Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

जिल्ला सभापतिहरूको अनसनमा पौडेलको साथ, संस्थापन पक्ष रुष्ट

९ भदौ काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील विवाद टुंग्याएको भनिएको दुई दिन नवित्दै रामचन्द्र पौडेल पक्षधर जिल्ला सभापतिहरुले केन्द्रीय कार्यालयमा रिले अनसन सुरु गरे । पहिलो दिन बुधबार नुवाकोट जिल्ला सभापति जगदीश्वरनर सिंह केसी, काभ्रे जिल्ला सभापति मधु आचार्य र धादिङ जिल्ला सभापति रमेश धमलासँगै नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष रञ्जित कर्ण र नेविसंघ नेता डिल्लीराज […]

कांग्रेस उपसभापति निधि र भाजपाका चौथाइवालेबीच भेटवार्ता

९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसको निम्तोमा आएका चौथाइवाले र कांग्रेस उपसभापति निधिबीच बुधबार बिहान भएको एक घण्टा लामो भेटवार्तामा नेपाल भारत सम्बन्धका बिषयमा कुराकानी भएको थियो । भेटका क्रममा उपसभापति […]

ठप्प भयो नेपाल–भारत सीमा व्यवस्थापन वार्ता

९ भदौ, काठमाडौं । नेपालले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि चिसिएको सम्बन्धका कारण भारतसँगको सीमा व्यवस्थापनसम्बन्धी अन्य दुईपक्षीय संयन्त्रका बैठक र नियमित कामसमेत ठप्प भएका छन् । दुवै देशका सरकारी अधिकारीले कोरोना महामारीका कारण यस्ता द्विपक्षीय बैठक र सीमामा गर्नुपर्ने काम हुन नसकेको दावी गरेका छन् । तर कालापानी, लिपुलेक र लिम्पियाधुराका सम्बन्धमा उत्पन्न विवादको […]

लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

९ भदौ, काठमाडौं । महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । बुधबार आयोगमा पुगी १४ जना सांसदले नयाँ दल दर्ताका लागि गरेको हस्ताक्षर सनाखत भएपछि आयोगले लोसपालाई छुट्टै दलको रुपमा दर्ता गरेको हो । आयोगमा लोसपाको दर्ता नम्बर १६७ रहेको छ । सरकारले राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति […]

महोत्तरीबाट लागूऔषधसहित दुई युवक पक्राउ

९ भदौ, जनकपुरधाम । महोत्तरीमा अटोमा सवार दुई युवकलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । गौशाला नगरपालिका–६ का १८ वर्षीय मञ्जीत महरा र सिन्धुलीको कमलामाई नगरपालिका–१३ का २३ वर्षीय सुवास बुढाथोकीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । महराको साथबाट ३० थान र बुढाथोकीको साथबाट १५ थान नाईट्राभेट ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता […]

युरोप पठाइदिन्छु भन्दै ६ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

९ भदौ, काठमाडौं । युरोप पठाइदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–३ घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका ३३ वर्षीय पोशबहादुर सुनुवारलाई कोटेश्वरबाट महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो । सुनुवारले वर्किङ भिसामा युरोपेली मुलुक लिथुनिया पठाइदिन्छु भन्दै ६ […]

अदालतबाट दोषी ठहर भई ३४ वर्षदेखि फरार रहेकासहित तीन जना पक्राउ

९ भदौ, जनकपुरधाम । सिरहा जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद र जरिवाना तोकिएपछि फरार भएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको धनगढीमाई नगरपालिका–११ नैनपुरका २९ वर्षीय सञ्जीत महतो, सखुवानान्कारकट्टी गाउँपालिका–१ का २९ वर्षीय शोभाकान्त चौधरी र लक्ष्मीपुर पतारी गाउँपालिका–६ का ५० वर्षीय हासिम नटलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई कीर्ते नागरिकता, लागूऔषध […]

अस्पतालको गेटमा विचौलिया, कोसी र नोबेलबाट १० जना पक्राउ

९ भदौ, विराटनगर । उपचारका लागि अस्पताल आएका बिरामीलाई झुक्याएर क्लिनिकमा लैजाने १० जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ । कोसी अस्पताल र नोबेल मेडिकल कलेज परिसरबाट १० जनालाई पक्राउ गरेको हो । नोबेलबाट सात र कोसी अस्पतालबाट तीन जनालाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए । पक्राउ पर्नेमा विराटनगरको […]

एउटा सरकारी ईमेल एकाउन्ट बनाउन १० हजार खर्च, नवीकरण गर्न वर्षमा २५ सय

९ भदौ, काठमाडौं । सरकारले सरकारी कार्यालय र कर्मचारीका लागि सुरु गरेको ‘इन्टरप्राइज ईमेल सेवा’मा गरेको लगानी प्रतिफलविहीन देखिएको छ । इन्टरप्राइज ईमेल सेवामा  सरकारले प्रतिएकाउन्ट ९ हजार ८८७ रुपैयाँ खर्च गरेको छ । तर, न ईमेल सेवा राम्रोसँग प्रयोगमा आएको छ, न ईमेल सेवाबाट अपेक्षित प्रतिफल प्राप्त भएको छ । बरू सपोर्ट र सस्क्रिप्सनका […]

शक्तिशाली अध्यक्षकै प्रस्ताव अघि बढाउने ओलीको संकेत

९ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अध्यक्षलाई शक्तिशाली बनाउने विधान संशोधन प्रस्तावलाई नै अघि बढाउने संकेत गरेका छन् । २५ साउनमा आफ्नो पक्षका नेताहरु मात्र उपस्थित केन्द्रीय कमिटी बैठकमार्फत ओलीले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य मात्र चयन गर्ने विधान संशोधन प्रस्ताव पास गरेका थिए । १२ पदाधिकारी भने केन्द्रीय कमिटीले […]

पर्सा जिल्ला अदालतबाट उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी अधिकृत सम्मानित

९ भदौ, वीरगञ्ज । पर्सा जिल्ला अदालतले इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापालाई सम्मान गरेको छ । जिल्ला न्यायाधीश धर्मराज पौडेलले प्रहरी निरीक्षक थापालाई बुधबार प्रशंसापत्रसहित सम्मान गरे । अदालतमा कायम रहेको दण्ड जरिवानाको बेरुजु लगत असुल उपर गर्ने कार्यमा पुर्‍याएको योगदानको कदर स्वरुप प्रहरी निरीक्षक थापालाई प्रशंसापत्र प्रदान गरिएको तहसिलदार विनोद पोखरेलले […]

१५ किलो गाँजासहित बाराबाट २ जना पक्राउ

९ भदौ, वीरगञ्ज । प्रहरीले बाराबाट प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका–१३ का ३३ वर्षीय दीपक पाख्रिन र २५ वर्षीय बाबुराम वाइबा पक्राउ परेका हुन् । बुधबार बिहान ४ बजे इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले पथलैयाबाट वीरगञ्ज आउँदै गरेको ना ४६ प ५९३१ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा १५ […]

त्रिविमा उच्च शिक्षा लिने महिलाको संख्या बढी

९ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा उच्च शिक्षा अध्ययन गर्नेमा पुरुषकोभन्दा महिलाको संख्या बढी रहेको पाइएको छ । त्रिवि योजना निर्देशनालयको तथ्यांकअनुसार उच्च शिक्षा अध्ययन गर्नेमा पुरुषकोभन्दा महिलाको संख्या बढी देखिएको हो । शैक्षिक सत्र २०७६/०७७ मा ४ लाख १५ हजार ७७७ विद्यार्थीमध्ये महिलाको संख्या २ लाख २२ हजार २८७ र पुरुषको संख्या १ […]

सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री शाहले फुटबल क्लबका सदस्यमाथि दुर्व्यवहार गरेको आरोप

९ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाशबहादुर शाहमाथि  कार्यकक्षमै फुटबल क्लबका सदस्यलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले काठमाडौंमा आयोजना गरेको सी डिभिजन क्वालिफाइडका लागि छनोट भएको बाजुराको रानीवन स्पोर्ट्स क्लबका सदस्यहरु सहयोग माग्न जाँदा मन्त्री शाहले दुर्व्यवहार गरेको आरोप छ । मन्त्री शाहको गृहजिल्ला समेत रहेकाले सहयोगको […]

न्यायपालिकाको विकृति र भ्रष्टाचारसम्बन्धी प्रतिवेदन सार्वजनिक

९ भदौ, काठमाडौं । न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचारबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन सर्वोच्च अदालतले बुधबार सार्वजनिक गरेको छ । प्रवक्ता बाबुराम दाहालले बेवसाइटमा प्रतिवेदन राखिएको र सम्बन्धित निकायमा पनि पठाइएको जानकारी दिए । ‘प्रतिवेदन सार्वजनिक भएको छ, अब जो कोहीले हेर्न सक्नुहुन्छ’ उनले भने, ‘प्रतिवेदनमा उल्लेख गरिएका सरोकारवाला निकायहरुमा पनि कार्यान्वयनका लागि प्रतिवेदन […]

काठमाडौं महानगरले कर नतिर्नेको घर-आँगनमा बजाउन थाल्यो पञ्चेबाजा

९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पत्ति कर नतिर्नेहरुको घर आँगन तथा कार्यालय परिसरमा पञ्चेबाजा बजाएर सूचना टाँस्न थालेको छ । बुधबार काठमाडौं महानगरपालिकाले न्युरोडस्थित केशा प्लाजालाई सम्पत्ति कर नतिरेको भन्दै प्लाजा परिसरमा पञ्चेबाजा बजाउँदै सूचना टाँस गरेको छ । गत असार १६ र साउन २४ गते सूचना प्रकाशित गरी ३० दिनभित्र कर तिर्नका लागि […]

‘नेपालका तारे होटलका संरचना अपाङ्गमैत्री छैनन्’

९ भदौ, काठमाडौं । नेपालका तारे होटलमा बनेका संरचना पहुँचयोग्य (अपाङ्गता भएका पाहुना) पर्यटक मैत्री) नभएको पाइएको छ । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को एक अध्ययनले यस्तो देखाएको हो । नेपालका पर्यटक स्तर त्योभन्दा माथिका तारे स्तरका ९० होटल र त्यसमा संलग्न व्यवसायीसँगको अध्ययनबाट प्रतिवेदन बनाइएको छ । प्रतिवेदन अनुसार ९५ प्रतिशत होटल व्यवसायीले पहुँचयोग्य […]

केपी ओली राष्ट्रघाती हुन् : उपेन्द्र यादव

९ भदौ, विराटनगर । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रघातीको संज्ञा दिएका छन् । विराटनगरमा आयोजित प्रदेश १ स्तरीय अभिमूखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी शर्मा ओली राष्ट्रघाती भएको बताएका हुन् । नयाँ नक्सा पास गरेको केही दिनपछि ओलीले लम्पसार परेर लौ प्रभु मैले गल्ती गरें मलाई […]

कास्कीमा भदौ १८ गतेसम्म निषेधाज्ञा थप, जोर बिजोर प्रणाली कायमै

९ भदौ, पोखरा । कास्कीमा सार्वजनिक तथा निजी यातायातमा लागू गरिएको जोर बिजोर प्रणाली कायम गर्दै भदौ १८ सम्म निषेधाज्ञा थपिएको छ । बुधबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पूरा गर्ने र दैनिक रुपमा सवारीसाधनलाई निसंक्रमित गरी व्यावसायीले […]

निर्वाचन आयोगले स्वीकार्‍यो झलनाथ हस्ताक्षर सनाखत

९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेता झलनाथ खनालको हस्ताक्षर सनाखत भएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत खनालको हस्ताक्षर सनाखत गरिएको हो । एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी दर्ता गर्न नेताहरुले दिएको निवेदनमा निर्वाचन आयोगले बुधबार केन्द्रीय सदस्यहरुलाई सनाखत गर्न बोलाएको थियो । तर […]

बाढी र पहिराले अवरुद्ध १२ सडक खुलेनन्

९ भदौ, काठमाडौँ । बाढी र पहिराका कारण पूर्णरूपमा अवरुद्ध १२ सडक अझै खुल्न सकेका छैनन् । वर्षाका कारण यस वर्ष १८२ सडक अवरुद्ध बनेकामा हाल १११ सडक एकातर्फबाट मात्रै सञ्चालन रहेको छ । वर्षाले यस वर्ष सबैभन्दा बढी क्षति डुम्रे–बेँसीसहर–चामे सडकमा पुर्‍याएको छ । मनाङ र लमजुङ जिल्लाका विभिन्न खण्डमा सडक अवरुद्ध छ । […]



from समाचार – Online Khabar https://ift.tt/38cLL4n
via IFTTT
Powered by Blogger.