समाचार
१३ भदौ, तनहुँ। प्रहरीले बाघको छाला, खप्पर, हड्डी लगायतका अंगसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्यास नगरपालिका-६ का सिरुबारी बस्ने ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका-१ ओखल्दी बस्ने ४० वर्षीय सन्जित गुरुङ र सोही नगरपालिका-१ रतनपुर बस्ने ३२ वर्षीय सन्तोष गुरुङ रहेका छन् । ब्यास नगरपालिका-५ पतेनीस्थित पक्की पुल नजिक बाख्रेतर्फ जाने कच्ची […]
१३ भदौ, काठमाडौं । तालिबानले अफगानिस्तानी नागरिकलाई विमानस्थल जान रोक लगाएको छ । विदेशी मुलुकको तर्फबाट उद्धार गरिन सक्ने मानिसलाई तालिबानले विमानस्थलमा जानबाट रोक लगाएको हो । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिक तथा नागरिकको उद्धारको कार्य अन्तिम चरणमा पुर्याएसँगै तालिबानले अफगानिस्तानी नागरिकलाई विमानस्थलमा जान रोक लगाएको हो । पश्चिमा मुलुकका नेताहरुले अगष्टको अन्तिमसम्म आफ्नो सेनाको लागि […]
१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आइतबार बसेको छ । संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक जारी रहेको छ । भदौ ९ गते निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएको नेकपा एकीकृत समाजवादीको पहिलो पटक संसदीय दलको बैठक बसेको हो । बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयन […]
१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूलाई नयाँ पार्टी खोल्न दोस्रो तहका नेताहरुले दबाब दिएको तर अन्तिममा साथ छाडेको भन्ने अभिव्यक्तिको एमाले उपाध्यक्ष भीम रावलले सामाजिक सन्जालबाट जवाफ फर्काएका छन् । शनिबारको एक कार्यक्रममा नेपालले दोस्रो पुस्ताका नेताहरुले आफूलाई घचेटेर अगाडि बढ् भनेको तर पछाडि फर्किएर हेर्दा कोही नपाएको बताएका […]
१३ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलका शीर्ष नेताहरुसँग परामर्श गरेका छन् । प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग आइतबार बिहान परामर्श गरेका हुन् । बालुवाटारमा भएको छलफल मन्त्रिपरिषद विस्तारको विषयमा केन्द्रित रहेको स्रोतले बतायो । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव […]
१३ भदौ, जनकपुरधाम । वर्षौंदेखि जीर्ण सडक मर्मत नगर्दा आवतजावतमा समस्या भएको भन्दै जनकपुरधाममा स्थानीय युवाहरुले टायर बालेर प्रदर्शन गरेका छन् । जनकपुरधाम–युदकोहा सडकखण्ड अन्तर्गत जनकपुरधाम १ स्थित पुलचोकमा स्थानीय युवाहरुले आइतबार बिहानदेखि सडक अवरुद्ध गरेका हुन् । स्थानीयले टायर बालेर र बाँस तेर्स्याएर सडक अवरुद्ध गरेका छन् । सडकमा भएका ठूला–ठूला खाल्डोको मर्मत गर्न […]
१३ भदौ, काठमाडौं । आगामी मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान शुरु हुने भएको छ । नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं-कोलम्बो सिधा हवाई उडान शुरु हुने जानकारी दिएकी छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले हप्ताको दुई मंगलबार र शनिबार काठमाडौं-कोलम्बो उडान हुने जानकारी दिए । प्रवक्ता […]
१३ भदौ, कर्णाली । अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत विद्यार्थी सङ्गठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति भएको छ । दुई पक्षबीच शनिबार साँझ सम्पन्न वार्तामा भौतिक उपस्थिति र वैकल्पिक माध्यममध्ये कुनै एक रोज्न स्वयं विद्यार्थीलाई नै दिने सहमति भएको हो । सहमतिअनुसार अब विद्यार्थीले परीक्षा व्यवस्थापन कार्यालयले सूचना जारी गरेको पाँच दिनभित्र तोकिएको […]
कम्युनिष्ट पार्टीका नेता र कार्यकर्तामा एक बडो जबर्जस्त प्रचलन हुन्छ- आफूलाई ‘मार्क्सवादी’ भन्ने, ‘सच्चा मार्क्सवादी’ ठान्ने । हरेक कम्युनिष्टले आफूलाई मार्क्सवाद बुझेको अरूले नबुझेको, आफूले भनेको मार्क्सवाद सही भएको अरूले भन्ने गरेको मार्क्सवाद गलत भएको दाबी गर्ने गर्दछन् । ‘मार्क्सवाद अनुसार’, ‘मार्क्सवादी दृष्टिकोण अनुरूप’, ‘एक सच्चा मार्क्सवादी भएर हेर्दा’ जस्ता शब्दावली बारम्बार प्रयोग गरिन्छन् । […]
१३ भदौ, बुटवल । बुटवलको ज्योतिनगरमा पहिरो जाँदा एक दर्जन घरमा क्षति पुगेको छ । वडा नं. ३ को ज्योतिनगरमा चुरे पहाडबाट खसेको पहिरोले मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा पहिरो पसेको छ । पहिरोले एक दर्जन घरमा क्षति पुगेको स्थानीय विष्णु गुरुङले बताइन् । बिहान ६ बजेपछि पहिरो खसेकाले घरमा रहेकाहरु भागेर सुरक्षित भएका […]
१३ भदौ, बुटवल । अविरल वर्षाका कारण पाल्पाको तानसेनमा घर भत्किंदा १० वर्षीया बालिकाको मृत्यु भएको छ । तानसेन नगरपालिका-५ कैलाशनगरमा एकतले कच्ची घर भत्किएर पुरिँदा स्थानीय नारायण दर्जीकी १० वषिर्या छोरी नैना दर्जीको मृत्यु भएको हो । रातको साढे २ बजे घर पछाडिको गारो भत्किएर पुरिंदा गम्भीर घाइते भएकी बालिकालाई उपचार गर्न मिसन अस्पताल […]
१३ भदौ, काठमाडौं । नेपाल नेत्रहीन संघको केन्द्रिय बरिष्ठ उपाध्यक्ष खोपराज शर्मा ‘वल्र्ड ब्लाइन्ड आइडल’ को नोमिनेशनमा परेका छन् । विश्वका दृष्टिविहिनबीच हुने यो प्रतिष्पर्धा चान्स फर द ब्लाइन्ड फाउन्डेसन, पोल्याण्डले आयोजना गर्ने गरेको छ । प्रतियोगितामा अमेरिका, कुवेत, इटली, इजिप्ट, पोल्याण्ड, ब्राजिल, केन्या, साउदी अरेबिया, नेदरल्याण्डसहित २२ देशका २६ जना नोमिनेशनमा परेका छन् । […]
१३ भदौ, काठडौं । केही दिनदेखि जारी वर्षा अझै केही दिन निरन्तर भैरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि देशैभर बदली भई वर्षा भैरहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म निरन्तर वर्षा हुनेछ । अविरल वर्षाका कारण […]
१३ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानको काबुलमा अर्काे आतंककारी हमला हुनसक्ने सूचना रहेको बताएका छन् । उनले आफूलाई सो जानकारी सैन्य कमाण्डर दिएको उल्लेख गरेका छन् । बाइडनले भने, ‘त्यहाँको अवस्था एकदमै खत्तरापूर्ण रहेको छ । विमानस्थलमा अर्काे आतंकारी हमला हुनसक्ने खत्तरा धेरै छ ।’ बिहीबार काबुल विमानस्थल नजिक भएको आक्रमणमा १६९ […]
१३ भदौ, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा ३४ जना नेपाली नागरिकहरु केही दिनयता उद्धारको पर्खाइमा रहेका छन् । उनीहरुलाई केही दिन अगाडि नै ल्याउने तयारी भए पनि काबुल विमानस्थलमा भएको आक्रमणको कारण केही ढिलो भएको हो । परराष्ट्र मन्त्रालयका उनीहरु उडानको पर्खामा रहेका नेपाली नागरिकलाई सुरक्षाको दृष्ट्रिकोणले थप सुरक्षित र व्यवस्थित ठाउँमा राखिएको छ । […]
१२ भदौ, गुल्मी । गुल्मीमा बिरामी चितुवाको उद्धार गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–५ वस्तुमा बिरामी अवस्थामा भेटिएको चितुवाको उद्धार गरिएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । चितुवा दुब्लो र राम्रोसँग हिँडडुल समेत गर्न नसक्ने अवस्थामा भेटिएको थियो । नियन्त्रणमा लिइएको चितुवा २÷४ दिन अगाडिदेखि नै वस्ती आसपासमा रहेका खाली गोठहरुमा बस्ने गरेको स्थानीय […]
१२ भदौ, बुटवल । अविरल वर्षापछि आएको बाढीले रुपन्देहीका दर्जनौं उद्योगमा क्षति पुर्याएको छ । तिलोत्तमाको मणिग्रामदेखि दक्षिणतर्फ भैरहवासम्म र भैरहवा–परासी कोरिडोरका उद्योगहरुमा बाढीले बढी क्षति पुर्याएको छ । तिलोत्तमास्थित पञ्चकन्या समूहका प्लास्टिक र स्टिल उद्योगमा बाढी पस्दा करीब १० करोड रुपैयाँको क्षति भएको पञ्चकन्या समूहका नायब महाप्रबन्धक देवेन्द्र साहुले बताए । उद्योगमा उत्पादनका लागि […]
‘सिनेमा हेर्न जाने दर्शकलाई रुमाल दिइनेछ’ एकताका दर्शकका लागि आहृवान गरिएको विज्ञापन हो, यो । चलचित्र थियो, ‘अजम्बरी माया’ । निर्देशक थिए, दीपक श्रेष्ठ । त्यसबेला चलचित्र हेर्ने ताँतीमा उभिएका दर्शकलाई रुमाल दिइएको थियो । रुमाल यस कारण कि, दर्शकलाई आँशु पुछ्न काम लागोस् । यसबाट निर्देशक/निर्माताहरू दर्शकलाई यस्तो मनोवैज्ञानिक प्रभाव पार्न चाहन्थे कि, सिनेमाले […]
११ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले गठबन्धन सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा एकीकृत समाजवादी सहभागी हुने यसअघि नै तय थियो । तर २ भदौमा एमालेबाट अलग भएको यो दलले वैधानिकता नपाएकाले मन्त्रिपरिषद् […]
१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन निर्वाचन समितिले ५ जिल्लाको क्रियाशील सदस्यता विवरण वेवसाइटमा राखेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले काम सकेका नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँची जिल्लाका क्रियाशील सदस्यको नामावली वेवसाइटमा प्रकाशित गरिएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । ती विवरण सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतलाई पनि पठाएको उनले बताए ।
१२ भदौ, काठमाडौं । क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै रिले अनशनमा बसेका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले अनशन अन्त्य गरेका छन् । क्रियाशील सदस्यता विवाद टुंग्याउने जिम्मा पाएका नेताहरु कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकले शनिबार साँझ पार्टी कार्यालय सानेपा पुगेर अनशन बसेका जिल्ला सभापतिलाई माग पूरा भइसकेको जानकारी गराएका थिए । […]
from समाचार – Online Khabar https://ift.tt/3zqUHPv
via IFTTT