Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बेपत्ता पारिएका घटनामा सत्य निरुपण र न्याय प्रदान गर्नमा अवरोध नगर : एमनेस्टी इन्टरनेशनल

१४ भदौ, काठमाडौं । अधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले बलपूर्वक बेपत्ता पारिएका घटनामा सत्य निरुपण र न्याय प्रदान गर्नमा अवरोध नगर्न नेपाल सरकारलाई आग्रह गरेको छ । संक्रमणकालीन न्यायसम्बन्धी सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन गरी बलपूर्वक बेपत्ताका घटना र अन्तर्राष्ट्रिय कानूनअन्तर्गतका अन्य जघन्य अपराधका घटनालाई नियमित अदालतमार्फत अघि बढाउनुपर्ने पनि एमनेस्टी इन्टरनेशनलले बताएको छ  । एमनेस्टी […]

टेकुमा आगलागी

१४ भदौ, काठमाडौं । टेकुमा आगलागी भएको छ । काठमाडौं प्रहरी परिसर, टेकु छेउमा रहेको एक घरमा आगलागी भएको हो । आगो नियन्त्रणका लागि एउटा दमकल पुगेको छ । आगो कसरी लाग्यो भन्ने विषय नखुलेको काठमाडौंका एसपी रमेश बस्नेतले अनलाइनखबरलाई बताए ।  

बुटवलको मुख्य सडकमा खाल्डैखाल्डा

१४ भदौ, बुटवल । बुटवल उपमहानगरपालिकामा पर्ने सिद्धार्थ राजमार्गको ट्राफिकचोक, अस्पताललाइन, मिलनचोक र राजमार्ग चौराहा क्षेत्रको सडकमा हिजोआज खाल्डैखाल्डा छन् । यही सडक भएर दिनहुँ प्रदेशका मुख्यमन्त्री, मन्त्रीदेखि सांसदहरु आवतजावत गर्छन् । तर बुटवलको सबैभन्दा बढी सवारी चाप हुने यो सडक मर्मत सम्भारमा कुनै निकायले ध्यान दिएको छैन । खाल्डाखुल्डीका कारण मोटरसाइकल र साना सवारी […]

सप्तरीमा करेन्ट लागेर महिलाको मृत्यु

१४ भदौ, सप्तरी । सप्तरीमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको महादेवा गाउँपालिका वडा नम्बर १ पकरी निवासी ५३ वर्षीया अमिरका देवी सदा रहेको प्रहरीले जनाएको छ । पानी लिन कलतर्फ जाने क्रममा मोटरमा जोडिएको विद्युतको तारमा खुट्टा पर्न जाँदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर सिकिस्त भएकी उनको उपचारका […]

दार्चुलामा बाढीपहिराले ३ जनाको मृत्यु, दुई जना बेपत्ता

१४ भदौ, दार्चुला । दार्चुलाका विभिन्न भेगमा आएको बाढी र पहिराका कारण तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । आइतबार राति आएको बाढीपहिराले दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा भौतिक तथा मानवीय क्षति गरेको हो । पहिराले घर पुरिँदा दुहुँ गाउँपालिका–१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमती कौशा महरको […]

विराटनगरको राधाकृष्ण रथयात्रालाई यसपटक पनि खटयात्राको रुपमा निकालिने

१४ भदौ, मोरङ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने भगवान श्री राधाकृष्णको भव्य रथयात्रा यसपटक पनि खटयात्रामा राखी नगर परिक्रमा गरिने भएको छ । श्रीराधाकृष्ण रथयात्रा समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले यस वर्ष पनि कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी राधाकृष्णको रथयात्रा गाडीमा राखेर नगर परिक्रमा गरिने जानकारी दिए । ९०औं संस्करणको राधाकृष्ण रथयात्रा […]

सुरक्षाको माग गर्दै दाङका स्वास्थ्यकर्मी आन्दोलित

१४ भदौ, बुटवल । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु)डा.विनोद सिंहमाथि मोसो दल्नेलाई प्रहरीले पक्राउ नगरेको विरोधमा घोराहीमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । दोषीलाई कारबाही र स्वास्थ्यकर्मीलाई सुरक्षाको माग गर्दै अस्पतालको आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेर स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन्। । एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला संयोजक […]

सकारात्मक परिणाम निकाल्न नवनियुक्त सचिवहरुलाई अर्थमन्त्रीको निर्देशन

१४ भदौ, काठमाडौं । अर्थ मन्त्रालयमा सरुवा भई आएका सचिवहरुलाई अर्थमन्त्री जनार्दन शर्माले स्वागत गरेका छन् । आइतबार अर्थमन्त्री जनार्दन शर्माले राजश्व सचिव कृष्णहरि पुष्कर कर्ण र महालेखा नियन्त्रक सचिव सुमनराज अर्याललाई स्वागत गरेका हुन् । अब अर्थ मन्त्रालयमा उच्च पदस्थ अधिकारीको टीमले पूर्णता पाएको छ । मन्त्री शर्माले मन्त्रालय अन्तर्गतका तीन जना सचिवको विशिष्ट […]

धादिङमा करेन्ट लागेर दुई जनाको मृत्यु

१४ भदौ, धादिङ । गजुरी गाउँपालिका-५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज सोमबार दुईजनाको मृत्यु भएको छ । अविरल वर्षाका कारणले पहिराले रुख ढलेर तार छिनेको र बनाउन जाने क्रममा विद्युत् प्राधिकरणको पोलमा भर्‍याङ राख्दा पोलमा सर्ट भएपछि सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए । मृत्यु […]

एमालेमा अपानि : १० बुँदे कार्यान्वयनमा सहजीकरण गर्न तोकिए नेताहरु

१४ भदौ, काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि सहजीकरण गर्न नेताहरु खटाएको छ । प्रदेश, जिल्ला र मातहतका कमिटीका साथै जनसंगठनहरुमा १० बुँदे कार्यान्वयनका लागि सहजीकरण गर्न नेताहरु खटाएको हो । अन्तर पार्टी निर्देशन (अपानी) अनुसार प्रदेश १ मा भीम आचार्य, सुवास नेम्बाङ, शेरधन राई, देवराज घिमिरे र टंक आङबुहाङ तथा प्रदेश […]

विवेकशील साझा : फुट्न पनि गाह्रो, जुट्न पनि गाह्रो

१४ भदौ, काठमाडौं । अध्यक्ष रवीन्द्र मिश्रको राजनीतिक प्रतिवेदन नआएको भए विवेकशील साझा पार्टीका नेता कार्यकर्ता अहिले एकता महाधिवेशनको तयारीमा जुटिरहेका हुन्थे । चुनावसम्मको एजेण्डाबारे आन्तरिक छलफल र बैठक चलिरहेको हुन्थ्यो । तर मिश्रले राजसंस्थाको वकालत गर्दै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव अघि सारेपछि पार्टीको औपचारिक बैठक र छलफल अहिले ठप्प […]

कोरोना भाइरसको उत्पत्तिबारे नेपालले निष्पक्ष अडान लिएको भन्दै चीनले दियो धन्यवाद

१४ भदौ, काठमाडौं । कोरोना भाइरसको उत्पत्तिबारे नेपालले वस्तुगत र निष्पक्ष अडान लिएको भन्दै चीनले प्रशंसा गरेको छ । साथै चीनले कोरोना भाइरस उत्पत्तीको विषयलाई राजनीतिकरण गर्न भएका प्रयासलाई चिर्न मिलेर काम गर्न चाहेको उल्लेख गरेको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले सोमबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै कोरोना भाइरसको उत्पत्तिको बारेमा नेपालले चीनलाई महत्वपूर्ण सहयोग […]

काबुल एयरपोर्टलाई लक्षित गरी रकेट आक्रमण

१४ भदौ, काठमाडौं । अफगानिस्तानको काबुल एयरपोर्टलाई लक्षित गरी पाँचओटा रकेट आक्रमण भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार सोमबार भएको यो आक्रमणलाई अमेरिकी एन्टी मिसाइल सिस्टमले बीचमै नष्ट गरिदिएको छ । अहिलेसम्म कुनै क्षति भएको समाचार आएको छैन । अहिले अमेरिकाले अफगानिस्तानबाट आफ्ना नागरिकको उद्धारको काम गरिरहेको छ । मंगलबार अमेरिका अफगानिस्तानबाट पूर्णरुपमा बाहिरिँदै […]

नक्कली कागजात पेश गरेको भन्दै एमबीबीएस र बीडीएसको आरक्षण कोटाबाट ८ जनालाई हटाइयो

१४ भदौ, काठमाडौं । एमबीबीएस र बीडीएसको आरक्षण कोटामा नाम निकालेका ८ जनाको नाम चिकित्सा शिक्षा आयोगले योग्यता क्रमबाट हटाएको छ । आयोगका अनुसार गलत कागजात पेश गरेको उजुरी परेका उनीहरुको कागजात पुन: छानविन गर्दा सही हुन नसकेपछि आरक्षणको योग्यता क्रमबाट हटाएको हो । नाम हटाइनेहरुमा आदीवासी जनजाती र थारु समूहबाट एमबीबीएसमको आरक्षणमा रहेका अमनकुमार […]

अवरुद्ध भएको नागढुङ्गा-नौबिसे सडकखण्ड सञ्चालन

१४ भदौ, काठमाडौँ । अविरल वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध भएको नागढुङ्गा-नौबिसे सडकखण्ड सञ्चालनमा आएको छ । त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको थियो । पहिरो पन्छाएर अहिले सडक सञ्चालनमा ल्याइएको छ । सडक अवरुद्ध हुँदा राजधानीबाट नागढुङ्गा नाका हुँदै बाहिरिने र उपत्यका भित्रिने सवारी साधन लाइनमा बस्नु परेको थियो । […]

चिकित्सा शिक्षा स्नातक तहको ‘म्याचिङ’ भोलिदेखि सुरु हुँदै

१४ भदौ, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहमा अध्ययनका लागि एकीकृत प्रवेश परीक्षामा नाम निकालेका विद्यार्थीलाई मंगलबार ((भोलि)देखि म्याचिङ सुरु गर्ने भएको छ । प्रवेश परीक्षामा प्राथमिकता क्रममा नाम निकालेका विद्यार्थीलाई भर्नामा प्राथमिकताका साथ शिक्षण संस्था र शैक्षिक कार्यक्रम छनौट गर्न आयोगले म्याचिङ प्रणाली सुरु गर्न लागेको हो । आयोगले म्याचिङ प्रणाली […]

प्रधानमन्त्रीलाई सत्तारुढ दलको आग्रह : दार्चुला घटनामा सरकारको अडान प्रष्ट पार्नुस्

१४ भदौ, काठमाडौं । सत्ता गठबन्धनका नेताहरुले दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारको अडान प्रष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । सत्तारुढ गठबन्धनको सोमबार बसेको बैठकमा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाश लगायतले छानविन समितिको प्रतिवेदन आउन ढिलाइ भएकोमा असन्तुष्टि जनाएका छन् । […]

सत्तारुढ गठबन्धनको बैठक : मन्त्रिपरिषदलाई छिटो पूर्णता दिन सहमत

१४ भदौ, काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरु मन्त्रिपरिषदलाई छिटो पूर्णता दिन सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा नेताहरुले मन्त्रिपरिषद् विस्तारमा ढिला गर्न नहुने बताएका छन् । यद्यपि मन्त्रालय भागवण्डाबारे छलफल नभएको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए । एक नेताका अनुसार मन्त्रालय भागबण्डाबारे गठबन्धनका शीर्ष […]

महामारीपछि हवाई उद्योगले गुमायो ३७ अर्ब आम्दानी

१४ भदौ, काठमाडौं । कोरोना भाइरसका महामारीयता नेपालको हवाई उद्योगले ३७ अर्ब रुपैयाँ बराबरको आम्दानी गुमाएको छ । नेपालमा २०७६ चैतदेखि लकडाउन शुरु भएको थियो । सो समयपछिको सवा एक वर्षको अवधि (२०७८ असारसम्म)मा हवाई उद्योगले सो बराबरीको प्रक्षेपित आम्दानी गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यो क्षति कोभिड आयपूर्वको प्रक्षेपित […]

स्वास्थ्य मन्त्रालयको ८ उच्च अधिकारीको जिम्मेवारी हेरफेर

१४ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरिएको छ । स्वास्थ्य मन्त्री स्तरीय निर्णय गर्दै परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मालाई हटाएर व्यवस्थापन महाशाखाका सागर दाहाललाई ल्याइएको छ । डा. शर्मालाई व्यवस्थापन महाशाखा पठाइएको मन्त्रालयले जनाएको छ । त्यसैगरी सार्क क्षयरोग केन्द्रका निर्देशक डा. विवेकलाल […]

सिकन्दर राजाले विराटनगरबाट इपीएल खेल्ने

१४ भदौ, काठमाडौं । टेष्ट राष्ट्र जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजाले विराटनगर वारियर्सबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्ने भएका छन् । सिकन्दर राजालाई इपीएलका लागि अनुबन्ध गरिएको विराटनगरले सोमबार विज्ञप्तिमार्फत जनाएको छ । राजाले जिम्बाब्वेका लागि १७ टेष्ट, १०५ ओडीआई र ४२ टी२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । विराटनगरले पहिलो विदेशी खेलाडीको रुपमा राजालाई […]



from समाचार – Online Khabar https://ift.tt/3Dt4JSG
via IFTTT
Powered by Blogger.