Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

निगमको जग्गा दाबीबाट ल्युब आयल पछि हट्यो

११ भदौ, काठमाडौं । झण्डै ६ करोड मूल्य बराबरको नेपाल आयल निगमको जग्गाको स्वमित्व दाबीबाट चौधरी समूह पछि हटेको छ । निगमको दुई नम्बर प्रादेशिक कार्यालय अमलेखगञ्जको डेढ बिघा जमिनको स्वमित्व दाबी गर्दै उच्च अदालतमा दायर गरेको मुद्दा ल्युब आयलले फिर्ता लिएको निगमले जनाएको छ । २०५१ सालमा अर्थ मन्त्रालयले ६० प्रतिशत शेयर निगमको र […]

ओमानमा नेपाली क्रिकेट टिमको तयारी (फोटो फिचर)

११ भदौ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पीएनजी)सँगको एकदिवसीय खेलका लागि नेपाली क्रिकेट टिम हाल ओमानमा छ । सिरिजका लागि ओमान पुगेका नेपाली टोलीले अन्तिम तयारी समेत शुरु गरेको छ । नेपाल, ओमान र अमेरिका सम्मिलित लिग–२ सिरिज सेप्टेम्बर १३ देखि २० सम्म हुनेछ । ओमान पुगेपछि नेपाली  […]

वाग्मती गाउँपालिकामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालनमा

११ भदौ, ललितपुर । वाग्मती गाउँपालिका-३ भट्टेडाँडास्थित छवेली कृषि विकास शाखा कार्यालयले डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ । जिल्लाको विकट उक्त क्षेत्रमा माटो अनुसारको कृषि बाली लगाउन किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सो प्रविधि भित्र्याइएको हो । खेतीयोग्य जमिनको गुणस्तर अनुसार कस्तो खेती फस्टाउँछ भन्ने ज्ञान दिलाउन बिहीबारदेखि सो प्रविधि प्रयोगमा ल्याइएको गाउँपालिका अध्यक्ष […]

चापागाउँ-सुनाकोठी सडकको कालोपत्रे ६ महिनामै उप्कियो

११ भदौ, ललितपुर । कालोपत्रे गरेको ६ महिना नपुग्दै ललितपुरको चापागाउँ-सुनाकोठी सडकमा खाल्डैखाल्डा भएको छ । सडक निर्माणका लागि ठेक्का सम्झौता भएको पाँच वर्षमा कालोपत्रे भएको सडक केही महिनामै पहिलेकै अवस्थामा पुगेको हो । कुल २० मिटर चौडा कायम गर्ने गरी ठेक्का सम्झौता भएकोमा विस्तार गर्न नसकिएपछि करीब ६ मिटर चौडाइमा कालोपत्र भएको थियो । […]

रुपन्देही र नवलपरासीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रगति निराशाजनक

११ भदौ, बुटवल । कृषि क्षेत्रको रुपान्तरण गर्ने भनेर पाँच वर्षअघि कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रगति रुपन्देही र नवलपरासीमा निराशाजनक पाइएको छ । कुल परियोजना अवधिको आधा समय सकिंदासम्म स्थानीय तहमा सञ्चालित ब्लक तथा पकेट कार्यक्रमको प्रगति निराशाजनक देखिएको हो । कृषितर्फ तुलनात्मक सुधार देखिएपनि बाख्रा पकेट क्षेत्रका लागि सञ्चालित कार्यक्रम कार्यान्वयन कमजोर […]

प्रतिकूल मौसमको प्रभाव हवाई उडानमा, पोखराबाट जहाज काठमाडौं डाइभर्ट

११ भदौ, काठमाडौं । प्रतिकुल मौसमको प्रभाव हवाई उडानमा परेको छ  । काठमाडौंको त्रिभुवन विमानस्थलबाट हुने उडान गन्तव्य विमानस्थलहरुको प्रतिकुल मौससका कारण प्रभावित बन्न पुगेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार मौसमका कारण जहाज अवतरण हुन नसकेपछि काठमाडौंबाट पोखरा पुगेका जहाज पुनः काठमाडौं नै डाइभर्ट गरिएको छ । अहिले पोखरा विमानस्थल मौसम खराबीका कारण बन्द […]

कसैलाई असक्षम घोषित गर्न म सभापति हुन खोजेको होइन : निधि

११ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफू कसैलाई पराजित गर्न पार्टी सभापति हुन नखोजेको बताएका छन् । आगामी चुनावमा कांग्रेसलाई बहुमत दिलाउने आफ्नो उद्देश्य भएको उनले बताए । शुक्रबार काठमाडौंको बानेश्वरमा सम्पर्क कार्यालय खोलेका निधिले भने, ‘म सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेको छु, त्यसकै लागि सम्पर्क कार्यालय स्थापना गरेको छु ।’ आफ्नो […]

पूर्वी नवलपरासीमा पहिरोमा परी तीन जना बेपत्ता, एक जना घाइते

११ भदौ, बुटवल  । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चारघरेमा पहिरो जाँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन् । पहिरोमा परी एक जना गम्भीर घाइते भएका छन् । चारघरेका हस्तबहादुर पुलामीको घरमाथिबाट पहिरो खस्दा ५० वर्षीया धनमाया पुलामी र उनका दुई जना नातिनीहरू ७ वर्षीया भूमिसरा र ६ वर्षीया देउमाया बेपत्ता भएको गाउँपालिकाका अध्यक्ष […]

अफगानी क्रिकेटर रासिद खान भन्छन्- अफगानीलाई मार्न बन्द गर

११ भदौ, काठमाडौं । अफगानिस्तानका युवा क्रिकेटर रासिद खानले विश्व समुदायसँग अफगानिस्तानको हिंसा अन्त्यको लागि अग्रह गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन्- अहिले पुनः काबुलमा रगत बगिरहेको छ । कृपया, अफगानीलाई मार्न बन्द गर ।’ बिहीबार काबुल विमानस्थलमा भएको बम विष्फोटको घटनालाई लक्षित गर्दै रासिद खानले यस्तो प्रतिक्रिया दिएका हुन् । बिहीबार […]

बेलायतले दिएको एक लाख ३० हजार डोज खोप नेपाल आइपुग्यो

११ भदौ, काठमाडौं । बेलायतले नेपाललाई एक लाख ३० हजार डोज कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोप उपलब्ध गराएको छ । नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले ट्वीटरमार्फत खोप बिहीबार काठमाडौं आइपुगेका जानकारी दिएकी हुन् । 130k UK Astra Zeneca vaccines just arrived in Nepal. @mohpnep @MofaNepal @NepalEmbassyUK #UKaid pic.twitter.com/TbrxwHaPVq — NicolaPollitt (@NicolaPollittUK) August 26, 2021 राजदूत […]

कुन इजलासले हेर्ने आज टुंगिने, यस्ता छन् तीन विकल्प

११ भदौ, काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ कुन इजलासमा गर्ने भन्ने संवैधानिक इजलासले टुंगो लगाउने भएको छ । ओली सरकारले ३० मंसिर २०७७ मा ल्याएको अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिविरुद्ध परेको रिट झण्डै ८ महिनापछि शुक्रबार संवैधानिक इजलासको पेशीमा चढेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको इजलासमा […]

विमलेन्द्र निधिले बानेश्‍वरमा खोले सम्पर्क कार्यालय

११ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४औँ महाधिवेशनको तयारी स्वरुप बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय खोलेका छन् । कांग्रेसको सभापति पदमा उम्‍मेदवारी दिने निर्णयगरेसँगै निधिले शुक्रबार बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय उद्‌घाटन गरेका हुन् । उनको सम्पर्क कार्यालयको उद्‌घाटनमा कांग्रेसका नेताहरु उपस्थित भएका छन् । उनले सभापति शेरबहादुर देउवालाई आफू पनि सभापति […]

संवैधानिक नियुक्तिमा भागबण्डा लिएको भन्दा प्रधानन्यायाधीशको आपत्ति

११ भदौ, काठमाडौं । संवैधानिक इजलासमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्तिहरुविरुद्ध परेको रिटको सुरुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सहभागिताबारे प्रश्न उठेको छ । अधिवक्ता ओमप्रकाश अर्याललगायतले दायर गरेको रिटको पेशी शुक्रबार प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासमा चढेको छ । अध्यादेशअनुसार परिषद्ले गरेको निर्णयमा संलग्न भएको र अध्यादेश संविधानसम्मत रहेको भनी लिखित जवाफ लेखेकाले […]

सर्वोच्चमा बहस : संवैधानिक परिषद्सम्बन्धी मुद्दा संवैधानिक कि पूर्ण इजलासले हेर्ने

११ भदौ, काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ कुन इजलासमा गर्ने भन्ने बहस शुरु भएको छ । ओली सरकारले ३० मंसिर २०७७ मा ल्याएको अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिविरुद्ध परेको रिटको पेशी संवैधानिक इजलासमा चढेको छ । अध्यादेशअनुसार संवैधानिक परिषद्ले गरेको निर्णयमा आफैं संलग्न भएको र अध्यादेश […]

दाङमा भाइरल ज्वरोका बिरामी बढे

११ भदौ, दाङ । मौसमी परिवर्तनका कारण यहाँका सरकारी तथा निजी अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमही अस्पताल, तुलसी बाल अस्पताल, तुलसीपुर सिटी अस्पतालमा दैनिक आउने बिरामीमध्ये ६० प्रतिशतभन्दा बढी रुघाखोकी, टाइफाइड, निमोनियाका छन् । राप्ती प्रादेशिकमा दैनिक २०० भन्दा बढी त्यस्ता बिरामी उपचारका […]

रुपन्देहीको दानव खोलामा आएको बाढीले बगाउँदा एक युवक बेपत्ता

११ भदौ, बुटवल । रुपन्देहीको दानव खोलामा आएको बाढीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । बाढीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा सम्मरीमाई गाउँपालिका–३ पिपरहवाका २३ वर्षीय बब्लु लोध बेपत्ता भएका हुन् । शुक्रबार बिहान ६ बजेतिर बेपत्ता भएका लोधको खोजीका लागि स्थानीय र प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी […]

काठमाडौंमा आजदेखि भेराेसेलको दोस्रो डोज दिइँदै

११ भदौ, काठमाडौं । काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई शुक्रबारदेखि दोस्रो डोज दिन शुरु गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार गत साउन १४ गतेबाट भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई दोस्रो डोज दिन थालिएको हो । तीन दिनसम्म चल्ने खोप अभियानमा पहिलो डोज लगाएका ५० वर्षभन्दामाथि उमेर समूहका नागरिकलाई […]

चार न्यायाधीशको रायमा मेरो सहमति रहन्छ : प्रधानन्यायाधीश जबरा

११ भदौ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाईबाट अलग हुन अस्वीकार गरेका छन् । ओली सरकारले ३० मंसिर २०७७ मा ल्याएको अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिविरुद्ध परेको रिटको पेशी संवैधानिक इजलासमा चढेको छ । अध्यादेशअनुसार संवैधानिक परिषद्ले गरेको निर्णयमा आफैं संलग्न भएको र अध्यादेश […]

कांग्रेस महाधिवेशन : ३८ जिल्लामै खटिए निर्वाचन अधिकृत (सूचीसहित)

११ भदौ, काठमाडौं । कांग्रेस केन्द्रीय निर्वाचन समितिले ३८ वटै जिल्लामा मतदान अधिकृत खटाएको छ । क्रियाशील सदस्य (नयाँ र नवीकरण) को नामावली सार्वजनिक गरेसँगै आगामी भदौ १८ गते हुने वडा अधिवेशनसहित जिल्ला अधिवेशनसमेतको निर्वाचन गर्न केन्द्रीय निर्वाचन समितिले ३८ जिल्लामा प्रतिनिधि खटाएको हो । केन्द्रीय निर्वाचन समिति संयोजक महादेव यादवले मतदान अधिकृतहरु शुक्रबार नै […]

भक्तपुरको बोडेमा नाचे ‘देवता’ (फोटो फिचर)

११ भदौ, काठमाडौं । गाईजात्राको भोलिपल्टदेखि सुरु हुने भक्तपुरको प्रसिद्ध निलबाराही नाच आज शुक्रबार सकिएको छ । यो नाच मध्यपुर थिमि नगरपालिकाको बोडेमा चार दिन चार रातसम्म चल्छ । यसलाई बोडेको प्रख्यात जिब्रो छेड्ने र विस्केट जात्रापछिको ठूलो पर्वका रुपमा लिने गरिन्छ । यस नाचमा भैरव, निलबाराही, कुमारी, सिंह, द्वारपाल, क्षेत्रपाल र गणेशसहितका देवगण नाच्ने […]

आक्रमणले उद्धार कार्य रोकिंदैन : बाइडन

११ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट उद्धारको कार्य जारी रहने बताएका छन् । बिहीबार काबुल विमानस्थलमा आएको आक्रमणपछि अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यानडासहितका मुलुकले उद्धारको कार्य रोक्ने निर्णय गरिसकेका छन् । तर, बाइडनले भने हामीहरुले यो मिसन सकाउने बताएका हुन् । बिहीबार भएको आत्मघाती बम विष्फोटमा परी मृत्यु हुनेको संख्या ९० पुगेको छ […]



from समाचार – Online Khabar https://ift.tt/38oLc7z
via IFTTT
Powered by Blogger.