समाचार
१० भदौ, पोखरा । भारतीय लगानीकर्ताले पोखराको मणिपाल शिक्षण अस्पताल बिक्री गरेको छ । २०५१ सालमा ४९ वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने गरी अस्पताल र शिक्षण अस्पताल सञ्चालन गरेको मणिपाल समूहले म्याद नसकिँदै बिक्री गरेको हो । उक्त कलेज पोखराका व्यवसायी आनन्दराज बतासको बतास अर्गनाइजेसन र नारायण पौडेलको अटोवेज प्रालिले खरीद गरेका छन् । कलेज […]
१० भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावपछि ५ वर्ष सक्रिय राजनीति गर्ने योजना रहेको बताएका छन् । २००९ फागुनमा जन्मिएका नेपालले भर्खरै नेकपा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी बनाएका छन् । निर्वाचन आयोगले नयाँ दललाई मान्यता दिएपछि बिहीबार आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले बुढो हुँदासम्म पदमा बसिरहने […]
१० भदौ, काठमाडौं । इन्टरनेट अत्यावश्यक सेवाको सूचीमा छ । तर, इन्टरनेट सेवामा विभिन्न किसिमबाट सरकारले करिब ४२ प्रतिशतसम्म कर उठाइरहेको छ । इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आइस्पान)ले गरेको विश्लेषणअनुसार सरकारको करका कारण नै इन्टरनेट सेवा महँगिँदै गएको छ । सेवा प्रदायकको खर्च र निश्चित प्रतिशत मुनाफाबाहेक इन्टरनेट सेवामा ग्राहकले तिर्ने शुल्क सरकारले करका रुपमा प्रत्यक्ष्य […]
१० भदौ, काठमाडौं । भारतले अफगानिस्तानकी एक महिला सांसद्लाई फिर्ता पठाएको छ । टर्कीको इस्तालबुलबाट एक साताअघि भारतको नयाँदिल्ली आएकी अफगानिस्तानकी महिला सांसद रञ्जिना कारगारलाई पुनः टर्की फिर्ता पठाइएको हो । भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार कारगार अगष्ट २० मा दुबई फ्लाइटबाट नयाँ दिल्ली आएकी थिइन् । फरयाब प्रान्तबाट वोलेसी जिग्राको सदस्यको रुपमा प्रतिनिधित्व गर्दै […]
१० भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता परिर्माजन गर्नुपर्ने बताएका छन् । दल दर्ताले मान्यता पाएपछि बिहीबार आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले साबिकको नेकपामा झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन अनुसार अघि बढ्ने बताए । उनले अघि भने, ‘परिमार्जन गरेर नेपालको हितमा प्रयोग […]
१० भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले पानी जहाज कम्पनी खोल्न आवश्यक नभएको बताएका छन् । नयाँ दलले मान्यता पाएपछि बिहीबार आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले विकास निर्माणबारे पार्टीको अवधारणा सार्वजनिक गरेका हुन् । ‘पानी जहाज कम्पनी खोल्न आवश्यक छैन, मेची महाकाली रेल कुदाउने अवस्था पनि छैन,’ उनले भने, ‘सडक सञ्जाल […]
१० भदौ,बुटवल । आरक्षण सुविधाको सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध रुपन्देहीका ‘उत्पीडित’ वर्ग आन्दोलित भएका छन् । विभिन्न राजनीतिक दल निकट दलित र आदिवासी जनजाति संगठनहरुले उत्पीडित वर्ग संयुक्त संघर्ष समिति गठन गरी सर्वोच्चको फैसला षड्यन्त्रपूर्ण रहेको आरोप लगाउँदै यसविरुद्ध दबाबमूलक र कानुनी प्रक्रियामार्फत आन्दोलित हुने घोषणा गरेका हुन् । डा.विनयकुमार पंजियारको आरक्षण सुविधा अन्तर्गत […]
१० भदौ, वीरगञ्ज । वीरगञ्जस्थित सर्वोत्तम स्टील कम्पनीको भट्टीमा बिस्फोट हुँदा १२ जना श्रमिक घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ भने ५ जनाको अवस्था सामान्य रहेको पर्सा प्रहरीले जनाएको छ । घाइते हुनेमा भारत बिहार घर भएका ५२ वर्षीय विनोद पाण्डे, युपी लखनउका ५२ वर्षीय सन्तोष कुशवाहा, २० वर्षीय सुशील कुमार, ३७ […]
१० भदौ, वीरगञ्ज । संघीय निजामती सेवाको रिक्त शाखा अधिकृत पदमा प्रदेश र स्थानीय तहमा समायोजन भएका १७४ शाखा अधिकृतलाई मिलान गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि सोही पदमा लोक सेवा आयोगको परीक्षा दिइरहेकाहरु चिन्तित बनेका छन् । लिखित परीक्षा र अन्तर्वार्तासमेत दिएर नतिजा प्रकाशन हुने बेलामा विज्ञापन भएको पदमै प्रदेश र स्थानीय तहका शाखा […]
१० भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा जाने बताएका छन् । नयाँ दलले मान्यता पाएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सरकारमा जाने बताए । सत्तारुढ गठबन्धनमा आफूहरु भए पनि हिजोका दिनमा भन्न गाह्रो भएको भन्दै उनले अघि भने, ‘अब पाँच दलीय गटबन्धनलाई अगाडि लैजान चाहन्छौं, सरकारमा सहभागी हुन्छौं […]
१० भदौ, काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । मंगलबार र बुधबार लगातार उच्च अंकले घटेको नेप्से परिसूचक बिहीबार १७ दशमलव ५७ अंकले बढेर ३ हजार ९४ दशमलव ०१ अंकमा झरेको छ । कारोबार रकम पनि बुधबारको तुलनामा केही सुधार देखिएको छ । बुधबार १३ अर्ब […]
१० भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ परीक्षणको नक्कली रिपोर्ट बनाइदिने शहीद गङ्गालाल हृदय रोग केन्द्रका कर्मचारीमाथि छानबिन सुरु गरेको छ । मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोद कुमार यादवमाथि कोभिड–१९ को नक्कली रिर्पोट बनाएको आरोपमा छानबिन सुरु गरेको हो । सर्वसाधारणले उजुरी दिएपछि मन्त्रालयले छानबिन प्रक्रिया थालेको हो । […]
पाठक महानुभावले ‘जैविक खाना’, ‘जैविक कृषि’, ‘जैविक औषधि’, आदि त सुन्नुभएको होला । तर ‘जैविक राजनीति’ पक्कै पहिलोपल्ट सुन्दै हुनुहुन्छ । त्यसैले शुरुआतमै जिज्ञासा हुन सक्छ, जैविक राजनीति भनेको के हो ? साधारण विषयबाट कुरा शुरू गरौं । हाम्रो खेत विकृत बन्दा हामीले ‘जैविक कृषि’ रोज्यौं । खाना विकृत बन्दा ‘जैविक खाना’ रोज्यौं । औषधि […]
१० भदौ, काठमाडौं । भारतले नेपाललाई अक्सिजन प्लान्ट सहयोग गरेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सहयोग गरिएको उक्त प्लान्ट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । कोभिड–१९ महामारी विरुद्धको लडाइमा नेपालसँग हातेमालो गर्ने उदेश्यका साथ अक्सिजन प्लान्ट सहयोग गरिएको दूतावासले जारी गरेको विज्ञप्तिमा […]
१० भदौ, मनाङ । मनाङमा आधा दर्जन सरकारी कार्यालयहरु प्रमुखविहीन भएका छन् । असार मसान्त सकिएलगतै मालपोत, नापी, घरेलु, डिभिजन वन, विद्युत् प्राधिकरण, शिक्षा विकास, एक्याप, खानेपानीलगायत आधा दर्जन सरकारी कार्यालयहरु प्रमुखविहीन भएका छन् । कोही घर विदामा कोही प्रदेश मन्त्रालयमा वार्षिक प्रतिवेदन बुझाउने बाहनामा प्रमुखले जिल्ला छोडेपछि सरकारी कार्यालय प्रमुखविहीन भएका हुन् । प्रमुख […]
१० भदौ, काठमाडौं । सर्वोच्च अदालतले आगामी मंसिरदेखि स्वचालित प्रणालीबाट मुद्दाको पेशी तोक्ने भएको छ । न्यायालयमा हुन सक्ने विकृति, विसंगति, अनियमितता वा भ्रष्टाचारबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदनको सुझाव कार्यान्वयन गर्दै सर्वोच्च अदालतले मंसिरदेखि पेशीमा स्वचालित प्रणाली लागू गर्न लागेको हो । न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले साउन १४ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई बुझाएको […]
१० भदौ, काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट सपथग्रहणपछि आचार्यले पदभार ग्रहण गरेका हुन् । बिहीबार प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएपछि आचार्यलाई प्रदेश प्रमुख अधिकारीले मुख्यमन्त्रीको शपथ ग्रहण गराएका थिए । मुख्यमन्त्री तथा एमाले संसदीय दलका […]
१० भदौ, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को निधनमा दु:ख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जनगायक ‘जेबी टुहुरे’को निधनमा दु:ख व्यक्त गरेका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ‘कलाकार जुठबहादुर खड्की (जेबी टुहुरे)को निधनको खबरले निकै स्तब्ध भएको छु । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना […]
१० भदौ, बागलुङ। प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्तसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका-४ होन्द्राफेदी बस्ने ४२ वर्षीय चित्र बहादुर पुन रहेका छन् । उनलाई करीब २ सय ५० ग्राम संरक्षित वन्यजन्तु भालुको पित्तसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बुर्तीबाङले जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको […]
१० भदौ, काठमाडौं । नेपालले भारतसहितका पाँच मुलुकसँग तत्काल प्रयोगका लागि उपलब्ध हुनेगरी एक लाख ५० हजार मेट्रिकटन रासायनिक मल उपलब्ध गराइदिन आग्रह गरेको छ । देशैभर मल अभाव चर्किएपछि कुटनीतिक च्यानलमार्फत भारत, चीन, बंगलादेश, ओमन र जोर्डनसँग मल खरिदको वातावरण बनाइदिन आग्रह गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । गहुँ सिजनलाई ग्लोबल […]
१० भदौ, वीरगञ्ज । सशस्त्र प्रहरीले एक वर्षमा पर्सामा ९ वटा बोर्डर आउट पोष्ट (बीओपी) थपेको छ । योसँगै पर्सामा सशस्त्र प्रहरीको बीओपीको संख्या १८ वटा पुगेको छ । पछि थप गरिएका ९ वटा बोर्डर आउट पोष्टमध्ये एउटा उद्घाटन गर्न बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ । सामान्य बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ देखि […]
from समाचार – Online Khabar https://ift.tt/3DnXls2
via IFTTT