Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

नेकपा केन्द्रीय सदस्यलाई बालुवाटारमा प्रधानमन्त्रीले रात्रिभोज दिने

१९ माघ,काठमाडौं । नेकपा केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिएका छन् । राष्ट्रियसभा गृहमा जारी बैठकमा दुवै अध्यक्षको तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि प्रचण्डले जवाफ दिएका हुन् । बिभिन्न १५ समूहका तर्फबाट प्राप्त सुझाव र प्रश्नहरुमाथि अध्यक्षको जवाफपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बैठकलाई सम्बोधन गर्नेछन् । त्यस्तै संगठनात्मक प्रतिवेदन […]

युनिभर्सल मेडिकल कलेजको लापरबाहीले बालिकाको मृत्यु

१९ माघ, बुटवल । आठ घण्टासम्म विशेषज्ञ डाक्टर चेकजाँच गर्न नआउँदा उपचारका लागि मेडिकल कलेजमा पुर्‍याइएकी ८ वर्षीया बालिकाको मृत्यु भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका-२ बैजलपुरकी सुविका थापामगरलाई शुक्रबार राति १२ बजे युनिभर्सल मेडिकल कलेज भैरहवामा पुर्‍याइएको थियो । तर ८ घण्टासम्म डाक्टरले हेरेनन् । सिकारु नर्सहरुले ओभरडोज औषधि दिएका कारण बालिकाको मृत्यु भएको […]

देशभक्ति र सदाचारमा सम्झौता गर्दिनँ : सभामुख सापकोटा

१९ माघ, काठमाडौं । आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाका लागि बधाई तथा शुभकामना कार्यक्रम राखेको थियो । यसअघि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य रहेका सापकोटाको प्रशंसा गर्दै केही सांसदले राष्ट्रियतामाथि खतरा देखिन थालेका बेला प्रतिनिधिसभाले राष्ट्रियताको विषयमा गम्भीर नेतृत्व पाएको बताएका थिए । राष्ट्रियतामाथिको खतराका रुपमा सांसदहरुले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी), […]

रघुवीर महासेठलाई नेकपा स्थायी कमिटीबाट हटाउन माग

१९ माघ,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी सदस्य रघुवीर महासेठलाई स्थायी कमिटीबाट हटाउन माग गरिएको छ । केन्द्रीय सदस्य श्रीप्रसाद साहले आइतबार केन्द्रीय कमिटी समक्ष महासेठ स्थायी कमिटी सदस्य हुन अयोग्य रहेको भन्दै उनलाई हटाउन माग गरेका हुन् । महासेठकै जिल्लावासी धनुषाका नेता साहले अध्यक्ष तथा केन्द्रीय कमिटीलाई […]

मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाको कार्यसूचीबाट हटाइयो

१९ माघ, काठमाडौं । राष्ट्रियसभाबाट आइतबार नै मिडिया काउन्सिल विधेयक–२०७६ पारित गर्ने तयारी रोकिएको छ । विधायन व्यवस्थापन समितिले पत्रकारले परीक्षा दिएर लाइसेन्स लिनुपर्ने प्रावधान राखेर पठाएको विधेयक आइतबारको बैठकबाट पारित गर्ने तयारी थियो । र समिति सभापति पर्शुराम मेघी गुरुङले समितिको प्रतिवेदन प्रस्ताव प्रस्तुत गर्ने र परीक्षाको विषय हटाएर पारित गर्ने योजना थियो । […]

सिराहाको सीमा क्षेत्रमा सशस्त्रको बीओपी राख्न भारतको अवरोध

१९ माघ, वीरगञ्ज । सिराहाको भारतीय सीमा क्षेत्र ठाडीमा नेपालको सीमा सुरक्षा पोस्ट राख्न भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् । सशस्त्र प्रहरीले बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्न लाग्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेको हो । सशस्त्र प्रहरीको महोत्तरीको बर्दिबासस्थित छिन्नमस्ता बाहिनी प्रमुख डीआईजी राजु अर्यालले बीओपी राख्न खोज्दा एसएसबीले अवरोध गरेको बताए […]

चीनबाट उद्धार गरिदिन माग गर्दै ३ सय बढी नेपालीको आवेदन

१९ माघ, काठमाडौं । चीनबाट उद्धार गरिदिन आग्रह गर्दै तीन सय भन्दा बढी नेपालीहरुले बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् । दूतावासले आइतबार बिहान ९ बजेसम्मको समय दिएर स्वदेश फर्किन इच्छुक हुवे प्रान्तमा बस्ने नेपालीहरुबाट आवेदन आह्वान गरेको थियो । तर, हुवेभन्दा बाहेकका प्रान्तबाट पनि आवेदन परेको दूतावास स्रोतले बतायो । स्रोतले अनलाइनखबरसँग भन्यो, ‘हुवे […]

राष्ट्रियसभामा फिटनेस सेन्टरमाथि प्रश्न – मापदण्ड के हो ?

१९ माघ, काठमाडौं । राष्ट्रियसभा बैठकमा काठमाडौंमा खोलिएका फिटनेस सेन्टरमाथि प्रश्न उठेको छ । राष्ट्रियसभा सदस्य विमला पौडेल राईले आइतबारको बैठकको विशेष समयमा बोल्दै फिटनेस सेन्टरको मापदण्डमाथि प्रश्न उठाएकी हुन् । ‘यो फिटनेस सेन्टरहरु खोल्ने कसले हो, यसको रजिष्टेशन कहाँ हुन्छ, यसको मापदण्ड के हो ? कर्मचारीले कति पढेको हुनुपर्छ ?’ उनले प्रश्न गरिन् । […]

अध्यक्ष र महासचिवले जवाफ दिनुअघि नेकपा सचिवालय बैठक

१९ माघ,काठमाडौं । नेकपा केन्द्रीय कमिटी बैठक समापनअघि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसेको छ । दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच छलफलपछि सचिवालय बैठक बसेको हो । केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले नेतृत्वमाथि उठाएका प्रश्न र प्राप्त सुझावहरुबारे सचिवालयमा छलफलपछि दुवै अध्यक्ष र महासचिवले जवाफ दिनेछन् । सचिवालय सदस्यहरु केन्द्रीय कमिटी बैठकका समूहगत छलफलमा […]

सभामुखको बधाई कार्यक्रममा एमसीसीको चर्चा

१९ माघ, काठमाडौं । आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइतबार नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिन कार्यक्रम राखेको थियो । बैठकमा भाग लिँदै सांसदहरुले सभामुख सापकोटालाई बधाई दिँदै एमसीसीको चर्चा गरे । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले संसदले सक्षम नेतृत्व पाएको बताए । नेकपाका सांसद भीम रावलले एमसीसी इन्डो […]

चोरीमा संलग्न पूर्वहवल्दारसहितको गिरोह समातियो

१९ माघ, काठमाडौं । नेपाल प्रहरीका एक जना भगौडा हवल्दार समूह नै बनाएर चोरीमा सक्रिय रहेको पाइएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले पूर्वहवल्दार दोलखाका ३० वर्षीय रवि कार्कीलाई चोरी आरोपमा पक्राउ गरेसँगै उनको विभिन्न अपराधिक घटनामा संलग्नता खुलेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापा भन्छन्, ‘कार्कीसहित भंगालका १९ वर्षीय राजन खनाल र […]

कटवाल हत्या आरोपमा दुई जना पक्राउ

१९ माघ, विराटनगर । सुनसरी प्रहरीले झापाका एक युवकको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । झापा विर्तामोडका २० वर्षिय अभिषेक कटवालको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विजय कार्की र अर्जुन कार्कीलाई पक्राउ गरेको हो । उनीहरु मध्ये एकलाई विराटनगर र एकलाई बेलबारी नगरपालिकाको बाहुनी क्षेत्रबाट पक्राउ गरेको हो । मंगलबार बिहान […]

‘हिमाल हेर्न मानहुँकोट जाऔँ’

१९ माघ, तनहुँ । पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा शनिबार मात्रै एक हजारभन्दा बढी पर्यटक पुगेका छन् । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा मानहुँकोटको प्रचारप्रसार हुन थालेपछि मानहुँकोटमा आन्तरिक पर्यटकको आगमन वृद्धि हुँदै गएको हो । शनिबार बिदा भएको कारण मानहुँकोटमा बिहानैदेखि पर्यटकको घुइँचो लागेको व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार […]

एमसीसी समर्थकलाई भीम रावलको चुनौती-इन्डो प्यासेफिक रिपोर्ट र त्यसका श्रृंखला अध्ययन गर्नुस्

१९ माघ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्यसमेत रहेका सांसद भीम रावलले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) इन्डो प्यासेफिककै अंग भएको दोहोर्‍याएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र सरकारका अन्य मन्त्रीहरूले एमसीसी इन्डो-प्यासेफिक रणनीतिको अंग होइन भनेर प्रष्टीकरण दिइरहेका बेला सांसद रावलले इन्डो प्यासिफिक स्ट्राटेजी रिपोर्ट र त्यसपछिका श्रृंखलाहरु अध्ययन […]

रक्सी आयात रोकेर गाँजा खेती वैध बनाउन माग

१९ माघ, काठमाडौं । गाँजा खेती खुला गर्नुपर्ने माग राख्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका छन् । प्रचलित कानून अनुसार नेपालमा गाँजा खेती प्रतिबन्धित छ । यसलाई खुला गर्नुपर्छ भन्दै संसद सचिवालयमै प्रस्ताव पेश भएपछि यसबारे बहस सुरु भएको छ । गाँजा खेती खुला […]

ललितपुरको बखुण्डोलस्थित कोरियन दूतावास नजिक आगलागी

१९ माघ, काठमाडौं । ललितपुरको बखुण्डोलस्थित एक कवाडी गोदाममा आगलागी भएको छ । नेपालस्थित कोरियन दूतावास नजिकको कवाडी गोदाममा आगलागी भएको हो । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको अनलाइनखबरलाई बताए । उनले भने, ‘अहिले काठमाडौं र लतिलपुर महानगरपालिकाको दमकल आइपुगेको छ । नियन्त्रणमा लिने प्रयास जारी छ […]

भिजिट वर्षको नाममा रोग नभित्र्याऊँ : राष्ट्रियसभा सदस्य रायमाझी

१९ माघ, काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले भ्रमण वर्षको नाममा देशमा रोग भित्र्याउन नहुने बताएका छन् । चीनबाट फैलिएको कोराना भाइरस धेरै देशमा फैलिएको भन्दै त्यसबाट नागरिकलाई बचाउन सरकार सचेत हुनु पर्ने भन्दै उनले भने, ‘भिजिट नेपाल २०२० को नाममा देशमा रोगलाई भित्र पसाउने गर्नु हुँदैन । भिजिट वर्ष २०२० भएन भने […]

सुनसरीको दुर्घटना अपडेट : मृतकको संख्या चार पुग्यो, सबैको सनाखत

१९ माघ, विराटनगर । सुनसरीको इनरुवास्थित तित्रिवना सडकखण्डमा बस र माइक्रोबस जुध्दा मृत्यु हुनेहरुको संख्या चार पुगेको छ । मृत्यु हुनेमा माइक्रो बसका चालक धादिङको बैरेनी ३ का दीपक खड्का, झापा भद्रपुर ५ की ६५ वर्षीया डोलकुमारी कोइराला, उनका श्रीमान हेमराज कोइराला र झापा चन्द्रगढीकी गरिमा पौडेलको मृत्यु भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ […]

उपत्यकाका सांस्कृतिक गुठी सञ्चालनको जिम्मा स्थानीय तहलाई दिऊँ : मन्त्री मानन्धर

१९ माघ, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौं उपत्यकाका सांस्कृतिक गुठी संरक्षण र सञ्चालनको जिम्मेवारी स्थानिय सरकारलाई दिइनु उपयुक्त हुने बताएका छन् । सामुदायीक विकास संघ काठमाडौंले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री मानन्धरले काठमाडौं उपत्यकाका सांस्कृतिक र परम्परागत गुठीहरुको संरक्षण र सम्वर्द्धनका लागि स्थानिय सरकारलाई नै जिम्मेवारी दिँदा सहज हुने बताएका हुन् । […]

एमसीसीका बुँदाहरू सच्याएरै भएपनि अनुदान लिनुपर्छ : शेखर कोइराला

१९ माघ, बुटवल । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमसीसीका बुँदा सच्याएरै भए पनि अनुदान लिनुपर्ने बताएका छन् । एमसीसी विवाद तन्किँदै गएकाले यसलाई छिट्टै टुंग्याउन पनि उनले सरकारसँग माग गरे । ‘अहिले बजार हल्ला एकातिर र एमसीसी अर्कोतिर छ,’ नेता कोइरालाले भने, ‘एमसीसीमा केही सच्याउनु पर्ने विषय छन् भने अमेरिकासँग छलफल गरेर टुंग्याउनु […]

नेपाल बंगलादेश बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

१९ माघ, काठमाडौं । नेपाल बंगलादेश बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । कृषि क्षेत्रमा तोकिएको लगानी गर्न नसकेको भन्दै राष्ट्र बैंकले एनबी बैंकलाई ४ करोड रुपैयाँ जरिवाना गरेको हो । राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । जसमध्ये १० प्रतिशत कर्जा लगानी कृषि क्षेत्रमा […]



from समाचार – Online Khabar https://ift.tt/2GNGpPu
via IFTTT
Powered by Blogger.