समाचार
९ भदौ, काठमाडौं । कोरोना महामारीको दोस्रो लहरका कारण यो वर्ष विद्यालय खुल्नै पाएका छैनन् । स्थानीयले दिएको निर्देशन पालना गर्दै विद्यालयहरूले आन्तरिक मूल्यांकनपछि इन्टरनेट पहुँचमा भएका विद्यार्थीलाई अनलाइन कक्षामा जोडिरहेका छन् । महामारीको अप्ठ्यारो अवस्थामा सरकारले ल्याएको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ अनुसार विद्यालयहरुले बालबालिकाहरुलाई सिकाइसँग जोडेका छन् । विद्यार्थीलाई सिकाइबाट बञ्चित […]
९ भदौ, बुटवल । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा एकजना बाँकेका र एक जना दाङका हुन् । राप्ती गाउँपालिका–३ दाङका ८४ वर्षीय पुरुषको मंगलबार राति ९ बजे र राप्ती सोनारी गाउँपालिका–३ बाँकेका ४३ वर्षीय पुरुषको मंगलबार राति ९ः३० बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ […]
९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु अनशनमा बस्ने भएका छन् । क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने लगायतका तीन बुँदे माग राख्दै बुधबारदेखि जिल्ला सभापतिहरुले २४ घण्टे रिले अनशन सुरु गर्न लागेका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार धर्नामा बसेका जिल्ला सभापतिहरुले पार्टीलाई थप दबाब दिन रिले अनशन […]
चाहे अमेरिका होस् वा युरोप विदेशमा गएर शरणार्थी बन्नु नपरोस् म नेपाली हुँ तर गैरनेपाली भन्नु नपरोस् मेरो पसिना मेरै देशमा खसोस् मेरो आँसु मेरै धरतीमा परोस् बरु मर्नै किन नपरोस् मेरो जिन्दगी बन्धकीमा नपरोस् पराश्रित भएर बाँच्न नपरोस् के हो राष्ट्रवाद ? राष्ट्रियता एक भावना हो । राष्ट्रवाद एक राष्ट्रको लागि माया हो । […]
९ भदौ, काठमाडौं । निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको दर्ता प्रक्रिया आज टुंगो लगाउने तयारी गरेको छ । आयोगले दुवै दलका नेताहरुलाई सनाखतको लागि आज बोलाएको छ । सामान्यता सनाखतपछि आयोगले दल दर्ताको प्रमाणपत्र दिने गर्दछ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अनलाइनखबरसँग […]
९ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी बाँडफाट गरेको छ । संगठन विभाग प्रमुख जस्तो महत्वपूर्ण जिम्मेवारी जनार्दन शर्मा ‘प्रभाकर’ले पाएका छन् भने पार्टी प्रवक्ता पूर्वसभामुख कृष्णबहादुर महरालाई बनाइएको छ । माओवादी केन्द्रले केन्द्रीय विभाग, प्रदेश इञ्चार्ज र सहइञ्चार्ज, जिल्ला इञ्चार्ज तथा जनवर्गीय संगठनका इञ्चार्जहरु तोकेको छ । पार्टीको स्कुल विभाग इन्चार्जमा अध्यक्ष […]
सन् १९४७ मा अमेरिकामा राष्ट्रिय सुरक्षा परिषद् ऐन जारी भएपछि संसारभर राष्ट्रिय सुरक्षा अवधारणाको विस्तार भएको हो । राष्ट्रिय सुरक्षा बहुआयामिक विषय र दिगो शान्तिको आधारशिला हो । नेपालको संविधानले उल्लेख गरेअनुसार बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहु-सांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकाङ्क्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको […]
९ भदौ, सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी खोलामा बेपत्ता भएका छन् । वडा नं २ मोपुङको वासाखोला तर्ने क्रममा मोटरसाइकलसहित बगाउँदा नगर प्रहरी दावा तेन्जी शेर्पा बेपत्ता बनेको प्रहरीले जनाएको छ । सोही नगरपालिकाको वडा नं ८ केरुङ घर भएका २२ वर्षीय शेर्पा प्रदेश-३-१०२००८प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट मोपुङ हिँडेको बुझिएको जिल्ला प्रहरी […]
९ भदौ, काठमाडौं । २० वर्षपछि पुनः अफगानिस्तानको सत्ता सम्हालेपछि सरकार गठनको प्रक्रिया अघि बढाएको तालिबानले अर्थमन्त्री र कार्यवाहक गृहमन्त्री नियुक्त गरेको छ । साथै तालिबानले गुप्तचर प्रमुख, काबुलको गभर्नर र शिक्षा विभाग प्रमुख पनि नियुक्त गरेको छ । अफगानिस्तानको पाजहोक समाचार एजेन्सीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेअनुसार तालिबानले मंगलबार गुल आगालाई अर्थमन्त्री र […]
८ भदौ, काठमाडौं । मंगलबार झण्डै दुई घण्टा लामो स्थायी कमिटीको बैठक सकिएपछि नेकपा एमालेका नेताहरुले तुलसीलाल अमात्यको सालिकलाई पृष्ठभूमि पारेर सामूहिक तस्वीर खिचाए । अध्यक्ष केपी शर्माको दायाँ र बायाँ उपाध्यक्षद्वय युवराज ज्ञवाली र भीम रावल उभिएका थिए । पार्टीमा एकताको सन्देश दिने उद्देश्यका साथ तस्वीर खिचिरहँदा झण्डै ८ महिना लामो विवादपछि माधव नेपाललाई […]
८ भदौ, काठमाडौं । संघीय संसद सचिवालयले १४ सांसदलाई पदमुक्त गर्न नेकपा एमालेले दिएको सूचना विचाराधीन रहेको जानकारी निर्वाचन आयोगलाई दिएको छ । संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश आएपछि नेकपा एमालेका नेता माधवकुमार नेपालले २ भदौमा नेकपा एकीकृत समाजवादी दर्ताका लागि आयोगमा निवेदन दिएका […]
८ भदौ, काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर खरिद विवादमा मुछिएका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद मंगलबार विदामा थिए । रुघाखोकी लागेको भन्दै कार्यालय नगएका उनले दिउसो १ बजे नेप्सेका केही अधिकारीहरुलाई टेलिफोन गरेर आफ्नो कार्यकालमा भए गरेका कामहरु तयार गर्न निर्देशन दिए । सीईओ साउदले नेप्सका कम्पनी सचिव मुराहरी पराजुली लगायतका […]
८ भदौ, काठमाडौं । संघमा दरबन्दी खाली हुँदाहुँदै प्रदेश र स्थानीय तहमा समायोजन गरिएका शाखा अधिकृतलाई संघीय निजामती सेवाकै पदमा मिलान गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । समायोजनका क्रममा संघ रोजेका तर दरबन्दी खाली नभएको भन्दै प्रदेश र स्थानीय तहमा समायोजन गरिएका प्रशासन समूहका शाखा अधिकृतहरुले दिएको रिटमा सुनुवाई गर्दै न्यायाधीश कुमार चुडालको […]
८ भदौ, जनकपुरधाम । धुनषामा गुडिरहेको मोटरसाइकलबाट उछिटिएर सडकमा खसेकी एक महिलाको माइक्रोबसले किचेर मृत्यु भएको छ । मिथिला नगरपालिका–४ पुष्पलपुरस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलमा पछाडि सवार महिला उछिटिएर सडकमा लडेलगत्तै माइक्रोबसले कुल्चिँदा घटनास्थलमै मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प ८५८५ नम्बरको मोटरसाइकलबाट लडेकी सप्तरीको राजविराज नगरपालिका–१२ की २९ वर्षीया ममता […]
“मेरो घर इच्छानाथ नगरपालिकामा पर्छ, सदरमुकाम गौरमा बसेर पत्रकारिता गर्छु । घटना हुनु एक दिनअघि मात्रै आमाबुवालाई भेटेर फर्किएको थिएँ । ‘रौतहट एक्सप्रेस’को कार्यालयमा बसिरहेका बेला ग्रीन सिग्नल होटलका सञ्चालकले फोन गरे । ‘होटल खोलेको दुई–तीन महीना भइसक्यो, प्रचार भएको छैन, विज्ञापन गरिदिनुपर्यो, आउनु न’ फोनमा मलाई भनियो । मैले आधा घन्टापछि आउँछु भनें । […]
८ भदौ, काठमाडौं । कोभिड प्रभावित ऋणीहरुले ऋण तिर्नका लागि अतिरिक्त समय पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आगामी पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वलाई एक वर्ष सम्म म्याद थप गर्न निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई एकीकृत निर्देशन जारी गर्दै यस्तो सुविधा […]
८ भदौ, काठमाडौं । म्याद सकिएको पास्ता, बिस्कुट, चकलेटलगायत १२ प्रकारका खाद्य वस्तुमा नयाँ मिति राखेर बजार पठाउने गरेको भेटिएको छ । मंगलबार बालाजुको अगद नेपाल भेन्चर प्रालीको गोदाममा म्याद सकिएको वस्तुमा नयाँ उपभोग्य मिति राखिरहेको अवस्थामा मेसिनसहित एक जनालाई नियन्त्रणमा लिइएको वाणिज्य विभागले जनाएको छ । वाणिज्य विभाग र प्रहरीले संयुक्त रुपमा गरेको अनुगमनमा […]
८ भदौ, काठमाडौं । अब मोटर बाटो नभएको जग्गासमेत धितोमा राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाइने भएको छ । यसरी लिइने ऋणको सीमा २० लाख रुपैयाँसम्म राखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीति कार्यान्वयनका लागि एकीकृत निर्देशन जारी गर्दै यस्तो ऋणको सीमा २० लाख रुपैयाँ तोकेको हो […]
८ भदौ, काठमाडौं । ललितपुरको खोकनामा मंगलबार पोखरीमा पाठीको बली दिइएको छ । १२ औं शताब्दीदेखि प्रचलनमा रहेको यो परम्पराअनुसार पोखरीमा जिउँदै पाठीलाई डुबाएर बली दिइन्छ । त्यसपछि स्थानीय युवाको समूहले पोखरीमा उक्त पाठीको खोजी गरेर ल्याई प्रसादको रुपमा बाँड्छन् । स्थानीयका अनुसार पोखरीमा डुबाइएको पाठी टिप्न टोलटोलबीच प्रतिस्पर्धा नै हुन्छ । हेर्नुहोस् पोखरीमा डुबाएको पाठी […]
८ भदौ, काठमाडौं । अफगानिस्तानबाट मंगलबार थप ११२ जना नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार जोर्डन एभीएसनको उडानबाट १०३ र कतार एयरको उडानबाट ९ जना गरी ११२ जना नेपाली नागरिकको उद्धार गरिएको हो । योसँगै हालसम्म अफगानिस्तानबाट ७७० जना नेपाली नागरिकको उद्धार भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उद्धार गरिएका नेपाली नागरिकलाई सामाखुसीस्थित होल्डिङ […]
८ भदौ, काठमाडौं । नेकपा एमालेले नयाँ दल दर्ताको प्रक्रियामा रहेका नेता कार्यकर्तालाई मूलघरमै फर्किन आह्वान गरेको छ । लामो समयदेखि माधवकुमार नेपाल समूहमा रहेका, तर उनको नयाँ दलमा नगाएका स्थायी कमिटीका १० नेता सहभागी भएको स्थायी कमिटी बैठकले एकताका लागि आह्वान गरेको हो । एमाले विभाजित हुँदा राजनीतिक स्थायित्व, लोकतन्त्र, सम्बृद्धि र समाजिक न्यायकै […]
from समाचार – Online Khabar https://ift.tt/3zfoB9q
via IFTTT






















