समाचार
१४ भदौ, काठमाडौं । अफगानिस्तानबाट हालसम्म ८२८ जना नेपाली काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अफगानिस्तानबाट उद्धार भई आइतबार साँझ फ्लाई दुबईको नियमित उडानबाट ५ जना र टर्किस एयरको नियमित उडानबाट ४५ जना गरी थप ५० जना स्वदेश फर्किएका छन् । अफगानिस्तानको राजधानी काबुलमा उद्धारको पर्खाइमा रहेका थप नेपाली नागरिकहरुलाई स्वदेश फर्काउन आवश्यक समन्वय […]
१४ भदौ, पोखरा । कास्कीमा गठन भएको नेकपा एमाले माधवकुमार नेपाल समूहको समान्तर कमिटी नै नेकपा एकीकृत समाजवादी पार्टीमा रुपान्तरण हुने भएको छ । सर्वोच्च अदालतले नेकपा विवादमा फागुन २३ गते एमाले ब्युँताइदिएपछि चैत १९ गते कास्कीमा नेपाल समूहको समानान्तर कमिटी घोषणा भएको थियो । धनराज आचार्यको संयोजकत्वमा ७५ सदस्यीय समान्तर कमिटी नेता नेपालले घोषणा […]
१४ भदौ, काठमाडौं । पार्टीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्ष चयन गर्ने जिम्मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् । वाईसीएलले सहमतिमा नेतृत्व चयन गर्न नसकेपछि अध्यक्ष चयन गर्ने जिम्मा माउ पार्टीका अध्यक्ष प्रचण्डलाई दिएको हो । माओवादी केन्द्रका एक नेताले अनलाइनखबरसँग भने, ‘वाइसीएल नेतृत्वका सन्दर्भमा सरसल्लाह गरी अध्यक्षले […]
१४ भदौ, महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी हुँदै भारत आवागमन गर्न वनबासा पुलमा रोक लगाइएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले सोमबार दिउँसोको मापनअनुसार महाकाली नदीमा पानीको बहाव बढेर दुई लाख ४५ हजार क्युसेक नाघेको बताए । भारतीय पक्षले पुल जीर्ण रहेको कारण देखाउँदै […]
१४ भदौ, रुपन्देही । रूपन्देहीको सियारी गाउँपालिका-६ की धनकुमारी थारुका श्रीमान् कमलप्रसाद बेपत्ता भएको १७ वर्ष भयो । राज्य पक्षबाट २०६२ भदौ ११ गते बेपत्ता पारिएका कमल अझै पनि फर्केर आउँछन् कि भन्ने आशा धनकुमारीलाई छ । रोजगारीका लागि भारत गएका कमललाई गाउँ फर्किएको केही दिनमै सादा पोशाकमा आएका नेपाली सेनाका जवानले ससुराली जान लाग्दा […]
१४ भदौ, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट सार्वजनिक लाभको पदमा पुगेकाहरुले सहयोग रकम (लेबी) नबुझाए महाधिवेशनमा उम्मेदवार बन्न नपाउने भएका छन् । केन्द्रीय कार्यालयले लेबी नबुझाउनेलाई १४ औं महाधिवेशनको कुनै पनि पदमा उम्मेदवार बन्न नदिन ७७ वटै जिल्ला समितिलाई परिपत्र गरेको छ । ‘जिल्ला समन्वय समितिका प्रमुख-उपप्रमुख, नगरपालिका प्रमुख-उपप्रमुख, गाउँपालिका अध्यक्ष-उपाध्यक्ष र अन्य राजनीतिक […]
१४ भदौ, काठमाडौं । अध्यक्ष रवीन्द्र मिश्रको राजनीतिक प्रतिवेदन नआएको भए विवेकशील साझा पार्टीका नेता कार्यकर्ता अहिले एकता महाधिवेशनको तयारीमा जुटिरहेका हुन्थे । चुनावसम्मको एजेण्डाबारे आन्तरिक छलफल र बैठक चलिरहेको हुन्थ्यो । तर मिश्रले राजसंस्थाको वकालत गर्दै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव अघि सारेपछि पार्टीको औपचारिक बैठक र छलफल अहिले ठप्प […]
१४ भदौ, काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपालमा कार्यान्वयन हुने परियोजनाबारे विज्ञापन (टीभीसी) बजाउन सुरु गरेको छ । परियोजनाबारे जनस्तरमा भ्रम छरिएको भन्दै त्यसलाई हटाउने गरी विज्ञापन बजाउन थालिएको एमसीए नेपाल स्रोतले बताएको छ । तर, परियोजनाप्रति विमिति राख्नेहरुले पनि विरोध सुरु गरेका छन् । उनीहरुले परियोजना जबरजस्ती कार्यान्वयन गर्न विज्ञापन बनाएर भ्रम छर्न […]
१४ भदौ, विराटनगर । प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले गत बिहीबार विदाई हुँदै गर्दा भने, ‘प्रदेशको नाम राख्न नपाएकोमा अफसोस छ ।’ दुई तिहाई बहुमतसहित प्रदेश सरकारको नेतृत्वमा रहँदा प्रदेशको राजधानी विराटनगर राख्न सफल भए पनि राईले नाम टुंग्याउन सकेनन् । विदा हुँदै गर्दा नाम राख्ने जिम्मा नवनियुक्त मुख्यमन्त्री भीम आचार्यलाई दिए । […]
१४ भदौ, वीरेन्द्रनगर । कर्णाली प्रदेशमा पछिल्लो समय कोरोनाको सङ्क्रमण बालबालिकामा देखिन थालेको छ । कोरोनाको दोस्रो लहर भएयता बालबालिका पनि सङ्क्रमित भएका छन् । पहिलो लहरमा बालबालिकामा कमै देखिएको कोरोना सङ्क्रमण दोस्रो लहरमा बढेको हो । कर्णालीमा हालसम्म २० वर्ष मनिका १९ प्रतिशत बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश स्वास्थ्यसेवा निर्देशनालयका अनसार यो […]
१४ भदौ, काठमाडौं । गोकर्णेश्वरमा मंगलबारदेखि सम्पूर्ण विद्यालयहरु खुल्ने भएका छन् । गोकर्णेश्वर नगरपालिकाले आइतबार विज्ञप्ति जारी गर्दै नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि मंगलबारदेखि विद्यालय खुल्ने भएको हो । नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उप-सचिव विजयप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘.. सामाजिक एवं भौतिक दूरीको पालना तथा स्वास्थ्य र […]
१४ भदौ, काठमाडौं । २०७६ फागुनमा आनन्ददेव भट्टलाई ‘सार्वजनिक राष्ट्रिय अभिनन्दन’ गरियो । ८० भन्दा बढी संघ-संस्थाले त्यो संयुक्त समारोह आयोजना गर्दा भट्ट निकै अस्वस्थ्य थिए । उनलाई बिर्सने रोग (अल्जाइमर्स)ले च्याप्दै लगेको थियो । सम्मानित बौद्धिक व्यक्तित्व भट्ट स्वास्थ्यले साथ दिँदासम्म अग्रज, समकालीन र अनुज पुस्तासँग निरन्तर संवादमा हुन्थे । प्रगतिशील खेमाका साहित्यिक गोष्ठी–सम्मेलनमा […]
१४ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमाले फुटेको नभई आफूहरुले विद्रोह गरेको बताएका छन् । एमालेको नवौं महाधिवेशनपछि अहंकारी गुटले नेतृत्व कब्जा गरेको र अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवाद, अहंकारवाद, व्यक्तिवादमा लगेकाले विद्रोह गर्नुपरेको उनले बताए । भारतमा उपचार गरेर सोमबार स्वदेश फर्किएका नेता खनालले त्रिभुवन […]
१४ भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा दावी गर्न आफू योग्य रहेको बताएका छन् । तर उम्मेदवार हुने नहुने भन्ने देशको परिस्थिति र कार्यकर्ताको चाहनामा भर पर्ने उनले बताए । सोमबार पत्रकारसँगको कुराकानीमा उनले आफू क्षमता, निष्ठा, इतिहास र निरन्तरताका आधारमा एमालेको अध्यक्षका लागि नेता हुनका लागि आफू योग्य रहेको बताए […]
१४ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ पीसीआर परीक्षणमा १९०२ जना र ४३४१ एन्टिजेन परीक्षणमा ३९३ जना गरी २२९५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १८०८ रहेको छ र […]
१४ भदौ, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठक बोलाएका छन् । सोमबार केन्द्रीय सदस्यहरुलाई ईमेल गरेर मिश्रले ‘पछिल्लो समय उत्पन्न परिस्थितिबारे छलफल गर्न’ बिहीबार केन्द्रीय कमिटी बैठक राखिएको जानकारी दिएका छन् । तर अध्यक्ष मिश्रले पार्टी एकता गर्दा भएको सम्झौता विपरित एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै […]
१४ भदौ, बुटवल । बुटवलको ज्योतिनगरमा चुरे पहाडबाट पहिरो खस्दा ७ घर पुरिएका छन् । बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर बमघाटमा आइतबार बिहान पनि पहिरोले तीन घर पुरिएका थिए । वर्षा नरोकिएकाले सोमबार पनि वस्तीमा पहिरो झरेको हो । चुरे पहाडबाट ढुंगासहितको पहिरो खस्दा ५० घरमा क्षति पुगेको र अन्य २० घरमा पनि ढुंगासहितको लेदो माटो पसेको […]
१४ भदौ, विराटनगर । नेपाल आयल निगम विराटनगर डिपोको पार्किङमा राखिएको डिजेलसहितको ट्यांकर चोरी भएको छ । आइतबार राति करिब साढे १ बजे पार्किङ लटमा राखिएको ट्यांकर चोरी भएको हो । चोरीको आरोपमा प्रहरीले ट्यांकरसहित एकजनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका– ४ का २६ वर्षीय श्रवणकुमार यादवलाई पक्राउ गरेको हो । राति ट्यांकर लिएर […]
१४ भदौ, काठमाडौं । तीन सातादेखि सडकमा थुप्रिएको फोहोर नउठाएको विरोधमा काठमाडौं महानगरपालिका कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरिएको छ । युथ कांग्रेस नेपालले सोमबार सुन्धारास्थित काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरेको हो । युथ कांग्रेसका कार्यकर्ताहरुले फोहोर फालेर सांकेतिक विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘मेयरलाई फोहोर उपहार’, ‘फोहोरी राजनीति फोहोरी शहर’ […]
१४ भदौ, काठमाडौं । उपत्यकाको फोहोर उठाउन नसकिने अवस्था आएको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री देउवाले जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनको वातावरण बनाइदिने आश्वासन दिएको शाक्यले जानकारी दिए । देउवालाई भेट्न सोमबार मेयर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलगायत जनप्रतिनिधि बालुवाटार पुगेका थिए । मेयर शाक्यले […]
१४ भदौ, भक्तपुर । नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो पार्टीले सिफारिस गरेका १४ सांसदलाई कारबाही नगरेर सभामुखले संसदको उपहास गरेको टिप्पणी गरेका छन् । रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा गरेकाो साक्षात्कारमा उनले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतको केही पक्ष नेपालको राजनीतिलाई अस्थितरतातर्फ धकेल्ने प्रयासमा लागेको भन्दै सभामुखले निर्णयले उनीहरुको पक्षपोषण भएको बताए । नेता बस्नेतले सभामुख […]
from समाचार – Online Khabar https://ift.tt/3mLpu68
via IFTTT