समाचार
१३ भदौ, काठमाडौं । काठमाडौं दोहोरी साँझ र रात्रीकालीन व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई चाबी बुझाएका छन् । आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई भेटेर उनीहरुले आफूहरुको व्यवसाय सञ्चालन गर्न सरकारले चासो नदिएको भन्दै चाबी बुझाएको उल्लेख गरेका छन् । ‘अघोषित रुपमा अन्य सबैजसो व्यवसाय तथा क्षेत्रहरु हाल चलायमान अवस्थामा छन् तर हाम्रो यस रात्रीकालीन मनोरञ्जन व्यवसायलाई […]
१३ भदौ, गोरखा । गोरखा नगरपालिकाले एक वर्षअघि १५ लाख रुपैयाँमा किनेको ड्रोन क्यामेरा प्रयोगविहीन भएर स्टोरमा थन्किएको छ । नगर क्षेत्रमा हुने विभिन्न योजनाको सर्भे तथा नक्साकंनका लागि भन्दै आर्थिक बर्ष २०७६/७७ मा गोरखा नगरपालिकाले ड्रोन खरीद गरेको थियो । २०७७ साल असार १७ गते ड्रोनको उडान परीक्षण गर्दै नगर प्रमुख राजनराज पन्तले नगर […]
१३ भदौ, गुल्मी । गाई चराउने क्रममा करेन्ट लागेर गुल्मीमा एक जनाको मृत्यु भएको छ । मदाने गाउँपालिका–२ सैरेका १८ वर्षीय विक्रम राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आइतबार दिउँसो जंगलमा गाई चराउने क्रममा आफैंले ओढेको छाताले बिजुलीको तार छोइएर करेन्ट लागेको प्रहरीले जनाएको छ । घटनास्थलतर्फ इलाका प्रहरी चौकी पुर्कोट […]
१२ भदौ, जनकपुरधाम । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । चन्द्रनगर गाउँपालिका–६ का ५० वर्षीय नागेश्वर मण्डलको आइतबार करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा ट्युबेल चलाउँदा मोटरको तार सर्ट भएर उनलाई करेन्ट लागेको हो । करेन्ट लागेर सिकिस्त भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल मलगंवा पुर्याएपछि चिकित्सकले मृत […]
१३ भदौ, काठमाडौं । तालिबानले अफगानिस्तानको काबुलका नागरिकलाई आफूसँग भएको सबै सरकारी सम्पत्ति एक साताभित्र तालिबानलाई हस्तान्तरण गर्न निर्देशन दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार तालिबानले सवारीसाधन, हातहतियार, अन्य सैन्य सामग्रीसहित सबै सरकारी सम्पत्ति तालिबानको सम्बन्धित निकायमा बुझाउन निर्देशन दिएको छ । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिद्दिनले सामाजिक सञ्जाल ट्वीटरमा श्रृङ्खलाबद्ध रुपमा गरेको ट्विटमा सम्पत्ति […]
१३ भदौ, काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाहरुको हरेक ६ महिनामा अनुगमन तथा मूल्यांकन गर्ने व्यवस्था गर्न सुझाव दिएका छन् । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको आइतबारको बैठकमा बोल्दै समितिका सभापति परशुराम मेघी गुरुङ र सदस्य जितेन्द्रनारायण देवले अनुगमन तथा मूल्यांकनको काम समयमा हुन नसक्दा आयोजनाहरुको कार्य प्रगति लाथालिंग अवस्था रहेको उल्लेख गरे । […]
१३ भदौ, काठमाडौं । प्रहरीले २ किलो ९६६ ग्राम कोकिनसहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले आइतबार पत्रकार सम्मेलन गरेर तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारोलाई सिन्धुलीको खुर्कोटबाट र अन्य दुईजनालाई काठमाडौंबाट पक्राउ गरेको जानकारी दिएको हो। पक्राउ पर्नेमा दक्षिण अफ्रिकन नागरिक शिर्ले गामा, भारतीय नागरिक विजय सिंह रहेका छन् । पक्राउ […]
१३ भदौ, दाङ । श्रीमान्को हत्या गरेको अभियोगमा दाङको तुलसीपुरबाट एक महिला पक्राउ परेकी छन् । ७८ वर्षीय श्रीमान् खिमलाल पुरीको हत्या गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–३ की ५६ वर्षीया देवीकुमारी योगीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम अर्यालका अनुसार आइतबार बिहान ३ बजेतिर घरायसी विवाद हुँदा श्रीमानलाई […]
१३ भदौ, काठमाडौं । दिगो विकास तथा सुशासन समितिले दिगो विकास लक्ष्यसँग सम्बन्धित सूचकलाई उच्च प्राथमिकता दिई काम गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले विषयगत मन्त्रालयहरुले दिगो विकास लक्ष्यबारे गरेको प्रगति र चुनौती तथा समाधानका उपायबारे छलफल र अनुगमन गर्न आवश्यक रहेको समेत औंल्याएको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले दिगो विकास लक्ष्य […]
१३ भदौ, गोरखा । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–१ सामागाउँको खङ्सारस्थित घ्याल्बो खोलामा काठे पुल तर्ने क्रममा लडेर एक व्यक्ति बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही ठाउँका स्थानीय ३२ बर्षका धावा रेतर लामा रहेको प्रहरीले जनाएको छ । शनिबार दिउँसो करिव चार बजे ग्याला लेकमा घोडा चराएर घर फर्कने क्रममा काठेपुल तर्दै गर्दा उनी […]
१३ भदौ, पर्सा । प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार पश्चिम चम्पारण ईनर्वा बजारका ४५ वर्षीय बृजकिशोर गिरी र धोबिनी गाउँपालिका-२ गुलरियाका ५० वर्षीय रामपुकार पटेल रहेका छन् । ईलाका प्रहरी कार्यालय जानकीटोला पर्साबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको प्लाटिना मोटरसाइकललाई चेक […]
१३ भदौ, काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्म समय दिएको छ । सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जसपा फुटेर लोकतान्त्रिक समाजवादी पार्टी […]
१३ भदौ, काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४८ दशमलव ८४ अंकले घटेको छ । आइतबार कारोबार खुला भएको केही मिनेटसम्म दोहोरो अंकले बढेको नेप्से परिसूचक केहीबेर पछि भने घट्न शुरु गरेको थियो । त्यसपछि लगातार घट्न थालेको परिसूचक बजार बन्द हुँदा उच्च अंकले घटेर […]
१३ भदौ, काठमाडौं । सप्तकोशी नदीमा आइतबार पानीको वहाव यस वर्षकै सबैभन्दा बढी देखिएको छ । केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आइतबार यस वर्षकै उच्च विन्दुमा पुगेको हो । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको बहाब २ लाख ५७ हजार ७ सय ९० क्यूसेक पुगेको छ […]
१३ भदौ, पाल्पा । कालीगण्डकी करिडोर सडकखण्डको आडैमा खरले छाएको सानो झुप्रोमा बसेर हँसिया तयार पार्न घन ठटाउँदै छन् अमरबहादुर विक । उनी उमेरले ६४ वर्ष पुगे । तर यो पेशाले अझै छाडेको छैन । बुढ्यौली लागेसँगै अरु कसैको भन्दा उनलाई आरनकै भर छ, त्यो हिजोभन्दा आज झन् बढ्दो छ । दिउँसोको चर्को घाममा आरनमा […]
१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबैतिर पाँच दलीय गठबन्धनको बहुमत पुगेको बताएका छन् । नयाँ दल दर्ता भएपछि आइतबार बसेको पहिलो संसदीय दलको बैठकमा अध्यक्ष नेपालले प्रतिनिधिसभा र राष्ट्रियसभामा पनि गठबन्धनको बहुमत पुगेको बताए । ‘प्रतिनिधि सभामा कांग्रेसका ६३, माओवादीका ४९ र हाम्रो २३ छ, यो बहुमत हो,’ उनले भने, […]
१३ भदौ, झापा । भारतबाट नेपाल पसेका २० जंगली हात्ती एक महिनादेखि नेपालको जंगलमा डुलिरहेका कारण झापाका बासिन्दा त्रासमा छन् । सीमामा लगाइएको विद्युतीय तारबार नाघेर गत साउन १३ गते बाहुनडाँगी गौंडा हुँदै भित्रिएका ती हात्ती लामो समय यहीं रहेकाले स्थानीयबासीमा त्रास सिर्जना भएको हो । मानव हात्ती द्वन्द्व न्यूनीकरण अभियानकर्मी शंकर लुइँटेलका अनुसार भारतको […]
१३ भदौ, मङ्गलबारे । इलामको माई नगरपालिकामा रहेको ठ्याउरे खोलामा निर्माणाधीन फ्याउरे सिंचाइ आयोजना सम्पन्न भएको छ । आर्थिक वर्ष २०७३/७४ मा एपेक्स सफल जेभीले निर्माणको जिम्मा पाएको उक्त आयोजना भखैरै सम्पन्न भएर उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो । १५ करोड तीन लाख रुपैयाँमा सम्झौता भए पनि डिजाइन परिवर्तन हुँदा भेरियसन भई जम्मा १६ करोड […]
१३ भदौ, काठमाडौं । २० वर्षदेखि बाहिरी चक्रपथ आयोजनाले सरकारको भन्दा बढी ‘जग्गा.दलालको योजना’का रुपमा चर्चामा छ । काठभन्दा मुनिका शहरउन्मुख क्षेत्रबाट नयाँ चक्रपथ बनाउने घोषणाअनुसार सरकारले काम नगरेपछि स्थानीय क्षेत्रमा अन्योल छ । यही बेला ‘कोमा’मा पुगेको यो आयोजना बनाउने भन्दै फेरि तयारी थालिएको काठमाडौं उपत्यका विकास प्राधिकरणले बताएको छ । उपत्यका विकास प्राधिकरणकी […]
१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री छान्ने अधिकार अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले मन्त्री छान्ने अधिकार नेपाललाई दिने प्रस्ताव पास गरेको हो । संसद भवनको ल्होत्से हलमा बसेको बैठकमा सांसद विरोध खतिवडाले मन्त्री छान्ने अधिकार अध्यक्षलाई दिने प्रस्ताव गरेका थिए, जसलाई बैठकले […]
१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा, संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको छ । नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले स्थायी कमिटी सदस्य भुसाललाई राष्ट्रियसभा दल नेता चयन गरेको हो । एमाले विभाजन गरेर बनेको एकीकृत समाजवादीको राष्ट्रियसभा ७ सांसद छन् ।
from समाचार – Online Khabar https://ift.tt/3zscTIK
via IFTTT