Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

गोरखाका चेपाङ समुदायलाई खाद्यान्न वितरण

१५ भदौ, गोरखा । गोरखाको गण्डकी गाउँपालिकाका चेपाङ समुदायलाई खाद्यान्न वितरण गरिएको छ । सम्भव नेपाल नामक संस्थाले मंगलबार पालिकाका करीब आठ सय चेपाङ घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो । प्रति घरपरिवार दुई हजार रुपैया बराबरको चामल, दाल, तेल, नून लगायतका खाद्यान्न वितरण गरिएको संस्थाका संस्थापक अध्यक्ष प्रेम खत्रीले बताए । कोभिड–१९ बाट प्रभावित आर्थिक […]

शरद ऋतुमा हिमाल चढ्न एकैदिन दुई टीमले लिए अनुमति

१५ भदौ, काठमाडौं । शरद ऋतुमा हिमाल आरोहणका लागि एकै दिन दुई टीमले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार मंगलबार मनास्लु हिमाल चढ्ने दुई टीमले अनुमति लिएका हुन् । एउटा टीममा १० पुरुष र ५ महिलासहित १५ र अर्को टीममा १० पुरुष रहेका छन् । दुई टीमबाट २६ लाख ४६ हजार रुपैयाँ रोयल्टी समेत […]

हवाई यात्रुले अब फेसशिल्ड लगाउनु नपर्ने

१५ भदौ, काठमाडौं । आन्तरिक हवाई यात्रामा अनिवार्य गरिएको फेसशिल्डको प्रयोग हटाइएको छ । १ सेप्टेम्बर (बुधबार) देखि लागु हुने गरी फेसशिल्डको अनिवार्य प्रयोग हटाइएको वायुसेवा संचालक संघले जनाएको छ । संसारभर यात्राका क्रममा फेसशिल्ड प्रयोग नभएको, कोरोना महामारीको संक्रमण केही कम भएको र विमानस्थल परिसरमा फेसशिल्ड जथाभावी फाल्दा फोहोर समेत फैलिएको भन्दै वायुसेवा कम्पनीहरुले […]

विद्युतीकरणलाई व्यवस्थित गरिदिन मन्त्री भुसाललाई गुल्मी मदानेका युवाको आग्रह

१५ भदौ, काठमाडौं । गुल्मीको मदाने गाउँपालिकाका युवाहरुले पालिकाभित्रको विद्युतीकरणलाई व्यवस्थित गरिदिन उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाललाई आग्रह गरेका छन् । मन्त्री भुसाललाई मंगलबार ध्यानाकर्षणपत्र बुझाउँदै उनीहरुले विद्युत प्राधिकरणको लापरबाहीका कारण करेन्ट लागेर स्थानीयले अकालमै ज्यान गुमाउनु परेको गुनासो गरे । विद्युत प्राधिकरणको लापरबाहीका कारण विभिन्न स्थानमा नाङ्गो तार लत्रिँदा सर्वसाधारणले ज्यान नै गुमाउनुपर्ने […]

पौडेल समूहले टुंग्याउन सकेन सभापतिको उम्मेदवार

१५ भदौ काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूह १४ औं महाधिवेशनका लागि सभापतिको उम्मेदवार टुंग्याउन असमर्थ भएको छ । सभापतिको उम्मेदवार चयन गर्न बसेको पौडेल समूहको बैठकले सहमति जुटाउन नसके पनि आफ्नो समूह सन्देश एक ठाउँमा रहेको सन्देश दिन बुधबार पत्रकार सम्मेलन आयोजना गरेको छ । पौडेल समूहले वडा अधिवेशनअघि नै सभापतिमा आफ्नो पक्षका […]

रोनाल्डो म्यानचेष्टर युनाइटेडमा अनुबन्धित

१५ भदौ, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई दुई वर्षका लागि अनुबन्ध गरेको छ । युनाइटेडले मंगलबार रोनाल्डोलाई अनुबन्ध गरिएको जनाएको हो । यस्तै ३६ वर्षीय रोनाल्डोलाई सम्झौता थप गर्ने विकल्प समेत  दिइएको युनाइटेडले जनाएको छ । रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका हुन् । सन् २००३ देखि २००९ सम्म युनाइटेडका लागि […]

साउदी अरेबियाको विमानस्थलमा ड्रोन आक्रमण, ८ जना घाइते

१५ भदौ, काठमाडौं । साउदी अरेबियाको अभा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उक्त आक्रमणमा परी आठ जना घाइते भएका छन् भने एउटा यात्रुबाहक विमान क्षतिग्रस्त भएको छ । साउदी अरेबियाको सरकारी न्युज च्यानल अल अरेबियाले दक्षिणी क्षेत्रमा अवस्थित उक्त विमानस्थलमा पछिल्लो २४ घण्टामा दोस्रोपटक आक्रमण गरिएको हो । अल अरेबिया […]

विगतका सन्धि-सम्झौताको अभिलेख राख्न संसदीय समितिको निर्देशन

१५ भदौ, काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले विगतका ऐतिहासिक सन्धि-सम्झौताहरुको अभिलेख राख्न सम्बन्धित सरकारी निकायलाई निर्देशन दिएको गरेको छ । समितिको मंगलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका सम्बन्धित निकायहरुलाई नेपालको ऐतिहासिक सन्धि-सम्झौताको अभिलेख राख्न निर्देशन दिएको हो । समितिका सभापति रामनारायण बिडारीले लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको […]

थप १,६६४ जनामा कोरोना संक्रमण, १७८६ जना संक्रमणमुक्त

१५ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १,६६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,११७ पीसीआर परीक्षणमा १,५२३ र ३,१०५ एन्टीजेन परीक्षणमा १४१ जना गरी कुल १६६४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घणमा १७८६ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण २० जनाको […]

विनिताको दुःख : विदेश गएका पति हराए, कहाँ खोज्ने ?

१५ भदौ, जनकपुरधाम । अब विस्तारै दुःखको दिन जान्छ र सुखको दिन आउँछ । विनिता देवीले आठ बर्षअघि मनमा यही सोचेकी थिइन् । ऋण तिर्ने, दुई सन्तानलाई राम्रो शिक्षा दिने, एउटा घर बनाउने, सहज जीवन बिताउने सोचेरै धनुषाको कमला नगरपालिका–७ सिंग्याही मडानकी उनले आफ्ना पति दुखी मण्डललाई कतारतर्फ विदा गरिन् । पतिलाई विदाई गर्दा १३ […]

वाग्मतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

१५ भदौ, हेटौडा । नेकपा एकीकृत समाजवादीले वाग्मती प्रदेशको मुख्यमन्त्री दाबी गर्ने भएको छ । नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेकाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । १०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए । एकल बहुमत भएकाले २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी थिइन् । तर त्यही दिन एमाले […]

ईपीएलको विजेताले ५० लाख रुपैयाँ पाउने

१५ भदौ, काठमाडौं । काठमाडौंमा आउँदो असोजमा हुने क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) को विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । आयोजक ईपीएल प्रालिले मंगलबार पुरस्कार रकम सार्वजनिक गर्दै विजेताले ५० लाख रुपैयाँ पाउने जनकारी गराएका हुन् । त्यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउनेछन् । ईपीएल प्रतियोगिताको चौथो संस्करण असोज ९ देखि […]

शेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक ३ हजार भन्दा तल

१५ भदौ, काठमाडौं । सेयर काराेबार मापक नेप्से परिसूचकमा ठूलाे गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ६९.०४ अंकले घटेर २ हजार ९ सय ७५ दशमलव ८४ अंकमा झरेको छ । बजार उच्च अंकले घट्दा नेप्सेमा काराेबार हुने सबै उपसमूहको परिसूचक घटेको छ । काराेबार रकम भने १३ अर्ब २५ कराेड नाघेको छ । अधिकांश […]

वाग्मतीमा एमालेका १२ सांसदले रोजे नेकपा एकीकृत समाजवादी

१५ भदौ, काठमाडौं । वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका हुन् । राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले २२ गते साँझ […]

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा

१५ भदौ, काठमाडौं । बागमती प्रदेशका नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । १०९ सदस्यीय बागमती प्रदेश सभामा एमालेका सभामुखसहित ५६ सांसद थिए । त्यसैले भदौ २ गते तत्कालिन प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरेका थिए । तर दल विभाजन भएपछि नेकपा […]

सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय सचिवालय जनकपुरधाममा स्थापना

१५ भदौ, जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो केन्द्रीय सचिवालय जनकपुरधाममा स्थापना गरेको छ । अन्य दलले आफ्नो सचिवालय संघीय राजधानी काठमाडौंमै राख्ने गरेका भए पनि राउतले भने पार्टीको केन्द्रीय सचिवालय जनकपुरधाममा राखेका हुन् । मंगलबार एक कार्यक्रमकाबीच अध्यक्ष राउतले सचिवालयको उद्घाटन गरेका छन् । जनकपुरधामको भानुचोकमा रहेको सचिवालय कार्यालयको उद्घाटन गर्दै […]

बाहिरी जिल्लामा जुम्ली स्याउको माग बढ्यो

१५ भदौ, खलङ्गा। जुम्लामा उत्पादन भएको स्याउ बाहिरी जिल्लामा निर्यात गर्न सुरुआत गरिएको छ । देशका विभिन्न शहरबाट यहाँको स्याउको माग बढ्दो रहेको बताइएको छ । किसान पदम रावतले यही भदौको पहिलो सातादेखि स्याउ टिप्न सुरु भइसकेको जानकारी दिए । जिल्लाका स्याउ बजारमा बिक्रीका लागि निर्यात सुरु भएको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयले […]

वाईसीएलको २३१ सदस्यीय केन्द्रीय समिति चयन, पदाधिकारी पछि छान्ने

१५ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीएलको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रीय समितिलाई नै दिएको छ । […]

१० घण्टाको यात्रा अब आधा घण्टामा सरर…

१५ भदौ, गण्डकी । पोखराबाट सिमरासम्मको यात्रा गर्न लगभग १० घण्टा गाडीमा कुद्नुपर्छ । सडक बिग्रेभत्केका अवस्थामा त त्यो पनि सम्भव छैन । पर्यटकीय नगरी पोखरा भारतीय पर्यटकले राम्रै रुचाइएको गन्तव्य हो । नेपाल भित्रने अधिकांश भारतीय पर्यटकहरू रक्सौल नाकाबाट आउने गर्दछन् । नजिकै सिमारा विमानस्थल रहेर पनि पोखरा-सिमरा सिधा उडान नहुँदा सामान्य अवस्थामा पनि […]

कोरोना महामारीका कारण तम्घासमा रोपाइँ जात्रा भएन

१५ भदौ, गुल्मी । कोरोना महामारीका कारण गुल्मीमा यस वर्ष रोपाइँ जात्रा मनाइएन । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विभिन्न कार्यक्रम गरी मनाइने रोपाइँ जात्रा यस वर्ष महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण नगरिएको हो । सदरमुकाम तम्घासमा रहेका विभिन्न क्लब र संघसंस्था मिलेर कार्यक्रमसहित रोपाइँ जात्रा मनाउने गरिन्छ । क्लब तथा मन्दिर व्यवस्थापन समितिले श्रीकृष्णको रथ […]

सर्लाहीमा वडाध्यक्षविरूद्ध बलात्कार प्रयासको उजुरी

१५ भदौ, जनकपुरधाम । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका-७ का वडाध्यक्ष श्यामकुमार यादवविरुद्ध बलात्कार प्रयासको उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीका अनुसार यादवविरुद्ध उनकै छिमेकीले उजुरी दिएकी हुन् । उजुरी आएपछि अनुसन्धान प्रक्रियालाई अगाडि बढाइएको उनले बताए । भदौ ५ गते राति वडाध्यक्ष यादव आफ्नो घरमा प्रवेश गरी बलात्कार प्रयास गरेको महिलाले […]



from समाचार – Online Khabar https://ift.tt/3teuqC5
via IFTTT
Powered by Blogger.