समाचार
२५ माघ, कैलाली । १४ वर्षीया किशोरी बलात्कारको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडबाट १ व्यक्ति पक्राउ परेका छन् । बिरामी युवतीलाई झारफुक गर्ने बहानामा युवती बलात्कार गरेको गरेको अभियोगमा घोडाघोडी नगरपालिका–१, हिम्मतपुरका ४५ वर्षीय हरिप्रसाद डगौरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए । प्रहरी नायब उपरीक्षक बस्नेतका […]
बाँके । नेपालगञ्ज–सुर्खेत जोड्ने रत्नराजमार्गको देउराली नजिकै बस र जीप एकआपसमा ठोक्किँदा गएराति एकको मृत्यु भएको छ । कोहलपुरबाट बर्दियाको बबईतर्फ जाँदै गरेको भे १ च १६३१ नम्बरको जीपलाई सुर्खेतबाट आउँदै गरेको भे १ ख २७५९ नम्बरको बसले ठक्कर दिँदा जीप चालक राजकुमार चौधरीको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी […]
२५ माघ, काठमाडौं । नेपाल कानून व्यवसायी परिषद्को पार्षद (काउन्सिलर) पदका लागि मतदान सुरु भएको छ । सो निर्वाचन समन्वय समितिका संयोजक शिव रिजालले सात प्रदेशको २५ वटै मतदान केन्द्रबाट १० बजे मतदान सुरु भएको जानकारी दिए । काठमाडौंमा निर्वाचन केन्द्रका ७ हजार ६० मतदाता रहेका छन् । काठमाडौंको मतदान केन्द्र सर्वोच्च अदालत परिसरमा रहेको […]
२५ माघ, चितवन । भरतपुर महानगरपालिका–५ नारायणपुरस्थित जीवन श्रेष्ठको रोयल फर्निचर उद्योगमा आगलागी भएको छ । शनिबार बिहान करिब ४ः३० बजे विद्युत् चुहावट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । बिहानदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको उनले जानकारी दिए । आगो नियन्त्रणका लागि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, […]
२५ माघ, बिराटनगर । स्थायी राजधानी टुंगो लगाएको एक नम्बर प्रदेश सरकारले मंगलबारबाट सुरु अधिवेशनबाट नामको पनि टुंगो लगाउने गृहकार्य थालेको छ । तर, प्रदेशको नाम के राख्ने भन्ने विषयमा विवाद मिलेको छैन । नेकपाकै नेताहरुले समेत पहिचानका आधारमा नाम राख्न माग गर्दै मुख्यमन्त्री र सभामुखलाई ज्ञापनपत्र बुझाएका छन् । मुख्यमन्त्री शेरधन राईले यही अधिवेशनबाट […]
२५ माघ, विराटनगर । जिल्ला अदालत, मोरङले समानन्द यादव हत्या प्रकरणमा जोडिएका जहदा गाउँपालिका–१ का वडाध्यक्ष प्रदीपचन्द्र यादवलाई शुक्रबार पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । जिल्ला अदालत, मोरङका न्यायाधीश तेजबहादुर खड्काको इजलासले वडाध्यक्ष यादवलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । हत्या आरोप लागेसँगै […]
२५ माघ, बिराटनगर । संघीय प्रहरी इकाई कार्यालय धरानका निलम्वित वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभ राणामाथि थप अनुसन्धानका लागि शुक्रबार दोस्रोपटक ८ दिनको म्याद थप भएको छ । राणा गत सातादेखि हिरासतमै छन् । एसएसपी राणा आफू विरुद्ध पक्राउ पूर्जी जारी भएपछि आइतबार आफैं जिल्ला प्रहरी कार्यालय सुनसरीमा हाजिर भएका थिए । उनी निलम्बनमा समेत […]
२५ माघ, काठमाडौं । हात्तीपाइले रोग नियन्त्रणका खातिर सरकारले आजदेखि राष्ट्रिय आमऔषधि सेवन कार्यक्रम सुरु गरेको छ । स्वास्थ्य मन्त्रालयमातहतको इपिनिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशका विभिन्न १३ जिल्लामा आजदेखि यो कार्यक्रम सुरु गरेको हो । कार्यक्रमअन्तर्गत झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत र कपिलवस्तुमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने महाशाखाले जनाएको छ । त्यस्तै, दाङ, […]
२५ माघ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा भइरहेको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दैछ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुने खेलमा अमेरिकाले टस जितेर पहिले फिल्डिङ रोजेको छ । नेपाली टिममा आज दुई खेलाडी परिवर्तन गरिएको छ । शरद भेषवाकर र रोहित कुमार पौडेलको स्थानमा आज सुवास खकुरेल र […]
२५ माघ, काठमाडौं । ललितपुर जिल्लाका विभिन्न क्षेत्रमा आज दिनभर लोडसेडिङ हुने भएको छ । पाटनको कुपन्डोल फिडरबाट वितरण हुँदै आएका छावहाल, पाटन ढोका, नपाहिटी, कुम्बेश्वर, शंखमूल धापागाल, तरकारीबजार, मंगलबजार, लगनखेललगायत स्थानमा दिनभर विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरण, पुल्चोक वितरण केन्द्रले जनाएको छ । वितरणकेन्द्रमा सपोर्ट च्यानल राख्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्न […]
२५ माघ, जोमसोम । हिमालपारिको जिल्ला मुस्ताङ, अनि यसै जिल्लाका पाँच गाउँपालिकामध्ये एक हो “घरपझोङ गाउँपालिका” । घरपझोङ गाउँपालिकाको केन्द्र जोमसोम बजारदेखि दक्षिण पश्चिम करीब २ किलोमिटर दूरी पार गरेपछि मनोरम ठिनी गाउँ पुग्न सकिन्छ । ठिनी गाउँबाट पश्चिम करिब १ किलोमिटर दूरीमा छ – अनुपम प्रकृतिको उपहार “ढुम्बा ताल” । ढुम्बा तालको उत्तरतर्फ नीलगिरी […]
२५ माघ, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज ११औ चरणका अन्तिम तीन खेल हुँदैछन् । २ खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ । यस सिजन पहिलोपटक लिगको खेल हलचोकस्थित एपीएफ मैदानमा पनि खेलाइँदैछ र आज त्यहाँ एक खेल हुनेछ । आज साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले एनआरटीसँग हलचोक मैदानमा खेल्नेछ । खेल दिउँसो […]
२५ माघ, काठमाडौं । आफूविरुद्धको महाभियोगमा साक्षी बसेका दुई अधिकारीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बर्खास्त गरेका छन् । माथिल्लो सदनमा पेस भएको महाभियोगबाट सफाइ पाएको दुई दिनपछि ट्रम्पले आर्मीका लेफ्टिनेन्ट जर्नेल अलेक्जेन्डर भिडम्यान र युरोपियन युनियनका लागि अमेरिकी राजदूत गार्डन सोडल्यान्डलाई बर्खास्त गरेका हुन् । ह्वाइटहाउसले सुरुमा भिडम्यानलाई बर्खास्त गरेको जनाएको थियो । तर, त्यसको […]
२५ माघ, कञ्चनपुर । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले यही सरकारले सुदूरपश्चिमको मुहार फेर्ने बताएका छन । कञ्चनपुरको दोधारामा प्रस्तावित सुख्खा बन्दरगाह तथा एकीकृत जाँच चौकी क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री भट्टले यस्तो धारणा राखेका हुन् । प्रस्तावित बन्दरगाह क्षेत्रबाट भारतको राजधानी दिल्ली, मुन्द्रा र धाम्रा बन्दरगाह नजिकको दूरीमा रहेको भन्दै उनले कञ्चनपुरलाई […]
२५ माघ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक अखबारहरूले फरक–फरक विषयलाई समाचार बनाएका छन् । नेपाल ट्रस्टको १५ रोपनी जग्गा हत्याउने पूर्वराजकुमारी प्रेरणाको अन्तिम प्रयास पनि संवैधानिक इजलासबाट खारेज भएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ । नेपाल ट्रस्टको नाममा रहेको काठमाडौंको छाउनीस्थित १५ रोपनी एक आना सरकारी जग्गासहितको घर आफ्नो बनाउने उनको […]
२४ माघ, काठमाडौं । नेकपाको केन्द्रीय कमिटी बैठकबाट गठित एमसीसीसम्बन्धी तीन सदस्यीय कार्यदलले तयार पार्नेर् प्रतिवेदन जस्ताको त्यस्तै मान्न बाध्यकारी नहुने संकेत पार्टी अध्यक्ष प्रचण्डले गरेका छन् । अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन जस्तोसुकै आए पनि संसदले छिटै एमसीसी पारित गर्ने दोहोर्याइसकेका छन् । बाध्यकारी नहुने भएपछि झलनाथ खनाल, भीम रावल र प्रदीप ज्ञवालीले […]
२४ माघ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो भनाइको गलत व्याख्या गरिएको बताएका छन् । प्रदेशका छोरीहरुलाई आफ्नै कार्यकालमा यति कम्पिडेन्ट बनाउनेछु कि हाम्रो कार्यकालमा अब केटाले केटीलाई नभई केटीले केटाको मुखमा एसिड हाल्छन् भन्ने भिडियो क्लिप सार्वजनिक भएपछि मुख्यमन्त्रीको आलोचना भएको छ । तर मुख्यमन्त्री राउतले महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्छ […]
२४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एशियाली दूरद्रष्टा नेता तथा राष्ट्र निर्माण अवार्डबाट सम्मानित भएका छन् । एशियाली व्यवस्थापन संस्थाहरुको संगठन आमोले शुक्रबार राजधानीमा आयोजन गरेको कार्यक्रममा सभापति राजिव कौलले प्रधानमन्त्री ओलीलाई अवार्ड प्रदान गरे । आमोले आइएमई ग्रुपका सहसंस्थापक तथा अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कुशल व्यवसायिक नेतृत्वको सम्मान दिएको छ भने उत्कृष्ट व्यवसायी […]
२४ माघ, काठमाडौं । लिटिल बुद्धको नामले चिनिने रामबहादुर बम्जनमाथि एक वर्षअघि चारजना अनुयायीलाई बेपत्ता बनाएको आरोप लाग्यो । पीडित परिवारले खोजतलासका लागि प्रहरीमा निवेदन पनि दिए । वर्ष दिन बितिसक्दा पनि प्रहरीले बम्जनलाई फेला पार्न सकेको छैन । मकवानपुरकी फूलमाया रुम्बा, नुवाकोटकी कर्मा भनेर चिनिने चिनिमाया तामाङ, मकवानपुरका सञ्चलाल बाइबा र बाराका सुरेशकुमार आले […]
२४ माघ, काठमाडौं । कल्पना गर्नुस्, तपाईं कोरोना भाइरसबाट नराम्ररी प्रभावित भएको चीनको वुहानस्थित कुनै एक घरमा १५ दिनदेखि थुनिरहनुभएको छ । भएको खानेकुरा सकिँदैछ, बाहिरको हावासमेत घरभित्र छिर्न निषेध छ । मोबाइल हेर्यो कि मृत्युको समाचार पढिरहनुपर्छ । आफ्नो देशमा रहेका आफन्तहरुलाई सुनाउन पनि ‘डर’ बाहेक अरु समाचार छैन । सँगै बसेका अरू देशका […]
२४ माघ, विराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफू दोषी नरहेको प्रष्टीकरण दिएका छन् । आफू प्रधानमन्त्री हुँदा कुनै नयाँ मोही बनाउने निर्णय नभएको उनको दाबी छ । ललिता निवास जग्गा प्रकरण (बालुवाटार जग्गा प्रकरण) मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार १७५ जनाविरुद्ध मुद्दा दायर गरेको […]
from समाचार – Online Khabar https://ift.tt/39jgHi1
via IFTTT