समाचार
१२ भदौ, गुल्मी । गुल्मीमा बिरामी चितुवाको उद्धार गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–५ वस्तुमा बिरामी अवस्थामा भेटिएको चितुवाको उद्धार गरिएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । चितुवा दुब्लो र राम्रोसँग हिँडडुल समेत गर्न नसक्ने अवस्थामा भेटिएको थियो । नियन्त्रणमा लिइएको चितुवा २÷४ दिन अगाडिदेखि नै वस्ती आसपासमा रहेका खाली गोठहरुमा बस्ने गरेको स्थानीय […]
१२ भदौ, बुटवल । अविरल वर्षापछि आएको बाढीले रुपन्देहीका दर्जनौं उद्योगमा क्षति पु¥याएको छ । तिलोत्तमाको मणिग्रामदेखि दक्षिणतर्फ भैरहवासम्म र भैरहवा–परासी कोरिडोरका उद्योगहरुमा बाढीले बढी क्षति पु¥याएको छ । तिलोत्तमास्थित पञ्चकन्या समूहका प्लास्टिक र स्टिल उद्योगमा बाढी पस्दा करिब दश करोड रुपैयाँको क्षति भएको पञ्चकन्या समूहका नायब महाप्रबन्धक देवेन्द्र साहूले बताए । उद्योगमा उत्पादनका लागि […]
‘सिनेमा हेर्न जाने दर्शकलाई रुमाल दिइनेछ’ एकताका दर्शकका लागि आहृवान गरिएको विज्ञापन हो, यो । चलचित्र थियो, ‘अजम्बरी माया’ । निर्देशक थिए, दीपक श्रेष्ठ । त्यसबेला चलचित्र हेर्ने ताँतीमा उभिएका दर्शकलाई रुमाल दिइएको थियो । रुमाल यस कारण कि, दर्शकलाई आँशु पुछ्न काम लागोस् । यसबाट निर्देशक/निर्माताहरू दर्शकलाई यस्तो मनोवैज्ञानिक प्रभाव पार्न चाहन्थे कि, सिनेमाले […]
११ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले गठबन्धन सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा एकीकृत समाजवादी सहभागी हुने यसअघि नै तय थियो । तर २ भदौमा एमालेबाट अलग भएको यो दलले वैधानिकता नपाएकाले मन्त्रिपरिषद् […]
१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन निर्वाचन समितिले ५ जिल्लाको क्रियाशील सदस्यता विवरण वेवसाइटमा राखेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले काम सकेका नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँची जिल्लाका क्रियाशील सदस्यको नामावली वेवसाइटमा प्रकाशित गरिएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । ती विवरण सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतलाई पनि पठाएको उनले बताए ।
१२ भदौ, काठमाडौं । क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै रिले अनशनमा बसेका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले अनशन अन्त्य गरेका छन् । क्रियाशील सदस्यता विवाद टुंग्याउने जिम्मा पाएका नेताहरु कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकले शनिबार साँझ पार्टी कार्यालय सानेपा पुगेर अनशन बसेका जिल्ला सभापतिलाई माग पूरा भइसकेको जानकारी गराएका थिए । […]
१२ भदौ, जनकपुरधाम । मधेशका महिला अहिले पनि धेरै पछाडि छन् । मधेशभित्रको मुश्लिम महिलाको अवस्था त अझै कमजोर छ । विद्यालय जान नपाइने, घरधन्दामै व्यस्त रहनुपर्ने, बाहिर निस्किँदा बुर्का लगाउनुपर्ने क्रम केही घटेपनि मधेसमा तुलनात्मक रुपमा मुस्लिम महिला सामाजिक रुपमा पछाडि नै छन् । पछाडि परेको यो समुदायबाट चिकित्सा क्षेत्रमा अगाडि आएकी छिन् जेवा […]
१२ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई छाडेका दोस्रो पुस्ताका नेताहरुको पोल खोलेका छन् । उनीहरुले आफूलाई आजै पार्टी खोलौं, भोलि पार्टी खोलौं भन्ने दबाव दिएको र निर्वाचन आयोगमा दुई वटा पार्टी समेत दर्ता गराएको उनको दाबी छ । पेशागत महासंघ नेपाल, बाग्मती प्रदेशले शनिबार गरेको जिल्लास्तरीय भेलामा एकीकृत समाजवादीका अध्यक्ष […]
१२ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले तत्काल नेकपा माओवादी केन्द्रसँग एकता नगर्ने भएको छ । नेकपा एमालेबाट अलग भएका आफ्नो नेतृत्वमा नयाँ पार्टी बनाएका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधार बनाउने पहिलो प्राथमिकता भएको बताए । शनिबार ललितपुरमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले वाम लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए । उनले भने, […]
कथासंग्रह ‘याम्बुनेर’को शुरुआतमा कथाकार बिना थिङ लेख्छिन्- हाम्रो लागि याम्बूसम्मको दूरी धेरै फराकिलो हो । यो भूगोलको होइन, पहुँच र प्राप्तिको सन्दर्भ हो । याम्बु, अर्थात् एक तामाङको लागि ‘तात्कालीन नेपाल’ । स्वाभाविक रुपले बिना थिङ ‘तामाङ’को लागि पनि । अर्थात् अहिलेको काठमाडौं उपत्यकालाई याम्बु भनिन्थ्यो । र एक तामाङको आँखाबाट याम्बु अन्य जातिको लागि […]
१२ भदौ, ललितपुर । ललितपुर महानगरपालिकामा पनि फोहोर व्यवस्थापनमा समस्या देखिएको छ । फोहोर व्यवस्थापनमा समस्या देखिएपछि मेयर चिरीबाबु महर्जनले महानगरवासीलाई केही दिनका लागि आफ्नो घर कम्पाण्डमा उत्पन्न हुने फोहोरलाई घर÷कम्पाउण्डमा नै व्यवस्थापन गर्न अनुरोध गरेका छन् । महानगरभित्रले अस्थायी रुपमा फोहोर जम्मा गर्दै आएको स्थल भरिएकाले केही दिनका लागि घरको फोहोर कहिने र नकुहिने […]
१२ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित केही नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताएका छन् । ललितपुरको महालक्ष्मी नगरपालिकामा शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘एक–दुई पात खस्दैमा पिर मानेर रुख ढल्दैन । एकदुइटा पात पहेँलिएर झर्छन्, अर्को टुसो आउँछ । अहिले हेर्नुस् त कमिटीहरुको […]
१२ भदौ, वीरगञ्ज । वीरगञ्जमा आइतबारदेखि कक्षा ६ र ७ को पनि भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने भएको छ । वीरगञ्ज महानगरपालिकाको शिक्षा शाखाले सूचना जारी गर्दै आइतबारदेखि कक्षा ६ र ७ को पनि भौतिक उपस्थितिमा पठनपाठन सचालन गर्न विद्यालयहरुलाई आग्रह गरेको छ । साउन ३० गतेबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थीको भौतिक उपस्थितिमा […]
१२ भदौ, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको पूर्वउपाध्यक्ष श्री पराजुली अब कास्कीको रुपा गाउँपालिकातिर भेटिन्छन् । २१ वर्ष लामो अमेरिका बसाइ टुंग्याएर नेपाल आएका उनले जन्मभूमि रुपा गाउँपालिकामा कृषि व्यवसाय सुरु गरेका छन् । उनको राष्ट्रिय नमूना कृषि फार्ममा विभिन्न फलफूल खेती गरिएको छ । कामको सिलसिलामा सन् २००० मा अमेरिका पुगेका […]
१२ भदौ, बुटवल । राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दल्ने व्यक्ति पक्राउ नपरेको भन्दै स्वास्थ्यकर्मीले प्रहरी कार्यालयमा धर्ना दिएका छन् । अस्पताल विकास समितिका पदाधिकारी, अस्पतालका चिकित्सक र कर्मचारी, निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीले संयुक्त रुपमा शनिबार इलाका प्रहरी कार्यालय तुलसीपुरमा धर्ना दिएका हुन् । प्रहरीले यस […]
१२ भदौ, विराटनगर । माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रदेश १ का १० जना सांसद खुलेका छन् । पार्टी विभाजन भएपछि माधव पक्षका १८ मध्ये १० जना मात्रै सांसद नयाँ पार्टीमा खुलेका हुन् । नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र राईले सांसदको संख्या १२ पुग्ने दाबी गरे । प्रदेश १ मा पहिले […]
१२ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा युवाहरुलाई नेतृत्व दिने मन भएको बताएका छन् । आफू छिटो भन्दा छिटो राजनीतिबाट विदा हुने चाहना भए पनि युवाहरु तयार नहुँदासम्म सुख पाउने सम्भावना नरहेको बताए । ‘छिटो भन्दा छिटो विदा भएर संस्मरण लेख्न मन छ’ शनिबार आयोजित वाईसीएलको राष्ट्रिय भेलामा उनले भने, […]
१२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४०९ पीसीआर परीक्षणमा १५१६ जना र ३७६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी १८५७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २२२२ रहेको छ भने संक्रमणका कारण […]
१२ भदौ, बुटवल । भैरहवा वितरक संघको प्रथम अधिवेशनले राजकुमार जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा अभिनवमयुर कसौधन, महासचिवमा कुलानन्द पोखरेल, कोषाध्यक्षमा विजयबहादुर कोइरी र सचिवमा धर्मेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा मनिष अग्रवाल, महेन्द्रकुमार गुप्ता, ईश्वरप्रसाद सुवेदी, कपिल ज्ञवाली, मोहन पन्थी र प्रकाश अधिकारी रहेका छन् । […]
१२ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपालले आधिकारिक वेवसाइट सुरुवात गरेको छ । वाइसीएल नेपालले राष्ट्रिय भेलाको अवसर पारेर वाइसीएल नेपालको आधिकारिक वेबसाइट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे । युवा संगठनलाई डिजिटल मैत्री बानाउने भन्दै वाइसीएलले वेबसाइट सञ्चालन गरेको हो । वाइसीएलका महासचिव सुवोध शेर्पालीले संगठनसंवद्ध सबै जानकारी वेबसाइटमार्फत गराइने र देशभरका युवाले सदस्यता लिन चाहेमा अनलाइनमार्फत सहज रुपमा लिन सक्ने व्यवस्था गर्ने बताए । वाइसीएलले […]
१२ भदौ, गुल्मी । अविरल वर्षासँगै गएको पहिरोले अवरुद्ध गुल्मीको रिडी रुद्रवेणी सडक सञ्चालनमा आएको छ । शुक्रबार यो सडक खण्डको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–२ साघुरेमा ढुङ्गा र माटोसहितको पहिरो खसेको थियो । अवरुद्ध बनेको सडक शनिबार दिउँसोबाट सञ्चालनमा आएको अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडीका हवल्दार जगत खनालले बताए । पानी निरन्तर रुपमा परिरहेका कारण पहिरो पन्छाउन ढिलाइ […]
from समाचार – Online Khabar https://ift.tt/3kC7jNN
via IFTTT