समाचार
१३ भदौ, काठमाडौं । सप्तकोशी नदीमा आइतबार पानीको वहाव यस वर्षकै सबैभन्दा बढी देखिएको छ । केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आइतबार यस वर्षकै उच्च विन्दुमा पुगेको हो । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको बहाब २ लाख ५७ हजार ७ सय ९० क्यूसेक पुगेको छ […]
१३ भदौ, पाल्पा । कालीगण्डकी करिडोर सडकखण्डको आडैमा खरले छाएको सानो झुप्रोमा बसेर हँसिया तयार पार्न घन ठटाउँदै छन् अमरबहादुर विक । उनी उमेरले ६४ वर्ष पुगे । तर यो पेशाले अझै छाडेको छैन । बुढ्यौली लागेसँगै अरु कसैको भन्दा उनलाई आरनकै भर छ, त्यो हिजोभन्दा आज झन् बढ्दो छ । दिउँसोको चर्को घाममा आरनमा […]
१३ भदौ, झापा । भारतबाट नेपाल पसेका २० जंगली हात्ती एक महिनादेखि नेपालको जंगलमा डुलिरहेका कारण झापाका बासिन्दा त्रासमा छन् । सीमामा लगाइएको विद्युतीय तारबार नाघेर गत साउन १३ गते बाहुनडाँगी गौंडा हुँदै भित्रिएका ती हात्ती लामो समय यहीं रहेकाले स्थानीयबासीमा त्रास सिर्जना भएको हो । मानव हात्ती द्वन्द्व न्यूनीकरण अभियानकर्मी शंकर लुइँटेलका अनुसार भारतको […]
१३ भदौ, मङ्गलबारे । इलामको माई नगरपालिकामा रहेको ठ्याउरे खोलामा निर्माणाधीन फ्याउरे सिंचाइ आयोजना सम्पन्न भएको छ । आर्थिक वर्ष २०७३/७४ मा एपेक्स सफल जेभीले निर्माणको जिम्मा पाएको उक्त आयोजना भखैरै सम्पन्न भएर उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो । १५ करोड तीन लाख रुपैयाँमा सम्झौता भए पनि डिजाइन परिवर्तन हुँदा भेरियसन भई जम्मा १६ करोड […]
१३ भदौ, काठमाडौं । २० वर्षदेखि बाहिरी चक्रपथ आयोजनाले सरकारको भन्दा बढी ‘जग्गा.दलालको योजना’का रुपमा चर्चामा छ । काठभन्दा मुनिका शहरउन्मुख क्षेत्रबाट नयाँ चक्रपथ बनाउने घोषणाअनुसार सरकारले काम नगरेपछि स्थानीय क्षेत्रमा अन्योल छ । यही बेला ‘कोमा’मा पुगेको यो आयोजना बनाउने भन्दै फेरि तयारी थालिएको काठमाडौं उपत्यका विकास प्राधिकरणले बताएको छ । उपत्यका विकास प्राधिकरणकी […]
१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री छान्ने अधिकार अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले मन्त्री छान्ने अधिकार नेपाललाई दिने प्रस्ताव पास गरेको हो । संसद भवनको ल्होत्से हलमा बसेको बैठकमा सांसद विरोध खतिवडाले मन्त्री छान्ने अधिकार अध्यक्षलाई दिने प्रस्ताव गरेका थिए, जसलाई बैठकले […]
१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा, संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको छ । नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले स्थायी कमिटी सदस्य भुसाललाई राष्ट्रियसभा दल नेता चयन गरेको हो । एमाले विभाजन गरेर बनेको एकीकृत समाजवादीको राष्ट्रियसभा ७ सांसद छन् ।
१३ भदौ, म्याग्दी । कार्यतालिका अनुसार काम भएको भए यहाँको अन्नपूर्ण गाउँपालिका–५ र ६ नं वडाको सिमाना घारखोलामा एक महिनाअघि नै मोटर चल्ने पुल निर्माण सकिएर गाडी गुडेका हुन्थे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत २०७८ साउन २४ गते सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७६ माघ १७ गते रु दुई करोड ८१ लाख ७८ हजार ६४६ मा फेवा–बिएम […]
१३ भदौ, जनकपुरधाम । प्रदेश २ मा मुख्यमन्त्री लालबाबु यादवले मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । उनले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । साहले आफूलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको बताए । यसअघि अर्थ मन्त्रालयको जिम्मेवारी विजय यादवले सम्हालेका थिए । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार यादवलाई भूमि, […]
१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलेजस्तो काम कसैले गरेको छैन भनेर दाबी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महालेखा परीक्षकको प्रतिवेदन पढ्न आग्रह गरेका छन् । एमाले विभाजन गरेर बनाएको नयाँ पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष नेपालले ओलीको चर्को आलोचना गरे । ओलीले आफूले जे बोल्यो, त्यो ब्रह्मवाक्य हुनुपर्ने सोच्ने […]
१३ भदौ, काठमाडौं । गुण एयरलाइन्सको हवाई सेवा आगामी सेप्टेम्बरबाट शुरु हुने भएको छ । आफ्नो नियमित उडानको तयारी आन्तरिक रुपमा तीब्र पारेको कम्पनीले जनाएको छ । आफ्ना दुइवटा बिचक्राफ्ट र थप पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमानबाट उडान थाल्ने प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । सेप्टेम्बर दोस्रो साताबाट आन्तरिक हवाई […]
१३ भदौ, बुटवल । लुम्बिनीमा नयाँ सरकार बनेको १५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री केसीले त्यसै दिन नेपाली कांग्रेस र माओवादी केन्द्रका एक-एक जना, जसपाका […]
१३ भदौ, गुल्मी । गुल्मीमा अविरल वर्षासँगै गएको पहिरोले गोठ भत्काउँदा पशुचौपाया पुरेको छ । जिल्लाका विभिन्न स्थानमा निरन्तर परेको पानीले पशुचौपायाहरुमा क्षति पुर्याएको हो । अविरल वर्षाका कारण गएको पहिरोले धुर्कोट गाउँपालिका–५ वस्तुस्थित कृष्ण कुँवरको घर–गोठ भत्किँदा गोठमा रहेका दुईवटा भैंसी, पाडो र दुईवटा बाख्रा पुरिएको प्रहरीले जनाएको छ । पहिरोले मानवीय क्षति भने […]
१३ भदौ, तनहुँ। प्रहरीले बाघको छाला, खप्पर, हड्डी लगायतका अंगसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्यास नगरपालिका-६ का सिरुबारी बस्ने ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका-१ ओखल्दी बस्ने ४० वर्षीय सन्जित गुरुङ र सोही नगरपालिका-१ रतनपुर बस्ने ३२ वर्षीय सन्तोष गुरुङ रहेका छन् । ब्यास नगरपालिका-५ पतेनीस्थित पक्की पुल नजिक बाख्रेतर्फ जाने कच्ची […]
१३ भदौ, काठमाडौं । तालिबानले अफगानिस्तानका नागरिकलाई विमानस्थल जान रोक लगाएको छ । विदेशी मुलुकको तर्फबाट उद्धार गरिन सक्ने मानिसलाई तालिबानले विमानस्थलमा जानबाट रोक लगाएको हो । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिक तथा नागरिकको उद्धारको कार्य अन्तिम चरणमा पुर्याएसँगै तालिबानले अफगानिस्तानी नागरिकलाई विमानस्थलमा जान रोक लगाएको हो । पश्चिमा मुलुकका नेताहरुले अगष्टको अन्तिमसम्म आफ्नो सेनाको लागि […]
१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आइतबार बसेको छ । संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक जारी रहेको छ । भदौ ९ गते निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएको नेकपा एकीकृत समाजवादीको पहिलो पटक संसदीय दलको बैठक बसेको हो । बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयन […]
१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूलाई नयाँ पार्टी खोल्न दोस्रो तहका नेताहरुले दबाब दिएको तर अन्तिममा साथ छाडेको भन्ने अभिव्यक्तिको एमाले उपाध्यक्ष भीम रावलले सामाजिक सन्जालबाट जवाफ फर्काएका छन् । शनिबारको एक कार्यक्रममा नेपालले दोस्रो पुस्ताका नेताहरुले आफूलाई घचेटेर अगाडि बढ् भनेको तर पछाडि फर्किएर हेर्दा कोही नपाएको बताएका […]
१३ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलका शीर्ष नेताहरुसँग परामर्श गरेका छन् । प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग आइतबार बिहान परामर्श गरेका हुन् । बालुवाटारमा भएको छलफल मन्त्रिपरिषद विस्तारको विषयमा केन्द्रित रहेको स्रोतले बतायो । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव […]
१३ भदौ, जनकपुरधाम । वर्षौंदेखि जीर्ण सडक मर्मत नगर्दा आवतजावतमा समस्या भएको भन्दै जनकपुरधाममा स्थानीय युवाहरुले टायर बालेर प्रदर्शन गरेका छन् । जनकपुरधाम–युदकोहा सडकखण्ड अन्तर्गत जनकपुरधाम १ स्थित पुलचोकमा स्थानीय युवाहरुले आइतबार बिहानदेखि सडक अवरुद्ध गरेका हुन् । स्थानीयले टायर बालेर र बाँस तेर्स्याएर सडक अवरुद्ध गरेका छन् । सडकमा भएका ठूला–ठूला खाल्डोको मर्मत गर्न […]
१३ भदौ, काठमाडौं । आगामी मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान शुरु हुने भएको छ । नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं-कोलम्बो सिधा हवाई उडान शुरु हुने जानकारी दिएकी छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले हप्ताको दुई मंगलबार र शनिबार काठमाडौं-कोलम्बो उडान हुने जानकारी दिए । प्रवक्ता […]
१३ भदौ, कर्णाली । अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत विद्यार्थी सङ्गठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति भएको छ । दुई पक्षबीच शनिबार साँझ सम्पन्न वार्तामा भौतिक उपस्थिति र वैकल्पिक माध्यममध्ये कुनै एक रोज्न स्वयं विद्यार्थीलाई नै दिने सहमति भएको हो । सहमतिअनुसार अब विद्यार्थीले परीक्षा व्यवस्थापन कार्यालयले सूचना जारी गरेको पाँच दिनभित्र तोकिएको […]
from समाचार – Online Khabar https://ift.tt/3mEvAW4
via IFTTT