Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

माधव नेपाललाई आउन सक्ने कानूनी संकटबारे बालुवाटारमा छलफल

१३ भदौ, काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले प्रतिनिधिसभाको अधिवेशन र बजेटसँगै नेकपा एकीकृत समाजवादीका सांसदहरुमाथि आउनसक्ने कानूनी संकटबारे कानुन व्यवसायीहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार साँझ कानून व्यवसायीहरुसँग छलफल गरेका हुन् । […]

एकीकृत समाजवादीको पहिलो बैठकमा जे देखियो

१३ भदौ, काठमाडौं । नेकपा एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक आइतबार पहिलो पटक बस्यो । संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बिहान ११ बजे बोलाइएको बैठकका लागि अधिकांश सांसदहरु समयमै पुगे । ढिला गरी अध्यक्ष माधवकुमार नेपाल हलभित्र छिरेपछि सांसदहरुले उठेर अभिवादन गरे । नेपाललाई पछ्याउँदै सांसदहरू मुकुन्द न्यौपाने, बेदुराम भुसाल […]

पोखरामा १३ सय किलो एसिडसहित तीन जना पक्राउ

१३ भदौ, पोखरा । कास्कीमा ठूलो मात्रामा तेजाब (एसिड) सहित ३ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका- ४ गैह्रापाटनबाट ग ३ च ११४३ को जिपमा १ हजार किलो र पोखरा २ मोहोरिया टोलस्थित अभिषेक औजार पसलबाट ३ सय ५० किलो एसिड बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए । […]

लुम्बिनीमा मन्त्रालयको संख्या १३ पुर्‍याइयो

१३ भदौ, बुटवल । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएर १३ पुर्‍याएको छ । यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा मुख्यमन्त्री कार्यालयसहित १० मन्त्रालय रहेकामा आइतबार बसेको मन्त्रिपरिषदले १३ पुर्‍याउने निर्णय गरेको हो । अब लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, […]

स्याङ्जामा पहिरोमा परी महिलाको मृत्यु

१३ भदौ, वालिङ । पहिरोले पुरिएर स्याङजाको  राम्दीमा एक महिलाको मृत्यु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दी बजारमा आइतबार घरमाथिबाट ठूला ढुङ्गासहित आएको पहिरोले घर पुरिएर वालिङ नगरपालिका–१४ की ४० वर्षीया धनमाया उम्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए । उनका अनुसार गुल्मीको छत्रकोट–५ की […]

सप्तकोशीमा ठूलो बाढी, उदयपुरको तल्लो क्षेत्र जोखिममा

१३ भदौं, काठमाडौं । केही दिनदेखिको अविरल वर्षापछि सप्तकोशी नदीमा आएको बाढीले उदयपुरको बेलकातर्फ कटान शुरु गरेको छ । आइतबार साँझसम्म सप्तकोशीले निर्धारित धार भन्दा १५० मिटर कटान गरिसकेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । खतराको संकेत देखिएपछि सम्भावित क्षेत्रमा बाँध निर्माण गर्न शुरु गरिएको छ, त्यस क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली […]

स्थानीयको प्रदर्शनपछि जनकपुरधामको पुल्चोकमा सडक मर्मत शुरु

१३ भदौ, जनकपुरधाम । स्थानीयले प्रदर्शन गरेपछि जनकपुरधामको पुल्चोकमा सडक मर्मत शुरु गरिएको छ । सडक मर्मतको माग गर्दै पुल्चोकका बासिन्दाले आइतबार बिहानदेखि सडकमा टायर बालेर बाटो नै अवरुद्ध गरेपछि दिउँसोबाट मर्मतको काम शुरु भएको हो । जनकपुरधाम उपमहानगरपालिकाको समन्वयमा हुलाकी राजमार्ग निर्देशनालय धनुषाले स्काभेटर लगाएर सडक मर्मतको काम शुरु गरेको छ । यो हुलाकी […]

दुईतिहाइ नेपालीमा कोभिड एन्टिबडी !

१३ भदौ, काठमाडौं । दुईतिहाइ नेपालीमा कोभिड-१९ एन्टिबडी बनेको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै गरेको सेरो प्रोभ्यालेन्स सर्भेले ६८.६ मानिसमा एन्टिबडी बनेको पाइएको हो । सर्वेक्षणका क्रममा २१ असारदेखि ३० साउनसम्म ६ महिनाभन्दा बढी उमेरका १३ हजार १६१ व्यक्तिको नमुना संकलन गरिएको थियो । ३ करोड जनसंख्यालाई नै प्रतिनिधित्व गर्ने गरी […]

४९ अंकले घट्यो शेयर बजार, तर घटेन यी कम्पनीका शेयर मूल्य

१३ भदौ, काठमाडौं । साताको पहिलो दिन आइतबार ४९ अंकभन्दा धेरैले शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्यो । नेप्से परिसूचक उच्च अंकले घट्दा पनि केही कम्पनीका लगानीकर्ताहरुले भने राम्रै कमाएका छन् । २ वटा कम्पनीहरुको शेयर मूल्यमा त सकारात्मक सर्किट नै लागेको छ । कुनै पनि कम्पनीको एकै दिनमा १० प्रतिशत भन्दा धेरैले शेयर […]

पछिल्लो ३ दिनमा बाढी-पहिरोबाट ९ जनाको मृत्यु, ४ जना बेपत्ता

१३ भदौ, काठमाडौं । अविरल वर्षापछिको बाढी, पहिरो र डुवानका कारण पछिल्लो ३ दिनमा ९ जनाको मृत्यु भएको छ, ४ जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ १० देखि परेको अविरल वर्षापछिको विपदका कारण ५ जना घाइते भएका छन् र ४२ घर पूर्ण रुपमा क्षति भएको छ । […]

सभामुखले कलंकको टीका लगाए : विशाल भट्टराई

१३ भदौ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्नि सापकोटाले कलंकको टीका लगाएको टिप्पणी गरेका छन् । एमालेले कारबाही गरेर पदमुक्त गर्न सिफारिस गरेका १४ सांसदको पद जोगाएर सभामुख सापकोटाले कलंकको टीका लगाएको उनको भनाइ छ । भट्टराईले एमालेलाई जसरी पनि फुटाउनुपर्छ भन्ने सभामुखको इच्छा पूरा भएको समेत आरोप लगाए । अनलाइनखबरसँग […]

विमानस्थलबाट कसरी भित्रियो ९ करोडको कोकिन ?

१३ भदौ, काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले ‘अपरेशन कोक–२’ चलाएर झण्डै तीन किलो कोकिनसहित ३ विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अफ्रिकी नागरिक ३० वर्षीय स्रिले गेमा र भारतीय नागरिक विजय सिंह र तान्जेनियन नागरिक गेट्यूड लिनर्ड किमारो छन् । पक्राउ परेकामध्ये गामाले महँगो लागूऔषध कोकिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत ३ भदौमा […]

दुर्लभ हुचिलको खुट्टा र पञ्जासहित एकजना थानकोटबाट पक्राउ

१३ भदौ,काठमाडौं । प्रहरीले जिवजन्तु ओखेटोपहार सहित एकजनालाई पक्राउ गरेको छ । चन्द्रागिरि न.पा वड नं. २ नागढुंगा स्थित चेकप्वाईन्टमा विरगंजबाट काठमाण्डौव तर्फ आउँदै गरेको ना ५ ख ५८६४ नम्बरको यात्रुबाहक बसलाई चेक जाँच गर्ने क्रममा जिवजन्तु ओखेटोपहार सहित एक जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख डिएसपी मोहनबहादुर खाँणका अनुसार जिल्ला […]

तेह्रथुम पावरको आईपीओमा २३ लाख ८८ हजारको आवेदन

१३ भदौ, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको साधरण शेयर (आईपीओ)का लागि २३ लाख ८८ हजार भन्दा धेरै जनाले आवेदन दिएका छन् । कम्पनीले भदौ ९ देखि १३ गते (आज) सम्मका लागि आईपीओमा आवेदन दिने मिति तोकेको थियो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता […]

एमाले र जसपा विभाजनपछि संसदमा कुन दलका कति सांसद ?

१३ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी, नेपाल टुक्रिएसँगै संसदीय गणितमा फेरबदल भएको छ । नेकपा (एमाले)बाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेको र जनता समाजवादी पार्टी, नेपाल विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी बनेको अवस्थामा संसदको गणित पनि फेरबदल भएको हो । फेरिएको गणितसँगै प्रतिनिधिसभामा नेकपा (एमाले)को सांसद संख्या ९८ जना […]

खै हामीलाई नागरिकता भन्दै विराटनगरमा प्रदर्शन

१३ भदौ, विराटनगर । विराटनगरका २३ वर्षका अजय पोदारले पढाइ छाडेर एउटा पसलमा काम गर्दै थिए । तर पसलले बैंक खातामा तलब दिने भनेपछि उनले जागिर छाड्नुपर्‍यो । ‘तलब बैंकमा हाल्ने भएपछि जागिर छुट्यो,’ उनले भने, ‘नागरिकता बनेको छैन, नागरिकता नभएपछि बैंकले खाता खोल्दैन ।’ पछिल्लो समय आफू बेरोजगार भएको उनले बताए । अजयका बुबाआमाले […]

एमालेले कारबाही गरेका १४ सांसदको पद नजाने

१३ भदौ, काठमाडौं । नेकपा एमालेले ह्वीप उल्लंघनको आरोपमा निष्कासनको कारबाही गरेका १४ सांसदको पद नजाने भएको छ । एमालेले कारबाही गरी उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा जानकारी गराए पनि संसद सचिवालयले उनीहरु अर्कै दल दर्ता गरी आएकाले कारबाही गर्नु नपर्ने निर्णय गरेको हो । संसद सचिवालय स्रोतले भन्यो ‘निर्वाचन आयोगमा छुट्टै दल दर्ता भएर […]

रोल्पा-पोखरा सम्पर्क समाजको अध्यक्षमा पूर्णबहादुर पुनमगर चयन

१३, भदौ, पोखरा । रोल्पा-पोखरा सम्पर्क समाज कास्कीले आफ्नो २४ औं साधारणसभा तथा छैठौं महाधिवेशन गरेको छ । महाधिवेशनबाट पूर्णबहादुर पुनमगरको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा मनसरा बुढामगर, सचिवमा रामकुमार बुढामगर, सहसचिवमा रमेश विक, कोषाध्यक्षमा तीर्थराज घर्तीमगर चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा मेनका पुनमगर, फर्की घर्तीमगर, घनपति बुढा […]

भोलिसम्म सरकारले पूर्णता पाउँछ : कांग्रेस नेता विश्वकर्मा

१३ भदौ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सोमबार बेलुकासम्म सरकारले पूर्णता पाउने बताएका छन् । सरकारको पक्षमा बहुमत जुटिसकेको उल्लेख गर्दै नेता विश्वकर्माले सोमबार (भोलि) बेलुकासम्म सरकारले पूर्णता आउने प्रतिक्रिया दिएका हुन् । आइतबार रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका दलहरुबीचको सहमति भइसकेकाले अब सरकारलाई पूर्णता दिन ढिलाइ गर्नुपर्ने अवस्था नरहेको […]

बैंकिङ कसूर मुद्दाका चारजना फरार प्रतिवादीहरु पक्राउ

१३ भदौ, मकवानपुर। जिल्ला प्रहरी कार्यालय मकवानपुरले बैंकिङ कसुर मुद्दाका चारजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका- ५ का कौशिमाया स्याङतान, मकवानपुर बकैया गाउपालिका-६ का गंगा लामा, बकैया गाउँपालिका-३ का शिव बहादुर खुलाल र हेटौंडा उपमहानगरपालिका -७ बस्ने दशरथ अर्याल रहेका छन् । उच्च अदालत पाटन हेटौडाको २०७७ भाद्र १३ […]

६ लेन सडकमा २ लेनको पुल, दिनहुँ दुर्घटना

१३ भदौ, पोखरा । १५ फागुन २०७५ को मध्यरातमा हुइँकिएर आएको एउटा मोटरसाइकल पुलमा ठक्कर खाँदा एक युवकको ज्यान गयो । पुलमा ठोक्किएर घाइते भएका पोखरा महानगरपालिका–१ सिम्पानीका २७ वर्षीय ऋषिकेश पहारीको उपचारकै क्रममा मृत्यु भएको थियो । उनीसँगै पछाडि बसेका २८ वर्षीय विमल थापा घाइते भए । सोही वर्षकै पुस १० गते पनि म्याग्दीको […]



from समाचार – Online Khabar https://ift.tt/3jr8yjy
via IFTTT
Powered by Blogger.