Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रदेश २ सरकारले शहीद परिवारलाई रोजगारीको आश्वासन दियो, काम दिएन

११ भदौ, जनकपुरधाम । मधेश आन्दोलनका क्रममा शहीद भएकाहरुको परिवारलाई रोजगारी दिने प्रदेश २ सरकारले योजना अघि सारे पनि यो फलदायी हुन सकेको छैन । प्रदेश सरकार गठन भएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले नै शहीद परिवारका एक जनालाई जागिर दिने निर्णय गरेको थियो । आफ्नो निर्णय बमोजिम ५ माघ, २०७५ मा सिरहाको लहानमा मधेश बलिदानी […]

‘माननीयज्यूहरु राज्यकोषबाटै जुत्तादेखि तौलिया खरिद गर्छन्’

११ भदौ, वीरगञ्ज । प्रदेश २ सरकारले आर्थिक पारदर्शिता र सुशासनको चर्को भाषण गरे पनि व्यवहारमा भने कमजोर रहेको पाइएको छ । प्रदेशमा बजेट नीति, तथा कार्यक्रम तर्जुमा तथा कार्यान्यनका क्रममा विभिन्न बेथिति देखिएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले विभिन्न बेथितिहरुलाई औंल्याएको छ । प्रतिवेदन अनुसार प्रदेश सांसदहरुले राज्यकोषबाटै जुत्ता, […]

क्रिकेटका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा

११ भदौ, काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएका छन् । वर्ल्ड क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिज खेल्न ओमान पुगेका उनले इमेलमार्फत नेपाल क्रिकेट संघ (क्यान)लाई राजीनामा बुझाएका हुन् । क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले मुख्य प्रशिक्षक वाट्मोरले राजीनामा दिएको पुष्टि गरेका छन् । सेप्टेम्बर १३ देखि २० सम्म हुने […]

गरिमाहीन बन्दै राष्ट्रिय संस्था

पार्टी नेताको आदेश पालना भन्दा बाहिर निस्किन नसक्ने उच्चपदस्थ संवैधानिक पदाधिकारीको व्यवहारले मुलुकका राष्ट्रिय संस्था गरिमाहीन हुँदैछन् ।

गण्डकीका होमस्टे : वर्षमा दुई जना पाहुना राखेर १० लाख अनुदान !

११ भदौ, पोखरा । बागलुङको जैमिनी नगरपालिकाको मारुनी सामुदायिक होमस्टेले सामुदायिक भवन बनाउन भन्दै प्रदेश सरकारबाट १० लाख रुपैयाँ अनुदान लियो । स्थानीय तहबाट समेत थप १ लाख ५० हजार रुपैयाँ लिएको उक्त होमस्टेले कुल २५ लाख रुपैयाँमा सामुदायिक भवन बनाइरहेको छ । तर दुई वर्षसम्म पहिलो तलाको ढलान र दोस्रो तलाको पिलरमै सीमित छ […]

कांग्रेस महाधिवेशन : थप १० जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक

११ भदौ काठमाडौं । नेपाली कांग्रेसले ४८ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरेको छ । कांग्रेसको १४ औं महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार ४८ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरिएको हो । भदौ १८ मा निर्धारित वडा अधिवेशनका लागि बिहीबार ३८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको निर्वाचन समितिले शुक्रबार थप […]

म्याद सकिएको खोपको प्रयोगबारे के हो यथार्थ ?

११ भदौ, काठमाडौं । कोरोना भाइरस विरुद्धको खोपको म्यादबारे भ्रममा नपर्न नागरिकलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले म्याद सकिएको खोपको प्रयोग भइरहेको अफवाहका पछि नलागी ढुक्क भएर खोप लगाउन आग्रह गरेका छन् । सरकारले म्याद सकिएको खोप नागरिकलाई दिइरहेकोबारे सामाजिक सञ्जालमा प्रश्न उठेपछि मन्त्रालयले यसलाई अफवाह भएको […]

अफगानिस्तानका मन्त्री, जो जर्मनीमा ‘डेलिभरी ब्वाइ’को काम गर्छन्

११ भदौ, काठमाडौं । सयेम सादात अफगानिस्तानका पूर्व सञ्चारमन्त्री हुन् । दुई वर्षसम्म मन्त्री पदमा रहेका सादातले सन् २०१८ मा आफ्नो पदबाट राजीनामा दिए र, जर्मनीतर्फ लागे । भविष्यको खोजीमा जर्मनीको पूर्वी सहर लेइपजिगमा पुगेका उनी ‘डेलिभरी ब्वाइ’ को काम गरिरहेका छन् । अफगानिस्तानको मन्त्री भइसकेको व्यक्ति ‘डेलिभरी ब्वाइ’ भनेको भन्दै उनले निकै आलोचना पनि […]

हराएको मोटरसाइकल चार वर्षपछि त भेटियो, तर …

११ भदौ, काठमाडौं । बिहीबार दिउँसो २ बजेको समयमा भक्तपुरको बालकोट बस्ने भाइराजा कार्कीको मोबाइलमा घन्टी बज्यो । उनले गोजीबाट मोबाइल झिकेर हेरे, नचिनेको नम्बरबाट फोन आएको रहेछ । उनले फोन रिसिभ गरे । महानगरीय ट्राफिक महाशाखाबाट फोन आएको रहेछ । उनलाई ‘तपाईंको हराएको मोटरसाइकल फेला परेको छ, आवश्यक कागजात लिएर शुक्रबार लिन आउनू’ भनियो […]

दलविहीन भइसकेको महन्थ ठाकुर पक्षको उद्धार गरिदियौं : उपेन्द्र यादव

११ भदौ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले दलविहीन भइसकेको महन्थ ठाकुर पक्षको आफूहरुले उद्धार गरेको बताएका छन् । प्रतिगामीको मतियार बनेर दलदलमा फसेपछि महन्थ ठाकुर पक्षलाई आफूहरुले उद्धार गर्न लगाएको उनको भनाइ छ । जसपाद्वारा शुक्रबार जनकपुरधाममा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘दलदलमा आफैं फसेपछि उद्धार गर्नेबारे सोच्यौं, […]

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, सतर्क रहन प्रशासनको आग्रह

११ भदौ, सप्तरी। सप्तरी र सुनसरीको बीचमा पर्ने सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएको छ । उत्तरी पहाडी जिल्लासहित तराईका विभिन्न जिल्लामा विगत दुई-तीन दिनदेखि लागातार परेको वर्षाका कारण कोशीमा पानीको बहाव बढेको हो । कोशी ब्यारेज कन्ट्रोल रूमका अनुसार शुक्रबार दिउँसोको मापन अनुसार दुई लाख २२ हजार २१५ प्रतिसेकेन्ड क्यूसेक बहाव भइरहेको जनाइएको छ […]

वीरगञ्जमा जथाभावी फोहोर गर्नेलाई कारबाही

११ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले जथाभावी फोहोर फाल्ने तथा सडक अतिक्रमण गर्नेलाई जरिवाना तिराएको छ । जरिवाना बापत गत आर्थिक वर्ष २०७७÷७८ मा ७८ हजार १ सय रुपैयाँ राजश्व संकलन भएको छ । वीरगञ्ज महानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ अन्तर्गत उनीहरुलाई कारबाही गरिएको महानगरले जनाएको छ । ऐनमा कसूर अनुसार ५ सय देखि १ […]

सुर्खेतमा तरुण दलका जिल्ला सदस्यमाथि खुकुरी प्रहार

११ भदौ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा तरुण दलका जिल्ला सदस्यमाथि खुकुरी प्रहार भएको छ । शुक्रबार बेलुका करीब साढे सात बजे वीरेन्द्रनगर नगरपालिका–८ धमला चोकस्थित वीरेन्द्रनगर–४ कालागाउँका सन्तोष गिरीमाथि खुकुरी प्रहार भएको हो । तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टका अनुसार गिरी धमला चोकस्थित एक कटेजमा बसेको अवस्थामा मोटरसाइकलमा आएको एक समूहले खुकुरी प्रहार गरेको […]

अविरल वर्षाका कारण कहाँ के–के भयो ? गृहमा विपद व्यवस्थापन बैठक

११ भदौ, काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका १० जिल्लामा क्षति पुगेको छ । पहिरोका कारण २ जना बेपत्ता र एकजना घाइते छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका-४ मा परिहो जाँदा एक घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घटनामा एकै परिवारका तीनजना बेपत्ता छन् […]

हुण्डी कारोबार गरेको आरोपमा ६ लाखसहित एकजना पक्राउ

११ भदौ, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट ६ लाख रूपैयाँसहित हुण्डी कारोबार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । वीरगञ्ज -१ बस्ने ६० वर्षीय स्वामीनाथप्रसाद साहलाई हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । बिहान साढे ९ बजे प्रहरी चौकी ईनर्वा पर्साको टोलीले वीरगञ्ज-१६ शंकराचार्य गेटमा खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । […]

एकीकृत समाजवादीले आइतबार दलको नेता चयन गर्ने

११ भदौं, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आइतबार संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ । नेकपा एमालेबाट अलग भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले ९ भदौमा नयाँ दलको वैधानिकता पाएको छ । तर दलको नेता भने चयन भएको छैन । दलको नेता चयन गर्न आइतबार संसदीय दलको बैठक बोलाइएको छ । […]

सरकारमा जाने एकीकृत समाजवादीको निर्णय, मन्त्रालय टुंगिएपछि मन्त्री चयन गर्ने

११ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । तर मन्त्री चयन भने मन्त्रालय टुंगो लागेपछि मात्रै गर्ने निर्णय भएको छ । ‘सत्ता साझेदार दलहरुबीच मन्त्रालय टुंगिएपछि मन्त्री चयन गर्ने निर्णय भएको छ,’ एक नेताले भने […]

प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त

११ भदौ, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा २६७ को उपधारा ( ५) बमोजिम  मन्त्रीपरिषद्‌को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्‍मेवारी सम्‍हाल्दै आएका बालाधिकृत रथी  प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त हुँदैछ । […]

प्रदेश १ मा तिवारी र साम्सोहाङ मन्त्री नियुक्त

११ भदौ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दुई जना मन्त्री नियुक्त गरेका छन् । नेता माधवकुमार नेपालको साथ छाडेका लछुमन तिवारी र बलबहादुर साम्सोहाङलाई मुख्यमन्त्री आचार्यले मन्त्रीमा नियुक्त गरेका हुन् । उनीहरुले शुक्रबारै सपथग्रहण गरेका छन् । ताप्लेजुङका साम्सोहाङ सामाजिक विकास मन्त्री बनेका छन् भने तेह्रथुमका सांसद तिवारी उद्योग, पर्यटन, वन तथा […]

बाढी प्रभावितका लागि भारतले दियो ८ करोड बराबरको राहत सामाग्री

११ भदौ, काठमाडौं। भारतले  १५ जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुका लागि ८ करोड बराबरको राहत सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार भारत सरकारको तर्फबाट मिशन उप-प्रमुख श्रीमती नामग्या खम्पाले नेपाली ८ करोड बराबरको राहत सामाग्री नेपाल-भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई हस्तान्तरण गरेकी हुन् […]

एकीकृत समाजवादीको पाँच सदस्यीय स्थायी कमिटी

११ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पाँच सदस्यीय स्थायी कमिटी बनाएको छ । नेकपा एमाले हुँदाकै पाँच जना रहेको स्थायी कमिटी कायम गरेर स्थायी कमिटी बनाएको हो । स्थायी कमिटीमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल छन् । एक नेताका अनुसार यो स्थायी कमिटी तत्कालका लागि […]



from समाचार – Online Khabar https://ift.tt/3ynYUCg
via IFTTT
Powered by Blogger.