Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

राजस्व सचिव बने कृष्णहरि पुष्कर

११ भदौ, काठमाडौं । अर्थ मन्त्रालयको राजस्व सचिवमा कृष्णहरि पुष्करलाई सरुवा गरिएको छ । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थिए । उद्योग मन्त्रालयमा लामो समय काम गरेका पुष्करले यसअघि वैदेशिक रोजगार विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत काम गरेका छन् । राजस्व सचिव पद भदौयता रिक्त थियो । शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले उनलाई अर्थमा सरुवा […]

रोनाल्डोले छाड्लान् त युभेन्टस ?

११ भदौ, काठमाडौं । सर्वकालीन महान् फुटबल खेलाडीमध्ये एक हुन्, सम्झौता अवधि पनि बाँकी नै छ । तर युभेन्टस क्रिस्टियानो रोनाल्डोलाई बेच्न तयार देखिएको छ । इटालियन क्लब युभेन्टसले आफ्ना पोर्चुगिज फवार्ड रोनाल्डोलाई आफ्नो शर्त पूरा भए बेच्ने बताएको छ । स्काई न्युजका अनुसार ३६ वर्षीय रोनाल्डोले क्लब छाड्न चाहेको जानकारी बिहीबार राति गराएका हुन् […]

प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त

११ भदौ, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा २६७ को उपधारा ( ५) बमोजिम  मन्त्रीपरिषद्‌को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्‍मेवारी सम्‍हाल्दै आएका बालाधिकृत रथी  प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त हुँदैछ । […]

प्रदेश १ मा तिवारी र साम्सोहाङ मन्त्री नियुक्त

११ भदौ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दुई जना मन्त्री नियुक्त गरेका छन् । नेता माधवकुमार नेपालको साथ छाडेका लछुमन तिवारी र बलबहादुर साम्सोहाङलाई मुख्यमन्त्री आचार्यले मन्त्रीमा नियुक्त गरेका हुन् । उनीहरुले शुक्रबारै सपथग्रहण गरेका छन् । ताप्लेजुङका साम्सोहाङ सामाजिक विकास मन्त्री बनेका छन् भने तेह्रथुमका सांसद तिवारी उद्योग, पर्यटन, वन तथा […]

बाढी प्रभावितका लागि भारतले दियो ८ करोड बराबरको राहत सामाग्री

११ भदौ, काठमाडौं। भारतले  १५ जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुका लागि ८ करोड बराबरको राहत सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार भारत सरकारको तर्फबाट मिशन उप-प्रमुख श्रीमती नामग्या खम्पाले नेपाली ८ करोड बराबरको राहत सामाग्री नेपाल-भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई हस्तान्तरण गरेकी हुन् […]

एकीकृत समाजवादीको पाँच सदस्यीय स्थायी कमिटी

११ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पाँच सदस्यीय स्थायी कमिटी बनाएको छ । नेकपा एमाले हुँदाकै पाँच जना रहेको स्थायी कमिटी कायम गरेर स्थायी कमिटी बनाएको हो । स्थायी कमिटीमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल छन् । एक नेताका अनुसार यो स्थायी कमिटी तत्कालका लागि […]

गण्डकीका होमस्टे : वर्षमा दुई जना पाहुना राखेर १० लाख अनुदान !

११ भदौ, पोखरा । बागलुङको जैमिनी नगरपालिकाको मारुनी सामुदायिक होमस्टेले सामुदायिक भवन बनाउन भन्दै प्रदेश सरकारबाट १० लाख रुपैयाँ अनुदान लियो । स्थानीय तहबाट समेत थप १ लाख ५० हजार रुपैयाँ लिएको उक्त होमस्टेले कुल २५ लाख रुपैयाँमा सामुदायिक भवन बनाइरहेको छ । तर दुई वर्षसम्म पहिलो तलाको ढलान र दोस्रो तलाको पिलरमै सीमित छ […]

साढे तीन वर्षे कार्यकालबारे शेरधन भन्छन् : शीर ठाडो पारेर हिड्न सक्छु

११ भदौ, विराटनगर । प्रदेश-१ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले प्रदेशको विकासमा इमान्दारिताका साथ काम गरेको बताएका छन् । मुख्यमन्त्रीबाट बिहीबार राजीनामा दिएका राईले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रदेशको विकासमा इमान्दारिताका साथ काम गरेको बताएका हुन् । ‘मलाई गौरब छ, मैले धेरै गर्न सकिन होला, जनताले जे अपेक्षा राखेका थिए, मैल गर्न सकिन होला,’ उनले […]

प्रत्यक्ष विदेशी लगानी भित्र्याउने न्यूनतम सीमा घटाउन उद्योग विभागको प्रस्ताव

११ भदौ, काठमाडौं । उद्योग विभागले प्रत्यक्ष विदेशी लगानी भित्र्याउने न्यूनतम सीमाको थ्रेसहोल्ड घटाउन प्रस्ताव गरेको छ । नेपालमा वैदेशिक लगानीको अवस्थाबारे विभागले गरेको एक अध्ययनपछि सेवामुलक सीमित क्षेत्रमा रोजगारी वृद्धिका लागि हाल कायम न्यूनतम लगानीको सीमा घटाउन प्रस्वाव गरिएको विभागले जनाएको छ । नेपालमा लगानी भित्र्याउन चाहने विदेशी लगानीकर्ताले अहिले कम्तीमा ५ करोड लगानी […]

राप्ती अस्पतालका मेसुलाई एमाले कार्यकर्ताको मोसो

११ भदौ, बुटवल । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा.बिनोद सिंहलाई नेकपा एमाले समर्थित विद्यार्थीको एक समूहले मोसो दलेको छ । एमाले निकट भातृ संगठन अनेरास्ववियु दाङका अध्यक्ष सर्जन परियारको नेतृत्वको गएको ३-४ जनाको समूहले मेसुको कार्यकक्षमै गएर मोसो दलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिए । अस्पतालका प्रमुख सिंहसँग […]

‘महामारीमा मिडिया’ सार्वजनिक

११ भदौ, काठमाडौं । कोभिड–१९ महामारीले नेपाली मिडिया क्षेत्रमा पारेको असरसम्बन्धी रिपोर्ट सार्वजनिक भएको छ । सेन्टर फर मिडिया रिसर्च–नेपालले प्रकाशन गरेको रिपोर्टले कोभिड–१९ का कारण लकडाउन हुँदा मिडिया आर्थिक रुपले समस्यामा परेको र त्यसको असर पत्रकारहरूमा परेको देखिएको छ । रिपोर्टमा लकडाउनका बेला केन्द्र र जिल्लाका विभिन्न छापा माध्यम बन्द भएको, रेडियो, टेलिभिजनमा कार्यक्रम […]

संवैधानिक परिषद्को मुद्दाको पेशी आउँदो शुक्रबार, जबरा बिदा बस्ने

११ भदौ, काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी विवादको मुद्दा आगामी शुक्रबार (भदौ १८ गते)का लागि पेशी तोकिने भएको छ । सर्वोच्च अदालतले उक्त मुद्दा आगामी साता सुनुवाइ हुने गरी निवेदक कानून व्यवसायीहरुलाई जानकारी गराएको छ । सुनुवाइमा सहजताको लागि भन्दै त्यो दिन प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा भने बिदामा बस्ने भएका छन् । उनको अनुपस्थितिमा वरिष्ठतम् न्यायाधीश दीपककुमार […]

प्रधानमन्त्रीले सोध्नुभयो भने सरकारबारे निर्णय गरौंला : ठाकुर

११ भदौ, काठमाडौं । नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुनै छलफल नभएको बताएका छन् । शुक्रबार बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरु कुरा गर्दै ठाकुरले प्रधानमन्त्री देउवाले सोधे मात्रै सरकारमा जाने विषयमा आवश्यक निर्णय गर्ने बताए । हालसम्म कुनै छलफल नभएको भन्दै उनले भने, ‘पार्टी दर्ता भर्खर भएको […]

बीपी प्रतिष्ठानका रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीले दिए राजीनामा

११ भदौ, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीले पदबाट राजीनामा दिएका छन्। सरकारले गरिरहेको छानबिनलाई सहयोग पुगोस भन्ने उनको तर्क छ । यस्तै यसअघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले स्थलगत अध्ययनका क्रममा प्रतिष्ठानको आम्दानी घट्दै गएको, शैक्षिक स्तर क्रमश खस्कँदै गएको भन्‍दै प्रतिष्ठानका […]

४४ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

११ भदौ, मकवानपुर । प्रहरीले ४४ किलो लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउपालिका-५ डिल्लिपुर बस्ने २४ वर्षीय रामचन्द्र मोक्तान र सोही गाउपालिकामा बस्ने २२ वर्षीय अर्जुन लोप्चन रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर मनहरी गाउपालिका-५ जय सिंहस्थित खोलाको किनारामा ४४ किलो गाँजाको भारी बोकी […]

निर्वाचन आयोगले संसदलाई दियो एकीकृत समाजवादी र लोसपाका सांसदहरुको सूची

११ भदौ, काठमाडौं । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी र  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता भएको जानकारी संघीय संसद सचिवालयमा पठाएको छ । माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा ३० र लोसपामा १४ संघीय सांसद रहेको विवरण आयोगको पत्रमा रहेको संसद सचिवालयले जनाएको छ । एमालेबाट निर्वाचित थप चार सांसदले पनि एकीकृत समाजवादीमा रहन चाहेको निवेदन […]

थप २,०६५ जनामा कोरोना संक्रमण, २,३३७ जना संक्रमणमुक्त

११ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २,०६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८,७५२ जनाको पीसीआर परीक्षण गर्दा १,५७७ र ४,३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २,०६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ भने २,३३७ […]

हराएको मोटरसाइकल चार वर्षपछि त भेटियो, तर …

११ भदौ, काठमाडौं । बिहीबार दिउँसो २ बजेको समयमा भक्तपुरको बालकोट बस्ने भाइराजा कार्कीको मोबाइलमा घन्टी बज्यो । उनले गोजीबाट मोबाइल झिकेर हेरे, नचिनेको नम्बरबाट फोन आएको रहेछ । उनले फोन रिसिभ गरे । महानगरीय ट्राफिक महाशाखाबाट फोन आएको रहेछ । उनलाई ‘तपाईंको हराएको मोटरसाइकल फेला परेको छ, आवश्यक कागजात लिएर शुक्रबार लिन आउनू’ भनियो […]

निगमको जग्गा दाबीबाट ल्युब आयल पछि हट्यो

११ भदौ, काठमाडौं । झण्डै ६ करोड मूल्य बराबरको नेपाल आयल निगमको जग्गाको स्वमित्व दाबीबाट चौधरी समूह पछि हटेको छ । निगमको दुई नम्बर प्रादेशिक कार्यालय अमलेखगञ्जको डेढ बिघा जमिनको स्वमित्व दाबी गर्दै उच्च अदालतमा दायर गरेको मुद्दा ल्युब आयलले फिर्ता लिएको निगमले जनाएको छ । २०५१ सालमा अर्थ मन्त्रालयले ६० प्रतिशत शेयर निगमको र […]

संवैधानिक परिषदसम्बन्धी अध्यादेशको मुद्दा नहेर्ने प्रधानन्यायाधीशको घोषणा

११ भदौ, काठमाडौं । संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यससँग जोडिएका मुद्दाको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा अलग हुने भएका छन् । अब मुद्दाको पेशी तोक्ने र अन्तिम सुनुवाइ हुने दिन उनी अदालतमा उपस्थित हुने छैनन् । ओली सरकारले ३० मंसिर २०७७ मा ल्याएको अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिहरुमा संवैधानिक परिषद्का सदस्यको हैसियतमा प्रधानन्यायाधीश जबरा पनि […]

नवलपरासीमा बाढीले बगाएर दुई जनाको मृत्यु, एक जना बेपत्ता

११ भदौ, बुटवल । अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा नवलपरासीमा दुई जनाको मृत्यु भएको छ । बाढीले बगाएर एक जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा रामग्राम नगरपालिका–१८ बञ्जरियाका ३७ वर्षीय विनोद प्यासी र उनका छोरा १३ वर्षीय प्रदीप रहेका जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक राजु लामाले बताए । सुनवल नगरपालिका–१४ की […]



from समाचार – Online Khabar https://ift.tt/3kz2Mf7
via IFTTT
Powered by Blogger.