समाचार
१० भदौ, काठमाडौं । कोरोना महामारीका कारण अन्य क्षेत्रहरु निकै समस्यामा पर्दा पनि बिमा कम्पनीहरुको व्यवसायमा भने धेरै ठूलो असर परेको छैन । मुलुकमा सञ्चालित जीवन बिमा कम्पनीहरुको मुनाफा अघिल्लो वर्षको तुलनामा गत वर्ष सुधार भएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा सञ्चालनमा रहेका १९ जीबन बिमा कम्पनीहरुले १२ प्रतिशतले खुद मुनाफा बढाएका छन् […]
१० भदौ, जनकपुरधाम । प्रदेश २ सरकारको प्रमुख प्रशासनिक केन्द्र रहेको मधेश भवनभित्र एउटा रुख खस्दा विद्युत अवरुद्ध भएको छ । लगातारको बर्षाले जनकपुरधामस्थित मधेश भवनभित्रको एउटा रुख खस्दा विद्युतको पोल भाँचिदिँदा विद्युत अवरुद्ध भएको हो । बिहीबार बिहान एक्कासी बडहरको रुख ढल्दा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको निवासको पर्खाल समेत भत्किएको […]
१० भदौ, जनकपुरधाम । आफ्नै पतिबाट एसिडपीडित बनेकी जनकपुरधामकी आरती साहलाई प्रदेश सरकारले रु. ५ लाख सहयोग उपलब्ध गराएको छ । बिहीबार साहलाई मुख्यमन्त्री लालबाबु राउतले ५ लाखको चेक हस्तान्तरण गरेका छन् । २९ साउनमा बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले साहलाई रु ५ लाख सहयोग गर्ने निर्णय गरेको थियो । जनकपुरधाम उप महानगरपालिका वडा नम्बर ४ […]
१० भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाका जयसिंह धामी प्रकरणबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन तयार पार्ने क्रममै रहेको बताएका छन् । संसदको राज्यव्यवस्था समितिको बिहीबार बसेको बैठकमा गृहमन्त्री खाँणले दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशी नातेदारको उपचारका क्रममा दिल्ली गएको र आफूलाई २/४ दिन लाग्ने खबर गरेको जानकारी दिए । छानबिन […]
१० भदौ, काठमाडौं । एक साताभन्दा लामो समय बन्द रहेका अफगानिस्तानका बैंकहरु खुल्न थालेका छन् । बैंकहरु खुल्न थालेसँगै बैंकमा पैसा निकाल्नेको भिड देखिएको छ । अगष्ट १५ मा अफगानिस्तानका राष्ट्रपति असर्फ घानीले मुलुक छाड्नुभन्दा केही समयअघि मुलुकका सबै वित्तीय संस्था बन्द भएका थिए । सुरुमा तालिबान काबुल प्रवेश गरेसँगै हुन सक्ने युद्धको आशंकामा सबै […]
१० भदौ, विराटनगर । नेकपा एमाले सचिव भीम आचार्यका भाइ मृत भेटिएका छन् । आचार्यका भाइ ५९ वर्षीय रामप्रसाद आचार्य घरमै मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरी स्रोतका अनुसार बिहीबार बिहान उनी इनवरुवा नगरपालिका– ३ स्थित घरमा मृत भेटिएका हुन् । मृत भेटिएको सूचना पाएपछि प्रहरी टोली उनको घर पुगेको छ । जिल्ला […]
१० भदौ, विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । बिहीबार विराटनगरको होटल एसियाटिकमा बसेको संसदीय दलको बैठकबाट आचार्य दलको नेता चयन भएका हुन् । मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा चयन भएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । आचार्यलाई […]
१० भदौ, जाजरकोट । जाजरकोटमा जडीबुटी प्रशोधन केन्द्रको निर्माण सुरु गरिएको छ । करिब आठ करोड लगानीमा सरकारी स्वामित्वको प्रशोधन केन्द्रको निर्माण कार्य सुरु गरिएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिए । भेरी नगरपालिका-३ को राताचौरमा निर्माण सुरु गरिएको यो प्रशोधन केन्द्र कर्णाली प्रदेशकै पहिलो रहेको उनको भनाइ छ । […]
१० भदौ, सुर्खेत । नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलन-२०२१ सुर्खेतको वीरेन्ऽनगरमा हुने भएको छ । नेपाल जेसीजको आयोजना र वीरेन्द्रनगर जेसीजको आतिथ्यमा यही भदौ ११ र १२ गते सम्मेलन हुन लागेको आयोजकले जनाएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको सम्मेलन निर्देशक नन्दबहादुर बिसीले जानकारी दिए । सम्मेलनको उद्घाटन कर्णाली प्रदेश सरकारका […]
१० भदौ, काठमाडौं । माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालले भर्चुअल विधिबाट राष्ट्रिय भेला आयोजना गर्दै छ । भदौ १२ र १३ गते हुने भेलाले वाइसिएलको नयाँ नेतृत्व चयन गर्ने छ । वाइसिएलका वर्तमान केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) लाई पार्टीले वाइसिएलको र युवा विशेष जिल्ला समितिको इञ्चार्जको जिम्मेवारी दिएकाले उनीबाहेकले अब वाइसिएलको नेतृत्व गर्नेछन् […]
१० भदौ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाा सिजनको बिग बास लिग (बीबीएल) खेल्ने पक्का भएको छ । होबार्टले बिहीबार नयाा सिजनका लागि सन्दीपलाई पुनः अनुबन्ध गरिएको जनाएको छ । होबार्टले सन्दीपलाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । गत सिजन सन्दीपले होबार्टबाटै खेलेका थिए । उनले ८ खेलमा […]
१० भदौ, बार्सिलोना । ‘राजनीति आस्था र विचार मान्छेमा हुनसक्छ त्यो स्वभाविक हो । तर एनआरएनएभित्र पुगिसकेपछि त्यसलाई बाहिर नै राखेर छिर्नुपर्छ । मन्दिर दर्शन गर्दा जुत्ताचप्पल बाहिर खोले जस्तै ।’ डायस्फोराका नेपालीलाई यो कथनले वाक्कदिक्क बनाएको छ । अझ एनआरएन निर्वाचनका बेलामा त सबैको मुखमा यही नै झुण्डिएको हुन्छ । तर व्यवहारिक रूपमा भने […]
१० भदौ काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले महाधिवेशनबाट नेतृत्व चयन मात्र नभई सबै नागरिकलाई जोड्न सक्ने नीति अख्तियार गर्नुपर्ने बताएकी छन् । उनले पार्टीको १४औं महाधिवेशन कांग्रेसका लागि ऐतिहासिक हुने भन्दै नेतृत्वसँगै आमनागरिकलाई जोड्ने नीति र एजेण्डा तय गर्नुपर्ने बताइन् । ‘महाधिवेशन समग्र कांग्रेसको आन्तरिक जीवनसँगसँगै अहिलेको राजनीतिक परिप्रेक्ष्यमा कांग्रेसलाई अगाडि […]
१० भदौ, काठमाडौं । अमेरिका र बेलायतले अफगानिस्तानको काबुल विमानस्थलमा आक्रमण हुनसक्ने चेतावनी जारी गरेका छन् । काबुल विमानस्थल हुँदै बाहिरिनका लागि विमानस्थल बाहिर र भित्र हजारौं सर्वसाधारणले प्रतीक्षा गरिरहेको बेला दुवै देशले सुरक्षा खतराको चेतावनी जारी गरेका हुन् । विमानस्थलमा पुगिसकेकाहरुलाई पनि त्यहाँबाट फर्किन भनिएको छ । अमेरिकी विदेश विभागले जारी गरेको अलर्टमा विमानस्थलको […]
१० भदौ, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले ल्याएको अध्यादेशलाई बाध्ययात्मक भएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको अध्यादेशलाई एमाले फुटाउने षडयन्त्र भएको भन्दै आलोचना भैरहँदा सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले अध्यादेश संसदको स्थिरताका लागि ल्याइएको जिकिर गरेका हुन् । बुधबार निर्वाचन क्षेत्र सुनसरी पुग्नु भएका मन्त्री कार्कीले ओली […]
१० भदौ, काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । एमालेबाट फुटेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले मान्यता पाएपछि एमाले बैठक बस्न लागेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक आज दिउँसा १२ बजे बोलाएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल श्रेष्ठ […]
१० भदौ, विराटनगर । नेकपा (एमाले) प्रदेश १ संसदीय दलले आज बैठक बोलाएको छ । पार्टी विभाजनपछि पहिलो पटक आज बैठक बोलाइएको हो । बिहीबार बिहान ९ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईलाई राजीनामा गराउने तयारी रहेको स्रोतको भनाइ छ । राईको राजीनामापछि माधवकुमार नेपालको साथ छोडेका एमाले सचिव भीम आचार्यलाई […]
१० भदौ, काठमाडौं । आईसीसी यु-१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै हुने भएको छ । आईसीसीले बुधबार अमेरिका, एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रको छनोट कोभिड-१९ का कारण रद्द भएको जनाएको छ । छनोट रद्द भएपछि अमेरिका क्षेत्रबाट क्यानडा, एसियाबाट युएई र इस्ट एसिया प्यासिफिकबाट पपुवा न्यु गिनी सिधै यु-१९ विश्वकपकमा छनोट भएका छन् । […]
९ भदौ काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील विवाद टुंग्याएको भनिएको दुई दिन नवित्दै रामचन्द्र पौडेल पक्षधर जिल्ला सभापतिहरुले केन्द्रीय कार्यालयमा रिले अनसन सुरु गरे । पहिलो दिन बुधबार नुवाकोट जिल्ला सभापति जगदीश्वरनर सिंह केसी, काभ्रे जिल्ला सभापति मधु आचार्य र धादिङ जिल्ला सभापति रमेश धमलासँगै नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष रञ्जित कर्ण र नेविसंघ नेता डिल्लीराज […]
९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसको निम्तोमा आएका चौथाइवाले र कांग्रेस उपसभापति निधिबीच बुधबार बिहान भएको एक घण्टा लामो भेटवार्तामा नेपाल भारत सम्बन्धका बिषयमा कुराकानी भएको थियो । भेटका क्रममा उपसभापति […]
९ भदौ, काठमाडौं । नेपालले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि चिसिएको सम्बन्धका कारण भारतसँगको सीमा व्यवस्थापनसम्बन्धी अन्य दुईपक्षीय संयन्त्रका बैठक र नियमित कामसमेत ठप्प भएका छन् । दुवै देशका सरकारी अधिकारीले कोरोना महामारीका कारण यस्ता द्विपक्षीय बैठक र सीमामा गर्नुपर्ने काम हुन नसकेको दावी गरेका छन् । तर कालापानी, लिपुलेक र लिम्पियाधुराका सम्बन्धमा उत्पन्न विवादको […]
from समाचार – Online Khabar https://ift.tt/3kuSQDn
via IFTTT





















