समाचार
१४ भदौ, गल्कोट । बागलुङको धौलागिरी अस्पताल परिसरमा अक्सिजन प्लान्ट स्थापना गरिने भएको छ । असार अगावै प्लान्ट निर्माण गर्ने भनिए पनि समयमै बजेट नआउँदा दुई महिना ढिला भएको अस्पतालले जनाएको छ । अस्पतालको स्तरोन्नति गरी २०० बेडको प्रदेशस्तरीय उपप्रादेशिक अस्पताल बनाउन लागिएकाले यसलाई पुग्ने गरी र जिल्लाका अन्य अस्पताल तथा स्वास्थ्यचौकीमा पठाउन सकिने गरी […]
१४ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी गठनमा साथ दिएका नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालको साथ छाडेका छन् । सोमबार फेसबुकमा उनले आफूले माधव नेपालबाट धोका पाएको टिप्पणी गरेका छन् । पार्टीको मार्गदर्शक सिद्धान्तमा जनताको बहुदलीय जनवाद उल्लेख गर्नुपर्ने आफ्नो अडान रहेको भन्दै नेता नेपालले भनेका छन् ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम […]
१४ भदौ, राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न तयारी थालिएको छ । अस्पतालमा तीन करोड ७३ लाख रुपैयाँ बराबरको अक्सिजन प्लान्ट ल्याइएको र चाँडै नै जडान गरिने मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जीत झाले जानकारी दिए । साथै लिक्विड सिलिण्डर र टुयुबसमेत ल्याएइको, अक्सिजन प्लान्ट स्थापनाका लागि अस्पतालमा ‘सेट’ तयार भइसकेको उनले […]
१४ भदौ, धादिङ । धादिङको जिल्ला सदरमुकाम धादिङबेसी नजिकैको बगैंचाभन्ने स्थानमा सोमबार भएको मिनी ट्रक दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जनालाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । ज्वालामुखी गाउँपालिका–५ खरीबाट धादिङबेसी आउँदै गरेको मिनी ट्रक ब्रेक फेल हुँदा अनियन्त्रित भएर रोकीराखेको बा ३ ख ५७४४ नम्बरको टिपरमाा ठोक्किँदा दुर्घटना भएको […]
१४ असार, काठमाडौं । काठमाडौं उपत्यकाभर बाहिर फालिएका फोहोर समेत नउठेर दुर्गन्ध फैलिरहेको छ । सडक, नदी किनार, गल्ली र चोकमा फोहोरको डंगुर छन्, घर-घरमा थुप्रिएको फोहोर उठाउन जनताले महानगरपालिका र नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीलाई खोजिरहेका छन् । सोमबार काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावाली माइतीघर-तीनकुने खण्डमा नगरप्रहरी प्रहरीसँगै देखा परे । नगर प्रहरी […]
१४ भदौ, काठमाडौं । तीन मानवअधिकारवादी संस्थाले बलपूर्वक बेपत्ता पारिएका घटनामा सत्य निरुपण र न्याय प्रदान गर्नमा अवरोध नगर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । संक्रमणकालीन न्यायसम्बन्धी सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन गरी बलपूर्वक बेपत्ताका घटना र अन्तर्राष्ट्रिय कानूनअन्तर्गतका अन्य जघन्य अपराधका घटनालाई नियमित अदालतमार्फत अघि बढाउनुपर्ने पनि उनीहरुको भनाइ छ । एमनेस्टी इन्टरनेशनल, ह्युमन […]
१४ भदौ, काठमाडौं । टेकुमा आगलागी भएको छ । काठमाडौं प्रहरी परिसर, टेकु छेउमा रहेको एक घरमा आगलागी भएको हो । आगो नियन्त्रणका लागि एउटा दमकल पुगेको छ । आगो कसरी लाग्यो भन्ने विषय नखुलेको काठमाडौंका एसपी रमेश बस्नेतले अनलाइनखबरलाई बताए ।
१४ भदौ, काठमाडौं । धादिङको ज्वालामुखी गाउँपालिका–५ स्थित खरीबाट जिल्ला सदरमुकाम धादिङबेसी आउँदै गरेको मिनी ट्रक दुर्घटनामा परेको छ । दुर्घटनामा परी ३५ जना घाइते भएको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सेनाले जानकारी दिए । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको उनले बताए । सदरमुकाम नजिकैको बगैंचा भन्ने स्थानमा सोमबार बिहान साढे ९ बजेको समयमा बा […]
१४ भदौ, बुटवल । बुटवल उपमहानगरपालिकामा पर्ने सिद्धार्थ राजमार्गको ट्राफिकचोक, अस्पताललाइन, मिलनचोक र राजमार्ग चौराहा क्षेत्रको सडकमा हिजोआज खाल्डैखाल्डा छन् । यही सडक भएर दिनहुँ प्रदेशका मुख्यमन्त्री, मन्त्रीदेखि सांसदहरु आवतजावत गर्छन् । तर बुटवलको सबैभन्दा बढी सवारी चाप हुने यो सडक मर्मत सम्भारमा कुनै निकायले ध्यान दिएको छैन । खाल्डाखुल्डीका कारण मोटरसाइकल र साना सवारी […]
१४ भदौ, सप्तरी । सप्तरीमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको महादेवा गाउँपालिका वडा नम्बर १ पकरी निवासी ५३ वर्षीया अमिरका देवी सदा रहेको प्रहरीले जनाएको छ । पानी लिन कलतर्फ जाने क्रममा मोटरमा जोडिएको विद्युतको तारमा खुट्टा पर्न जाँदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर सिकिस्त भएकी उनको उपचारका […]
१४ भदौ, काठमाडौं । आगामी भदौ २० गतेदेखि काठमाडौंका दुई वटा लाइसेन्स कार्यालयले सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक (ट्र्रायल) परीक्षा पुन सुरु गर्ने भएका छन् । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै गत वैशाख १६ गतेबाट देशभर लाइसेन्सको परीक्षा बन्द भएको थियो । यातायत व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार भदौ २० गतेपछि क्रमैसँग […]
१४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् । १३औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बनेका थिए । त्यसबेला सिटौला समूहबाट उम्मेदवार […]
१४ भदौ, दार्चुला । दार्चुलाका विभिन्न भेगमा आएको बाढी र पहिराका कारण तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । आइतबार राति आएको बाढीपहिराले दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा भौतिक तथा मानवीय क्षति गरेको हो । पहिराले घर पुरिँदा दुहुँ गाउँपालिका–१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमती कौशा महरको […]
१४ भदौ, मोरङ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने भगवान श्री राधाकृष्णको भव्य रथयात्रा यसपटक पनि खटयात्रामा राखी नगर परिक्रमा गरिने भएको छ । श्रीराधाकृष्ण रथयात्रा समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले यस वर्ष पनि कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी राधाकृष्णको रथयात्रा गाडीमा राखेर नगर परिक्रमा गरिने जानकारी दिए । ९०औं संस्करणको राधाकृष्ण रथयात्रा […]
१४ भदौ, बुटवल । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु)डा.विनोद सिंहमाथि मोसो दल्नेलाई प्रहरीले पक्राउ नगरेको विरोधमा घोराहीमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । दोषीलाई कारबाही र स्वास्थ्यकर्मीलाई सुरक्षाको माग गर्दै अस्पतालको आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेर स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन्। । एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला संयोजक […]
१४ भदौ, काठमाडौं । अर्थ मन्त्रालयमा सरुवा भई आएका सचिवहरुलाई अर्थमन्त्री जनार्दन शर्माले स्वागत गरेका छन् । आइतबार अर्थमन्त्री जनार्दन शर्माले राजश्व सचिव कृष्णहरि पुष्कर कर्ण र महालेखा नियन्त्रक सचिव सुमनराज अर्याललाई स्वागत गरेका हुन् । अब अर्थ मन्त्रालयमा उच्च पदस्थ अधिकारीको टीमले पूर्णता पाएको छ । मन्त्री शर्माले मन्त्रालय अन्तर्गतका तीन जना सचिवको विशिष्ट […]
१४ भदौ, धादिङ । गजुरी गाउँपालिका-५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज सोमबार दुईजनाको मृत्यु भएको छ । अविरल वर्षाका कारणले पहिराले रुख ढलेर तार छिनेको र बनाउन जाने क्रममा विद्युत् प्राधिकरणको पोलमा भर्याङ राख्दा पोलमा सर्ट भएपछि सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए । मृत्यु […]
१४ भदौ, काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि सहजीकरण गर्न नेताहरु खटाएको छ । प्रदेश, जिल्ला र मातहतका कमिटीका साथै जनसंगठनहरुमा १० बुँदे कार्यान्वयनका लागि सहजीकरण गर्न नेताहरु खटाएको हो । अन्तर पार्टी निर्देशन (अपानी) अनुसार प्रदेश १ मा भीम आचार्य, सुवास नेम्बाङ, शेरधन राई, देवराज घिमिरे र टंक आङबुहाङ तथा प्रदेश […]
१४ भदौ, काठमाडौं । अध्यक्ष रवीन्द्र मिश्रको राजनीतिक प्रतिवेदन नआएको भए विवेकशील साझा पार्टीका नेता कार्यकर्ता अहिले एकता महाधिवेशनको तयारीमा जुटिरहेका हुन्थे । चुनावसम्मको एजेण्डाबारे आन्तरिक छलफल र बैठक चलिरहेको हुन्थ्यो । तर मिश्रले राजसंस्थाको वकालत गर्दै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव अघि सारेपछि पार्टीको औपचारिक बैठक र छलफल अहिले ठप्प […]
१४ भदौ, काठमाडौं । कोरोना भाइरसको उत्पत्तिबारे नेपालले वस्तुगत र निष्पक्ष अडान लिएको भन्दै चीनले प्रशंसा गरेको छ । साथै चीनले कोरोना भाइरस उत्पत्तीको विषयलाई राजनीतिकरण गर्न भएका प्रयासलाई चिर्न मिलेर काम गर्न चाहेको उल्लेख गरेको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले सोमबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै कोरोना भाइरसको उत्पत्तिको बारेमा नेपालले चीनलाई महत्वपूर्ण सहयोग […]
१४ भदौ, काठमाडौं । अफगानिस्तानको काबुल एयरपोर्टलाई लक्षित गरी पाँचओटा रकेट आक्रमण भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार सोमबार भएको यो आक्रमणलाई अमेरिकी एन्टी मिसाइल सिस्टमले बीचमै नष्ट गरिदिएको छ । अहिलेसम्म कुनै क्षति भएको समाचार आएको छैन । अहिले अमेरिकाले अफगानिस्तानबाट आफ्ना नागरिकको उद्धारको काम गरिरहेको छ । मंगलबार अमेरिका अफगानिस्तानबाट पूर्णरुपमा बाहिरिँदै […]
from समाचार – Online Khabar https://ift.tt/38lJWCk
via IFTTT