समाचार
११ भदौ, चितवन । वर्षाका कारण पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सडकमा पहिरो खसेपछि बिहीबार रातिदेखि नै सडक दुईतर्फ अवरुद्ध भएको प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका-२९ सेती दोभान र पाँचकिलोमा पहिरो खसेको छ । सडकको पहिरो पन्छाउन शुक्रबार बिहानैदेखि डोजर र जेसिबी प्रयोग गरी काम भैरहेको छ । ट यात्रा गर्न […]
११ भदौ, धनगढी । पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । कैलालीको खानीडाँडामा सडक माथिबाट गएको पहिरोले सुदूरपश्चिमप्रदेशका पहाडी जिल्लालाई जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार पहिरोले राजमार्ग अवरुद्ध भएपछि गन्तव्यकालागि छुटेका सवारीसाधन खानीडाँडामै रोकिएका छन् । डोजरको सहायताले पहिरो पन्छ्याउने कामभइरहेको प्रहरीले जनाएको छ ।
११ भदौ, काठमाडौं । अफगानस्थानको राजधानी काबुलस्थित विमानस्थल परिसरमा बिहीबार भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या बढेको छ । बम विस्फोटमा परी ६० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बीबीसीका अनुसार विस्फोटमा मृत्यु हुनेमध्ये १३ जना अमेरिकी नागरिक रहेका छन् । अफगानस्थान छोड्न विमानस्थल परिसरमा मानिसहरूको ठूलो भिड जम्मा भएका बेला उनीहरूलाई […]
भदौको महीना । दोस्रो हप्तातिर हुनुपर्छ । चारैतिर हरियाली । पहाडको ठाउँ । खोलानाला बढिरहेका थिए भने साना खोल्साहरूले पनि बाटो छेक्दै थिए । गोरखा जिल्लाको तत्कालीन हंसपुर गाविस (हालको अजिरकोट गाउँपालिका-३) मा एउटा विद्यालय छ- जुन अहिले पनि छ । तत्कालीन ज्ञानज्योति मावि अहिले उच्च मावि भइसकेको छ । गाउँको अलि उँचाइमा पर्छ विद्यालय […]
१० भदौ, काठमाडौं । नेपाली कांग्रेसले ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाएको छ । क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरु रिले अनसनमा बसिरहेका बेला महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन समिति संयोजक महादेव यादवलाई नामावली बुझाएका हुन् । १४ औं महाधिवेशन प्रक्रिया सुरु हुन ८ दिन मात्रै […]
१० भदौ, काठमाडौं । दशबुँदे सहमति अनुमोदन गर्न बिहीबार बसेको नेकपा एमाले केन्द्रीय कमिटीको बैठकमा केहीबेर असहज परिस्थिति सिर्जना भएको छ । तुलसीलाल स्मृति भवन ललितपुरमा बसेको बैठकमा महासचिव ईश्वर पोखरेलले स्थायी कमिटी बैठकले गरेको निर्णय प्रस्तुत गरेका थिए । तर महासचिव पोखरेलले स्थायी कमिटी बैठकको निर्णय नपढी आफ्नै ढंगले फरक धारणा राख्न खोजेपछि परिस्थिति […]
१० भदौ, कर्णाली । गत साउन १ गते बेलुकीदेखि घर नफर्केका जुम्ला सुर्की गाउँका चार जना किशोर हालसम्म सम्पर्कविहीन अवस्थामा रहेका छन् । तातोपानी गाउँपालिका– ७ सुर्की गाउँ जुम्ला निवासी गोविन्द रावतका १६ वर्षीय छोरा पद्मबहादुर रावत र रामबहादुर रावतका १६ वर्षीय छोरा भीमबहादुर रावत, मुनबहादुर रावतका १७ वर्षीय छोरा तुल रावत र देविभक्त रावतका […]
१० भदौ, विराटनगर । प्रदेश १ मा विपक्षी दलको गठबन्धनले मुख्यमन्त्री भीम आचार्यको नियुक्ति असंवैधानिक भएको दाबी गरेको छ । दल विभाजन भएको र अल्पमतमा परेको अवस्थामा नेपालको संविधानको धारा १६८ १ बमोजिमको नियुक्ति असंवैधानिक भएको उनीहरुको दावी छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई सपथग्रहण गराएपछि बसेको गठबन्धनको बैठकले नवनियुक्त मुख्यमन्त्रीको विपक्षमा बहुमत […]
१० भदौं, हेटौंडा । नेकपा एमाले औपचारिक रुपमा विभाजन भएसँगै नियुक्ति भएको साता नबित्दै वागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद धरापमा परेको छ । नेता माधव नेपालको पक्षमा उभिँदै आएकी नेतृ शाक्यले दल विभाजनका बेला भने नेता नेपाललाई दिइनन् । अध्यक्ष ओलीलाई साथ दिएपछि शाक्यलाई पूर्वमुख्यमन्त्री डोरमणि पौडेलकै प्रस्तावमा भदौ २ गते राति संसदीय […]
१० भदौ, गोरखा । मोटरसाइकलमा आगजनी गरेको आरोपमा प्रहरीले गोरखामा एक जनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–९ का अमृत कमरलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । गोरखा नगरपालिका–५ मान्द्रेढुङ्गाका सन्देश पाण्डेले पश्चिमकालीस्थित मन्दिर परिसरमा पार्किङ गरेर राखेको लु २६ प ८७९८ नम्बरको होण्डा कम्पनीको हर्नेट बाइकमा उनले आगजनी गरेको प्रहरीको भनाइ छ । कोरोनाविरुद्धको […]
१० भदौ, काठमाडौं । गुणस्तर खस्किएको बटरबाट बनेको घिउ बिक्री प्रकरणमा दूग्ध विकास संस्थान (डीडीसी) र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । अखाद्य प्रमाणित नौनी घिउ पूर्ण सरकारी स्वामित्वको संस्था डीडीसीले जनतालाई बेचेको खुलासा अनलाइनखबरले गरेको थियो । उपभोग्य मिति सकिएको बटर बिक्रीबारे डीडीसी र नियमकारी भूमिका […]
१० भदौ, काठमाडौं । सरकारले कोभिड-१९ र हैजा विरुद्धको एक-एक वटा खोपलाई क्लिनिकल ट्रायलको लागि अनुमति दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हैजा विरुद्धको ओरल कोलेरा भ्याक्सिन र कोरोना भाइरसविरुद्धको सार्कोभ टु–एमआरएनए खोपलाई तेस्रो चरणको क्लिनिकल ट्रायलको अनुमति दिइएको सरकारका प्रवक्ता तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । स्वास्थ्य अनुसन्धान परिषदले (एनएचआरसी) क्लिनिकल ट्रायलको लागि ३ वटा खोप सिफारिस गरेको थियो । जसमध्ये इन्टरनेशनल […]
१० भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय कार्यकर्ता भेलाको भावनाअनुसार नै नयाँ पार्टी बनाएको बताएका छन् । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु अप्ठ्यारोमा पर्ने भएकाले मात्र त्यसबेला पार्टी दर्ता नगरेको उनले बताए । यद्यपि अहिले साथ छाडेका नेताहरुले विभिन्न नाममा दल दर्ता गराएको, त्यो अहिले कायमै रहेको उनले बताए । बिहीबार […]
१० भदौ, काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार खुस्काइदिँदा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेको २७ दिन भइसक्यो । तर न जयसिंहको शव भेटिएको छ, न सरकारले घटनाको यथार्थ सार्वजनिक गर्न सकेको छ । सरकारले १० दिनको म्याद दिएर बनाएको छानबिन समितिको म्याद पटक–पटक थपिएको छ । गृहमन्त्री बालकृष्ण खाँणका अनुसार गृह […]
१० भदौं, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरुको तदर्थ संगठन गठन बनेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा समाजवादी प्रेस नेपाल गठन भएको हो । शम्भु श्रेष्ठको संयोजकत्वमा तदर्थ संगठन बनेको विश्वमणि सुवेदीले बताए । एमाले निकट प्रेस चौतारी नेपालका उपाध्यक्ष सुवेदीकै अध्यक्षतामा भएको भेलाले तदर्थ संगठन बनेको छ । उक्त भेलामा अध्यक्ष […]
१० भदौ, पोखरा । भारतीय लगानीकर्ताले पोखराको मणिपाल शिक्षण अस्पताल बिक्री गरेको छ । २०५१ सालमा ४९ वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने गरी अस्पताल र शिक्षण अस्पताल सञ्चालन गरेको मणिपाल समूहले म्याद नसकिँदै बिक्री गरेको हो । उक्त कलेज पोखराका व्यवसायी आनन्दराज बतासको बतास अर्गनाइजेसन र नारायण पौडेलको अटोवेज प्रालिले खरीद गरेका छन् । कलेज […]
१० भदौ, काठमाडौं । त्यो समय निर्दलीय पञ्चायती व्यवस्थाको उत्कर्षकाल थियो । सार्वजनिक वृत्तमा महिला मुक्तिको कुरा उठेकै थिएन । महिलाले भोट दिन पाउने भएपनि सामाजिक जीवनमा उनीहरूको धरातल निकै तल थियो । त्यो अँधेरो युगमा समेत आमा, दिदी–बहिनीहरूलाई दासी भई बस्न हुँदैन भन्दै गीतबाट ब्युँझाउने गायक जेबी टुहरेको ७८ वर्षको उमेरमा बल्खुस्थित वयोधा अस्पतालमा […]
१० भदौ, विराटनगर । प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम राख्न नपाएकोमा आफूलाई पछुतो लागेको बताएका छन् । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नवनियुक्त मुख्यमन्त्रीलाई बधाई र निवर्तमान मुख्यमन्त्रीलाई बिदाई कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘मलाई अलिकति अफसोस छ, प्रदेशको नामकरण हामीले अहिलेसम्म गर्न सकेका छैनौं, तोक्न सकेका छैनौं । […]
१० भदौ, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा खाद्य पदार्थमा मूल्यवृद्धि बढ्दा श्रमिकको ज्यालादर भने न्यून मात्र बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको गत वर्षको आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन अनुसार घ्यू तथा तेलमा १७.५४ र दाल तथा गेडागुडीमा १०.६५ प्रतिशत मूल्यवृद्धि भएको छ । खाद्य तथा पेय पदार्थको ५ प्रतिशत […]
१० भदौ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ र सोभन्दा माथिका विभिन्न तहका परीक्षार्थीलाई कोभिड-१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी धनबहादुर श्रेष्ठले सूचना जारी गर्दै १२ कक्षा र सो भन्दा माथिका विद्यार्थीको लागि कोभिड–१९ विरुद्घको खोपको प्रबन्ध मिलाइसकेकोले १८ वर्ष वा सो भन्दा बढी उमेरका […]
१० भदौ, काठमाडौं । नवगठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सरकारले प्रतिस्थापन विधेयकको तयारी थालेको छ । अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी शुरु गरिएको हो । बिहीवार अर्थमन्त्रालयले अन्य मन्त्रालयका सचिवहरुको बैठक आयोजना गरी प्रतिस्थापन विधेयकका सम्बन्धमा सुझाव संकलन गरेको छ । बैठकमा अर्थमन्त्री […]
from समाचार – Online Khabar https://ift.tt/3BuVobx
via IFTTT