Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

मुख्यमन्त्री बन्ने इच्छा थिएन : भीम आचार्य

१५ भदौ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफू चाहना नहुँदा नहुँदै मुख्यमन्त्री बनेको टिप्पणी गरेका छन् । मुख्यमन्त्री बनेको पाँच दिनपछि मंगलबार प्रदेश १ सरकारको कार्यक्रम ‘जनतासँग मुख्यमन्त्री’मा उनले मुख्यमन्त्री हुने आफ्नो इच्छा नै नरहेको प्रतिक्रिया दिएका हुन् । ‘यसमा (मुख्यमन्त्रीमा) मेरो कुनै इच्छा पछिल्लो पटक थिएन, अहिले पनि छैन खासै,’ उनले […]

काठमाडौं–कोलम्बोबीच सिधा हवाई सेवा सञ्चालन, श्रीलंकन एयरले थाल्यो उडान

१५ भदौ, काठमाडौं । नेपालको राजधानी काठमाडौं र श्रीलंकाको राजधानी कोलम्बो सिधा हवाई सञ्जालमा जोडिएका छन् । श्रीलंकन एयरले मंगलबारबाट कोलम्बो–काठमाडौं–कोलम्बो सिधा उडान शुरु गरेको छ । यसअघि यी दुई मुलुकको राजधानी पुग्न अर्को कुनै गन्तब्यमा ट्रान्जिट गर्नुपर्ने बाध्यता थियो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाज आज बिहान १३२ यात्रुसहित १०ः२४ मा अवतरण गरेको थियो […]

सभामुख राजमार्ग छाडेर भीरभीरै कुदेका छन् : ओली

१५ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिलाई कुबाटोमा हिँडाउन खोजेको आरोप लगाएका छन् । नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क समितिले मंगलबार काठमाडौंमा आयोजना गरेका कार्यक्रममा ओलीले सभामुख सापकोटा राजनीतिको राजमार्गबाट नहिँडी कान्ला र भीरको बाटो हिँडेको टिप्पणी गरे । उनले निर्वाचन आयोग पनि संविधान र कानूनको […]

गोरखामा थप एक जना कोरोना संक्रमितको मृत्यु, सक्रिय संक्रमित १४२ जना

१५ भदौ, गोरखा । गोरखामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–४ का ८३ वर्षीय वृद्धको मंगलबार बिहान गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । लडेर घाइते भएका उनी दुई वर्षदेखि ओछ्यानमा थलिएर बसेका थिए । ज्वरो तथा रुघाखोकीको लक्षण देखिएपछि उपचारका लागि गत आइतबार उनलाई गोरखा अस्पताल ल्याइएको थियो […]

कांग्रेसको थप ३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक

१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले थप ३ जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको छ । मंगलबार निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै सुनसरी, मकवानपुर र बागलुङ जिल्लाको क्रियाशील सदस्यताको नामावली पार्टीको वेबसाइटमा प्रकाशन गरेको जनाएको छ । ती जिल्लामा १४ औं महाधिवेशनका लागि जिल्ला निर्वाचन अधिकृत पनि खटाइसकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले पटक-पटक गरी ५६ […]

स्रोत नखुलेको ३० लाख नगदसहित कुलेश्वर फलफूल बजारबाट दुई जना पक्राउ

१५ भदौ, काठमाडौं । स्रोत नखुलेको ३० लाख ७ हजार रुपैयाँ नगदसहित प्रहरीले काठमाडौैंको कुलेश्वर फलफूल बजारबाट दुई जनालाई पक्राउ गरेको छ । काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भई काठमाडौंको कुलेश्वरमा फलफूल पसल गर्ने ३४ वर्षीय मीनप्रसाद गौतम र रामेछापका सुनापती गाउँपालिका–१ घर भई काठमाडौंको कालीमाटीमा डेरा गरी बस्ने २१ वर्षीय रमेश तिमिल्सनालाई मंगलबार पक्राउ गरेको […]

पछिल्लो ५ दिनमा बाढी-पहिरोबाट १५  जनाको मृत्यु

१५ भदौ, काठमाडौं । मुलुकका विभिन्न जिल्लामा भदौ १० पछि आएको भारी वर्षा र त्यसपछिका बाढी, पहिरो र डुवानमा परी १५ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले भदौ १० पछिको चार दिनमा बाढीपहिरामा परेर १५ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार उक्त अवधिमा तीन […]

गोरखाका चेपाङ समुदायलाई खाद्यान्न वितरण

१५ भदौ, गोरखा । गोरखाको गण्डकी गाउँपालिकाका चेपाङ समुदायलाई खाद्यान्न वितरण गरिएको छ । सम्भव नेपाल नामक संस्थाले मंगलबार पालिकाका करीब आठ सय चेपाङ घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो । प्रति घरपरिवार दुई हजार रुपैया बराबरको चामल, दाल, तेल, नून लगायतका खाद्यान्न वितरण गरिएको संस्थाका संस्थापक अध्यक्ष प्रेम खत्रीले बताए । कोभिड–१९ बाट प्रभावित आर्थिक […]

शरद ऋतुमा हिमाल चढ्न एकैदिन दुई टीमले लिए अनुमति

१५ भदौ, काठमाडौं । शरद ऋतुमा हिमाल आरोहणका लागि एकै दिन दुई टीमले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार मंगलबार मनास्लु हिमाल चढ्ने दुई टीमले अनुमति लिएका हुन् । एउटा टीममा १० पुरुष र ५ महिलासहित १५ र अर्को टीममा १० पुरुष रहेका छन् । दुई टीमबाट २६ लाख ४६ हजार रुपैयाँ रोयल्टी समेत […]

हवाई यात्रुले अब फेसशिल्ड लगाउनु नपर्ने

१५ भदौ, काठमाडौं । आन्तरिक हवाई यात्रामा अनिवार्य गरिएको फेसशिल्डको प्रयोग हटाइएको छ । १ सेप्टेम्बर (बुधबार) देखि लागु हुने गरी फेसशिल्डको अनिवार्य प्रयोग हटाइएको वायुसेवा संचालक संघले जनाएको छ । संसारभर यात्राका क्रममा फेसशिल्ड प्रयोग नभएको, कोरोना महामारीको संक्रमण केही कम भएको र विमानस्थल परिसरमा फेसशिल्ड जथाभावी फाल्दा फोहोर समेत फैलिएको भन्दै वायुसेवा कम्पनीहरुले […]

विद्युतीकरणलाई व्यवस्थित गरिदिन मन्त्री भुसाललाई गुल्मी मदानेका युवाको आग्रह

१५ भदौ, काठमाडौं । गुल्मीको मदाने गाउँपालिकाका युवाहरुले पालिकाभित्रको विद्युतीकरणलाई व्यवस्थित गरिदिन उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाललाई आग्रह गरेका छन् । मन्त्री भुसाललाई मंगलबार ध्यानाकर्षणपत्र बुझाउँदै उनीहरुले विद्युत प्राधिकरणको लापरबाहीका कारण करेन्ट लागेर स्थानीयले अकालमै ज्यान गुमाउनु परेको गुनासो गरे । विद्युत प्राधिकरणको लापरबाहीका कारण विभिन्न स्थानमा नाङ्गो तार लत्रिँदा सर्वसाधारणले ज्यान नै गुमाउनुपर्ने […]

पौडेल समूहले टुंग्याउन सकेन सभापतिको उम्मेदवार

१५ भदौ काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूह १४ औं महाधिवेशनका लागि सभापतिको उम्मेदवार टुंग्याउन असमर्थ भएको छ । सभापतिको उम्मेदवार चयन गर्न बसेको पौडेल समूहको बैठकले सहमति जुटाउन नसके पनि आफ्नो समूह सन्देश एक ठाउँमा रहेको सन्देश दिन बुधबार पत्रकार सम्मेलन आयोजना गरेको छ । पौडेल समूहले वडा अधिवेशनअघि नै सभापतिमा आफ्नो पक्षका […]

रोनाल्डो म्यानचेष्टर युनाइटेडमा अनुबन्धित

१५ भदौ, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई दुई वर्षका लागि अनुबन्ध गरेको छ । युनाइटेडले मंगलबार रोनाल्डोलाई अनुबन्ध गरिएको जनाएको हो । यस्तै ३६ वर्षीय रोनाल्डोलाई सम्झौता थप गर्ने विकल्प समेत  दिइएको युनाइटेडले जनाएको छ । रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका हुन् । सन् २००३ देखि २००९ सम्म युनाइटेडका लागि […]

साउदी अरेबियाको विमानस्थलमा ड्रोन आक्रमण, ८ जना घाइते

१५ भदौ, काठमाडौं । साउदी अरेबियाको अभा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उक्त आक्रमणमा परी आठ जना घाइते भएका छन् भने एउटा यात्रुबाहक विमान क्षतिग्रस्त भएको छ । साउदी अरेबियाको सरकारी न्युज च्यानल अल अरेबियाले दक्षिणी क्षेत्रमा अवस्थित उक्त विमानस्थलमा पछिल्लो २४ घण्टामा दोस्रोपटक आक्रमण गरिएको हो । अल अरेबिया […]

विगतका सन्धि-सम्झौताको अभिलेख राख्न संसदीय समितिको निर्देशन

१५ भदौ, काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले विगतका ऐतिहासिक सन्धि-सम्झौताहरुको अभिलेख राख्न सम्बन्धित सरकारी निकायलाई निर्देशन दिएको गरेको छ । समितिको मंगलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका सम्बन्धित निकायहरुलाई नेपालको ऐतिहासिक सन्धि-सम्झौताको अभिलेख राख्न निर्देशन दिएको हो । समितिका सभापति रामनारायण बिडारीले लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको […]

थप १,६६४ जनामा कोरोना संक्रमण, १७८६ जना संक्रमणमुक्त

१५ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १,६६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,११७ पीसीआर परीक्षणमा १,५२३ र ३,१०५ एन्टीजेन परीक्षणमा १४१ जना गरी कुल १६६४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घणमा १७८६ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण २० जनाको […]

विनिताको दुःख : विदेश गएका पति हराए, कहाँ खोज्ने ?

१५ भदौ, जनकपुरधाम । अब विस्तारै दुःखको दिन जान्छ र सुखको दिन आउँछ । विनिता देवीले आठ बर्षअघि मनमा यही सोचेकी थिइन् । ऋण तिर्ने, दुई सन्तानलाई राम्रो शिक्षा दिने, एउटा घर बनाउने, सहज जीवन बिताउने सोचेरै धनुषाको कमला नगरपालिका–७ सिंग्याही मडानकी उनले आफ्ना पति दुखी मण्डललाई साउदी अरबतर्फ विदा गरिन् । पतिलाई विदाई गर्दा […]

वाग्मतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

१५ भदौ, हेटौडा । नेकपा एकीकृत समाजवादीले वाग्मती प्रदेशको मुख्यमन्त्री दाबी गर्ने भएको छ । नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेकाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । १०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए । एकल बहुमत भएकाले २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी थिइन् । तर त्यही दिन एमाले […]

ईपीएलको विजेताले ५० लाख रुपैयाँ पाउने

१५ भदौ, काठमाडौं । काठमाडौंमा आउँदो असोजमा हुने क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) को विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । आयोजक ईपीएल प्रालिले मंगलबार पुरस्कार रकम सार्वजनिक गर्दै विजेताले ५० लाख रुपैयाँ पाउने जनकारी गराएका हुन् । त्यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउनेछन् । ईपीएल प्रतियोगिताको चौथो संस्करण असोज ९ देखि […]

शेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक ३ हजार भन्दा तल

१५ भदौ, काठमाडौं । सेयर काराेबार मापक नेप्से परिसूचकमा ठूलाे गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ६९.०४ अंकले घटेर २ हजार ९ सय ७५ दशमलव ८४ अंकमा झरेको छ । बजार उच्च अंकले घट्दा नेप्सेमा काराेबार हुने सबै उपसमूहको परिसूचक घटेको छ । काराेबार रकम भने १३ अर्ब २५ कराेड नाघेको छ । अधिकांश […]

वाग्मतीमा एमालेका १२ सांसदले रोजे नेकपा एकीकृत समाजवादी

१५ भदौ, काठमाडौं । वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका हुन् । राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले २२ गते साँझ […]



from समाचार – Online Khabar https://ift.tt/38z0gQ5
via IFTTT
Powered by Blogger.