Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कांग्रेस महाधिवेशन : निर्वाचन समितिले पायो ३८ जिल्लाको क्रियाशील सदस्यता सूची

१० भदौ, काठमाडौं । नेपाली कांग्रेसले ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाएको छ । क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरु रिले अनसनमा बसिरहेका बेला महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन समिति संयोजक महादेव यादवलाई नामावली बुझाएका हुन् । १४ औं महाधिवेशन प्रक्रिया सुरु हुन ८ दिन मात्रै […]

एमाले केन्द्रीय कमिटी बैठकमा नोकझोक

१० भदौ, काठमाडौं । दशबुँदे सहमति अनुमोदन गर्न बिहीबार बसेको नेकपा एमाले केन्द्रीय कमिटीको बैठकमा केहीबेर असहज परिस्थिति सिर्जना भएको छ । तुलसीलाल स्मृति भवन ललितपुरमा बसेको बैठकमा महासचिव ईश्वर पोखरेलले स्थायी कमिटी बैठकले गरेको निर्णय प्रस्तुत गरेका थिए । तर महासचिव पोखरेलले स्थायी कमिटी बैठकको निर्णय नपढी आफ्नै ढंगले फरक धारणा राख्न खोजेपछि परिस्थिति […]

४० दिनदेखि जुम्लाका चार किशोर सम्पर्कविहीन   

१० भदौ, कर्णाली । गत साउन १ गते बेलुकीदेखि घर नफर्केका जुम्ला सुर्की गाउँका चार जना किशोर हालसम्म सम्पर्कविहीन अवस्थामा रहेका छन् । तातोपानी गाउँपालिका– ७ सुर्की गाउँ जुम्ला निवासी गोविन्द रावतका १६ वर्षीय छोरा पद्मबहादुर रावत र रामबहादुर रावतका १६ वर्षीय छोरा भीमबहादुर रावत, मुनबहादुर रावतका १७ वर्षीय छोरा तुल रावत र देविभक्त रावतका […]

प्रदेश १ का विपक्षी दलले भने : मुख्यमन्त्रीमा आचार्यको नियुक्ति असंवैधानिक

१० भदौ, विराटनगर । प्रदेश १ मा विपक्षी दलको गठबन्धनले मुख्यमन्त्री भीम आचार्यको नियुक्ति असंवैधानिक भएको दाबी गरेको छ । दल विभाजन भएको र अल्पमतमा परेको अवस्थामा नेपालको संविधानको धारा १६८ १ बमोजिमको नियुक्ति असंवैधानिक भएको उनीहरुको दावी छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई सपथग्रहण गराएपछि बसेको गठबन्धनको बैठकले नवनियुक्त मुख्यमन्त्रीको विपक्षमा बहुमत […]

साता नबित्दै मुख्यमन्त्री शाक्यको पद संकटमा

१० भदौं, हेटौंडा । नेकपा एमाले औपचारिक रुपमा विभाजन भएसँगै नियुक्ति भएको साता नबित्दै वागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद धरापमा परेको छ । नेता माधव नेपालको पक्षमा उभिँदै आएकी नेतृ शाक्यले दल विभाजनका बेला भने नेता नेपाललाई दिइनन् । अध्यक्ष ओलीलाई साथ दिएपछि शाक्यलाई पूर्वमुख्यमन्त्री डोरमणि पौडेलकै प्रस्तावमा भदौ २ गते राति संसदीय […]

मोटरसाइकलमा आगजनी गरेको आरोपमा गोरखामा एक जना पक्राउ

१० भदौ, गोरखा । मोटरसाइकलमा आगजनी गरेको आरोपमा प्रहरीले गोरखामा एक जनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–९ का अमृत कमरलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । गोरखा नगरपालिका–५ मान्द्रेढुङ्गाका सन्देश पाण्डेले पश्चिमकालीस्थित मन्दिर परिसरमा पार्किङ गरेर राखेको लु २६ प ८७९८ नम्बरको होण्डा कम्पनीको हर्नेट बाइकमा उनले आगजनी गरेको प्रहरीको भनाइ छ । कोरोनाविरुद्धको […]

अख्तियारले थाल्यो डीडीसी र खाद्य प्रविधि विभागमाथि अनुसन्धान

१० भदौ, काठमाडौं । गुणस्तर खस्किएको बटरबाट बनेको घिउ बिक्री प्रकरणमा दूग्ध विकास संस्थान (डीडीसी) र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । अखाद्य प्रमाणित नौनी घिउ पूर्ण सरकारी स्वामित्वको संस्था डीडीसीले जनतालाई बेचेको खुलासा अनलाइनखबरले गरेको थियो । उपभोग्य मिति सकिएको बटर बिक्रीबारे डीडीसी र नियमकारी भूमिका […]

कोरोनाविरुद्धको चिनियाँ खोपलाई क्लिनिकल ट्रायलको अनुमति

१० भदौ, काठमाडौं । सरकारले कोभिड-१९ र हैजा विरुद्धको एक-एक वटा खोपलाई क्लिनिकल ट्रायलको लागि अनुमति दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हैजा विरुद्धको ओरल कोलेरा भ्याक्सिन र  कोरोना भाइरसविरुद्धको सार्कोभ टु–एमआरएनए खोपलाई तेस्रो चरणको क्लिनिकल ट्रायलको अनुमति दिइएको सरकारका प्रवक्ता तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । स्वास्थ्य अनुसन्धान परिषदले (एनएचआरसी)  क्लिनिकल ट्रायलको लागि ३ वटा खोप सिफारिस गरेको थियो । जसमध्ये इन्टरनेशनल […]

माधव नेपालको टिप्पणी : थाक्नेहरुसँग मेरो कुनै गुनासो छैन

१० भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय कार्यकर्ता भेलाको भावनाअनुसार नै नयाँ पार्टी बनाएको बताएका छन् । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु अप्ठ्यारोमा पर्ने भएकाले मात्र त्यसबेला पार्टी दर्ता नगरेको उनले बताए । यद्यपि अहिले साथ छाडेका नेताहरुले विभिन्न नाममा दल दर्ता गराएको, त्यो अहिले कायमै रहेको उनले बताए । बिहीबार […]

माधव निकट प्रेस संगठनको संयोजक शम्भु श्रेष्ठ

१० भदौं, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरुको तदर्थ संगठन गठन बनेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा समाजवादी प्रेस नेपाल गठन भएको हो । शम्भु श्रेष्ठको संयोजकत्वमा तदर्थ संगठन बनेको विश्वमणि सुवेदीले बताए । एमाले निकट प्रेस चौतारी नेपालका उपाध्यक्ष सुवेदीकै अध्यक्षतामा भएको भेलाले तदर्थ संगठन बनेको छ । उक्त भेलामा अध्यक्ष […]

भारतीय समूहले बेच्यो मणिपाल अस्पताल, बतास र अटोवेजले किने

१० भदौ, पोखरा । भारतीय लगानीकर्ताले पोखराको मणिपाल शिक्षण अस्पताल बिक्री गरेको छ । २०५१ सालमा ४९ वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने गरी अस्पताल र शिक्षण अस्पताल सञ्चालन गरेको मणिपाल समूहले म्याद नसकिँदै बिक्री गरेको हो । उक्त कलेज पोखराका व्यवसायी आनन्दराज बतासको बतास अर्गनाइजेसन र नारायण पौडेलको अटोवेज प्रालिले खरीद गरेका छन् । कलेज […]

आमा, दिदीहरूलाई जगाउने त्यो गीत

१० भदौ, काठमाडौं । त्यो समय निर्दलीय पञ्चायती व्यवस्थाको उत्कर्षकाल थियो । सार्वजनिक वृत्तमा महिला मुक्तिको कुरा उठेकै थिएन । महिलाले भोट दिन पाउने भएपनि सामाजिक जीवनमा उनीहरूको धरातल निकै तल थियो । त्यो अँधेरो युगमा समेत आमा, दिदी–बहिनीहरूलाई दासी भई बस्न हुँदैन भन्दै गीतबाट ब्युँझाउने गायक जेबी टुहरेको ७८ वर्षको उमेरमा बल्खुस्थित वयोधा अस्पतालमा […]

प्रदेशको नामकरण गर्न नसकेकोमा पछुतो छ : शेरधन राई

१० भदौ, विराटनगर । प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम राख्न नपाएकोमा आफूलाई पछुतो लागेको बताएका छन् । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नवनियुक्त मुख्यमन्त्रीलाई बधाई र निवर्तमान मुख्यमन्त्रीलाई बिदाई कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘मलाई अलिकति अफसोस छ, प्रदेशको नामकरण हामीले अहिलेसम्म गर्न सकेका छैनौं, तोक्न सकेका छैनौं । […]

सबै परीक्षार्थीलाई कोरोना खोप लगाउन शिक्षा मन्त्रालयको आग्रह

१० भदौ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ र सोभन्दा माथिका विभिन्न तहका परीक्षार्थीलाई कोभिड-१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी धनबहादुर श्रेष्ठले सूचना जारी गर्दै १२ कक्षा र सो भन्दा माथिका विद्यार्थीको लागि कोभिड–१९ विरुद्घको खोपको प्रबन्ध मिलाइसकेकोले १८ वर्ष वा सो भन्दा बढी उमेरका […]

प्रतिस्थापन विधेयक ल्याउने तयारी, अध्यादेश बजेट परिमार्जन गरिँदै

१० भदौ, काठमाडौं । नवगठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सरकारले प्रतिस्थापन विधेयकको तयारी थालेको छ । अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी शुरु गरिएको हो । बिहीवार अर्थमन्त्रालयले अन्य मन्त्रालयका सचिवहरुको बैठक आयोजना गरी प्रतिस्थापन विधेयकका सम्बन्धमा सुझाव संकलन गरेको छ । बैठकमा अर्थमन्त्री […]

अलविदा जेबी टुहुरे

१० भदौ, काठमाडौं । बिहीबार निधन भएका जनगायक जेबी टुहुरेलाई नेकपा माओवादी केन्द्रले श्रद्धाञ्जली व्यक्त गरेको छ । टुहुरेको पार्थिव शरीरलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । टुहुरेको पार्थिव शरीरमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाए । त्यस क्रममा सयौं सर्वसाधारण र माओवादी नेता कार्यकर्ताले उनलाई श्रद्धाञ्जली व्यक्त […]

भदौ १४ गते सार्वजनिक विदा

१० भदौ, काठमाडौं । सरकारले यही १४ गते सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले आज सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ ।

बिहीबारदेखि ३ दिनसम्म भारी वर्षाको सम्भावना

१० भदौ, काठमाडौं । बिहीबारदेखि तीन दिनसम्म नेपालमा ठूलो पानी पर्ने सम्भवना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै विभागले बिहीबारदेखि भदौ १२ गतेसम्म पूर्वदेखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको बताएको छ । हाल मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक […]

साउन महिनामा उत्साहजनक वैदेशिक व्यापार

१० भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना (साउन २०७८)मा वैदेशिक व्यापार उत्साहजनक देखिएको छ । आयात र निर्यात दुवैमा उच्च वृद्धि भएको यो महिनामा निर्यातको वृद्धिदर ११५.८५ र आयातको वृद्धिदर ७५.६६ प्रतिशत पुगेको छ । भन्सार विभागका अनुसार साउनमा कुल १ खर्ब ५० अर्ब ७३ लाख रुपैयाँ बराबरको आयात भएको छ […]

इन्टरनेट सेवामा ४२ प्रतिशत कर

१० भदौ, काठमाडौं । इन्टरनेट अत्यावश्यक सेवाको सूचीमा छ । तर, इन्टरनेट सेवामा विभिन्न किसिमबाट सरकारले करिब ४२ प्रतिशतसम्म कर उठाइरहेको छ । इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आइस्पान)ले गरेको विश्लेषणअनुसार सरकारको करका कारण नै इन्टरनेट सेवा महँगिँदै गएको छ । सेवा प्रदायकको खर्च र निश्चित प्रतिशत मुनाफाबाहेक इन्टरनेट सेवामा ग्राहकले तिर्ने शुल्क सरकारले करका रुपमा प्रत्यक्ष्य […]

पाँच करोड ३० लाख मात्रा खोप सुनिश्चित : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

१० भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना विरुद्धको खोप आपूर्ति र खोप लगाउने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्यसमितिको बिहीबारको बैठकमा उनले दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको जानकारी दिए । ‘खोप लगाउने कार्य तीब्र जारी छ , दैनिक पाँच लाखलाई खोप लगाउने योजना […]



from समाचार – Online Khabar https://ift.tt/3ynkxTc
via IFTTT
Powered by Blogger.