको ट्यांकर चोरी भएको छ । आइतबार राति करिब साढे १ बजे पार्किङ लटमा राखिएको ट्यांकर चोरी भएको हो । चोरीको आरोपमा प्रहरीले ट्यांकरसहित एकजनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका– ४ का २६ वर्षीय श्रवणकुमार यादवलाई पक्राउ गरेको हो । राति ट्यांकर लिएर […]
१४ भदौ, भक्तपुर । नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो पार्टीले सिफारिस गरेका १४ सांसदलाई कारबाही नगरेर सभामुखले संसदको उपहास गरेको टिप्पणी गरेका छन् । रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा गरेकाो साक्षात्कारमा उनले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतको केही पक्ष नेपालको राजनीतिलाई अस्थितरतातर्फ धकेल्ने प्रयासमा लागेको भन्दै सभामुखले निर्णयले उनीहरुको पक्षपोषण भएको बताए । नेता बस्नेतले सभामुख […]
१४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जिम्मेवारी दिए सरकारमा पार्टीको नेतृत्व गर्न तयार रहेको बताएका छन् । माओवादीले कति र कुन–कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन । तर माओवादी केन्द्रमा आकांक्षी धेरै छन् । माओवादीबाट जनादर्न शर्मा अर्थ र पम्फा भुसाल उर्जामन्त्री भइसकेका छन् । अब ४/५ वटा भन्दा बढी […]
१४ भदौ, धनगढी । कञ्चनपरको भीमदत्त नगरपालिकामा सुरेन्द्र विष्ट मेयर निर्वाचित भएको चार वर्ष पग्यो । नयाँ संविधानअनसार अधिकारसम्पन्न स्थानीय सरकार प्रमख बनेका उनीसँग काम गर्दाको अनभव, चनौतीलगायतका विषयमा केन्द्रित भएर जनक विष्टले गरेको कराकानी : मेयरमा निर्वाचित भएको चार वर्ष पूरा भयो, यो अवधि कस्तो रह्यो ? लामो समयसम्म जनप्रतिनिधिविहीनताको अवस्थामा जनताको चाहनाअनसार सन्तलित […]
१४ भदौ, काठमाडौं । भारतमा कोरोना भाइरस विरुद्धको खोपको आपूर्ति बढेको छ । कोरोना खोपको आपूर्ति बढेसँगै भारतमा करीब आधा वयस्क मानिसले कम्तीमा एक डोज खोप पाइसकेका छन् । भारतले अबको केही समयमा खोप निर्यातमा लगाएको प्रतिबन्ध हट्न सक्ने बताइएको छ । भारतले ६ करोड ६० लाख डोज कोरोना खोप निर्यात गरेपछि खोप निर्यातमा रोक […]
१४ भदौ, गल्कोट । बागलुङको धौलागिरी अस्पताल परिसरमा अक्सिजन प्लान्ट स्थापना गरिने भएको छ । असार अगावै प्लान्ट निर्माण गर्ने भनिए पनि समयमै बजेट नआउँदा दुई महिना ढिला भएको अस्पतालले जनाएको छ । अस्पतालको स्तरोन्नति गरी २०० बेडको प्रदेशस्तरीय उपप्रादेशिक अस्पताल बनाउन लागिएकाले यसलाई पुग्ने गरी र जिल्लाका अन्य अस्पताल तथा स्वास्थ्यचौकीमा पठाउन सकिने गरी […]
१४ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी गठनमा साथ दिएका नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालको साथ छाडेका छन् । सोमबार फेसबुकमा उनले आफूले माधव नेपालबाट धोका पाएको टिप्पणी गरेका छन् । पार्टीको मार्गदर्शक सिद्धान्तमा जनताको बहुदलीय जनवाद उल्लेख गर्नुपर्ने आफ्नो अडान रहेको भन्दै नेता नेपालले भनेका छन् ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम […]
१४ भदौ, राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न तयारी थालिएको छ । अस्पतालमा तीन करोड ७३ लाख रुपैयाँ बराबरको अक्सिजन प्लान्ट ल्याइएको र चाँडै नै जडान गरिने मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जीत झाले जानकारी दिए । साथै लिक्विड सिलिण्डर र टुयुबसमेत ल्याएइको, अक्सिजन प्लान्ट स्थापनाका लागि अस्पतालमा ‘सेट’ तयार भइसकेको उनले […]
१४ भदौ, धादिङ । धादिङको जिल्ला सदरमुकाम धादिङबेसी नजिकैको बगैंचाभन्ने स्थानमा सोमबार भएको मिनी ट्रक दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जनालाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । ज्वालामुखी गाउँपालिका–५ खरीबाट धादिङबेसी आउँदै गरेको मिनी ट्रक ब्रेक फेल हुँदा अनियन्त्रित भएर रोकीराखेको बा ३ ख ५७४४ नम्बरको टिपरमाा ठोक्किँदा दुर्घटना भएको […]
१४ असार, काठमाडौं । काठमाडौं उपत्यकाभर बाहिर फालिएका फोहोर समेत नउठेर दुर्गन्ध फैलिरहेको छ । सडक, नदी किनार, गल्ली र चोकमा फोहोरको डंगुर छन्, घर-घरमा थुप्रिएको फोहोर उठाउन जनताले महानगरपालिका र नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीलाई खोजिरहेका छन् । सोमबार काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावाली माइतीघर-तीनकुने खण्डमा नगरप्रहरी प्रहरीसँगै देखा परे । नगर प्रहरी […]
१४ भदौ, काठमाडौं । तीन मानवअधिकारवादी संस्थाले बलपूर्वक बेपत्ता पारिएका घटनामा सत्य निरुपण र न्याय प्रदान गर्नमा अवरोध नगर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । संक्रमणकालीन न्यायसम्बन्धी सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन गरी बलपूर्वक बेपत्ताका घटना र अन्तर्राष्ट्रिय कानूनअन्तर्गतका अन्य जघन्य अपराधका घटनालाई नियमित अदालतमार्फत अघि बढाउनुपर्ने पनि उनीहरुको भनाइ छ । एमनेस्टी इन्टरनेशनल, ह्युमन […]
१४ भदौ, काठमाडौं । टेकुमा आगलागी भएको छ । काठमाडौं प्रहरी परिसर, टेकु छेउमा रहेको एक घरमा आगलागी भएको हो । आगो नियन्त्रणका लागि एउटा दमकल पुगेको छ । आगो कसरी लाग्यो भन्ने विषय नखुलेको काठमाडौंका एसपी रमेश बस्नेतले अनलाइनखबरलाई बताए ।
१४ भदौ, काठमाडौं । धादिङको ज्वालामुखी गाउँपालिका–५ स्थित खरीबाट जिल्ला सदरमुकाम धादिङबेसी आउँदै गरेको मिनी ट्रक दुर्घटनामा परेको छ । दुर्घटनामा परी ३५ जना घाइते भएको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सेनाले जानकारी दिए । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको उनले बताए । सदरमुकाम नजिकैको बगैंचा भन्ने स्थानमा सोमबार बिहान साढे ९ बजेको समयमा बा […]
१४ भदौ, बुटवल । बुटवल उपमहानगरपालिकामा पर्ने सिद्धार्थ राजमार्गको ट्राफिकचोक, अस्पताललाइन, मिलनचोक र राजमार्ग चौराहा क्षेत्रको सडकमा हिजोआज खाल्डैखाल्डा छन् । यही सडक भएर दिनहुँ प्रदेशका मुख्यमन्त्री, मन्त्रीदेखि सांसदहरु आवतजावत गर्छन् । तर बुटवलको सबैभन्दा बढी सवारी चाप हुने यो सडक मर्मत सम्भारमा कुनै निकायले ध्यान दिएको छैन । खाल्डाखुल्डीका कारण मोटरसाइकल र साना सवारी […]
१४ भदौ, सप्तरी । सप्तरीमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको महादेवा गाउँपालिका वडा नम्बर १ पकरी निवासी ५३ वर्षीया अमिरका देवी सदा रहेको प्रहरीले जनाएको छ । पानी लिन कलतर्फ जाने क्रममा मोटरमा जोडिएको विद्युतको तारमा खुट्टा पर्न जाँदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर सिकिस्त भएकी उनको उपचारका […]
१४ भदौ, काठमाडौं । आगामी भदौ २० गतेदेखि काठमाडौंका दुई वटा लाइसेन्स कार्यालयले सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक (ट्र्रायल) परीक्षा पुन सुरु गर्ने भएका छन् । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै गत वैशाख १६ गतेबाट देशभर लाइसेन्सको परीक्षा बन्द भएको थियो । यातायत व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार भदौ २० गतेपछि क्रमैसँग […]
१४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् । १३औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बनेका थिए । त्यसबेला सिटौला समूहबाट उम्मेदवार […]
१४ भदौ, दार्चुला । दार्चुलाका विभिन्न भेगमा आएको बाढी र पहिराका कारण तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । आइतबार राति आएको बाढीपहिराले दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा भौतिक तथा मानवीय क्षति गरेको हो । पहिराले घर पुरिँदा दुहुँ गाउँपालिका–१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमती कौशा महरको […]
१४ भदौ, मोरङ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने भगवान श्री राधाकृष्णको भव्य रथयात्रा यसपटक पनि खटयात्रामा राखी नगर परिक्रमा गरिने भएको छ । श्रीराधाकृष्ण रथयात्रा समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले यस वर्ष पनि कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी राधाकृष्णको रथयात्रा गाडीमा राखेर नगर परिक्रमा गरिने जानकारी दिए । ९०औं संस्करणको राधाकृष्ण रथयात्रा […]
१४ भदौ, बुटवल । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु)डा.विनोद सिंहमाथि मोसो दल्नेलाई प्रहरीले पक्राउ नगरेको विरोधमा घोराहीमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । दोषीलाई कारबाही र स्वास्थ्यकर्मीलाई सुरक्षाको माग गर्दै अस्पतालको आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेर स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन्। । एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला संयोजक […]
from समाचार – Online Khabar https://ift.tt/3taWbeN
via IFTTT