Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भोलिसम्म सरकारले पूर्णता पाउँछ : कांग्रेस नेता विश्वकर्मा

१३ भदौ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सोमबार बेलुकासम्म सरकारले पूर्णता पाउने बताएका छन् । सरकारको पक्षमा बहुमत जुटिसकेको उल्लेख गर्दै नेता विश्वकर्माले सोमबार (भोलि) बेलुकासम्म सरकारले पूर्णता आउने प्रतिक्रिया दिएका हुन् । आइतबार रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका दलहरुबीचको सहमति भइसकेकाले अब सरकारलाई पूर्णता दिन ढिलाइ गर्नुपर्ने अवस्था नरहेको […]

बैंकिङ कसूर मुद्दाका चारजना फरार प्रतिवादीहरु पक्राउ

१३ भदौ, मकवानपुर। जिल्ला प्रहरी कार्यालय मकवानपुरले बैंकिङ कसुर मुद्दाका चारजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका- ५ का कौशिमाया स्याङतान, मकवानपुर बकैया गाउपालिका-६ का गंगा लामा, बकैया गाउँपालिका-३ का शिव बहादुर खुलाल र हेटौंडा उपमहानगरपालिका -७ बस्ने दशरथ अर्याल रहेका छन् । उच्च अदालत पाटन हेटौडाको २०७७ भाद्र १३ […]

६ लेन सडकमा २ लेनको पुल, दिनहुँ दुर्घटना

१३ भदौ, पोखरा । १५ फागुन २०७५ को मध्यरातमा हुइँकिएर आएको एउटा मोटरसाइकल पुलमा ठक्कर खाँदा एक युवकको ज्यान गयो । पुलमा ठोक्किएर घाइते भएका पोखरा महानगरपालिका–१ सिम्पानीका २७ वर्षीय ऋषिकेश पहारीको उपचारकै क्रममा मृत्यु भएको थियो । उनीसँगै पछाडि बसेका २८ वर्षीय विमल थापा घाइते भए । सोही वर्षकै पुस १० गते पनि म्याग्दीको […]

देवकोटाको घरको सामान जोगाउन अन्तरिम आदेश

१३ भदौ, काठमाडौं । सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरसँग जोडिएका पुरातात्विक महत्वका धरोहर संरक्षण गर्न आदेश दिएको छ । पुरातात्विक महत्वको देवकोटाको घर भत्काउनु गलत भएको भन्दै अधिवक्ता सञ्जय अधिकारीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिइ । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको इजलासले देवकोटाको घरको पुरातात्विक महत्वको सामानको संरक्षणका […]

नागढुंगा नजिकैको सडकमाथि पहाड खस्दा … (फोटो फिचर)

१३ भदौ, काठमाडौं । शुक्रबारदेखिको अविरल वर्षाका कारण काठमाडौं प्रवेश गर्ने प्रमुख विन्दु नागढुंगामा आइतबार सर्वसाधारणले सास्ती व्यहोर्नुपर्‍यो । अविरल वर्षापछि आइतबार विहान पहिरो खस्दा नागढुंगादेखि ५०० मिटर तल चिसापानीमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । त्यस क्रममा हजारौं गाडी जाममा परेका थिए । ट्राफिक प्रहरी इन्सपेक्टर त्रिभुवन थापाका अनुसार विहानदेखि अवरुद्ध भएको सडक […]

खरीदको सूचना पारदर्शी बनाउन सूचना आयोगको आदेश

१३ भदौ, काठमाडौं । राष्ट्रिय सूचना आयोगले सार्वजनिक निकायहरुलाई खरीदसम्बन्धी काम पारदर्शी बनाउन आदेश दिएको छ । आयोगले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका साथै देशैभरका सार्वजनिक निकायहरुलाई यस्तो आदेश दिएको हो । ‘सार्वजनिक खरीदसम्बन्धी सम्पूर्ण कार्यहरू (शुरुदेखि अन्त्यसम्म) पारदर्शी बनाउने’ आयोगको आदेशमा भनिएको छ, ‘यसका लागि प्रत्येक सार्वजनिक निकायले आफ्नो वेवसाइटमार्फत र अन्य माध्यमबाट […]

तराई र पहाड मिलाएर प्रदेश बनाउनु गलत भयो : उपेन्द्र यादव

१३ भदौ, बुटवल । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफूलाई मधेशको नेता भन्ने महन्थ ठाकुर प्रतिगमनको मतियार बनेको आरोप लगाएका छन् । महन्थ ठाकुर समूह संसद विघटन गर्ने केपी शर्मा ओलीको मतियार बनेको उनको आरोप छ । जसपाले आइतबार भैरहवामा गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले दुई पटक संसद विघटन गरेर ओलीले […]

झलनाथ खनालको उपचार खर्च फिर्ताको माग गर्दै सर्वोच्चमा रिट

१३ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सरकारले दिएको उपचार खर्च फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । आइतबार विद्यार्थी संगठन अखिल छैठौंका अध्यक्ष तथा अधिवक्ता विमल पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र झलनाथ खनाललाई विपक्षी बनाई रिट दायर गरेका हुन् । उनले खनालले आफ्ना स्वास्थ्य उपचार विदेशमा गरेको हुनाले उपचारको […]

दोहोरी साँझ र रात्रीकालीन व्यवसायीले बुझाए सिडिओलाई चाबी

१३ भदौ, काठमाडौं । काठमाडौं दोहोरी साँझ र रात्रीकालीन व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई चाबी बुझाएका छन् । आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई भेटेर उनीहरुले आफूहरुको व्यवसाय सञ्चालन गर्न सरकारले चासो नदिएको भन्दै चाबी बुझाएको उल्लेख गरेका छन् । ‘अघोषित रुपमा अन्य सबैजसो व्यवसाय तथा क्षेत्रहरु हाल चलायमान अवस्थामा छन् तर हाम्रो यस रात्रीकालीन मनोरञ्जन व्यवसायलाई […]

गोरखा नगरपालिकाले १५ लाखमा किनेको ड्रोन स्टोरमै थन्कियो

१३ भदौ, गोरखा । गोरखा नगरपालिकाले एक वर्षअघि १५ लाख रुपैयाँमा किनेको ड्रोन क्यामेरा प्रयोगविहीन भएर स्टोरमा थन्किएको छ । नगर क्षेत्रमा हुने विभिन्न योजनाको सर्भे तथा नक्साकंनका लागि भन्दै आर्थिक बर्ष २०७६/७७ मा गोरखा नगरपालिकाले ड्रोन खरीद गरेको थियो । २०७७ साल असार १७ गते ड्रोनको उडान परीक्षण गर्दै नगर प्रमुख राजनराज पन्तले नगर […]

गुल्मीमा गाई चराउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

१३ भदौ, गुल्मी । गाई चराउने क्रममा करेन्ट लागेर गुल्मीमा एक जनाको मृत्यु भएको छ । मदाने गाउँपालिका–२ सैरेका १८ वर्षीय विक्रम राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आइतबार दिउँसो जंगलमा गाई चराउने क्रममा आफैंले ओढेको छाताले बिजुलीको तार छोइएर करेन्ट लागेको प्रहरीले जनाएको छ । घटनास्थलतर्फ इलाका प्रहरी चौकी पुर्कोट […]

सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु

१२ भदौ, जनकपुरधाम । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । चन्द्रनगर गाउँपालिका–६ का ५० वर्षीय नागेश्वर मण्डलको आइतबार करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा ट्युबेल चलाउँदा मोटरको तार सर्ट भएर उनलाई करेन्ट लागेको हो । करेन्ट लागेर सिकिस्त भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल मलगंवा पुर्‍याएपछि चिकित्सकले मृत […]

थप १,३८८ जनामा कोरोना संक्रमण, २,२६० जना संक्रमणमुक्त

१३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२५९ पीसीआर परीक्षणमा १२१४ जना र ३०३८ एन्टिजेन परीक्षणमा १७४ जना गरी १३८८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २२६० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणका कारण २४ जनाको […]

सबै सरकारी सम्पत्ति एक साताभित्र बुझाउन तालिबानको निर्देशन

१३ भदौ, काठमाडौं । तालिबानले अफगानिस्तानको काबुलका नागरिकलाई आफूसँग भएको सबै सरकारी सम्पत्ति एक साताभित्र तालिबानलाई हस्तान्तरण गर्न निर्देशन दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार तालिबानले सवारीसाधन, हातहतियार, अन्य सैन्य सामग्रीसहित सबै सरकारी सम्पत्ति तालिबानको सम्बन्धित निकायमा बुझाउन निर्देशन दिएको छ । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिद्दिनले सामाजिक सञ्जाल ट्वीटरमा श्रृङ्खलाबद्ध रुपमा गरेको ट्विटमा सम्पत्ति […]

राष्ट्रिय गौरवका आयोजनाको हरेक ६ महिनामा अनुगमन गर्न सुझाव

१३ भदौ, काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाहरुको हरेक ६ महिनामा अनुगमन तथा मूल्यांकन गर्ने व्यवस्था गर्न सुझाव दिएका छन् । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको आइतबारको बैठकमा बोल्दै समितिका सभापति परशुराम मेघी गुरुङ र सदस्य जितेन्द्रनारायण देवले अनुगमन तथा मूल्यांकनको काम समयमा हुन नसक्दा आयोजनाहरुको कार्य प्रगति लाथालिंग अवस्था रहेको उल्लेख गरे । […]

झण्डै तीन किलो कोकिनसहित तीन विदेशी नागरिक पक्राउ

१३ भदौ, काठमाडौं । प्रहरीले २ किलो ९६६ ग्राम कोकिनसहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको लागू औषध नियन्त्रण ब्‍यूरोले आइतबार पत्रकार सम्‍मेलन गरेर तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारोलाई सिन्धुलीको खुर्कोटबाट र अन्‍य दुईजनालाई काठमाडौंबाट पक्राउ गरेको जानकारी दिएको हो। पक्राउ पर्नेमा दक्षिण अफ्रिकन नागरिक शिर्ले गामा, भारतीय नागरिक विजय सिंह रहेका छन् । पक्राउ […]

श्रीमानको हत्या आरोपमा दाङमा एक महिला पक्राउ

१३ भदौ, दाङ । श्रीमान्को हत्या गरेको अभियोगमा दाङको तुलसीपुरबाट एक महिला पक्राउ परेकी छन् । ७८ वर्षीय श्रीमान् खिमलाल पुरीको हत्या गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–३ की ५६ वर्षीया देवीकुमारी योगीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम अर्यालका अनुसार आइतबार बिहान ३ बजेतिर घरायसी विवाद हुँदा श्रीमानलाई […]

दिगो विकासको सूचकलाई प्राथमिकता दिएर काम गर्न संसदीय समितिको निर्देशन

१३ भदौ, काठमाडौं । दिगो विकास तथा सुशासन समितिले दिगो विकास लक्ष्यसँग सम्बन्धित सूचकलाई उच्च प्राथमिकता दिई काम गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले विषयगत मन्त्रालयहरुले दिगो विकास लक्ष्यबारे गरेको प्रगति र चुनौती तथा समाधानका उपायबारे छलफल र अनुगमन गर्न आवश्यक रहेको समेत औंल्याएको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले दिगो विकास लक्ष्य […]

घोडा चराएर घर फर्कँदा पुलबाट खसेर बेपत्ता

१३ भदौ, गोरखा । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–१ सामागाउँको खङ्सारस्थित घ्याल्बो खोलामा काठे पुल तर्ने क्रममा लडेर एक व्यक्ति बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही ठाउँका स्थानीय ३२ बर्षका धावा रेतर लामा रहेको प्रहरीले जनाएको छ । शनिबार दिउँसो करिव चार बजे ग्याला लेकमा घोडा चराएर घर फर्कने क्रममा काठेपुल तर्दै गर्दा उनी […]

हुण्डी कारोबार गरेको आरोपमा १० लाखसहित दुईजना पक्राउ

१३ भदौ, पर्सा । प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार पश्चिम चम्पारण ईनर्वा बजारका ४५ वर्षीय बृजकिशोर गिरी र धोबिनी गाउँपालिका-२ गुलरियाका ५० वर्षीय रामपुकार पटेल रहेका छन् । ईलाका प्रहरी कार्यालय जानकीटोला पर्साबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको प्लाटिना मोटरसाइकललाई चेक […]

एमाले र जसपाका जनप्रतिनिधिले भदौ २२ गतेसम्म दल रोज्न पाउने

१३ भदौ, काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्म समय दिएको छ । सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जसपा फुटेर लोकतान्त्रिक समाजवादी पार्टी […]



from समाचार – Online Khabar https://ift.tt/3mHQK5z
via IFTTT
Powered by Blogger.