समाचार
११ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट उद्धारको कार्य जारी रहने बताएका छन् । बिहीबार काबुल विमानस्थलमा आएको आक्रमणपछि अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यानडासहितका मुलुकले उद्धारको कार्य रोक्ने निर्णय गरिसकेका छन् । तर, बाइडनले भने हामीहरुले यो मिसन सकाउने बताएका हुन् । बिहीबार भएको आत्मघाती बम विष्फोटमा परी मृत्यु हुनेको संख्या ९० पुगेको छ […]
११ भदौ, धनगढी । लगातारका वर्षापछि कैलालीको पथरैया नदीमा आएको बाढी बस्तीमा पस्दा १ सय ३८ घर डुबानमा परेका छन् । पुर्वी कैलालीमा पर्ने जानकी गाउँपालिका-४ र ७ का एक सय ३८ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनका अनुसार वडा नम्बर-४ का ८० र वडा नम्बर-७ का […]
११ भदौ, काठमाडौं । अष्ट्रेलियाले अफगानिस्तानबाट आफ्ना नागरिकको उद्धारको कार्य रोकेको छ । आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)ले गरेको आत्मघाती आक्रमणपछि अष्ट्रेलियाले उद्धारकार्य रोक्ने निर्णय गरेको हो । आईएसले बिहीबार गराएको आत्मघाती बम विष्फोटमा परी अहिलेसम्म ८६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले बताएको छ । मृत्यु हुनेमा १३ जना अमेरिकी सैनिक छन् । […]
११ भदौ, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले सबै जिल्लामा १८ गते वडा अधिवेशन गर्नुपर्नेमा जोड दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले ३७ वटा जिल्लाको मात्र क्रियाशील सदस्यता विवरणमा हस्ताक्षर गरेर निर्वाचन समितिलाई दिएकाले सबै जिल्लामा वडा अधिवेशन नगर्न खोजेको त होइन भन्ने पौडेल समूहको आशंका छ । प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको […]
११ भदौ, काठमाडौं । तत्कालीन ओली सरकारले गत मंसिरमा ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । निवेदन दर्ता भएको करिव आधा दर्जन निवेदनहरु सुनुवाइका लागि पालोमा परेका हुन् । अधिवक्ता ओमप्रकाश अर्यालले दर्ता गरेको निवेदन तेस्रो क्रममा छ । कानून व्यवसायीहरुले दर्ता गरेका […]
११ भदौ, हेटौंडा । त्रिभूवन राजपथअन्तर्गत हेटौंडा-भैंसे सडकखण्डको सानुटारमा ट्रक दुर्घटना भएको छ । इटहरीबाट विजुलीको तार लिएर नौविसेतर्फ जाँदै गरेको प्र.१-००२ख ८७५९ नम्बरको ट्रक शुक्रबार बिहान करिब ५ बजेको समयमा दुर्घटना हुँदा ट्रकमा सवार एक जनाको मृत्यु भएको प्रहरी चौकी भैंसेले जानकारी दिएको छ । दुर्घटनामा परी घाइते भएका चालक र सहचालकलाई उपचारका लागि […]
११ भदौ, काठमाडौं । राजनीतिक दलसम्बन्धी अध्यादेश संविधानसँग बाझिएको र संवैधानिक मर्म विपरित जारी गरिएको भन्दै सर्वोच्च अदालतमा दर्ता भएको निवेदन संवैधानिक इजलासका पेशीमा चढेको छ । तर यसअघिका निवेदनहरुकै चाङ भएकाले ती निवेदन शुक्रबार सुनुवाई हुने सम्भावना कम भएको सर्वोच्च अदालत स्रोतले बतायो । ती निवेदनहरुभन्दा अघि अरु २०-२२ वटा निवेदनहरु सुनुवाई गर्नुपर्ने भएकाले […]
११ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । पार्टी महाधिवेशनसँग विभिन्न विषयमा छलफलका लागि चाक्सीबारीस्थिति उपसभापति प्रकाशमान सिंहको निवासमा उनीहरु छलफलमा जुटेका हुन् । वरिष्ठ नेता पौडेलसहित उपसभापति सिंह, नेताहरु शशांक, शेखर कोइरालालगायत सहभागी बैठकमा क्रियाशील सदस्यता सम्बन्धी विवाद, जिल्ला सभापतिहरुको अनशनलगायतका विषयमा छलपल हुने एक […]
११ भदौ, गुल्मी । गुल्मीमा जारी निषेधाज्ञा केही खुकुलो बनाउदै भदौ २० गतेसम्म थप गरिएको छ । जल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउदै भदौ २० गते राति १२ बजेसम्मलाई थप्ने निर्णय गरेको हो । कोरोना संक्रमण नियन्त्रणमा नआएका निषेधाज्ञालाई कायमै राखिएको जिल्ला प्रशासन कर्यालय गुल्मीले जनाएको छ । थपिएको निषेधाज्ञा अनुसार पसल […]
११ भदौ, गुल्मी । अविरल वर्षासँगै आएको पहिरोले गुल्मीको रिडी-रुद्रावेनी सडक अवरुद्ध भएको छ । सडक खण्डको रुरुक्षेत्र गाउँपालिका वडानम्बर-२ साघुरेमा सडक माथिबाट ढुङ्गा र माटो खसेकाले अवरुद्ध बनेको अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडीका हवल्दार जगत खनालले बताए । पानी निरन्तर रुपमा परिरहेको पहिरो खस्ने क्रमम रहिरहेकाले सडक खुलाउन समस्या भएको खनालको भनाइ छ । […]
११ भदौ,बुटवल । बिहीबार रातिदेखि परेको भारी वर्षाका कारण नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ। परासी हुँदै बगेको झरही नदीमा पानी ओभर फ्लो हुँदा र रावण खन्डा खोलाको बाढी बजारमा पस्दा डुबान भएको हो । बाढी पसेर बजारको अधिकांश स्थान जलमग्न भएको छ । बजारका सयौं घर डुबानमा परेका छन् । डुबानले परासी […]
११ भदौ, काठमाडौं । सोलुखुम्बुकी २८ वर्षीया अनिता (नाम परिवर्तन) लाई असार अन्तिम साता एप्पल कम्पनीमा काम गर्छु भन्दै चुम ली नामक व्यक्तिले फ्रेण्ड रिक्वेस्ट पठाए । झट्ट हेर्दा विदेशी नागरिक जस्तै देखिने चुम लिले अन्तर्राष्ट्रिय कम्पनीमा काम गर्छु भनेर फोटो पठाएपछि उनले सहजै विश्वास गरिन् । सामान्य कुराकानी भएको केही समयमै उनले ‘भ्वाइस कल’ […]
११ भदौ, बुटवल । अविरल वर्षाका कारण पुल भासिँदा, पहिरो जाँदा, बाढी आउँदा र कल्भर्ट बगाउँदा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका कम्तीमा आठ स्थानमा सडक अवरुद्ध भएको छ । लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका अनुसार रुपन्देही, नवलपरासी, अर्घाखाँची, बर्दिया, गुल्मी र पाल्पाका विभिन्न स्थानमा सडक अवरुद्ध भएका हुन् । ट्राफिक कार्यालयका सूचना अधिकारी डिल्ली नारायण पाण्डेयका […]
११ भदौ, धनगढी । कैलालीमा भरुवा बन्दुुकसहित एक जना पक्राउ परेका छन् । मोहन्याल गाउँपालिका-६ नारासोती बस्ने ५० वर्षीय गंगाराम जैसीलाई भरुवा बन्दुुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुुगरखालबाट खटिएको टोलीले जैसीलाई पक्राउ गरेको हो । स्थानीय जंगलमा हिँडिरहेको अवस्थामा पक्राउ परेका जैसीविरुद्ध हातहतियार सम्बन्धी […]
११ भदौ,बुटवल । अविरल वर्षापछि आएको बाढीका कारण रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल भासिएको छ । पुल भासिएपछि पूर्व-पश्चिम राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ । पुल भार्सिसँगै उक्त सडकखण्ड हुँदै आवत-जावत गर्ने सवारी साधनहरु दुवैतर्फ रोकिएका छन् । ट्राफिक प्रहरीका अनुसार नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका- १० लण्डनब्रिजस्थित पूर्वपश्चिम राजमार्गको सडकखण्ड बासा, भुताहा र सुनवल […]
११ भदौ, धनगढी । सुुदूरपश्चिम प्रदेशमा आज शुक्रबारदेखि गौरा पर्व सुरु भएको छ । गौरा पर्वको पहिलो दिन आज पञ्चमी परेको छ । आजका दिन महिलाहरुले बिहानै स्नान गरी घर घरमा बिरुडा राख्ने गर्दछन् । घरको एक कोठामा गाईको गोबरले लिपेर तामा-पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिङ्गारेर […]
११ भदौ, काठमाडौं । अफगानिस्तानमा रहेका नेपाली नागरिकको उद्धार प्रक्रिया अन्तिम चरणमा पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् । सरकारी तथ्यांक अनुसार अफगानिस्तानमा १५०० को हराहारीमा नेपाली थिए, तीमध्ये बिहीबार साँझसम्म ९०० नेपाल फर्किसकेका छन् । थप २०० जना अफगानिस्तानबाट उद्धार भई दोहा, लण्डन र नयाँ दिल्ली ल्याएइको छ । पछिल्लोपटक बिहीबार ११ जना नेपालीहरु काबुलबाट […]
११ भदौ, चितवन । वर्षाका कारण पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सडकमा पहिरो खसेपछि बिहीबार रातिदेखि नै सडक दुईतर्फ अवरुद्ध भएको प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका-२९ सेती दोभान र पाँचकिलोमा पहिरो खसेको छ । सडकको पहिरो पन्छाउन शुक्रबार बिहानैदेखि डोजर र जेसिबी प्रयोग गरी काम भैरहेको छ । ट यात्रा गर्न […]
११ भदौ, धनगढी । पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । कैलालीको खानीडाँडामा सडक माथिबाट गएको पहिरोले सुदूरपश्चिमप्रदेशका पहाडी जिल्लालाई जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार पहिरोले राजमार्ग अवरुद्ध भएपछि गन्तव्यकालागि छुटेका सवारीसाधन खानीडाँडामै रोकिएका छन् । डोजरको सहायताले पहिरो पन्छ्याउने कामभइरहेको प्रहरीले जनाएको छ ।
११ भदौ, काठमाडौं । अफगानस्थानको राजधानी काबुलस्थित विमानस्थल परिसरमा बिहीबार भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या बढेको छ । बम विस्फोटमा परी ६० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बीबीसीका अनुसार विस्फोटमा मृत्यु हुनेमध्ये १३ जना अमेरिकी नागरिक रहेका छन् । अफगानस्थान छोड्न विमानस्थल परिसरमा मानिसहरूको ठूलो भिड जम्मा भएका बेला उनीहरूलाई […]
भदौको महीना । दोस्रो हप्तातिर हुनुपर्छ । चारैतिर हरियाली । पहाडको ठाउँ । खोलानाला बढिरहेका थिए भने साना खोल्साहरूले पनि बाटो छेक्दै थिए । गोरखा जिल्लाको तत्कालीन हंसपुर गाविस (हालको अजिरकोट गाउँपालिका-३) मा एउटा विद्यालय छ- जुन अहिले पनि छ । तत्कालीन ज्ञानज्योति मावि अहिले उच्च मावि भइसकेको छ । गाउँको अलि उँचाइमा पर्छ विद्यालय […]
from समाचार – Online Khabar https://ift.tt/2WyDdm6
via IFTTT