समाचार
१२ भदौ, काठमाडौं । पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका– ८ मा रहेको ५३४ रोपनी जग्गाको संरक्षण हुन सकेको छैन । जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्नेक्रम तीव्र बनेको छ । बालुवा खानीका कारण पटकपटक विवादमा आएको यो जग्गा कोषले संरक्षण नगर्दा वरिपरिबाट मिच्नेक्रम रोकिएको छैन । बस्तीका बीचमा धेरै जग्गा खाली […]
१२ भदौ, बुटवल । अविरल वर्षापछि आएको बाढीले रुपन्देहीका दर्जनौं उद्योगमा क्षति पु¥याएको छ । तिलोत्तमाको मणिग्रामदेखि दक्षिणतर्फ भैरहवासम्म र भैरहवा–परासी कोरिडोरका उद्योगहरुमा बाढीले बढी क्षति पु¥याएको छ । तिलोत्तमास्थित पञ्चकन्या समूहका प्लास्टिक र स्टिल उद्योगमा बाढी पस्दा करिब दश करोड रुपैयाँको क्षति भएको पञ्चकन्या समूहका नायब महाप्रबन्धक देवेन्द्र साहूले बताए । उद्योगमा उत्पादनका लागि […]
१२ भदौ, काठमाडौं । आन्दोलनरत नेपाल टेलिकमका कर्मचारी आन्दोलन स्थगित गर्न तयार भएका छन् । कम्पनीसँग शनिबार २९ बुँदे सम्झौता भएपछि कर्मचारीले आन्दोलन स्थगित गरेका हुन् । टेलिकमको सञ्चालक समितिले पारित गरेको कर्मचारी विनियमावलीप्रति असन्तुष्ट कर्मचारी युनियनहरुले कम्पनीको आम्दानी खस्किएको र ठूला परियोजनामा भएका लगानीले प्रतिफल दिन नसकेको लगायतका मुद्दा उठाउँदै धर्ना बसेका थिए । […]
१२ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताएका छन् । शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा उनले भने ‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुखमा नयाँ नयाँ पालुवा पलाउँदैछन् । नयाँ नयाँ हाँगा हाल्दैछन् ।’ अध्यक्ष ओलीले माधव नेपालले […]
१२ भदौ, बुटवल । वर्षा र डुवानले विद्युत सबस्टेशनमा क्षति पुर्याउँदा पश्चिम नवलपरासीको सदरमुकाम परासीमा विद्युत आपूर्ति बन्द भएको छ । नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवका अनुसार वर्षा र डुवानका कारण परासी सब स्टेशनको ब्रेकर लगायतका अन्य प्राविधिक उपकरणमा पानी जमेको छ । त्यसैले तत्कालै सब स्टेशनबाट विद्युत आपूर्ति गर्ने अवस्था […]
२६ साउन, धनगढी । २०५५ सालमा सुदूरपश्चिममै पहिलो पटक सबओभरसियर को पठनपाठन सुरुवात गर्दा नन्दलाल चटौत अन्योलमा थिए । कञ्चनपुरको महेन्द्रनगरमा वैजनाथ स्कुल अफ टेक्नोलोजी स्थापना गरेर सब ओभरसियर पढाइ सुरु गरे पनि विद्यार्थी धेरै नहुँदा निरन्तरता दिन सकिँदैन कि भन्ने आशंका थियो । त्यतिबेला सुदूरपश्चिममा प्राविधिक शिक्षा नै नौलो थियो । कलेजमा ४० जना […]
दीपक बाबु…! सामुन्ने एक ख्याउटे अनुहार देखा पर्छ । मलाई देखेर बैसाखी टेक्दै चउरबाट हुत्तिंदै आएको थियो ऊ । परदेशीले घरदेशी मान्ठा देखेजस्तो फिस्स हाँसिरहेको । असरल्ल दाह्री, नमिलेको फुस्रो कपाल, दुईचार टाँक छिनिएको झुत्रे कमिज । त्यो पनि ठाउँ-ठाउँमा च्यात्तिएर धागै देखिने गरी सिलाएको, पहेंला तर मिलेका दाँत, समग्रमा एक भग्नावशेष जिन्दगी ! ‘म […]
१२ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकार विस्तारका विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । भेटका क्रममा सरकारलाई यथाशीघ्र पूर्णता दिनेबारे कुरा भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटले जानकारी […]
१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूको जारी अनशन आज तोडिने भएको छ । क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका बारेमा बनाइएको दोहोरो मापदण्ड खारेज गर्नुपर्ने लगायतका माग राखेर जिल्ला सभापतिहरु चार दिनदेखि रिले अनशनमा छन् । शुक्रबार साँझ सभापति शेरबहादुर देउवाले माग सम्बोधन गर्ने बताएपछि जिल्ला […]
कथासंग्रह ‘याम्बुनेर’को शुरुआतमा कथाकार बिना थिङ लेख्छिन्- हाम्रो लागि याम्बूसम्मको दूरी धेरै फराकिलो हो । यो भूगोलको होइन, पहुँच र प्राप्तिको सन्दर्भ हो । याम्बु, अर्थात् एक तामाङको लागि ‘तात्कालीन नेपाल’ । स्वाभाविक रुपले बिना थिङ ‘तामाङ’को लागि पनि । अर्थात् अहिलेको काठमाडौं उपत्यकालाई याम्बु भनिन्थ्यो । र एक तामाङको आँखाबाट याम्बु अन्य जातिको लागि […]
१२ भदौ, काठमाडौं । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । शुक्रबार राति एक्कासी बिरामी भएका गाउँपालिकाका अध्यक्ष यादवको राति नै नेपालगन्ज नर्सिङहोममा मृत्यु भएको हो । ब्लड प्रेसर घटेपछि शुक्रबार साँझ ६ बजे अस्पताल पुर्याइएका यादवको राति एक बजे निधन भएको हो । अध्यक्ष यादवको शव बिहान घर लगिएको छ । […]
प्रकाशका दुई भेद छन्- उज्यालो र अँध्यारो । जब कोही उज्यालोमा उभिन्छ, उसलाई छर्लङ्ग देखिन्छ । दृश्यहरू स्पष्ट हुन्छन् । त्यहाँ सबैको दृष्टि पर्छ । तर, अँध्यारोमा ? अँध्यारोमा त आफ्नै छायाँले पनि साथ छाड्छ । यो उनको अँध्यारो दिनहरूको कथा हो, जतिबेला उनलाई कसैले देख्दैनथे, चिन्दैनथे । जिन्दगानीमा अभावको क्षेत्रफल ठूलो थियो । दुःखको […]
१२ भदौ, काठमाडौं । महाधिवेशनबारे देखिएका व्यवहारिक कठिनाइहरुलाई सम्बोधन गर्नेबारे नेपाली कांग्रेसमा सहमति जुटेको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच शुक्रबार साँझ बालुवाटारमा भएको छलफलमा कार्यतालिका अनुसार महाधिवेशन प्रक्रिया अगाडि बढाउने र जिल्ला सभापतिहरुको माग सम्बोधन गर्नेबारे सहमति भएको हो । सभापति देउवासँगको सहमतिबारे ब्रिफिङ गर्न पौडेल […]
१२ भदौ, काठमाडौं । अमेरिकाले पूर्वी अफगानिस्तानमा गरिएको ड्रोन आक्रमणमा काबुल विमानस्थलमा भएको आत्मघाती बम विष्फोटका प्रमुख योजनाकार मारिएको दाबी गरेको छ । अमेरिकी सेनाका अनुसार इस्लामिक स्टेट खुरासन (आईएस-के) लाई लक्षित गरिएको नान्गहार प्रान्तमा उक्त ड्रोन आक्रमण गरिएको हो । आईएस-के आतंकवादी संगठन आईएसको खुरासन प्रान्तको एक भाग हो । यसअघि अमेरिकी राष्ट्रपति जो […]
१२ भदौ, धनगढी । नेकपा (एमाले) सुदूूरपश्चिमकी प्रमुुख सचेतक दुुर्गाकुुमारी बिक पनि नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेकी छन् । एमाले फुुटाएर नेता माधव नेपालले आफ्नो नेतृत्वमा गठन गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा आफू रहने बिकले घोषणा गरेकी हुन् । बिक पार्टी विभाजनपछि कुनै पक्षमा पनि खुलेकी थिइनन् । ‘मैले विगतमा एमाले हुुँदा पनि माधव नेपाल […]
संसारमा करीब दुई सय मुलुक छन् । तीमध्ये दुई मुलुक मात्रै हिन्दू बाहुल्य मुलुकहरू हुन्- नेपाल र भारत । दुइटैको संविधानले आ-आफ्नो प्रकारले धर्मनिरपेक्षतालाई अँगालेका छन् । किन होला ? दुइटै देशले धर्मनिरपेक्षतालाई संविधानको विशिष्टता बनाइरहँदा केही नागरिकहरूमा असन्तुष्टि भएकै हो । तर दुइटै देशको बहुसंख्यक जनताले यस प्रावधानको ठूलो विरोध नगरेको पनि सत्य हो […]
‘सिनेमा हेर्न जाने दर्शकलाई रुमाल दिइनेछ’ एकताका दर्शकका लागि आहृवान गरिएको विज्ञापन हो, यो । चलचित्र थियो, ‘अजम्बरी माया’ । निर्देशक थिए, दीपक श्रेष्ठ । त्यसबेला चलचित्र हेर्ने ताँतीमा उभिएका दर्शकलाई रुमाल दिइएको थियो । रुमाल यस कारण कि, दर्शकलाई आँशु पुछ्न काम लागोस् । यसबाट निर्देशक/निर्माताहरू दर्शकलाई यस्तो मनोवैज्ञानिक प्रभाव पार्न चाहन्थे कि, सिनेमाले […]
१२ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर गुल्शन झाले आगामी असोजमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट काठमाडौं किङ्स-११ बाट खेल्ने भएका छन् । काठमाडौं किङ्स-११ ले शुक्रबार गुल्शनलाई अनुबन्ध गरेको जनाएको छ । ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । गुल्शन […]
१२ भदौ, ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका-६ आश्राङ र नं ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलामा एक महिलाको मृत्यु भएको छ भने बालिका बेपत्ता भएकी छन् । विगत तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया सञ्जु सिङतानको मृत्यु भएको हो । वडा नं ७ का वडाध्यक्ष नवराज सञ्जेलका अनुसार शुक्रबार दिउँसो […]
१२ भदौ, धनगढी । कैलालीमा सेनिटाइजर पिएका एक जनाको मृत्यु भएको छ । भदौ ९ गते सेनिटाइजर पिएका धनगढी उपमहानगरपालिका-१२ का टीकाराम बराइलीको उपचारका क्रममा शुुक्रबार मृत्युु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुुसार सेनिटाइजर पिएका बराइली स्वास्थ्यमा समस्या देखिएपछि शुुक्रबार जुुगेडामै स्थानीय मेडिकलमा पुुगेका थिए । त्यहाँ उनलाई स्लाइन चढाइएको थियो […]
१२ भदौ, वीरगञ्ज । प्रहरीले भारतको बिहारबाट ७ जना युवतीको उद्धार गरेको छ । पूर्वी चम्पारण छौडादानो नगर पञ्चायत-११ आदापुर बजारबाट प्रहरीले युवतीको उद्धार गरेको हो । अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाइ उनीहरुलाई बेच्ने तयारी भइरहेको सूचनाको आधारमा प्रहरी टोली आदापुर पुगेको थियो । भदौं ९ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको […]
from समाचार – Online Khabar https://ift.tt/2WAVsaw
via IFTTT