Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

गुल्मीमा बिरामी चितुवाको उद्धार

१२ भदौ, गुल्मी । गुल्मीमा बिरामी चितुवाको उद्धार गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–५ वस्तुमा बिरामी अवस्थामा भेटिएको चितुवाको उद्धार गरिएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । चितुवा दुब्लो र राम्रोसँग हिँडडुल समेत गर्न नसक्ने अवस्थामा भेटिएको थियो । नियन्त्रणमा लिइएको चितुवा २÷४ दिन अगाडिदेखि नै वस्ती आसपासमा रहेका खाली गोठहरुमा बस्ने गरेको स्थानीय […]

माओवादीसँग तत्काल पार्टी एकता हुँदैन : माधव नेपाल

१२ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले तत्काल नेकपा माओवादी केन्द्रसँग एकता नगर्ने भएको छ । नेकपा एमालेबाट अलग भएका आफ्नो नेतृत्वमा नयाँ पार्टी बनाएका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधार बनाउने पहिलो प्राथमिकता भएको बताए । शनिबार ललितपुरमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले वाम लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए । उनले भने, […]

माधव नेपालको रोडम्याप : सत्ता, संगठन र गठबन्धन

११ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले गठबन्धन सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा एकीकृत समाजवादी सहभागी हुने यसअघि नै तय थियो । तर २ भदौमा एमालेबाट अलग भएको यो दलले वैधानिकता नपाएकाले मन्त्रिपरिषद् […]

कांग्रेसको ५ जिल्लाको क्रियाशील सदस्यता विवरण वेवसाइटमा

१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन निर्वाचन समितिले ५ जिल्लाको क्रियाशील सदस्यता विवरण वेवसाइटमा राखेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले काम सकेका नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँची जिल्लाका क्रियाशील सदस्यको नामावली वेवसाइटमा प्रकाशित गरिएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । ती विवरण सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतलाई पनि पठाएको उनले बताए ।

मुस्लिम समुदायबाट एमबीबीएस गरेकी जेवा भन्छिन् : छोरीमाथि विश्वास गर्नुस्

१२ भदौ, जनकपुरधाम । मधेशका महिला अहिले पनि धेरै पछाडि छन् । मधेशभित्रको मुश्लिम महिलाको अवस्था त अझै कमजोर छ । विद्यालय जान नपाइने, घरधन्दामै व्यस्त रहनुपर्ने, बाहिर निस्किँदा बुर्का लगाउनुपर्ने क्रम केही घटेपनि मधेसमा तुलनात्मक रुपमा मुस्लिम महिला सामाजिक रुपमा पछाडि नै छन् । पछाडि परेको यो समुदायबाट चिकित्सा क्षेत्रमा अगाडि आएकी छिन् जेवा […]

माधव नेपालले खोले आफूलाई छाडेका दोस्रो पुस्ताका नेताहरुको पोल

१२ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई छाडेका दोस्रो पुस्ताका नेताहरुको पोल खोलेका छन् । उनीहरुले आफूलाई आजै पार्टी खोलौं, भोलि पार्टी खोलौं भन्ने दबाव दिएको र निर्वाचन आयोगमा दुई वटा पार्टी समेत दर्ता गराएको उनको दाबी छ । पेशागत महासंघ नेपाल, बाग्मती प्रदेशले शनिबार गरेको जिल्लास्तरीय भेलामा एकीकृत समाजवादीका अध्यक्ष […]

याम्बुनेर : मासिन्याहरूको कथा

कथासंग्रह ‘याम्बुनेर’को शुरुआतमा कथाकार बिना थिङ लेख्छिन्- हाम्रो लागि याम्बूसम्मको दूरी धेरै फराकिलो हो । यो भूगोलको होइन, पहुँच र प्राप्तिको सन्दर्भ हो । याम्बु, अर्थात् एक तामाङको लागि ‘तात्कालीन नेपाल’ । स्वाभाविक रुपले बिना थिङ ‘तामाङ’को लागि पनि । अर्थात् अहिलेको काठमाडौं उपत्यकालाई याम्बु भनिन्थ्यो । र एक तामाङको आँखाबाट याम्बु अन्य जातिको लागि […]

ललितपुरमा पनि फोहोर व्यवस्थापनमा समस्या

१२ भदौ, ललितपुर । ललितपुर महानगरपालिकामा पनि फोहोर व्यवस्थापनमा समस्या देखिएको छ । फोहोर व्यवस्थापनमा समस्या देखिएपछि मेयर चिरीबाबु महर्जनले महानगरवासीलाई केही दिनका लागि आफ्नो घर कम्पाण्डमा उत्पन्न हुने फोहोरलाई घर÷कम्पाउण्डमा नै व्यवस्थापन गर्न अनुरोध गरेका छन् । महानगरभित्रले अस्थायी रुपमा फोहोर जम्मा गर्दै आएको स्थल भरिएकाले केही दिनका लागि घरको फोहोर कहिने र नकुहिने […]

वीरगञ्जमा कक्षा ६ र ७ को पनि भौतिक उपस्थितिमा पढाइ हुने

१२ भदौ, वीरगञ्ज । वीरगञ्जमा आइतबारदेखि कक्षा ६ र ७ को पनि भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने भएको छ । वीरगञ्ज महानगरपालिकाको शिक्षा शाखाले सूचना जारी गर्दै आइतबारदेखि कक्षा ६ र ७ को पनि भौतिक उपस्थितिमा पठनपाठन सचालन गर्न विद्यालयहरुलाई आग्रह गरेको छ । साउन ३० गतेबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थीको भौतिक उपस्थितिमा […]

२१ वर्षपछि अमेरिकाबाट फर्केर गाउँमै खेतीपाती

१२ भदौ, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको पूर्वउपाध्यक्ष श्री पराजुली अब कास्कीको रुपा गाउँपालिकातिर भेटिन्छन् । २१ वर्ष लामो अमेरिका बसाइ टुंग्याएर नेपाल आएका उनले जन्मभूमि रुपा गाउँपालिकामा कृषि व्यवसाय सुरु गरेका छन् । उनको राष्ट्रिय नमूना कृषि फार्ममा विभिन्न फलफूल खेती गरिएको छ । कामको सिलसिलामा सन् २००० मा अमेरिका पुगेका […]

डाक्टरलाई कालोमोसो दल्नेलाई कारबाही माग गर्दै प्रहरी कार्यालयमा धर्ना

१२ भदौ, बुटवल । राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दल्ने व्यक्ति पक्राउ नपरेको भन्दै स्वास्थ्यकर्मीले प्रहरी कार्यालयमा धर्ना दिएका छन् । अस्पताल विकास समितिका पदाधिकारी, अस्पतालका चिकित्सक र कर्मचारी, निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीले संयुक्त रुपमा शनिबार इलाका प्रहरी कार्यालय तुलसीपुरमा धर्ना दिएका हुन् । प्रहरीले यस […]

नेकपा समाजवादीमा प्रदेश १ का १० सांसद, राई भन्छन् – १२ पुग्छौं

१२ भदौ, विराटनगर । माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रदेश १ का १० जना सांसद खुलेका छन् । पार्टी विभाजन भएपछि माधव पक्षका १८ मध्ये १० जना मात्रै सांसद नयाँ पार्टीमा खुलेका हुन् । नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र राईले सांसदको संख्या १२ पुग्ने दाबी गरे । प्रदेश १ मा पहिले […]

वाइसीएललाई प्रचण्डले भने : तपाईंहरु तयार नहुँदासम्म मैले सुख पाउने छाँट छैन

१२ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा युवाहरुलाई नेतृत्व दिने मन भएको बताएका छन् । आफू छिटो भन्दा छिटो राजनीतिबाट विदा हुने चाहना भए पनि युवाहरु तयार नहुँदासम्म सुख पाउने सम्भावना नरहेको बताए । ‘छिटो भन्दा छिटो विदा भएर संस्मरण लेख्न मन छ’  शनिबार आयोजित वाईसीएलको राष्ट्रिय भेलामा उनले भने, […]

थप १८५७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

१२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४०९ पीसीआर परीक्षणमा १५१६ जना र ३७६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी १८५७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २२२२ रहेको छ भने संक्रमणका कारण […]

भैरहवा वितरक संघको अध्यक्षमा जोशी

१२ भदौ, बुटवल । भैरहवा वितरक संघको प्रथम अधिवेशनले राजकुमार जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा अभिनवमयुर कसौधन, महासचिवमा कुलानन्द पोखरेल, कोषाध्यक्षमा विजयबहादुर कोइरी र सचिवमा धर्मेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा मनिष अग्रवाल, महेन्द्रकुमार गुप्ता, ईश्वरप्रसाद सुवेदी, कपिल ज्ञवाली, मोहन पन्थी र प्रकाश अधिकारी रहेका छन् । […]

वाइसीएलको वेवसाइटको उद्घाटन

१२ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपालले आधिकारिक वेवसाइट सुरुवात गरेको छ । वाइसीएल नेपालले राष्ट्रिय भेलाको अवसर पारेर वाइसीएल नेपालको आधिकारिक वेबसाइट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे । युवा संगठनलाई डिजिटल मैत्री बानाउने भन्दै वाइसीएलले वेबसाइट सञ्चालन गरेको हो । वाइसीएलका महासचिव सुवोध शेर्पालीले संगठनसंवद्ध सबै जानकारी वेबसाइटमार्फत गराइने र देशभरका युवाले सदस्यता लिन चाहेमा अनलाइनमार्फत सहज रुपमा लिन सक्ने व्यवस्था गर्ने बताए । वाइसीएलले […]

पहिरो पन्छाएपछि गुल्मीको रिडी रुद्रवेणी सडक सञ्चालन

१२ भदौ, गुल्मी । अविरल वर्षासँगै गएको पहिरोले अवरुद्ध गुल्मीको रिडी रुद्रवेणी सडक सञ्चालनमा आएको छ । शुक्रबार यो सडक खण्डको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–२ साघुरेमा ढुङ्गा र माटोसहितको पहिरो खसेको थियो । अवरुद्ध बनेको सडक शनिबार दिउँसोबाट सञ्चालनमा आएको अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडीका हवल्दार जगत खनालले बताए । पानी निरन्तर रुपमा परिरहेका कारण पहिरो पन्छाउन ढिलाइ […]

गोरखामा ६ वटा गुम्बामात्रै पुनर्निर्माण, ८५ वटा बाँकी

१२ भदौ, गोरखा । गोरखा भूकम्पको ६ बर्ष बितिसक्दा पनि जिल्लामा गुम्बा पुनर्निर्माणले गति लिन सकेको छैन । भूकम्पका कारण ९१ वटा गुम्बामा क्षति पुगे पनि हालसम्म ६ वटाको मात्र पुनर्निर्माण भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइका अनुसार बजेट अभावका कारण ८५ वटा गुम्बा पुनर्निर्माण हुन नसकेको हो । इकाइ प्रमुख […]

पशुपतिनाथको जग्गा अतिक्रमण तीव्र

१२ भदौ, काठमाडौं । पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका– ८ मा रहेको ५३४ रोपनी जग्गाको संरक्षण हुन सकेको छैन । जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्नेक्रम तीव्र बनेको छ । बालुवा खानीका कारण पटकपटक विवादमा आएको यो जग्गा कोषले संरक्षण नगर्दा वरिपरिबाट मिच्नेक्रम रोकिएको छैन । बस्तीका बीचमा धेरै जग्गा खाली […]

कथा : कोट

दीपक बाबु…! सामुन्ने एक ख्याउटे अनुहार देखा पर्छ । मलाई देखेर बैसाखी टेक्दै चउरबाट हुत्तिंदै आएको थियो ऊ । परदेशीले घरदेशी मान्ठा देखेजस्तो फिस्स हाँसिरहेको । असरल्ल दाह्री, नमिलेको फुस्रो कपाल, दुईचार टाँक छिनिएको झुत्रे कमिज । त्यो पनि ठाउँ-ठाउँमा च्यात्तिएर धागै देखिने गरी सिलाएको, पहेंला तर मिलेका दाँत, समग्रमा एक भग्नावशेष जिन्दगी ! ‘म […]

माधव नेपालले सांसदहरुलाई देउवाको पाउमा चढाउँदैछन् : महेश बस्नेत

१२ भदौ, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले माधवकुमार नेपालले मन्त्री पदका लागि सांसदलाई शेरबहादुर देउवाको पाउमा चढाउन खोजेको टिप्पणी गरेका छन् । शनिबार युथ फोर्सले ललितपुरको लुभुमा गरेको कार्यक्रममा उनले नेता नेपालको कडा आलोचना गर्दै मन्त्री पदका लागि सांसदहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाको पाउमा चढाउन लागेको बताए । ‘सुन्दैछु, ६ जनाले मन्त्री खाँदै छन् […]



from समाचार – Online Khabar https://ift.tt/3BjDgkz
via IFTTT
Powered by Blogger.