समाचार
९ भदौ, काठमाडौं। त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रक पदमा पुन: पुष्पराज जोशी नियुक्त भएका छन् । चार वर्षे पहिलो कार्यकाल पूरा गरेका जोशी दोस्रो कार्यकालका लागि पनि दोहोरिएका हुन् । उनले अनलाइखबरसँग भने, ‘पहिलो कार्यकाल भदौ ८ गतेसम्म थियो। लगत्तै त्रिभुवन विश्वविद्यालयले मलाई भदौ ९ गतेदेखि दोस्रो कार्यकालको लागि चार वर्षे नियुक्ति दियो ।’
९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसन शुरु गरेका छन् । क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्ने माग गर्दै उनीहरुले बुधबारबाट २४ घण्टे रिले अनसन शुरु गरेका हुन् । यसैगरी सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरुपता आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्न पनि उनीहरुले माग गरेका छन् । कांग्रेसका […]
९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले स्थायी कमिटीका १० जना नेताहरुले आफूहरुलाई धोका दिएको बताएका छन् । निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै उनले पहिले माधव नेपाल समूहमा रहेका तर पार्टी विभाजनमा साथ नदिएका नेताहरुले धोका दिएको बताए । ‘आजको ठाउँमा आउनको निम्ति तिनै १० जना साथी, जो मध्यपन्थी भएर केपी ओली […]
९ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दल विभाजनलाई सहज बनाउने गरी आफूले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको बचाउ गरेका छन् । राजनीतिक दलसम्बन्धी ऐनमा संघीय संसद र केन्द्रीय कमिटीको ४० प्रतिशत पु¥याएर दल विभाजन गर्दा दल त्याग लागू नहुने व्यवस्था थियो । तर ओलीले आफू प्रधानमन्त्री भएका बेला ८ वैशाख २०७७ मा […]
९ भदौ, काठमाडौं । माधव कुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको दुई अलग–अलग पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगमा सनाखतको काम सकिएको छ । राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार केन्द्रीय समिति वा संघीय सांसदका २० प्रतिशत सदस्यले सनाखत गरेमा आयोगले नयाँ दल दर्ताको प्रमाणपत्र दिने छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले प्राविधिक समस्या नआए आजै […]
९ भदौ, काठमाडौं । काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकले भदौ ११ गतेदेखि दोस्रो डोज पाउने भएका छन् । यसअघि स्वास्थ्य कार्यालय काठमाडौंले भदौ ९ गतेदेखि दोस्रो डोज दिने कार्यतालिका बनाएको थियो । तर भदौ ५, ६ र ७ गते लगातार तीन दिन सार्वजनिक विदा पर्न जाँदा कार्यतालिका केही हेरफेर भएको स्वास्थ्य […]
९ भदौ, बर्दिया । प्रहरीले २६ वर्षीया महिलालाई करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । बारबर्दिया नगरपालिका-१ बस्ने २९ वर्षीय सिताराम थारुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
८ भदौ, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले २०७६ चैतदेखि २०७७ असारसम्मको अवधिमा १० अर्ब ७६ करोड रुपैयाँ आम्दानी गुमाएको छ । कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण आर्थिक वर्ष २०७६/७७ को चैतदेखि नेपालमा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको थियो । जसले गर्दा सरकारी स्वामित्वको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको आम्दानीमा असर गरेको हो । १० […]
९ भदौ, काठमाडौं। प्रहरीले विभिन्न वन्यजन्तुको आखेटोपहारसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका-५ घर भएका ६५ वर्षीय सोनाम तामाङ रहेका छन् । वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ५८६४ नम्बरको बसलाई नागढुंगास्थित चेकप्वाईन्टमा प्रहरीले जाँच गर्ने क्रममा विभिन्न वन्यजन्तुको आखेटोपहारसहित पक्राउ गरेको हो । पक्राउ परेका उनको साथबाट २ थान हुचिलको […]
९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले निर्वाच आफूहरुको पार्टीमा आउन चाहने एमाले नेताहरुका लागि ढोका खुलै रहेको बताएकी छन् । बुधबार निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गर्न पुगेकी उनले पत्रकारहरुसँगको कुराकानीमा आफूहरुको अभियानमा सामेल हुन चाहेका लागि ढोका खुलै रहेको बताइन् । हामी एक प्रकारको कम्युनिस्ट आन्दोलनको पुनर्जागरणको चुनौतीपूर्ण […]
९ भदौ, पोखरा । गण्डकी प्रदेशका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार गण्डकीका मन्त्रीमध्ये सबैभन्दा धनी आन्तरिक मामिला तथा प्रदेश सभा मन्त्री विन्दुकमार थापा देखिएका छन् । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा, भौतिक पूर्वाधार मन्त्री कुमार खड्काको […]
९ भदौ, काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध नगर्न नेपाल आयल निगमले व्यवसायीहरुलाई आग्रह गरेको छ । ढुवानी भाडा समायोजनको माग राख्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विभिन्न प्रदेशहरुमा पीडीओ (प्रडक्ट डेलिभरी अर्डर) नलिने घोषणा गरेपछि निगमले यस्तो आग्रह गरेको हो । मंगलबार निगमको तीन प्रादेशिक कार्यालयलहरुले विज्ञप्ति जारी गरेर इन्धनको ढुवानी नरोक्न आग्रह गरेका […]
९ भदौ, गण्डकी । पोखरा वृद्धाश्रममा आश्रित ६ जना ज्येष्ठ नागरिकलाई यतिबेला एउटै चिन्ताले सताउने गरेको छ, नेपालको नागरिक नभई मरिन्छ कि भन्ने । जीवनको उत्तरार्ध अवस्थासम्म पनि आफ्नो नाममा नागरिकता प्रमाणपत्र नहुँदा उनीहरु चिन्तित बनेका छन् । सानै उमेरमा आमाबाबु गुमाउँदा बाल्यकालदेखि अर्काको घरमा श्रमिकका रुपमा काम गर्नुपरेको उनीहरु बताउँछन् । नागरिकता नहुँदा राज्यबाट […]
९ भदौ, काठमाडौं । काठमाडौंमा नेपाल स्काउट र राष्ट्रिय सेवादलका सदस्यलाई कोभिड-१९ विरुद्धको पहिलो डोज खोप दिन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार नेपाल स्काउट र राष्ट्रिय सेवादलका १८ वर्ष उमेर पुगेका व्यक्तिलाई बुधबारदेखि नै पहिलो डोज दिन सुरु गरिएको हो । यसअघि निर्धारण गरिएका खोप केन्द्रहरुमा पुगेर खोप लगाउने […]
९ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा ओलीले कोही पनि निर्विकल्प नहुने बताए । महाधिवेशनसम्मका लागि कसैले आफूलाई चुनौती दिइनहालेको भन्दै उनले भने, ‘म अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने पक्षमा छु ।’ ओली पक्षका नेताहरुले भने एउटा चुनाव र एउटा […]
९ भदौ, तनहुँ । तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ४९ विद्यालयलाई प्रतिविद्यालय रु. एक लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको बैठकले प्रतिविद्यालय रु एक लाखका दरले रु ४९ लाख उपलब्ध गराउने निर्णय गरेको हो । प्रविधिमैत्री कार्यका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता एवं […]
९ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहले नेताहरुलाई बलजफती रिसोर्टमा लगेर राखेको आरोप लगाएका छन् । यो ‘अपहरणकारी ज्यादतीपूर्ण’ काम भएको उनले बताए । एमालेले बुधबार गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले एमालेका नेताहरुलाई चन्द्रगिरि डाँडामामा लगेर बलजफ्ती राखेको बताए । उनले भने, ‘बैठक भनेको एक लेभलको हुन्छ । […]
९ भदौ, काठमाडौं । बुधबार रातिदेखि नेपालमा मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले बुलेटिन निकालेर नेपालको पूर्वी तराईको भू-भाग नजिक मनसुनको न्यून चापीय रेखा रहेको कारण विगत एक–दुई दिनअगाडि नेपालमा मनसुन केही सक्रिय रहेको जनाएको छ । विभागका अनुसार आज रातिदेखि उक्त न्यून चापीय रेखा अझ तराई भूभाग नजिक […]
९ भदौ, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशन उल्लङ्घन गरेको छ । राष्ट्र बैंकले संस्थागत सुशासन कायम नहुने भन्दै केही वर्षअघि बैंक तथा वित्तीय संस्थामा सञ्चालक समिति सदस्य रहेको व्यक्ति र प्रमुख कार्यकारी अधिकृत फरक हुनुपर्ने गरी निर्देशन जारी गरेको थियो । राष्ट्र बैंकको यो निर्देशनलाई नेष्डो समृद्ध लघुवित्तले खुलेआम […]
९ भदौ, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्यारेन्स कम्पनीबीच मर्जरको विषयमा थप छलफल सुरु भएको छ । मर्जर गर्न दुबै पक्ष सहमत भएपनि स्वाप रेसियोको विषयमा सहमति हुन सकेको छैन । श्रोतका अनुसार यी दुई कम्पनीका सञ्चालकहरुबीच मर्जरका लागि २४ साउनमा नै भद्र सहमति भएको थियो । तर, सेयर अनुपात (स्वाप रेसियो) […]
९ भदौ, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले जारी गर्न लागेको सर्वसाधारणका लागि साधार शेयर (आईपीओ)का लागि आवेदन खुला भएको छ । कम्पनीको आईपीओ आज बुधबारदेखि खुल भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ […]
from समाचार – Online Khabar https://ift.tt/3jcbMHk
via IFTTT






















