Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

ललितपुरको शुभाने खोलामा बगेर महिलाको मृत्यु, बालिका बेपत्ता

१२ भदौ, ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका-६ आश्राङ र नं ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलामा एक महिलाको मृत्यु भएको छ भने बालिका बेपत्ता भएकी छन् । विगत तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया सञ्जु सिङतानको मृत्यु भएको हो । वडा नं ७ का वडाध्यक्ष नवराज सञ्जेलका अनुसार शुक्रबार दिउँसो […]

कैलालीमा सेनिटाइजर पिएका एक जनाको मृत्यु

१२ भदौ, धनगढी । कैलालीमा सेनिटाइजर पिएका एक जनाको मृत्यु भएको छ । भदौ ९ गते सेनिटाइजर पिएका धनगढी उपमहानगरपालिका-१२ का टीकाराम बराइलीको उपचारका क्रममा शुुक्रबार मृत्युु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुुसार सेनिटाइजर पिएका बराइली स्वास्थ्यमा समस्या देखिएपछि शुुक्रबार जुुगेडामै स्थानीय मेडिकलमा पुुगेका थिए । त्यहाँ उनलाई स्लाइन चढाइएको थियो […]

बिहारको आदापुरबाट ७ जना नेपाली युवतिको उद्धार

१२ भदौ, वीरगञ्ज । प्रहरीले भारतको बिहारबाट ७ जना युवतीको उद्धार गरेको छ । पूर्वी चम्पारण छौडादानो नगर पञ्चायत-११ आदापुर बजारबाट प्रहरीले युवतीको उद्धार गरेको हो । अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाइ उनीहरुलाई बेच्ने तयारी भइरहेको सूचनाको आधारमा प्रहरी टोली आदापुर पुगेको थियो । भदौं ९ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको […]

कैलालीको मोहना नदीमा बगेर एकजना बेपत्ता

१२ भदौ, धनगढी । कैलालीको मोहना नदीमा तर्ने क्रममा एकजना बेपत्ता भएका छन् । शुक्रबार साझ ६ बजेको समयमा कञ्चनपुरबाट मोहना नदी तरेर फर्किने क्रममा धनगढी उपमहानगरपालिका -३ का पुरन राना बगेर बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बेपत्ता भएका रानाको खोजी कार्य भइरहेको जानकारी […]

प्रधानन्यायाधीशले इजलास छाड्नुअघि अधिवक्ता अर्यालसँग भएको त्यो सवाल जवाफ

११ भदौ, काठमाडौं । सर्वोच्च अदालतमा मुद्दा दिएको करिव आठ महिनापछि सुनुवाईको पालो पाएपछि अधिवक्ता ओमप्रकाश शुक्रबार संवैधानिक इजलासमा प्रवेश गरे । संवैधानिक इजलासमा सुनुवाई हुने मुद्दाको सूचीमा उनी तेस्रो पालोमा थिए । पालो आउनासाथ पोडियममा उभिएका उनले मुद्दाको विषयवस्तु होइन, इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको उपस्थितिमाथि प्रश्न उठाउन थाले । उनले शुरुमै तत्कालीन प्रधानन्यायाधीश गोपाल […]

कसरी सुनुवाइबाट अलग हुने निर्णयमा पुगे प्रधानन्यायाधीश जबरा ?

पटकपटक बृहत इजलासको अडान नछाडेका प्रधानन्यायाधीश जबरा अन्ततः एक्लै पर्ने महशुस गरेपछि सुनुवाइबाट अलग हुने निर्णय गरेर निकास दिएको देखिन्छ ।

प्रदेश २ सरकारले शहीद परिवारलाई रोजगारीको आश्वासन दियो, काम दिएन

११ भदौ, जनकपुरधाम । मधेश आन्दोलनका क्रममा शहीद भएकाहरुको परिवारलाई रोजगारी दिने प्रदेश २ सरकारले योजना अघि सारे पनि यो फलदायी हुन सकेको छैन । प्रदेश सरकार गठन भएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले नै शहीद परिवारका एक जनालाई जागिर दिने निर्णय गरेको थियो । आफ्नो निर्णय बमोजिम ५ माघ, २०७५ मा सिरहाको लहानमा मधेश बलिदानी […]

‘माननीयज्यूहरु राज्यकोषबाटै जुत्तादेखि तौलिया खरिद गर्छन्’

११ भदौ, वीरगञ्ज । प्रदेश २ सरकारले आर्थिक पारदर्शिता र सुशासनको चर्को भाषण गरे पनि व्यवहारमा भने कमजोर रहेको पाइएको छ । प्रदेशमा बजेट नीति, तथा कार्यक्रम तर्जुमा तथा कार्यान्यनका क्रममा विभिन्न बेथिति देखिएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले विभिन्न बेथितिहरुलाई औंल्याएको छ । प्रतिवेदन अनुसार प्रदेश सांसदहरुले राज्यकोषबाटै जुत्ता, […]

क्रिकेटका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा

११ भदौ, काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएका छन् । वर्ल्ड क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिज खेल्न ओमान पुगेका उनले इमेलमार्फत नेपाल क्रिकेट संघ (क्यान)लाई राजीनामा बुझाएका हुन् । क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले मुख्य प्रशिक्षक वाट्मोरले राजीनामा दिएको पुष्टि गरेका छन् । सेप्टेम्बर १३ देखि २० सम्म हुने […]

गरिमाहीन बन्दै राष्ट्रिय संस्था

पार्टी नेताको आदेश पालना भन्दा बाहिर निस्किन नसक्ने उच्चपदस्थ संवैधानिक पदाधिकारीको व्यवहारले मुलुकका राष्ट्रिय संस्था गरिमाहीन हुँदैछन् ।

गण्डकीका होमस्टे : वर्षमा दुई जना पाहुना राखेर १० लाख अनुदान !

११ भदौ, पोखरा । बागलुङको जैमिनी नगरपालिकाको मारुनी सामुदायिक होमस्टेले सामुदायिक भवन बनाउन भन्दै प्रदेश सरकारबाट १० लाख रुपैयाँ अनुदान लियो । स्थानीय तहबाट समेत थप १ लाख ५० हजार रुपैयाँ लिएको उक्त होमस्टेले कुल २५ लाख रुपैयाँमा सामुदायिक भवन बनाइरहेको छ । तर दुई वर्षसम्म पहिलो तलाको ढलान र दोस्रो तलाको पिलरमै सीमित छ […]

कांग्रेस महाधिवेशन : थप १० जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक

११ भदौ काठमाडौं । नेपाली कांग्रेसले ४८ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरेको छ । कांग्रेसको १४ औं महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार ४८ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरिएको हो । भदौ १८ मा निर्धारित वडा अधिवेशनका लागि बिहीबार ३८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको निर्वाचन समितिले शुक्रबार थप […]

म्याद सकिएको खोपको प्रयोगबारे के हो यथार्थ ?

११ भदौ, काठमाडौं । कोरोना भाइरस विरुद्धको खोपको म्यादबारे भ्रममा नपर्न नागरिकलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले म्याद सकिएको खोपको प्रयोग भइरहेको अफवाहका पछि नलागी ढुक्क भएर खोप लगाउन आग्रह गरेका छन् । सरकारले म्याद सकिएको खोप नागरिकलाई दिइरहेकोबारे सामाजिक सञ्जालमा प्रश्न उठेपछि मन्त्रालयले यसलाई अफवाह भएको […]

अफगानिस्तानका मन्त्री, जो जर्मनीमा ‘डेलिभरी ब्वाइ’को काम गर्छन्

११ भदौ, काठमाडौं । सयेम सादात अफगानिस्तानका पूर्व सञ्चारमन्त्री हुन् । दुई वर्षसम्म मन्त्री पदमा रहेका सादातले सन् २०१८ मा आफ्नो पदबाट राजीनामा दिए र, जर्मनीतर्फ लागे । भविष्यको खोजीमा जर्मनीको पूर्वी सहर लेइपजिगमा पुगेका उनी ‘डेलिभरी ब्वाइ’ को काम गरिरहेका छन् । अफगानिस्तानको मन्त्री भइसकेको व्यक्ति ‘डेलिभरी ब्वाइ’ भनेको भन्दै उनले निकै आलोचना पनि […]

काठमाडौं : फोहोरै-फोहोरको शहर ! (भिडियो)

१० भदौ, काठमाडौं । नेपाली फिल्म ‘लुट’सँगै काठमाडौंबारे एउटा डाइलग हिट भयो, गिद्धैगिद्धको शहर ।’ आज भोलि भने काठमाडौं उपत्यका फोहोरै फोहोरको शहर जस्तो लाग्छ । जता हिँड्यो, सडक वरिपरि फोहोरको डंगुर छ । नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइट जाने सडक बिग्रिएको कारण देखाएर काठमाडौं उपत्यकामा तीन सातादेखि फोहोर संकलन गर्न छाडिएको छ । घरायसीदेखि व्यापारिक […]

हराएको मोटरसाइकल चार वर्षपछि त भेटियो, तर …

११ भदौ, काठमाडौं । बिहीबार दिउँसो २ बजेको समयमा भक्तपुरको बालकोट बस्ने भाइराजा कार्कीको मोबाइलमा घन्टी बज्यो । उनले गोजीबाट मोबाइल झिकेर हेरे, नचिनेको नम्बरबाट फोन आएको रहेछ । उनले फोन रिसिभ गरे । महानगरीय ट्राफिक महाशाखाबाट फोन आएको रहेछ । उनलाई ‘तपाईंको हराएको मोटरसाइकल फेला परेको छ, आवश्यक कागजात लिएर शुक्रबार लिन आउनू’ भनियो […]

दलविहीन भइसकेको महन्थ ठाकुर पक्षको उद्धार गरिदियौं : उपेन्द्र यादव

११ भदौ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले दलविहीन भइसकेको महन्थ ठाकुर पक्षको आफूहरुले उद्धार गरेको बताएका छन् । प्रतिगामीको मतियार बनेर दलदलमा फसेपछि महन्थ ठाकुर पक्षलाई आफूहरुले उद्धार गर्न लगाएको उनको भनाइ छ । जसपाद्वारा शुक्रबार जनकपुरधाममा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘दलदलमा आफैं फसेपछि उद्धार गर्नेबारे सोच्यौं, […]

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, सतर्क रहन प्रशासनको आग्रह

११ भदौ, सप्तरी। सप्तरी र सुनसरीको बीचमा पर्ने सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएको छ । उत्तरी पहाडी जिल्लासहित तराईका विभिन्न जिल्लामा विगत दुई-तीन दिनदेखि लागातार परेको वर्षाका कारण कोशीमा पानीको बहाव बढेको हो । कोशी ब्यारेज कन्ट्रोल रूमका अनुसार शुक्रबार दिउँसोको मापन अनुसार दुई लाख २२ हजार २१५ प्रतिसेकेन्ड क्यूसेक बहाव भइरहेको जनाइएको छ […]

वीरगञ्जमा जथाभावी फोहोर गर्नेलाई कारबाही

११ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले जथाभावी फोहोर फाल्ने तथा सडक अतिक्रमण गर्नेलाई जरिवाना तिराएको छ । जरिवाना बापत गत आर्थिक वर्ष २०७७÷७८ मा ७८ हजार १ सय रुपैयाँ राजश्व संकलन भएको छ । वीरगञ्ज महानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ अन्तर्गत उनीहरुलाई कारबाही गरिएको महानगरले जनाएको छ । ऐनमा कसूर अनुसार ५ सय देखि १ […]

सुर्खेतमा तरुण दलका जिल्ला सदस्यमाथि खुकुरी प्रहार

११ भदौ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा तरुण दलका जिल्ला सदस्यमाथि खुकुरी प्रहार भएको छ । शुक्रबार बेलुका करीब साढे सात बजे वीरेन्द्रनगर नगरपालिका–८ धमला चोकस्थित वीरेन्द्रनगर–४ कालागाउँका सन्तोष गिरीमाथि खुकुरी प्रहार भएको हो । तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टका अनुसार गिरी धमला चोकस्थित एक कटेजमा बसेको अवस्थामा मोटरसाइकलमा आएको एक समूहले खुकुरी प्रहार गरेको […]

अविरल वर्षाका कारण कहाँ के–के भयो ? गृहमा विपद व्यवस्थापन बैठक

११ भदौ, काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका १० जिल्लामा क्षति पुगेको छ । पहिरोका कारण २ जना बेपत्ता र एकजना घाइते छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका-४ मा परिहो जाँदा एक घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घटनामा एकै परिवारका तीनजना बेपत्ता छन् […]



from समाचार – Online Khabar https://ift.tt/3sROmKL
via IFTTT
Powered by Blogger.