Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

शेयर बजारमा उच्च अंककाे गिरावट, नेप्से ३ हजार अंकले तल झर्‍यो

१५ भदौ, काठमाडौं । सेयर काराेबार मापक नेप्से परिसूचकमा ठूलाे गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ६९.०४ अंकले घटेर २ हजार ९ सय ७५ दशमलव ८४ अंकमा झरेको छ । बजार उच्च अंकले घट्दा नेप्सेमा काराेबार हुने सबै समूहगत सबइन्डेक्सहरु घटेर राताम्मे देखिएका छन् । काराेबार रकम भने १३ अर्ब २५ कराेड नाघेको छ […]

सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय सचिवालय जनकपुरधाममा स्थापना

१५ भदौ, जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो केन्द्रीय सचिवालय जनकपुरधाममा स्थापना गरेको छ । अन्य दलले आफ्नो सचिवालय संघीय राजधानी काठमाडौंमै राख्ने गरेका भए पनि राउतले भने पार्टीको केन्द्रीय सचिवालय जनकपुरधाममा राखेका हुन् । मंगलबार एक कार्यक्रमकाबीच अध्यक्ष राउतले सचिवालयको उद्घाटन गरेका छन् । जनकपुरधामको भानुचोकमा रहेको सचिवालय कार्यालयको उद्घाटन गर्दै […]

बाहिरी जिल्लामा जुम्ली स्याउको माग बढ्यो

१५ भदौ, खलङ्गा। जुम्लामा उत्पादन भएको स्याउ बाहिरी जिल्लामा निर्यात गर्न सुरुआत गरिएको छ । देशका विभिन्न शहरबाट यहाँको स्याउको माग बढ्दो रहेको बताइएको छ । किसान पदम रावतले यही भदौको पहिलो सातादेखि स्याउ टिप्न सुरु भइसकेको जानकारी दिए । जिल्लाका स्याउ बजारमा बिक्रीका लागि निर्यात सुरु भएको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयले […]

वाईसीएलको २३१ सदस्यीय केन्द्रीय समिति चयन, पदाधिकारी पछि छान्ने

१५ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीएलको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रीय समितिलाई नै दिएको छ । […]

१० घण्टाको यात्रा अब आधा घण्टामा सरर…

१५ भदौ, गण्डकी । पोखराबाट सिमरासम्मको यात्रा गर्न लगभग १० घण्टा गाडीमा कुद्नुपर्छ । सडक बिग्रेभत्केका अवस्थामा त त्यो पनि सम्भव छैन । पर्यटकीय नगरी पोखरा भारतीय पर्यटकले राम्रै रुचाइएको गन्तव्य हो । नेपाल भित्रने अधिकांश भारतीय पर्यटकहरू रक्सौल नाकाबाट आउने गर्दछन् । नजिकै सिमारा विमानस्थल रहेर पनि पोखरा-सिमरा सिधा उडान नहुँदा सामान्य अवस्थामा पनि […]

कोरोना महामारीका कारण तम्घासमा रोपाइँ जात्रा भएन

१५ भदौ, गुल्मी । कोरोना महामारीका कारण गुल्मीमा यस वर्ष रोपाइँ जात्रा मनाइएन । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विभिन्न कार्यक्रम गरी मनाइने रोपाइँ जात्रा यस वर्ष महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण नगरिएको हो । सदरमुकाम तम्घासमा रहेका विभिन्न क्लब र संघसंस्था मिलेर कार्यक्रमसहित रोपाइँ जात्रा मनाउने गरिन्छ । क्लब तथा मन्दिर व्यवस्थापन समितिले श्रीकृष्णको रथ […]

सर्लाहीमा वडाध्यक्षविरूद्ध बलात्कार प्रयासको उजुरी

१५ भदौ, जनकपुरधाम । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका-७ का वडाध्यक्ष श्यामकुमार यादवविरुद्ध बलात्कार प्रयासको उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीका अनुसार यादवविरुद्ध उनकै छिमेकीले उजुरी दिएकी हुन् । उजुरी आएपछि अनुसन्धान प्रक्रियालाई अगाडि बढाइएको उनले बताए । भदौ ५ गते राति वडाध्यक्ष यादव आफ्नो घरमा प्रवेश गरी बलात्कार प्रयास गरेको महिलाले […]

अविरल वर्षाका कारण गुल्मीको सेउघामा सडक भासियो  

१५ भदौ, गुल्मी । अविरल वर्षासँगै गएको पहिरोले मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घास–सिमलटारी खण्डको सेउघामा सडक भासिएको छ । सडक छेउको ग्याभिङ वालसहित सडक भत्किएर पहिरो जाँदा दुईवटा घर समेत जोखिममा परेका छन् । रेसुङ्गा नगरपालिका–४ सेउघामा पहिरोले कालोपत्रे  सडकको आधाभन्दा धेरै भाग भत्किएको छ । सडक भासिएपछि आवतजावत जोखिमपूर्ण बनेको छ । अहिले एकतर्फी […]

जितपुरसिमरा उपमहानगरपालिका कार्यालयबाहिर फोहोर थुपारेर विरोध

१५ भदौ, वीरगञ्ज । जीतपुर सिमरा बजार क्षेत्रमा फोहोर नउठाएको विरोधमा स्थानीय युवाले उपमहानगरपालिका कार्यालयमा फोहोर उपहार पठाएका छन् । जीतपुर सिमरा बजार क्षेत्रमा लामो समयदेखि फोहोर व्यवस्थापन गर्ने बिषयमा उपमहानरपालिकाले चासो नदेखाएको भन्दै सांकेतिक विरोध स्वरुप युवाले बजारको फोहोर उपमहानगरपालिका कार्यालयमा पठाएका हुन् । बजारमा दुर्गन्ध बढेको भन्दै युवाले उपमहानगरपालिकाको गेटमा फोहोर थुपारेका छन् । ‘हामीले जति भन्दा पनि […]

मौसममा सुधार, अब ठूलो पानी नपर्ने

१५ भदौ, काठमाडौं । विगत केही दिनदेखि सक्रिय रहेको मनसुन कमजोर भई मौसममा सुधार भएको छ । नेपालको तराई भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर सरेकाले मनसुन आज केही कमजोर भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् सविना शाक्यका अनुसार अब केही दिन मनसुन कमजोर रहने भएकाले […]

बंगलादेश जाने यात्रुलाई लैजान ६ सेप्टेम्बरमा चार्टर्ड उडान हुने

१५ भदौ, काठमाडौं । नेपालबाट बंगलादेश जान चाहने यात्रुलाई लैजान आगामी ६ सेप्टेम्बरमा चार्टर्ड उडान हुने भएको छ । सो प्रयोजनका लागि विमान बंगलादेशको जहाजले ढाका–काठमाडौं–ढाका रुटमा चार्टर्ड उडान गर्न लागेको हो । नेपालस्थित बंगलादेशी दूतावासले बंगलादेश जान चाहने सो मुलुकका नागरिक तथा अन्य यात्रुलाई कम्पनीमा सम्पर्क गरी टिकट लिन भनेको छ । नेपाल र […]

बाग्लुङका केही स्थानीय तहमा खुल्न थाले विद्यालय

१५ भदौ, बागलुङ । कोरोना सङ्क्रमण दर न्यून भएसँगै जिल्लामा विद्यालय खुल्न थालेका छन् । विद्यालयले जनस्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमै पठनपाठन शुरु गरेका हुन् । कक्षागत रुपमा बार छुट्ट्याएर बालबालिकालाई पढाउन थालिएको ताराखोला गाउँपालिका–४ स्थित नेपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक उमानाथ अधिकारीले बताए । ‘बालबालिकालाई कहिलेसम्म पढाइबाट वञ्चित गर्ने ?’, उनले प्रश्न गरे, ‘महामारीको जोखिम […]

बल्ल स्कुल जान पायौं (फोटो फिचर)

१५ भदौ, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा मंगलबारदेखि विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन शुरु गरिएको छ । सरोकारवाला पक्षको सर्वपक्षीय भेलाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी विद्यालय खोल्ने निर्णय भएसँगै मंगलबारदेखि नगरक्षेत्रका सामुदायिक एवं निजी विद्यालय सञ्चालनमा आएका हुन् । करिब चार महिना विद्यालय बन्द रहेर खुलेको पहिलो दिन विद्यार्थीको उपस्थिति भने न्यून रहेको शिक्षकहरु बताउँछन् […]

नागरिक अभियन्ताले शुरु गरे काठमाडौंको फोहोर सिसडोल पुर्‍याउने अभियान

१५ भदौ, काठमाडौं । काठमाडौंमा थुप्रिएको फोहोर सिसडोल डम्पिङ साइटसम्म पुर्‍याउने अभियान शुरु गरिएको छ । संघीय सरकार र काठमाडौं महानगरपालिकाले विगत २५ दिनयता काठमाडौं उपत्यकाको फोहोर उठाउन नसकेपछि सफाइ अभियानमा लागेका नागरिक अभियन्ताहरुले मंगलबारबाट काठमाडौंको फोहोर उठाई सिसडोल डम्पिङ साइटसम्म पुर्‍याउने अभियान शुरु गरेका हुन् । काठमाडौंको रत्नपार्कबाट शुरु गरिएको उक्त अभियानमा काठमाडौं उपत्यकाको […]

आन्दोलन गर्न मन्त्री कुर्दै उखु किसान

१५ भदौ, काठमाडौं । सरकार विस्तारमा भएको ढिलाइको असर उखु किसानको आन्दोलनमा समेत परेको छ । उखु किसान संघर्ष समितिले भदौ ५ गतेदेखि काठमाडौं केन्द्रीत तेस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको थियो । तर माग सुनुवाई गर्ने मन्त्रालय नेतृत्वविहीन भएपछि पीडित किसान आन्दोलनबाट पछि हटेका छन् । किसानको माग सुनुवाई गर्ने उद्योग वाणिज्य तथा आपूर्ति […]

भोलिदेखि फोहोर उठाइने, सिसडोलमा अवरोध भए बल प्रयोग

१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकासहित उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार विहान ६ बजेबाट उठ्ने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकले फोहोर उठाउने निर्णय गरेको हो । करिब एक महिनादेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन । […]

मेसुलाई मोसो दलेको आरोप लागेका परियारले गरे प्रहरीमा आत्मसमर्पण

१५ भदौ, बुटवल । राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई मोसो दलेको आरोप लागेका अनेरास्ववियू दाङका अध्यक्ष सर्जन परियारले प्रहरीमा आत्मसमर्पण गरेका छन् । परियार मंगलबार आफैं जिल्ला प्रहरी कार्यालय दाङमा उपस्थित भएका हुन् । परियारले प्रहरी कार्यालयमा आएर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले बताए । पक्राउ परेपछि परियारले […]

मनाङमा बाढी : विद्यालयबाट खोला बग्यो, अन्योलमा पठनपाठन

१५ भदौ, मनाङ। बाढीपहिराले मनाङ भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुगेको छ । यसका कारण बालबालिका शिक्षाको अधिकारबाट पनि वञ्चित भएका छन् । गत असार १ गते ममर्स्याङदी नदीमा आएको बाढीले मनाङका २८ विद्यालयमध्ये चार विद्यालयमा क्षति पुगेको छ । जिल्लाका चार माविमा मनाङ ङिस्याङ गाउँपालिका–६ मनाङ गाउँस्थित अन्नपूर्ण मावि मात्रै बाढीबाट जोगिएको शिक्षा विकास […]

सभापतिको उम्मेदवार छान्न बोहोराटारमा पौडेल समूहको बैठक बस्दै

१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिको उम्मेदवार चयन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ । मंगलबार दिउँसो पौडेल निवास बोहोटारमा बैठक बस्ने केन्द्रीय सदस्य बलबहादुर केसीले अनलाइनखबरलाई बताए । उनका अनुसार संस्थापनइतर समूहबाट सहमतिमा एक जनामात्रै सभापतिको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो । पौडेल समूहमा […]

कोप-२६ : हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरको मुद्दालाई नेपालले प्राथमिकता दिने

१५ भदौ, काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) पक्ष राष्ट्रको २६औं सम्मेलन (कोप–२६) मा नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरको मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । सम्मेलनमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरले समग्र हिमाली अर्थतन्त्र र सो क्षेत्रको पारिस्थितिकीय प्रणालीका साथै तल्लो तटीय क्षेत्रका पारिस्थितिकीय प्रणालीमा परेको प्रभाव नेपालको […]

अमेरिकाले अफगानिस्तान मामिला कतारबाट हेर्ने

१५ भदौ, काठमाडौं । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सबै सैनिक फिर्ता लगेको छ । यससँगै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिकाले अफगानिस्तानमा एक नयाँ कूटनीतिक मिसन सुरु गरेको बताएका छन् । उनले अमेरिकाको काबुलमा रहेको दूतावास बन्द गरिएको र यसलाई कतारको राजधानी सहर दोहामा स्थानान्तरण गरिएको बताएका छन् । अमेरिकी नागरिकलाई सम्बोधन गर्दै ब्लिन्केनले भने, ‘अब अमेरिकी […]



from समाचार – Online Khabar https://ift.tt/2WDIYi2
via IFTTT
Powered by Blogger.