Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भारतले दियो नेपाललाई अक्सिजन प्लान्ट

१० भदौ, काठमाडौं । भारतले नेपाललाई अक्सिजन प्लान्ट सहयोग गरेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सहयोग गरिएको उक्त प्लान्ट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । कोभिड–१९ महामारी विरुद्धको लडाइमा नेपालसँग हातेमालो गर्ने उदेश्यका साथ अक्सिजन प्लान्ट सहयोग गरिएको दूतावासले जारी गरेको विज्ञप्तिमा […]

मनाङका आधा दर्जन सरकारी कार्यालयहरु प्रमुखविहीन

१० भदौ, मनाङ ।  मनाङमा आधा दर्जन सरकारी कार्यालयहरु प्रमुखविहीन भएका छन् । असार मसान्त सकिएलगतै मालपोत, नापी, घरेलु, डिभिजन वन, विद्युत् प्राधिकरण, शिक्षा विकास, एक्याप, खानेपानीलगायत आधा दर्जन सरकारी कार्यालयहरु प्रमुखविहीन भएका छन् । कोही घर विदामा कोही प्रदेश मन्त्रालयमा वार्षिक प्रतिवेदन बुझाउने बाहनामा प्रमुखले जिल्ला छोडेपछि सरकारी कार्यालय प्रमुखविहीन भएका हुन् । प्रमुख […]

न्यायालयको विकृति, विसंगतिसम्बन्धी अध्ययन समितिको कार्ययोजनामा के छ ?

१० भदौ, काठमाडौं । सर्वोच्च अदालतले आगामी मंसिरदेखि स्वचालित प्रणालीबाट मुद्दाको पेशी तोक्ने भएको छ । न्यायालयमा हुन सक्ने विकृति, विसंगति, अनियमितता वा भ्रष्टाचारबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदनको सुझाव कार्यान्वयन गर्दै सर्वोच्च अदालतले मंसिरदेखि पेशीमा स्वचालित प्रणाली लागू गर्न लागेको हो । न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले साउन १४ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई बुझाएको […]

प्रदेश १ का मुख्यमन्त्री आचार्यले गरे पदभार ग्रहण

१० भदौ, काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट सपथग्रहणपछि आचार्यले पदभार ग्रहण गरेका हुन् । बिहीबार प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएपछि आचार्यलाई  प्रदेश प्रमुख अधिकारीले मुख्यमन्त्रीको शपथ ग्रहण गराएका थिए । मुख्यमन्त्री तथा एमाले संसदीय दलका […]

प्रधानमन्त्री देउवाद्वारा जनगायक ‘जेबी टुहुरे’को निधनमा दु:ख व्‍यक्त

१० भदौ, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को निधनमा दु:ख व्‍यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जनगायक ‘जेबी टुहुरे’को निधनमा दु:ख व्‍यक्त गरेका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ‘कलाकार जुठबहादुर खड्की (जेबी टुहुरे)को निधनको खबरले निकै स्तब्ध भएको छु । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना […]

भालुको पित्तसहित एकजना पक्राउ

१० भदौ, बागलुङ। प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्तसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका-४ होन्द्राफेदी बस्ने ४२ वर्षीय चित्र बहादुर पुन रहेका छन् । उनलाई करीब २ सय ५० ग्राम संरक्षित वन्यजन्तु भालुको पित्तसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बुर्तीबाङले जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको […]

रासायनिक मल ल्याउने वातावरण बनाइदिन भारतसहित पाँच मुलुकसँग नेपालको आग्रह

१० भदौ, काठमाडौं । नेपालले भारतसहितका पाँच मुलुकसँग तत्काल प्रयोगका लागि उपलब्ध हुनेगरी एक लाख ५० हजार मेट्रिकटन रासायनिक मल उपलब्ध गराइदिन आग्रह गरेको छ । देशैभर मल अभाव चर्किएपछि कुटनीतिक च्यानलमार्फत भारत, चीन, बंगलादेश, ओमन र जोर्डनसँग मल खरिदको वातावरण बनाइदिन आग्रह गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । गहुँ सिजनलाई ग्लोबल […]

पर्सामा एक वर्षमै थपियो ९ वटा बीओपी

१० भदौ, वीरगञ्ज । सशस्त्र प्रहरीले एक वर्षमा पर्सामा ९ वटा बोर्डर आउट पोष्ट (बीओपी) थपेको छ । योसँगै पर्सामा सशस्त्र प्रहरीको बीओपीको संख्या १८ वटा पुगेको छ । पछि थप गरिएका ९ वटा बोर्डर आउट पोष्टमध्ये एउटा उद्घाटन गर्न बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ । सामान्य बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ देखि […]

सानेपामा दोस्रो दिन पनि कांग्रेस जिल्ला सभापतिको रिले अनशन

१० भदौ काठमाडौ । क्रियाशील सदस्यता सूची सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरुको रिले अनसन जारी छ । बिहीबार दोस्रो दिन तीन जिल्ला सभापतिहरुले अनशनमा बसेका हुन् । आज तनहुँका जिल्ला सभापति बैकुण्ठ न्यौपाने, डोल्पा जिल्ला सभापति अंगदकुमार बुढा र सुर्खेत जिल्ला सभापति कमलराज रेग्मी अनसनमा बसेका हुन् । त्यस्तै […]

कञ्चनपुरमा लागु औषधसहित दुईजना पक्राउ

१० भदौ, धनगढी । कञ्चनपुरमा लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-६ बसपार्क नजिकै विद्युत कार्यालय अगाडिबाट लागुऔषध खैरो हिरोइनसहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-५ का ३३ वर्षीय सुरेन्द्रराज भट्ट र भीमदत्त नगरपालिका–३ का २८ वर्षीय प्रकाश औजी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज […]

विभिन्न धनमाल चोरी गरेको आरोपमा एकजना पक्राउ

१० भदौ, काठमाडौं। महानगरीय अपराध महाशाखाले विभिन्न धनमाल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर बालकुमारी बस्ने महोत्तरी बर्दिबास नगरपालिका-८ रातोखोला घर भएका ३० वर्षीय झोक्की भन्ने कुमार तोलाङ्गे रहेका छन् । पक्राउ परेका उनको साथबाट प्रहरीले २ थान ल्यापटप र १ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ । करीब […]

जनगायक जेबी टुहुरेको निधन

१० भदौ, काठमाडौं । जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो । १ भदौमा कलंकीस्थित घरमा पक्षघात भएर लडेका उनलाई परिवारका सदस्यले तत्काल अस्पताल पुर्‍याएका थिए । उपचारमा संलग्न डा. रोहन झाका अनुसार अस्पताल पुर्‍याउँदा उनको मस्तिष्कमा रगत जम्नुका साथै हातखुट्टा […]

एमाले केन्द्रीय कमिटी बैठक शुरु

१० भदौ, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बसिरहेको हो । एमालेबाट फुटेर पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले मान्यता पाएपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको हो । १० बुँदे सहमति कार्यान्वयनको सहमति भएपछि माधव नेपाल पक्षका दोस्रो तहका नेताहरु एमालेमै फर्केपछि पहिलो पटक […]

महामारी पनि जीवन बिमा कम्पनीले बढाए नाफा

१० भदौ, काठमाडौं । कोरोना महामारीका कारण अन्य क्षेत्रहरु निकै समस्यामा पर्दा पनि बिमा कम्पनीहरुको व्यवसायमा भने धेरै ठूलो असर परेको छैन । मुलुकमा सञ्चालित जीवन बिमा कम्पनीहरुको मुनाफा अघिल्लो वर्षको तुलनामा गत वर्ष सुधार भएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा सञ्चालनमा रहेका १९ जीबन बिमा कम्पनीहरुले १२ प्रतिशतले खुद मुनाफा बढाएका छन् […]

मधेश भवनभित्र रुख खस्दा पर्खाल भत्कियो, विद्युत अवरुद्ध

१० भदौ, जनकपुरधाम । प्रदेश २ सरकारको प्रमुख प्रशासनिक केन्द्र रहेको मधेश भवनभित्र एउटा रुख खस्दा विद्युत अवरुद्ध भएको छ । लगातारको बर्षाले जनकपुरधामस्थित मधेश भवनभित्रको एउटा रुख खस्दा विद्युतको पोल भाँचिदिँदा विद्युत अवरुद्ध भएको हो । बिहीबार बिहान एक्कासी बडहरको रुख ढल्दा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको निवासको पर्खाल समेत भत्किएको […]

एसिडपीडित आरती साहलाई प्रदेश सरकारको ५ लाख सहयोग

१० भदौ, जनकपुरधाम । आफ्नै पतिबाट एसिडपीडित बनेकी जनकपुरधामकी आरती साहलाई प्रदेश सरकारले रु. ५ लाख सहयोग उपलब्ध गराएको छ । बिहीबार साहलाई मुख्यमन्त्री लालबाबु राउतले ५ लाखको चेक हस्तान्तरण गरेका छन् । २९ साउनमा बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले साहलाई रु ५ लाख सहयोग गर्ने निर्णय गरेको थियो । जनकपुरधाम उप महानगरपालिका वडा नम्बर ४ […]

प्रदेश १ को मुख्यमन्त्री हेरफेर : शेरधन आउट, भीम आचार्य इन

१० भदौ, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन् । नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री हेरफेर अघि नेकपा एमाले संसदीय दलले दलको नेता परिर्वतन गरेको थियो । राईले राजीनामा दिएका थिए भने आचार्य नयाँ दल नेता चुनिएका थिए । प्रदेशसभामा एमालेको एकल बहुमत भएकादे […]

लक्जम्बर्गमा मानव तस्करी : श्यामको सास्ती र विनोदको वेदना

१० भदौ, काठमाडौं । ‘६ वर्ष भयो मैले एउटा जेलमा बसे जस्तो जीवन बिताएको’ श्याम (सम्पूर्ण पीडितहरूको नाम परिवर्तन गरिएको छ)ले मलाई साउन अन्तिम साता लक्जम्बर्गबाट टेलिफोनमा भने । यो लक्जम्बर्गमा एक नेपालीले चलाएको रेस्टुराँका कामदारहरूले भोगेको यातना र उत्पीडनको दृष्टान्त हो । नेपाली मालिकले श्यामसहितका नेपाली कामदारमाथि आर्थिक, शारीरिक र मानसिक शोषण गरेको कथा […]

गृहमन्त्री भन्छन् – दार्चुला घटनाबारे छानबिन समिति रिपोर्ट तयार पार्ने क्रममै छ

१० भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाका जयसिंह धामी प्रकरणबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन तयार पार्ने क्रममै रहेको बताएका छन् । संसदको राज्यव्यवस्था समितिको बिहीबार बसेको बैठकमा गृहमन्त्री खाँणले दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशी नातेदारको उपचारका क्रममा दिल्ली गएको र आफूलाई २/४ दिन लाग्ने खबर गरेको जानकारी दिए । छानबिन […]

अफगानिस्तानमा खुल्न थाले बैंक, पैसा निकाल्नेको भिड

१० भदौ, काठमाडौं । एक साताभन्दा लामो समय बन्द रहेका अफगानिस्तानका बैंकहरु खुल्न थालेका छन् । बैंकहरु खुल्न थालेसँगै बैंकमा पैसा निकाल्नेको भिड देखिएको छ । अगष्ट १५ मा अफगानिस्तानका राष्ट्रपति असर्फ घानीले मुलुक छाड्नुभन्दा केही समयअघि मुलुकका सबै वित्तीय संस्था बन्द भएका थिए । सुरुमा तालिबान काबुल प्रवेश गरेसँगै हुन सक्ने युद्धको आशंकामा सबै […]

भीम आचार्यका भाइ मृत भेटिए

१० भदौ, विराटनगर । नेकपा एमाले सचिव भीम आचार्यका भाइ मृत भेटिएका छन् । आचार्यका भाइ ५९ वर्षीय रामप्रसाद आचार्य घरमै मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरी स्रोतका अनुसार बिहीबार बिहान उनी इनरुवा नगरपालिका-३ स्थित घरमा मृत भेटिएका हुन् । मृत भेटिएको सूचना पाएपछि प्रहरी टोली उनको घर पुगेको छ । जिल्ला प्रहरी […]



from समाचार – Online Khabar https://ift.tt/3BcT0pt
via IFTTT
Powered by Blogger.