समाचार
१४ भदौ, काठमाडौं । टेष्ट राष्ट्र जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजाले विराटनगर वारियर्सबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्ने भएका छन् । सिकन्दर राजालाई इपीएलका लागि अनुबन्ध गरिएको विराटनगरले सोमबार विज्ञप्तिमार्फत जनाएको छ । राजाले जिम्बाब्वेका लागि १७ टेष्ट, १०५ ओडीआई र ४२ टी२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । विराटनगरले पहिलो विदेशी खेलाडीको रुपमा राजालाई […]
१४ भदौ, काठमाडौं । चीनको छेन्दुबाट काठमाडौं आएको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि ओभर सुट गरेको छ । विमानस्थलको भिजिबिलिटी कमजोर भएकाले पाइलटले जहाजलाई ओभरसुट गराएका हुन् । मौसम अनुकूल नभएपछि जहाजले एक घण्टाभन्दा बढी समय आकाशमा फन्को मारेको थियो । आज बिहान साढे ६ बजे अवतरणको समय रहे पनि सो […]
१४ भदौ, काठमाडौं । वरिष्ठ प्रगतिवादी साहित्यकार एवं प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष आनन्ददेव भट्टको निधन भएको छ । अल्जाइमर रोगबाट पीडित भट्टको भट्टको ८५ वर्षको उमेरमा सोमबार बिहान करिब तीन बजेतिर निधन भएको हो । गत महिना अस्पतालमा उपचारपछि उनी कालिकास्थान निवासमा बस्दै आएका थिए । लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा […]
१४ भदौ, काठमाडौं । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा सोमबार बिहानै भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तजनहरु पूजा आराधनाका लागि बिहानै कृष्ण मन्दिर पुगेका हुन्। हिन्दु धर्मकाअनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमीका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ । धर्मग्रन्थमा […]
१४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका लगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन हुने मेयर विद्यासुन्दर शाक्यले बताएका छन् । उनले केही दिन जथाभावि फोहोर नमिल्काउन महानगरवासीलाई आग्रह पनि गरेका छन् । बञ्चरेडाँडामा निर्माणाधिन स्यानिटरी ल्याण्डफिल्ड साइट र सिसडोल ल्याण्डफिल्ड साइटको स्थलगत रिपोर्टिङ गरेर फर्किएका शाक्यले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो कुरा […]
१४ भदौ, काठमाडौं । कक्षा १२ को परीक्षा पटक–पटक स्थगित हुँदा विदेश पढ्न जाने तयारीमा रहेका विद्यार्थीहरु मारमा परेका छन् । गत जेठ २६ गते हुने तय भएको कक्षा १२ को परीक्षा कोरोना महामारी फेरि बढ्न थालेपछि सरकारले स्थगित गरेको थियो । त्यसपछि पुनः साउन ३१ गतेदेखि तय भएको परीक्षा पनि कोरोना महामारीकै जोखिमका कारण […]
१४ भदौ, नवलपुर । स्थानीयवासीले गैँडाकोट नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिदिएका छन् । बुधबार रातिदेखि परेको बर्सातले आफ्ना घर डुबानमा पर्दा पनि जनप्रतिनिधिले बेवास्ता गरेको जनाउँदै उनीहरुले आइतबार तालाबन्दी गरिदिएका हुन् । अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट-सुस्तापूर्व) गैँडाकोट-४ मा २०० भन्दा बढी घर डुबानमा परेको थियो । नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरेर स्थानीयवासीले स्थानीय सरकारले जनतालाई डुबानबाट […]
१४ भदौ, काठमाडौं । सुदूरपश्चिम र कर्णालीवासीले आज गौरा पर्व मनाउँदैछन् । गौरा पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिएका छन् । भाद्र शुक्ल पञ्चमीको दिनदेखि अष्टमीसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा गौरा पर्व मनाइन्छ । यो पर्वमा व्रतालु महिलाहरू गौराघरमा गई शिव र गौरीको पूजा–अर्चना गर्दै पाँच प्रकारका अन्नको मिश्रणबाट […]
१४ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेकी छन् । राष्ट्रपतिले सन्देशमा यस पर्वले सबै नेपालीलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप बलियो बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपतिको सन्देशमा […]
१४ भदौ, बार्सिलोना । एनआरएनए जापानमा स्वस्थ र निष्पक्ष निर्वाचनको भावना विपरीत चुनाव सम्पन्न भएको निर्वाचन समीक्षा समितिले निष्कर्ष निकालेको छ। ६० वटा ग्रुप इमेलहरुबाट दुई हजार ९७० सदस्यहरु दर्ता भएको र त्यसमध्ये दुई हजार ९० मत खसालिएको निष्कर्ष समितिले निकालेको हो । अनलाइनखबरलाई प्राप्त प्रतिवेदनमा प्रत्येक ग्रुप इमेहरुबाट एक देखि ४९६ मतसम्म खसेको उल्लेख […]
१४ भदौ, काठमाडौं । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ । यस पर्वका अवसरमा विगतका वर्षमा काटिएको सार्वजनिक बिदा यस वर्षदेखि पुनः दिन थालिएको छ । जन्माष्टमीका दिन ललितपुरको मंगल बजारस्थित प्रसिद्ध […]
१३ भदौ, काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले प्रतिनिधिसभाको अधिवेशन र बजेटसँगै नेकपा एकीकृत समाजवादीका सांसदहरुमाथि आउनसक्ने कानूनी संकटबारे कानून व्यवसायीहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार साँझ कानून व्यवसायीहरुसँग छलफल गरेका हुन् । […]
१३ भदौ, काठमाडौं । भनिन्छ, संसारमा हरेक कुराको एउटा सीमा हुन्छ । तर, काठमाडौं उपत्यकाको फोहोर बोकेर बसेको नुवाकोटको ओखरपौवास्थित सिसडोलले सीमाभन्दा निकै ठूलो फोहोरकाे पहाड बोकिरहेको छ । तीन वर्षका लागि भनेर बनाइएको सिसडोलको ल्यान्डफिल साइटमा १६ वर्षसम्म फोहोर लाद्ने काम हुँदा पनि व्यवस्थापकहरुले चासो दिएका छैनन् । महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका […]
१३ भदौ, काठमाडौं । शनिबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भयो । देउवा र प्रचण्डले आइतबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरे । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बुटवलबाट फर्किएसँगै सोमबार बिहान ९ बजे गठबन्धनको बैठक बोलाइएको छ । नेताहरुका अनुसार सत्तारुढ दलका शीर्ष […]
१३ भदौ, काठमाडौं । नेकपा एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक आइतबार पहिलो पटक बस्यो । संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बिहान ११ बजे बोलाइएको बैठकका लागि अधिकांश सांसदहरु समयमै पुगे । ढिला गरी अध्यक्ष माधवकुमार नेपाल हलभित्र छिरेपछि सांसदहरुले उठेर अभिवादन गरे । नेपाललाई पछ्याउँदै सांसदहरू मुकुन्द न्यौपाने, बेदुराम भुसाल र […]
१३ भदौ, काठमाडौं । नेकपा एमालेले ह्वीप उल्लंघनको आरोपमा निष्कासनको कारबाही गरेका १४ सांसदको पद नजाने भएको छ । एमालेले कारबाही गरी उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा जानकारी गराए पनि संसद सचिवालयले उनीहरु अर्कै दल दर्ता गरी आएकाले कारबाही गर्नु नपर्ने निर्णय गरेको हो । संसद सचिवालय स्रोतले भन्यो ‘निर्वाचन आयोगमा छुट्टै दल दर्ता भएर […]
अहिले पनि कमलालाई साँझ परेपछि ‘आमा खाना छ ?’ भन्दै छोरो आउँछ कि जस्तो लाग्छ । ‘कति पटक त छोरो आउन पनि सक्छ भनेर बढी भात पकाएँ’ उनी भन्छिन्, ‘अहिले पनि बाटो हेर्छु ।’
१३ भदौ, पोखरा । कास्कीमा ठूलो मात्रामा तेजाब (एसिड) सहित ३ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका- ४ गैह्रापाटनबाट ग ३ च ११४३ को जिपमा १ हजार किलो र पोखरा २ मोहोरिया टोलस्थित अभिषेक औजार पसलबाट ३ सय ५० किलो एसिड बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए । […]
१३ भदौ, बुटवल । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएर १३ पुर्याएको छ । यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा मुख्यमन्त्री कार्यालयसहित १० मन्त्रालय रहेकामा आइतबार बसेको मन्त्रिपरिषदले १३ पुर्याउने निर्णय गरेको हो । अब लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, […]
१३ भदौ, वालिङ । पहिरोले पुरिएर स्याङजाको राम्दीमा एक महिलाको मृत्यु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दी बजारमा आइतबार घरमाथिबाट ठूला ढुङ्गासहित आएको पहिरोले घर पुरिएर वालिङ नगरपालिका–१४ की ४० वर्षीया धनमाया उम्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए । उनका अनुसार गुल्मीको छत्रकोट–५ की […]
१३ भदौं, काठमाडौं । केही दिनदेखिको अविरल वर्षापछि सप्तकोशी नदीमा आएको बाढीले उदयपुरको बेलकातर्फ कटान शुरु गरेको छ । आइतबार साँझसम्म सप्तकोशीले निर्धारित धार भन्दा १५० मिटर कटान गरिसकेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । खतराको संकेत देखिएपछि सम्भावित क्षेत्रमा बाँध निर्माण गर्न शुरु गरिएको छ, त्यस क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली […]
from समाचार – Online Khabar https://ift.tt/3zshwCw
via IFTTT