Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

डाक्टरलाई कालोमोसो दल्नेलाई कारबाही माग गर्दै प्रहरी कार्यालयमा धर्ना

१२ भदौ, बुटवल । राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दल्ने व्यक्ति पक्राउ नपरेको भन्दै स्वास्थ्यकर्मीले प्रहरी कार्यालयमा धर्ना दिएका छन् । अस्पताल विकास समितिका पदाधिकारी, अस्पतालका चिकित्सक र कर्मचारी, निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीले संयुक्त रुपमा शनिबार इलाका प्रहरी कार्यालय तुलसीपुरमा धर्ना दिएका हुन् । प्रहरीले यस […]

वाइसीएललाई प्रचण्डले भने : तपाईंहरु तयार नहुँदासम्म मैले सुख पाउने छाँट छैन

१२ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा युवाहरुलाई नेतृत्व दिने मन भएको बताएका छन् । आफू छिटो भन्दा छिटो राजनीतिबाट विदा हुने चाहना भए पनि युवाहरु तयार नहुँदासम्म सुख पाउने सम्भावना नरहेको बताए । ‘छिटो भन्दा छिटो विदा भएर संस्मरण लेख्न मन छ’  शनिबार आयोजित वाईसीएलको राष्ट्रिय भेलामा उनले भने, […]

भैरहवा वितरक संघको अध्यक्षमा जोशी

१२ भदौ, बुटवल । भैरहवा वितरक संघको प्रथम अधिवेशनले राजकुमार जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा अभिनवमयुर कसौधन, महासचिवमा कुलानन्द पोखरेल, कोषाध्यक्षमा विजयबहादुर कोइरी र सचिवमा धर्मेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा मनिष अग्रवाल, महेन्द्रकुमार गुप्ता, ईश्वरप्रसाद सुवेदी, कपिल ज्ञवाली, मोहन पन्थी र प्रकाश अधिकारी रहेका छन् । […]

वाइसीएलको वेवसाइटको उद्घाटन

१२ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपालले आधिकारिक वेवसाइट सुरुवात गरेको छ । वाइसीएल नेपालले राष्ट्रिय भेलाको अवसर पारेर वाइसीएल नेपालको आधिकारिक वेबसाइट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे । युवा संगठनलाई डिजिटल मैत्री बानाउने भन्दै वाइसीएलले वेबसाइट सञ्चालन गरेको हो । वाइसीएलका महासचिव सुवोध शेर्पालीले संगठनसंवद्ध सबै जानकारी वेबसाइटमार्फत गराइने र देशभरका युवाले सदस्यता लिन चाहेमा अनलाइनमार्फत सहज रुपमा लिन सक्ने व्यवस्था गर्ने बताए । वाइसीएलले […]

पहिरो पन्छाएपछि गुल्मीको रिडी रुद्रावेणी सडक सञ्चालन

१२ भदौ, गुल्मी । अविरल वर्षासँगै गएको पहिरोले अवरुद्ध गुल्मीको रिडी रुद्रावेणी सडक सञ्चालनमा आएको छ । शुक्रबार यो सडक खण्डको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–२ साघुरेमा ढुङ्गा र माटोसहितको पहिरो खसेको थियो । अवरुद्ध बनेको सडक शनिबार दिउँसोबाट सञ्चालनमा आएको अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडीका हवल्दार जगत खनालले बताए । पानी निरन्तर रुपमा परिरहेका कारण पहिरो पन्छाउन ढिलाइ भएको थियो । पहिरो खसिरहेको स्थानमा बुटवलदेखि रुद्रवेणीतर्फ जाँदै गरेको ध १ च १४६ नम्बरको जीप अड्किएको थियो । स्काभेटर प्रयोग गरेर सुरक्षित स्थानमा निकालिएको छ । रिडी रुद्रावेनी सडक जिल्लाकै व्यस्त मानिन्छ । सोही सडक भएर गुल्मी जिल्ला र छिमेकी जिल्ला बाग्लुङसम्म जाने सवारी साधनहरु जाने गर्दछन् ।

गोरखामा ६ वटा गुम्बामात्रै पुनर्निर्माण, ८५ वटा बाँकी

१२ भदौ, गोरखा । गोरखा भूकम्पको ६ बर्ष बितिसक्दा पनि जिल्लामा गुम्बा पुनर्निर्माणले गति लिन सकेको छैन । भूकम्पका कारण ९१ वटा गुम्बामा क्षति पुगे पनि हालसम्म ६ वटाको मात्र पुनर्निर्माण भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइका अनुसार बजेट अभावका कारण ८५ वटा गुम्बा पुनर्निर्माण हुन नसकेको हो । इकाइ प्रमुख […]

पशुपतिनाथको जग्गा अतिक्रमण तीव्र

१२ भदौ, काठमाडौं । पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका– ८ मा रहेको ५३४ रोपनी जग्गाको संरक्षण हुन सकेको छैन । जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्नेक्रम तीव्र बनेको छ । बालुवा खानीका कारण पटकपटक विवादमा आएको यो जग्गा कोषले संरक्षण नगर्दा वरिपरिबाट मिच्नेक्रम रोकिएको छैन । बस्तीका बीचमा धेरै जग्गा खाली […]

कथा : कोट

दीपक बाबु…! सामुन्ने एक ख्याउटे अनुहार देखा पर्छ । मलाई देखेर बैसाखी टेक्दै चउरबाट हुत्तिंदै आएको थियो ऊ । परदेशीले घरदेशी मान्ठा देखेजस्तो फिस्स हाँसिरहेको । असरल्ल दाह्री, नमिलेको फुस्रो कपाल, दुईचार टाँक छिनिएको झुत्रे कमिज । त्यो पनि ठाउँ-ठाउँमा च्यात्तिएर धागै देखिने गरी सिलाएको, पहेंला तर मिलेका दाँत, समग्रमा एक भग्नावशेष जिन्दगी ! ‘म […]

माधव नेपालले सांसदहरुलाई देउवाको पाउमा चढाउँदैछन् : महेश बस्नेत

१२ भदौ, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले माधवकुमार नेपालले मन्त्री पदका लागि सांसदलाई शेरबहादुर देउवाको पाउमा चढाउन खोजेको टिप्पणी गरेका छन् । शनिबार युथ फोर्सले ललितपुरको लुभुमा गरेको कार्यक्रममा उनले नेता नेपालको कडा आलोचना गर्दै मन्त्री पदका लागि सांसदहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाको पाउमा चढाउन लागेको बताए । ‘सुन्दैछु, ६ जनाले मन्त्री खाँदै छन् […]

रुपन्देहीका उद्योगहरुमा बाढी पस्दा करोडौंको क्षति

१२ भदौ, बुटवल । अविरल वर्षापछि आएको बाढीले रुपन्देहीका दर्जनौं उद्योगमा क्षति पु¥याएको छ । तिलोत्तमाको मणिग्रामदेखि दक्षिणतर्फ भैरहवासम्म र भैरहवा–परासी कोरिडोरका उद्योगहरुमा बाढीले बढी क्षति पु¥याएको छ । तिलोत्तमास्थित पञ्चकन्या समूहका प्लास्टिक र स्टिल उद्योगमा बाढी पस्दा करिब दश करोड रुपैयाँको क्षति भएको पञ्चकन्या समूहका नायब महाप्रबन्धक देवेन्द्र साहूले बताए । उद्योगमा उत्पादनका लागि […]

टेलिकमका कर्मचारीको आन्दोलन स्थगित

१२ भदौ, काठमाडौं । आन्दोलनरत नेपाल टेलिकमका कर्मचारी आन्दोलन स्थगित गर्न तयार भएका छन् । कम्पनीसँग शनिबार २९ बुँदे सम्झौता भएपछि कर्मचारीले आन्दोलन स्थगित गरेका हुन् । टेलिकमको सञ्चालक समितिले पारित गरेको कर्मचारी विनियमावलीप्रति असन्तुष्ट कर्मचारी युनियनहरुले कम्पनीको आम्दानी खस्किएको र ठूला परियोजनामा भएका लगानीले प्रतिफल दिन नसकेको लगायतका मुद्दा उठाउँदै धर्ना बसेका थिए । […]

एक-दुई पात खस्दैमा रुखलाई केही फरक पर्दैन : ओली

१२ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित केही नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताएका छन् । ललितपुरको महालक्ष्मी नगरपालिकामा शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘एक–दुई पात खस्दैमा पिर मानेर रुख ढल्दैन । एकदुइटा पात पहेँलिएर झर्छन्, अर्को टुसो आउँछ । अहिले हेर्नुस् त कमिटीहरुको […]

माधव नेपालको रोडम्याप : सत्ता, संगठन र गठबन्धन

११ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले गठबन्धन सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा एकीकृत समाजवादी सहभागी हुने यसअघि नै तय थियो । तर २ भदौमा एमालेबाट अलग भएको यो दलले वैधानिकता नपाएकाले मन्त्रिपरिषद् […]

सब स्टेशनमा क्षति पुगेपछि परासीमा विद्युत आपूर्ति बन्द

१२ भदौ, बुटवल । वर्षा र डुवानले विद्युत सबस्टेशनमा क्षति पुर्‍याउँदा पश्चिम नवलपरासीको सदरमुकाम परासीमा विद्युत आपूर्ति बन्द भएको छ । नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवका अनुसार वर्षा र डुवानका कारण परासी सब स्टेशनको ब्रेकर लगायतका अन्य प्राविधिक उपकरणमा पानी जमेको छ । त्यसैले तत्कालै सब स्टेशनबाट विद्युत आपूर्ति गर्ने अवस्था […]

सुदूरको प्राविधिक शिक्षाका अगुवा नन्दलाल

२६ साउन, धनगढी । २०५५ सालमा सुदूरपश्चिममै पहिलो पटक सबओभरसियर को पठनपाठन सुरुवात गर्दा नन्दलाल चटौत अन्योलमा थिए । कञ्चनपुरको महेन्द्रनगरमा वैजनाथ स्कुल अफ टेक्नोलोजी स्थापना गरेर सब ओभरसियर पढाइ सुरु गरे पनि विद्यार्थी धेरै नहुँदा निरन्तरता दिन सकिँदैन कि भन्ने आशंका थियो । त्यतिबेला सुदूरपश्चिममा प्राविधिक शिक्षा नै नौलो थियो । कलेजमा ४० जना […]

सरकारलाई पूर्णता दिन प्रधानमन्त्री र प्रचण्डबीच छलफल

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकार विस्तारका विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । भेटका क्रममा सरकारलाई यथाशीघ्र पूर्णता दिनेबारे कुरा भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटले जानकारी […]

महाधिवेशनमा केन्द्रित हुने पौडेल समूहको निर्णय, जिल्ला सभापतिको अनशन आज तोडिने

१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूको जारी अनशन आज तोडिने भएको छ । क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका बारेमा बनाइएको दोहोरो मापदण्ड खारेज गर्नुपर्ने लगायतका माग राखेर जिल्ला सभापतिहरु चार दिनदेखि रिले अनशनमा छन् । शुक्रबार साँझ सभापति शेरबहादुर देउवाले माग सम्बोधन गर्ने बताएपछि जिल्ला […]

याम्बुनेर : मासिन्याहरूको कथा

कथासंग्रह ‘याम्बुनेर’को शुरुआतमा कथाकार बिना थिङ लेख्छिन्- हाम्रो लागि याम्बूसम्मको दूरी धेरै फराकिलो हो । यो भूगोलको होइन, पहुँच र प्राप्तिको सन्दर्भ हो । याम्बु, अर्थात् एक तामाङको लागि ‘तात्कालीन नेपाल’ । स्वाभाविक रुपले बिना थिङ ‘तामाङ’को लागि पनि । अर्थात् अहिलेको काठमाडौं उपत्यकालाई याम्बु भनिन्थ्यो । र एक तामाङको आँखाबाट याम्बु अन्य जातिको लागि […]

बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष यादवको निधन

१२ भदौ, काठमाडौं । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । शुक्रबार राति एक्कासी बिरामी भएका गाउँपालिकाका अध्यक्ष यादवको राति नै नेपालगन्ज नर्सिङहोममा मृत्यु भएको हो । ब्लड प्रेसर घटेपछि शुक्रबार साँझ ६ बजे अस्पताल पुर्‍याइएका यादवको राति एक बजे निधन भएको हो । अध्यक्ष यादवको शव बिहान घर लगिएको छ । […]

दीपाश्रीको रामकहानी : त्यो पुरानो स्टोभ, कराही र काठमाडौंको डेरा

प्रकाशका दुई भेद छन्- उज्यालो र अँध्यारो । जब कोही उज्यालोमा उभिन्छ, उसलाई छर्लङ्ग देखिन्छ । दृश्यहरू स्पष्ट हुन्छन् । त्यहाँ सबैको दृष्टि पर्छ । तर, अँध्यारोमा ? अँध्यारोमा त आफ्नै छायाँले पनि साथ छाड्छ । यो उनको अँध्यारो दिनहरूको कथा हो, जतिबेला उनलाई कसैले देख्दैनथे, चिन्दैनथे । जिन्दगानीमा अभावको क्षेत्रफल ठूलो थियो । दुःखको […]

देउवासँगको सहमतिपछि छलफलमा जुट्यो पौडेल समूह

१२ भदौ, काठमाडौं । महाधिवेशनबारे देखिएका व्यवहारिक कठिनाइहरुलाई सम्बोधन गर्नेबारे नेपाली कांग्रेसमा सहमति जुटेको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच शुक्रबार साँझ बालुवाटारमा भएको छलफलमा कार्यतालिका अनुसार महाधिवेशन प्रक्रिया अगाडि बढाउने र जिल्ला सभापतिहरुको माग सम्बोधन गर्नेबारे सहमति भएको हो । सभापति देउवासँगको सहमतिबारे ब्रिफिङ गर्न पौडेल […]



from समाचार – Online Khabar https://ift.tt/3BlWpm4
via IFTTT
Powered by Blogger.