Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

एमालेको अध्यक्षका लागि योग्य छु, तर कार्यकर्ताको चाहनामा भर पर्छ : ईश्वर पोखरेल

१४ भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा दावी गर्न आफू योग्य रहेको बताएका छन् । तर उम्मेदवार हुने नहुने भन्ने देशको परिस्थिति र कार्यकर्ताको चाहनामा भर पर्ने उनले बताए । सोमबार पत्रकारसँगको कुराकानीमा उनले आफू क्षमता, निष्ठा, इतिहास र निरन्तरताका आधारमा एमालेको अध्यक्षका लागि नेता हुनका लागि आफू योग्य रहेको बताए […]

थप २,२९५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

१४ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ पीसीआर परीक्षणमा १९०२ जना र ४३४१ एन्टिजेन परीक्षणमा ३९३ जना गरी २२९५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १८०८ रहेको छ र […]

पहिरोले बुटवलमा ७ घर पुरिए, ५० घरमा क्षति

१४ भदौ, बुटवल । बुटवलको ज्योतिनगरमा चुरे पहाडबाट पहिरो खस्दा ७ घर पुरिएका छन् । बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर बमघाटमा आइतबार बिहान पनि पहिरोले तीन घर पुरिएका थिए । वर्षा नरोकिएकाले सोमबार पनि वस्तीमा पहिरो झरेको हो । चुरे पहाडबाट ढुंगासहितको पहिरो खस्दा ५० घरमा क्षति पुगेको र अन्य २० घरमा पनि ढुंगासहितको लेदो माटो पसेको […]

विराटनगर डिपोमा पार्किङ गरिएको ट्यांकर चोरी, एकजना पक्राउ

१४ भदौ, विराटनगर । नेपाल आयल निगम विराटनगर डिपोको पार्किङमा राखिएको डिजेलसहितको ट्यांकर चोरी भएको छ । आइतबार राति करिब साढे १ बजे पार्किङ लटमा राखिएको ट्यांकर चोरी भएको हो । चोरीको आरोपमा प्रहरीले ट्यांकरसहित एकजनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका– ४ का २६ वर्षीय श्रवणकुमार यादवलाई पक्राउ गरेको हो । राति ट्यांकर लिएर […]

महानगरपालिका कार्यालय अगाडि फोहोर फालेर प्रदर्शन

१४ भदौ, काठमाडौं । तीन सातादेखि सडकमा थुप्रिएको फोहोर नउठाएको विरोधमा काठमाडौं महानगरपालिका कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरिएको छ । युथ कांग्रेस नेपालले सोमबार सुन्धारास्थित काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरेको हो । युथ कांग्रेसका कार्यकर्ताहरुले फोहोर फालेर सांकेतिक विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘मेयरलाई फोहोर उपहार’, ‘फोहोरी राजनीति फोहोरी शहर’ […]

सडकका महानिर्देशकलाई प्रधानमन्त्रीको फोन–सिसडोल जाने सडक छिटो बनाइदिनू

१४ भदौ, काठमाडौं । उपत्यकाको फोहोर उठाउन नसकिने अवस्था आएको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री देउवाले जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनको वातावरण बनाइदिने आश्वासन दिएको शाक्यले जानकारी दिए । देउवालाई भेट्न सोमबार मेयर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलगायत जनप्रतिनिधि बालुवाटार पुगेका थिए । मेयर शाक्यले […]

एमाले सांसदलाई सभामुखले कारबाही नगर्नु संसदकै उपहास : महेश बस्नेत

१४ भदौ, भक्तपुर । नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो पार्टीले सिफारिस गरेका १४ सांसदलाई कारबाही नगरेर सभामुखले संसदको उपहास गरेको टिप्पणी गरेका छन् । रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा गरेकाो साक्षात्कारमा उनले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतको केही पक्ष नेपालको राजनीतिलाई अस्थितरतातर्फ धकेल्ने प्रयासमा लागेको भन्दै सभामुखले निर्णयले उनीहरुको पक्षपोषण भएको बताए । नेता बस्नेतले सभामुख […]

सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्न म पनि उम्मेदवार हुँ : देवेन्द्र पौडेल

१४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जिम्मेवारी दिए सरकारमा पार्टीको नेतृत्व गर्न तयार रहेको बताएका छन् । माओवादीले कति र कुन–कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन । तर माओवादी केन्द्रमा आकांक्षी धेरै छन् । माओवादीबाट जनादर्न शर्मा अर्थ र पम्फा भुसाल उर्जामन्त्री भइसकेका छन् । अब ४/५ वटा भन्दा बढी […]

भीमदत्तनगरमा विकासको जग बसेको छ : मेयर विष्ट

१४ भदौ, धनगढी । कञ्चनपरको भीमदत्त नगरपालिकामा सुरेन्द्र विष्ट मेयर निर्वाचित भएको चार वर्ष पग्यो । नयाँ संविधानअनसार अधिकारसम्पन्न स्थानीय सरकार प्रमख बनेका उनीसँग काम गर्दाको अनभव, चनौतीलगायतका विषयमा केन्द्रित भएर जनक विष्टले गरेको कराकानी : मेयरमा निर्वाचित भएको चार वर्ष पूरा भयो, यो अवधि कस्तो रह्यो ? लामो समयसम्म जनप्रतिनिधिविहीनताको अवस्थामा जनताको चाहनाअनसार सन्तलित […]

भारतमा कोरोना खोप आपूर्ति बढ्यो, निर्यातको प्रतिबन्ध हट्ने सम्भावना

१४ भदौ, काठमाडौं । भारतमा कोरोना भाइरस विरुद्धको खोपको आपूर्ति बढेको छ । कोरोना खोपको आपूर्ति बढेसँगै भारतमा करीब आधा वयस्क मानिसले कम्तीमा एक डोज खोप पाइसकेका छन् । भारतले अबको केही समयमा खोप निर्यातमा लगाएको प्रतिबन्ध हट्न सक्ने बताइएको छ । भारतले ६ करोड ६० लाख डोज कोरोना खोप निर्यात गरेपछि खोप निर्यातमा रोक […]

धौलागिरी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिँदै

१४ भदौ, गल्कोट । बागलुङको धौलागिरी अस्पताल परिसरमा अक्सिजन प्लान्ट स्थापना गरिने भएको छ । असार अगावै प्लान्ट निर्माण गर्ने भनिए पनि समयमै  बजेट नआउँदा दुई महिना ढिला भएको अस्पतालले जनाएको छ । अस्पतालको स्तरोन्नति गरी २०० बेडको प्रदेशस्तरीय उपप्रादेशिक अस्पताल बनाउन लागिएकाले यसलाई पुग्ने गरी  र  जिल्लाका अन्य  अस्पताल तथा स्वास्थ्यचौकीमा पठाउन सकिने  गरी […]

प्रदीप नेपालले छाडे माधव नेपालको साथ

१४ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी गठनमा साथ दिएका नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालको साथ छाडेका छन् । सोमबार फेसबुकमा उनले आफूले माधव नेपालबाट धोका पाएको टिप्पणी गरेका छन् । पार्टीको मार्गदर्शक सिद्धान्तमा जनताको बहुदलीय जनवाद उल्लेख गर्नुपर्ने आफ्नो अडान रहेको भन्दै नेता नेपालले भनेका छन् ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम […]

राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको तयारी

१४ भदौ, राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न तयारी थालिएको छ । अस्पतालमा तीन करोड ७३ लाख रुपैयाँ बराबरको अक्सिजन प्लान्ट ल्याइएको र चाँडै नै जडान गरिने मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जीत झाले जानकारी दिए । साथै लिक्विड सिलिण्डर र टुयुबसमेत ल्याएइको, अक्सिजन प्लान्ट स्थापनाका लागि अस्पतालमा ‘सेट’ तयार भइसकेको  उनले […]

मिनी ट्रक दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्धार

१४ भदौ, धादिङ । धादिङको जिल्ला सदरमुकाम धादिङबेसी नजिकैको बगैंचाभन्ने स्थानमा सोमबार भएको मिनी ट्रक दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जनालाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । ज्वालामुखी गाउँपालिका–५ खरीबाट धादिङबेसी आउँदै गरेको मिनी ट्रक ब्रेक फेल हुँदा अनियन्त्रित भएर रोकीराखेको बा ३ ख ५७४४ नम्बरको टिपरमाा ठोक्किँदा दुर्घटना भएको […]

सडकभरि फोहोरको थुप्रो, झार उखेल्दै कर्मचारी र नगर प्रहरी

१४ असार, काठमाडौं । काठमाडौं उपत्यकाभर बाहिर फालिएका फोहोर समेत नउठेर दुर्गन्ध फैलिरहेको छ । सडक, नदी किनार, गल्ली र चोकमा फोहोरको डंगुर छन्, घर-घरमा थुप्रिएको फोहोर उठाउन जनताले महानगरपालिका र नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीलाई खोजिरहेका छन् । सोमबार काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावाली माइतीघर-तीनकुने खण्डमा नगरप्रहरी प्रहरीसँगै देखा परे । नगर प्रहरी […]

‘छापा मार्नासाथ मन्त्री र नेताको फोन आउँछ’

उपभोक्ता हितका लागि काम गर्न हाम्रो सरकारी संरचनामा करीब पाँच वटा जति निकाय छन् । तर, उपभोक्ताको दैनिकीसँग जोडिएका कारण वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागको भूमिका धेरै छ । कृषि तथा पशुपन्छी विभाग, उद्योग र औषधि व्यवस्था विभाग पनि उपभोक्तासँग प्रत्यक्ष जोडिने […]

‘प्रदेश र स्थानीय सरकार उपभोक्ता हितमा जाग्न ढिला भइसक्यो’

लामो लोकतान्त्रिक आन्दोलनपछि बनेको नेपालको संविधानले हरेक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक सुरक्षित गरेको छ । संविधानको धारा ४४ ले उपभोक्ताको हक अन्तर्गत दुई उपधारा मार्फत उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक र गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक सुनिश्चित गरेको छ । संविधान […]

पाँच लाख व्यवसाय अनुगमनको जिम्मा १२ कर्मचारीलाई

बजारलाई चाडबाडले छोप्न थालेको छ । तर, उपभोक्ताको ढाड सेक्ने र स्वास्थ्य बिगार्ने अवाञ्छित काम रोक्ने जिम्मेवारी बोकेका तीन सरकारी अनुगमन निकाय भने जनशक्ति र साधन स्रोतविहीन अवस्थामा छन् । १३ भदौ, काठमाडौं । २०७८ वैशाख दोस्रो साता काठमाडौंका केही निजी अस्पतालले कोभिड बिरामीको उपचारमा लाग्ने ‘बेड’ शुल्क सार्वजनिक गरे । अस्पतालहरूले महँगो दैनिक शुल्कदर […]

तीन अधिकारवादी संस्थाले भने- बेपत्ताको घटनामा सत्य निरुपण र न्याय प्रदान गर्न अवरोध नगर

१४ भदौ, काठमाडौं । तीन मानवअधिकारवादी संस्थाले बलपूर्वक बेपत्ता पारिएका घटनामा सत्य निरुपण र न्याय प्रदान गर्नमा अवरोध नगर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । संक्रमणकालीन न्यायसम्बन्धी सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन गरी बलपूर्वक बेपत्ताका घटना र अन्तर्राष्ट्रिय कानूनअन्तर्गतका अन्य जघन्य अपराधका घटनालाई नियमित अदालतमार्फत अघि बढाउनुपर्ने पनि उनीहरुको भनाइ छ । एमनेस्टी इन्टरनेशनल, ह्युमन […]

टेकुमा आगलागी

१४ भदौ, काठमाडौं । टेकुमा आगलागी भएको छ । काठमाडौं प्रहरी परिसर, टेकु छेउमा रहेको एक घरमा आगलागी भएको हो । आगो नियन्त्रणका लागि एउटा दमकल पुगेको छ । आगो कसरी लाग्यो भन्ने विषय नखुलेको काठमाडौंका एसपी रमेश बस्नेतले अनलाइनखबरलाई बताए ।  

धादिङमा मिनी ट्रक दुर्घटना हुँदा ३५ जना घाइते

१४ भदौ, काठमाडौं । धादिङको ज्वालामुखी गाउँपालिका–५ स्थित खरीबाट जिल्ला सदरमुकाम धादिङबेसी आउँदै गरेको मिनी ट्रक दुर्घटनामा परेको छ । दुर्घटनामा परी ३५ जना घाइते भएको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सेनाले जानकारी दिए । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको उनले बताए । सदरमुकाम नजिकैको बगैंचा भन्ने स्थानमा सोमबार बिहान साढे ९ बजेको समयमा बा […]



from समाचार – Online Khabar https://ift.tt/3ztjxhH
via IFTTT
Powered by Blogger.