समाचार
१३ भदौ, काठमाडौं । प्रहरीले २ किलो ९६६ ग्राम कोकिनसहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले आइतबार पत्रकार सम्मेलन गरेर तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारोलाई सिन्धुलीको खुर्कोटबाट र अन्य दुईजनालाई काठमाडौंबाट पक्राउ गरेको जानकारी दिएको हो। पक्राउ पर्नेमा दक्षिण अफ्रिकन नागरिक शिर्ले गामा, भारतीय नागरिक विजय सिंह रहेका छन् । पक्राउ […]
१३ भदौ, दाङ । श्रीमान्को हत्या गरेको अभियोगमा दाङको तुलसीपुरबाट एक महिला पक्राउ परेकी छन् । ७८ वर्षीय श्रीमान् खिमलाल पुरीको हत्या गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–३ की ५६ वर्षीया देवीकुमारी योगीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम अर्यालका अनुसार आइतबार बिहान ३ बजेतिर घरायसी विवाद हुँदा श्रीमानलाई […]
१३ भदौ, काठमाडौं । दिगो विकास तथा सुशासन समितिले दिगो विकास लक्ष्यसँग सम्बन्धित सूचनालाई उच्च प्राथमिकता दिई काम गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले विषयगत मन्त्रालयहरुले दिगो विकास लक्ष्यबारे गरेको प्रगति र चुनौती तथा समाधानका उपायबारे छलफल र अनुगमन गर्न आवश्यक रहेको समेत औंल्याएको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले दिगो विकास लक्ष्य […]
१३ भदौ, गोरखा । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–१ सामागाउँको खङ्सारस्थित घ्याल्बो खोलामा काठे पुल तर्ने क्रममा लडेर एक व्यक्ति बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही ठाउँका स्थानीय ३२ बर्षका धावा रेतर लामा रहेको प्रहरीले जनाएको छ । शनिबार दिउँसो करिव चार बजे ग्याला लेकमा घोडा चराएर घर फर्कने क्रममा काठेपुल तर्दै गर्दा उनी […]
१३ भदौ, पर्सा । प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार पश्चिम चम्पारण ईनर्वा बजारका ४५ वर्षीय बृजकिशोर गिरी र धोबिनी गाउँपालिका-२ गुलरियाका ५० वर्षीय रामपुकार पटेल रहेका छन् । ईलाका प्रहरी कार्यालय जानकीटोला पर्साबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको प्लाटिना मोटरसाइकललाई चेक […]
१३ भदौ, काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४८ दशमलव ८४ अंकले घटेको छ । आइतबार कारोबार खुला भएको केही मिनेटसम्म दोहोरो अंकले बढेको नेप्से परिसूचक केहीबेर पछि भने घट्न शुरु गरेको थियो । त्यसपछि लगातार घट्न थालेको परिसूचक बजार बन्द हुँदा उच्च अंकले घटेर […]
१३ भदौ, काठमाडौं । सप्तकोशी नदीमा आइतबार पानीको वहाव यस वर्षकै सबैभन्दा बढी देखिएको छ । केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आइतबार यस वर्षकै उच्च विन्दुमा पुगेको हो । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको बहाब २ लाख ५७ हजार ७ सय ९० क्यूसेक पुगेको छ […]
१३ भदौ, पाल्पा । कालीगण्डकी करिडोर सडकखण्डको आडैमा खरले छाएको सानो झुप्रोमा बसेर हँसिया तयार पार्न घन ठटाउँदै छन् अमरबहादुर विक । उनी उमेरले ६४ वर्ष पुगे । तर यो पेशाले अझै छाडेको छैन । बुढ्यौली लागेसँगै अरु कसैको भन्दा उनलाई आरनकै भर छ, त्यो हिजोभन्दा आज झन् बढ्दो छ । दिउँसोको चर्को घाममा आरनमा […]
१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबैतिर पाँच दलीय गठबन्धनको बहुमत पुगेको बताएका छन् । नयाँ दल दर्ता भएपछि आइतबार बसेको पहिलो संसदीय दलको बैठकमा अध्यक्ष नेपालले प्रतिनिधिसभा र राष्ट्रियसभामा पनि गठबन्धनको बहुमत पुगेको बताए । ‘प्रतिनिधि सभामा कांग्रेसका ६३, माओवादीका ४९ र हाम्रो २३ छ, यो बहुमत हो,’ उनले भने, […]
१३ भदौ, झापा । भारतबाट नेपाल पसेका २० जंगली हात्ती एक महिनादेखि नेपालको जंगलमा डुलिरहेका कारण झापाका बासिन्दा त्रासमा छन् । सीमामा लगाइएको विद्युतीय तारबार नाघेर गत साउन १३ गते बाहुनडाँगी गौंडा हुँदै भित्रिएका ती हात्ती लामो समय यहीं रहेकाले स्थानीयबासीमा त्रास सिर्जना भएको हो । मानव हात्ती द्वन्द्व न्यूनीकरण अभियानकर्मी शंकर लुइँटेलका अनुसार भारतको […]
१३ भदौ, मङ्गलबारे । इलामको माई नगरपालिकामा रहेको ठ्याउरे खोलामा निर्माणाधीन फ्याउरे सिंचाइ आयोजना सम्पन्न भएको छ । आर्थिक वर्ष २०७३/७४ मा एपेक्स सफल जेभीले निर्माणको जिम्मा पाएको उक्त आयोजना भखैरै सम्पन्न भएर उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो । १५ करोड तीन लाख रुपैयाँमा सम्झौता भए पनि डिजाइन परिवर्तन हुँदा भेरियसन भई जम्मा १६ करोड […]
१३ भदौ, काठमाडौं । २० वर्षदेखि बाहिरी चक्रपथ आयोजनाले सरकारको भन्दा बढी ‘जग्गा.दलालको योजना’का रुपमा चर्चामा छ । काठभन्दा मुनिका शहरउन्मुख क्षेत्रबाट नयाँ चक्रपथ बनाउने घोषणाअनुसार सरकारले काम नगरेपछि स्थानीय क्षेत्रमा अन्योल छ । यही बेला ‘कोमा’मा पुगेको यो आयोजना बनाउने भन्दै फेरि तयारी थालिएको काठमाडौं उपत्यका विकास प्राधिकरणले बताएको छ । उपत्यका विकास प्राधिकरणकी […]
१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री छान्ने अधिकार अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले मन्त्री छान्ने अधिकार नेपाललाई दिने प्रस्ताव पास गरेको हो । संसद भवनको ल्होत्से हलमा बसेको बैठकमा सांसद विरोध खतिवडाले मन्त्री छान्ने अधिकार अध्यक्षलाई दिने प्रस्ताव गरेका थिए, जसलाई बैठकले […]
१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा, संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको छ । नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले स्थायी कमिटी सदस्य भुसाललाई राष्ट्रियसभा दल नेता चयन गरेको हो । एमाले विभाजन गरेर बनेको एकीकृत समाजवादीको राष्ट्रियसभा ७ सांसद छन् ।
१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो । यस्तै राष्ट्रियसभा संसदीय दल नेतामा स्थायी कमिटी सदस्य बेदुराम भुसाल चयन भएका छन् । अरु पदाधिकारीहरु भने पछि चयन हुने […]
१३ भदौ, म्याग्दी । कार्यतालिका अनुसार काम भएको भए यहाँको अन्नपूर्ण गाउँपालिका–५ र ६ नं वडाको सिमाना घारखोलामा एक महिनाअघि नै मोटर चल्ने पुल निर्माण सकिएर गाडी गुडेका हुन्थे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत २०७८ साउन २४ गते सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७६ माघ १७ गते रु दुई करोड ८१ लाख ७८ हजार ६४६ मा फेवा–बिएम […]
१३ भदौ, काठमाडौं । भौतिक पूर्वाधार निर्माण करिब सम्पन्न भई परीक्षणको तयारीमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्न नेपालले ‘एयरपोर्ट अथोरिटी अफ इण्डिया’लाई प्रस्ताव गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उड्डयन उपकरण तथा उडान विधिको चेकजाँच तथा परीक्षणका लागि विशेष उडान गर्नुपर्ने हुन्छ । यो उडान गर्ने जहाजमा परीक्षण गर्ने उपकरणहरु […]
१३ भदौ, जनकपुरधाम । प्रदेश २ मा मुख्यमन्त्री लालबाबु यादवले मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । उनले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । साहले आफूलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको बताए । यसअघि अर्थ मन्त्रालयको जिम्मेवारी विजय यादवले सम्हालेका थिए । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार यादवलाई भूमि, […]
१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलेजस्तो काम कसैले गरेको छैन भनेर दाबी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महालेखा परीक्षकको प्रतिवेदन पढ्न आग्रह गरेका छन् । एमाले विभाजन गरेर बनाएको नयाँ पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष नेपालले ओलीको चर्को आलोचना गरे । ओलीले आफूले जे बोल्यो, त्यो ब्रह्मवाक्य हुनुपर्ने सोच्ने […]
१३ भदौ, काठमाडौं । गुण एयरलाइन्सको हवाई सेवा आगामी सेप्टेम्बरबाट शुरु हुने भएको छ । आफ्नो नियमित उडानको तयारी आन्तरिक रुपमा तीब्र पारेको कम्पनीले जनाएको छ । आफ्ना दुइवटा बिचक्राफ्ट र थप पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमानबाट उडान थाल्ने प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । सेप्टेम्बर दोस्रो साताबाट आन्तरिक हवाई […]
१३ भदौ, बुटवल । लुम्बिनीमा नयाँ सरकार बनेको १५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री केसीले त्यसै दिन नेपाली कांग्रेस र माओवादी केन्द्रका एक-एक जना, जसपाका […]
from समाचार – Online Khabar https://ift.tt/3jsCDiJ
via IFTTT